Dec 29, 2011

नरेन्द्र रौले


( यो लेख कान्तिपुरको हेलो शुक्रबारमा आजको अंकमा प्रकाशित भएको हो । इपेपर हेर्ने भए यहाँ क्लिके हुन्छ । )

रिवेका ब्ल्याक (गायिका)


हरेक तस्विरहरुमा सेता दन्त लहर टिलिक्क टल्काउदै हेरौं हेरौं लाग्ने मुस्कान छोड्ने रिवेका व्ल्याक, इन्टरनेटमा सर्बाधिक खोजी गरिएकि अमेरिकन पप सिंगर हुन् । एक वर्ष अघि 'फ्राइडे' म्युजिक भिडियो सार्वजनिक गर्दा रिवेका ब्ल्याकले यति चर्चा बटुल्ने आशा सायदै गरेकि थिईन् । अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकि रिवेकाको स्वर मिसिएको 'फ्राइडे' जब ईन्टरनेटको दुनियामा फैलियो उनको उमेर भन्दा कैयौं गुणा बढी श्रोताहरुको ढुकढुकि बन्यो । भर्खर १५ वर्षको उकालो चढ्दै गरेकि रिवेकाको यस म्युजिक भिडियोलाई सोमबार सम्म १ करोड, ४८ लाख ४६ हजार ४७ जनाले हेरिसकेका छन् । यिं आकर्षक र सेक्सी सुन्दरी गुगल जिटिजिस्टको तथ्यांक अनुसार सन् २०११ मा सर्बाधिक खोजिने ब्यक्तिहरु मध्ये पहिलो नम्बरमा परिन् । 'फ्राइडे' अतिरिक्त रिवेकाका 'माइ मुमेन्ट' र 'पर्सन अफ इन्ट्रेस्ट्' एल्बम निस्किएका छन् ।


र्‍यान डन (टेलिभिजन पर्सनालिटि)




अक्सर झ्याप्प दाह्री पाल्न रुचाउने र्‍यान टेलिभिजन पर्सनालिटि हुन् । (जो जुन २०, २०११ मा बिते ) करिअर बनाउन र्‍यान जस्तोसुकै खतरा मोल्न तयार हुन्थे । अमेरिकाको एमटिभीबाट प्रशारण हुने 'ज्याक्स' र 'भिभा ला बाम' यस्तै खतरा मोल्नुपर्ने टेलिभिजन सिरिज हुन्, जो वास्तविक कथाबस्तुमा आधारित हुन्थे । तिनै सिरिजका सदस्य हुन्, र्‍यान । उनले बाम मार्गेरा फिल्ममा प्रमुख पात्रका रुपमा पनि अभिनय पनि गरेका छन् । सन् २००० देखी २००२ सम्म एमटिभिबाट देखाईका यिनै सिरिजबाट र्‍यानको लोकप्रियता चुलियो । झण्डै एक दर्जन टेलिभिजन कार्यक्रम उत्पादन गरेका र्‍यानले म्युजिक भिडियो र फिल्म उत्पादनमा पनि संलग्न थिए । गुगल जिटिजिस्टको तथ्यांक अनुसार सन् २०११ मा सर्बाधिक खोजिने उनी दोस्रो ब्यक्ति हुन् ।

पिप्पा मिडलेटन (पार्टी प्लानर )



इंग्ल्याण्डमा जन्मिएकि पिप्पा पार्टी सर्भिस ब्यबसायि हुन् । २८ वषिर्या यिं युवति उच्च घरानाहरु जमघट हुने पार्टीहरुमा मनोरञ्जन लिन रुचाउछिन् । २००८ मा ग्रयाजुएसन सकेपछि एक कम्पनिमा पब्लिक रिलेसनका रुपमा कार्यरत पिप्पाले बेलायतको टेबल टक कम्पनिमा इभेन्ट् म्यानेजरको अनुभब पनि बटुलेकि छिन् । उनकी जेठी दिदी क्याथरिनको राजकुमार विलियम संग २९ अपि्रल, २०११ मा लगनगाठो कस्सिएपछि मिडियामा ठूलो कभरेज पाएकी थिइन् । विशेष गरी पिप्पाकै जीवनशैली र उनको सामाजिक जीवनबारे मिडियाले उनलाई राम्रो स्थान दिएका थिए । २००८ मा टेट्लर म्यागेजिनले पिप्पालाई द नम्बर वान् सोसाइटि सिंगलट्न का रुपमा घोषित गरेको थियो ।

केसि एन्थोनि (हत्या अभियुक्त )



