
सलाम सबै नेपालीलाई !
बेलायती अभिनेतृ जोआन्ना लुम्ले पूर्व गोर्खा सैनिकको संस्था गेसोले नेपाली टोपी लगाइदिएपछि सलाम ठोक्दै । उनी नेपाल भ्रमणमा छिन। तस्बिर : विकास कार्की

सलाम सबै नेपालीलाई !
बेलायती अभिनेतृ जोआन्ना लुम्ले पूर्व गोर्खा सैनिकको संस्था गेसोले नेपाली टोपी लगाइदिएपछि सलाम ठोक्दै । उनी नेपाल भ्रमणमा छिन। तस्बिर : विकास कार्की
देखिँदैनथ्यो । उनलाई खोजी हिँड्ने युवा भारतदत्त कोइरालाका आँखामा त झन् उनी काटीकुटी नेपाली थिइन् । साडी-चोलोमा सजिँदा कसैले इरानी भन्दैनथ्यो । त्यही भएर पनि सहपाठीको सामान्य चिनाजानी विस्तारै झाँगिँदै गयो र भेटघाटहरू पनि बाक्लिँदै गए । यो क्रमलाई एक वर्षभन्दा बढी तन्काउन सकेेन अवस्थाले । र, एकदिन भारतदत्तले माहसिदसँग विवाह-प्रस्ताव नै राखे । आगो त उता पनि उत्तिकै लागेको थियो । त्यसैले माहसिदले पनि स्वीकारोक्तिमा टाउको हल्लाइन् अनि दिल्लीमै विवाह गरे उनीहरूले र काठमाडौँ आए । मृत्युवरण गर्नुअघि छोराले घरजम गरेको हेर्न चाहने आमालाई बुहारी देखाउन नपाए पनि भारतदत्तको रोजाइलाई शिक्षित बुबाले अन्यथा ठानेनन् । उसै पनि माहसिद नेपालीजस्तै देखिन्थिन् । बुहारी बनेर काठमाडौँ आएको केही समयपछि उनी झम्सिखेलस्िथत आइजे पायोनियर स्कुलकी पि्रन्सिपल बनिन् । बिहेको एक वर्षमा छोरा समीर र त्यसको चार वर्षपछि छोरी शवनम जन्मिइन् । यसरी माहसिदसँग बिताएका स्वणिर्म १४ वर्ष भारतदत्तका लागि सधैँ अविस्मरणीय छन् । तर, त्यसभन्दा लामो जीवनको साथ दिन सकिनन् महासिदले । उनको देहावसानपछि ६७ वषर्ीय भारतदत्तको दोस्रो दाम्पत्य जीवन अमेरकिी जोएनसँग बितिरहेको छ । माहसिद दिवंगत भएको पाँच वर्षपछि १९९१ मा भारतदत्तसँग विवाह गरेकी जोएन कुनै बेला माहसिदले सञ्चालन गरेको बहाई राष्ट्रिय केन्द्रका शिक्षकहरूलाई तालिम दिन्छिन्, अहिले । जोएनका अनुभवमा भारतदत्तमा सहयोगी, सरल, निःस्वार्थ, ठट्यौलो र अरूको
मनको कुरा बुझ्ने गुणहरू छन् । भन्छिन्, "भारतदत्त एक जना राम्रा कुक पनि हुन् ।
का थिए । शैलेशको समाजमा जीवन बिताउने तयारीको क्रममा विश्वभाषा क्याम्पस पढेकी शिजुयोलाई नेपाली बोल्न कुनै कठिनाइ हुने कुरै भएन । उनी नेपाली खाना बनाउन पनि पोख्त छिन् ।