ओर्लान्डो, फ्लोरिडाबाट २ वषिर्या केली मेरी एन्थोनि हराएको खबर आयो । ठ्याक्कै चार वर्ष अघि घटेको त्यो घटनाले सनसनि मच्चियो । आखिर कसरी हराइन् केली ? खोज्दै जादा केली घर नजिकै मारिएको अबस्थामा फेला परिन् । उनकी आमा केसिले त्यो घटनाबारे प्रहरीलाई विवादास्पद अभिब्यक्ति दिइन् । २६ वषिर्या केसि यसै प्रकरणले जेल जान बाध्य भइन् । बन्दी जीवनपछि केसिलाई हजारौं इमेलको ओइरो लाग्यो जसमा उनिप्रति घृणा पोखिएको थियो । र, उनलाई मार्ने धम्कीपूर्ण इमेल थिए तिं । आफ्नी छोरीको हत्या गरेको आरोप लगाउदै कतिले उनलाई मार्ने प्रयत्न पनि नगरेका हैनन् । गुगलमा खोजिने चौथो ब्यक्ति हुन्, केसि ।

एडेल (गायिका)


२३ वर्ष अघि बेलायतमा जन्मिएकि एडेल गायिका हुन् । चार वर्षकै उमेर देखी गीत गाउन थालेकि उनी संगित र गायनमा गहिरो अभिरुचि राख्छिन् । गीत लेखनमा पनि उत्तिकै चाख राख्ने एडेललाई सन् २००८ मा ब्रिट अवार्ड नामक पप म्युजिक अवार्डबाट सम्मानित भईसकेकि छिन् । एडेलको प्रस्तुतिले अमेरिकाको टेलिभिजनबाट प्रशारण हुने स्याटर्डे नाइट लाइभमा ठाउ पाएपछि उनको करिअर उकालो लागेको हो ।

स्टीभ जब्स (संस्थापक एप्पल)

कसैकसैको मृत्यु पनि लोभ लाग्दो बनिदिन्छ । बाचेको सिंगो जीवन भन्दा मृत्युको एक दिनले ठूलो पाठ सिकाउन सक्छ ।
क्यालिफोर्नियाको सानफ्रानसिस्कोमा जन्मेका स्टीभ जब्स बाँचुञ्जेल जति चर्चामा रहे त्यो भन्दा अझ बढी मृत्युमा उनको चर्चा भयो । लामो समय पत्रिकाका पानाहरु उनकै सम्झनाले रंगिए । सायद उनले गरेका लोभ लाग्दा काम र फरक ढंगको जीवनशैलीकै कारण दुनियाले सम्झिए । -(अझै सम्झिरहनेछन् ) अक्टोबर ५, २०११ मा संसारबाट बिदा भएका स्टीभले आम मानिसको दिमागमा बेग्लै छाप छोडे । विश्व प्रसिद्ध कम्पनि एप्पल इङ्कका सहसंस्थापक, पूर्व अध्यक्ष तथा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका स्टीभले आइफोन, आइपड, आइप्याड जस्ता आकर्षक ग्याजेट उपहार स्वरुप छोडेर गए ।

एमि वाइन हाउस (गायिका)


हातभरी ट्याटु खोपेकि एमि जब हल्लिदै ज्याज गीतहरु गाउ थाल्छिन्, संगितप्रेमीहरु जुरुक्क उफ्रन थाल्छन् । मृगनयन रुपि उनका आँखाहरुले जसरी लठ्ठै बनाउछन्, उनको जादुमयि स्वर भरिएको गीत सुन्दा छुट्टै मात चढ्छ । ९ वर्ष अघि सार्बजनिक गरेको फ्रयांक एल्बम मर्क्युरी पुरस्कारका लागी छनोटमा परेको थियो । यिं २७ वषिया बेलायति सुन्दरीको २३ जुलाइ, २०११ मा रहस्यमय ढंगले मृत्यु भयो ।

(ओसामा बिन लादेन , अलकायदा संस्थापक)

मोहम्मद बिन लादेनका ५२ सन्तानहरुमध्ये १७ औं सन्तान हुन्, ओसामा बिन लादेन । साउदी अरबका अरबपति ठेकेदार
बाबुको सन् १९६८ मा हेलिकप्टर दुर्घटनामा मृत्युपछि युवा अबस्थामै बिना मिहिनेत करोडपति बने लादेन । साउदी अरबको साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थि शिक्षक र विद्यार्थीहरुसंग नजिकिएका उनी पछि गएर अलकायदाका प्रमुख बने । सेप्टेम्बर ११, २००१ मा अमेरिकाको वल्र्ड टे्रड सेन्टरमा आक्रमण गरेपछि ओसामा बिन लादेन संसारभर चर्चामा आए । मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थिीति नरुचाएर १९९८ मा अमेरिका बिरुद्ध युद्धको घोषणा लादेन इस्लाम धर्मका श्रद्धालुहरुका लागी नायक बनेका थिए भने पश्चिमी मुलुकहरुका लागी अन्र्तराष्टिय खुंखार आतंकबादी कहलिए । उनलाई समाप्त गर्न अमेरिकी गुप्तचर संगठनले २ करोड ५० लाख अमेरिकी डलर राशीको पुरस्कार समेत घोषणा गर्‍यो । अन्तत मे २, २०११ मा पाकिस्तानको एबोटाबादमा अमेरिकी सैनिकको आक्रमणमा उनी मारिए । लादेन गुगलमा सर्बाधिक खोजिएका ८ औं ब्यक्ति हुन् ।

Dec 23, 2011

'जुन कुरामा समर्पित भएर लागिन्छ, आखिरमा त्यो पूरा भएरै छोड्छ' (भोजराज पोखरेल/ पुर्ब प्रमुख निर्वाचन आयुक्त)


नरेन्द्र रौले

उमेरमा ठिटी प्रति आकषिर्त नहुने को होला र ? कोही राम्री युवति देख्यो कि जसलाई पनि लभ गर्न मन लागिहाल्छ । मलाई पनि बैंसमा यस्तै हुन्थ्यो । बाटोमा कोही राम्री हिंडेको देख्यो कि नजरहरु त्यतै सोझिन्थे । केही साथीहरु बागबजारको पद्यम् कन्या क्याम्पस पुग्थे, राम्री लाई हेर्न। कुनै दिन म पनि पुगेको थें ।

गेरु बस्त्रधारी तिं युवतिहरुको पछिपछि हिंड्थे, मेरा साथीहरु । म पनि बेलाबेला त्यही समुहमा मिसिन्थें । हामी ठूलोठूलो स्वरमा गफिन्थ्यौं । ताकि उनीहरुले हामीतिर फर्केर हेरुन् । मनमनै सोचिन्थ्यो, कुनै राम्री केटीसंग प्रेम गर्न पाए । तर मनले चाहेर मात्र कहा हुन्छ र ? जीवनमा सबै कुरा सोचे जस्तो भैदिन्न । कुनै युवतिसंग प्रेम गर्ने मौका चाहिं जुरेन । तर पर्ढाई प्रति भने सधैं प्रेम गरियो । अझैं गरिरहेकै छु । विशेषत युवाकालमा म जासुसि उपन्यास पढ्न रुचाउथे । किताब किन्ने हैसियत थिएन । त्यसले गर्दा अमेरिकन र भारतीय पुस्तकालयमा मेरो बढीजसो समय बित्थ्यो ।

पर्ुवको खोटाङबाट कलेज पढ्न राजधानी झर्दा थुपै्र चुनौति मेरा अघि ठडिए । सात दिन हिंडेरै राजधानी आईपुग्दाको त्यो बयान कसरी गर्नु - बर्खांको बेला थियो -०२६ साल ) । गाउको दाइको पछि लागियो । साथमा मैले दाल, चामल, घिउ, कुराउनी र सातु, सामल बोकेको थिए । धुलिखेलको डाडाबाट तल गाडी कुदेको देख्दा त अचम्म लागेेको थियो । ओखलढुंगाबाट एसएलसि दिदा सम्म म गाउमै रमाएको थिए । एक्कासि शहर पस्दा नौलो र परिबेश अनौठो लाग्यो । गाउका साथीभाई मिलेर मैतिदेबिमा हामीले दर्ुइ कोठा र एक किचेन लियौं । कोठाभाडा जम्मा २२ रुपैंया तिर्नुपथ्र्यो ।