का गायक रवीन तामाङ नेपालमा रक ब्यान्डका 'पायोनियर' मानिन्छन् । सम्भवतः चार युवा सम्मिलित 'रवीन एन्ड न्यु रभिोलुसन' नै नेपालको पहिलो रक सांगीतिक समूह हो । यिनले हेलेन तामाङलाई विवाह गरेर पmान्सलाई ससुराली देश बनाएको ११ वर्ष भयो । पेन्टिङ्की विद्यार्थी हेलेनसँग १२ वर्षअघि रवीनको पहिलो भेट ठमेलको एक रेस्टुराँमा भएको थियो । अहिले ११ वर्षकी छोरी ताराकी बाबु रवीन गीत-संगीतमार्फत समाजसेवामा छन् । सांगीतिक कार्यक्रमबाट टुहुरा बालबालिका, एचआईभी पीडितहरूलाई सहयोग जुटाइरहेका छन्, जसमा हेलेनको पूरापूर साथ छ । नेपाल, आधुनिक आँगनमा, भुलमा भुल्यो, १३०००, केटाकेटीजस्ता एल्बमका यी सर्जक दुव्र्यसनीलाई संगीतले सुधार्न सकिने मान्यता राख्छन् । भन्छन्, "किनभने संगीत स्वयं एउटा नसा हो ।"
वा जनावरको रौँको सोलार प्यानल बनाउने अनि बिजुली बाल्ने । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा जन्मेहुर्केका मिलन कार्की, १७, र ठ् याक्कै त्यही उमेरका रतनपुर, दाङका हरिहर अधिकारीले यस् तो आविष्कार गरेका हुन् ।सानैबाट गाडी, रेडियो, रोबोट, अटोमेटिक स् वीच, सलाईजस् ता आविष्कारमा रुचि राख्ने मिलनले ८ कक्षा पढ्दैखेर िदिक्तेल साइन्स एन्ड टेक्नोलोजी क्लब खोलेका थिए । कतै विज्ञानसम्बन्धी किताब फेला पर्दा भोकाले भोजन भेटेजस् तो हुन्थ्यो उनका लागि । उता पश्चिम तराईको रतनपुर गाउँमा जन्मेहुर्केका हरहिरलाई ४ कक्षामा हुँदै न्यूटनको गुरुत्वाकर्षण सिद्घान्तले अनिँदो बनाएको थियो । विज्ञानसम्बन्धी उनको रुचिलाई घोराही बजारस् िथत काकाको इलेक्ट्रोनिक पसलले पनि निकै उक्साइदिएको थियो । विज्ञानका यी दुईको उत्सुकतालाई टि्रनिटी इन्टरनेसलन कलेजले भेट गराइदियो, दुई वर्षअगाडि । सेन्ट जेभियर्स कलेजको विज्ञान प्रदर्शनीमा रुद्राक्ष मालाधारी यी दुई शाकाहारीले बनाएको हाइड्रो क्लिनिक पम्प र रौँको सोलार पम्पले स् वर्ण पदक जित्यो । ब्युटीपार्लरहरूमा संकलन गरेको आधा किलो कपालबाट यी दुई वैज्ञानिकले दुई दिनमै सोलार प्यानल बनाएका थिए । दुवै एकसाथ भन्छन्, "सिलिकन डाइअक्साइड, क्युप्रस डाइअक्साइड, तामाको तार, सिसा, प्लाइउड र नुनमा भिजाएको कालो कपालबाट सोलार प्यानल बनायौँ ।"मिलन र हरहिर निर्मित कपालयुक्त प्यानलमा सूर्य किरण पर्नेबित्तिकै आयोनमा हलचल भएर यसका इलेक्ट्रोन तामाको तारमार्फत नौ भोल्टको शक्ति उत्पन्न हुन्छ, जसलाई हामी विद्युत् भन्छौँ । पढाइबाहेक कला मन पराउने मिलन र अभिनयमा रुचि राख्ने हरहिर भविष्यमा क्रमशः जेनेटिक इन्जिनियर र कम्प्युटर इन्जिनियर बन्न चाहन्छन् ।
कृपया, पाँच रूपैयाँ दिनोस् न !