गाउको मानिस शहर पसेपछि अनेकौं दुख कष्ट झेल्नर्ुपर्छ । म पनि यसबाट अछुतो रहन सकिन । साथमा पैसा हुदैनथ्यो । घरबाट मगाउ भने न कतै टेलिफोन हुन्थे न त बैंक । मुस्किलले चिठी आदान प्रदान हुन पनि एक महिना कर्ुर्नुपथ्र्यो । कहिलेकाहिं पैसाको अभाबमा भोकै रात गुजार्नुपर्‍यो । यहि बिच मैले नेश्नल कलेज -शंकरदेब क्याम्पस) बाट आइकम पास गरें । मेरो मुख्य सपना पर्ढाई पूरा गर्नुथियो । त्यो रहर पूरा गर्न जागिर खोज्न थालें । झण्डै तीस ठाउमा दरखास्त हालें । तर कतै जागिर मिलेन । तैपनि धर्ैयता टुटेन । आशा मरेन । कसलाई भेटेर मेरो इच्छा होला - यसो सोचें । अनि तत्कालिन परराष्ट्रमन्त्रि गेहेन्द्रबहादुर राजभण्डारी, र प्रधानमन्त्रि नगेन्द्र प्रसाद रिजाललाई भेटेर भनें, 'म गाउबाट पढ्न आएको मान्छे । पढेर केही बन्ने सपना छ । मलाई सहयोग गर्नुपर्‍यो ।' उहाहरुले निजी सचिबलाई बोलाएर 'यो बाबुलाई केही गर्नुपर्‍यो ।' भन्नुभयो । हुन त खासै केही सहयोग मिलेन । तर १७, १८ वर्षै कलिलो उमेरमा आट गरेर त्यसरी कुरा राख्नु अहिले गर्बको विषय लाग्छ ।

मानिसले हिम्मत हार्नु हुन्न रैछ । युवा छदा बहकिनु पनि हुन्न । तर संर्घष्ा गर्दा गर्दै थाक्नुहुन्न । अहिलेको दुख भोलीको लगानी सम्भिmनर्ुपर्छ । मैले सरस्वति क्याम्पस, लैनचौरमा स्नातक अध्ययनरत छदा शिक्षा मन्त्रालयमा जागिर पाए । कहिल्यै पनि कक्षा छुटाइन । साढे ५ देखी रातको १० बजे सम्म कक्षा चल्थ्यो । राती कोठामा फर्किदा बाटो सुनसान हुन्थ्यो । कुकुरहरु भुकिरहेका हुन्थे । जागिर र पर्ढाई दुबै एकैसाथ अघि बढाउदा पनि म सफल भए । बिए पास गर्नु खुसिको कुरा बन्यो । जुन कुरामा समर्पित भएर लागिन्छ, आखिरमा त्यो पूरा भएरै छोड्छ । २१ वर्षो उमेरमा सोलुखुम्बु जिल्लाको हाकिम भएर गईयो । लाउलाउ खाउखाउ भन्ने उमेरमा हाकिम (पञ्चायत विकास अधिकारी) भएर मर्यादा बस्नुपर्दा मेरा धेरै खुसीहरु चाहनामै सिमित रहे । चार वर्षसोलुखुम्बु रहदा मैले अर्थशास्त्र र कानुनमा स्नातकोत्तर तहको अध्ययन पनि पूरा गरें । निर्बाचन आयोगमा साढे २ वर्षरहदा आफुलाई सफल ठानें ।

जीवन जसरी अघि बढाउन चाह्यो सकिदो रहेछ । आफु र आफ्नो हैसियत भने सधैं मनमा राख्नर्ुपर्छ । तुरुन्त कुनै पनि कुराको उपलब्धि खोज्दा त आफैलाई घाटा गर्छ । सायद यिनै कुराहरुले मलाई खोटाङको विकट गाउ देखी अमेरिकाको हावर्ड विश्वविद्यालय सम्म पुर्‍यायो । ७ कक्षामा मात्र एबिसिडि सिक्न पाएको र अंग्रेजीमा सधैं ग्रेस दिएर पास भएको मेरा लागी खुसिको विषय हो । उद्देश्य स्पष्ट राख्ने हो र नियमित अध्ययन गर्ने हो भने जुनसुकै युवा संसारको कुनैपनि विश्वविद्यालयमा गएर पढ्न सक्छ । तत्कालै प्रतिफल खोज्नाले अचेल युवाहरुमा नैराश्यता बढ्दै गएको पाईन्छ । निरन्तर आफ्नो लक्ष्यमा हिंड्ने हो भने युवाहरुका हातमा प्रशस्त अबसरहरु छन् ।

Dec 19, 2011

'स्वराजको जादुमयि स्वर ' - नरेन्द्र रौले


उमेरले ९ वर्षमा हिंड्दैछन्, स्वराज सागर प्रधान । तर उनको प्रतिभा भने गजबको छ । उनले गीत गाएपछि सबैलाई लठ्ठ बनाईदिन्छन् । नया र पुराना गायकहरुको गीत दुरुस्तै सुनाईदिने कला छ उनमा । चार वर्षै उमेर देखी उनले स्टेजमा आफ्ना गीतहरु सुनाउन थालेका हुन् । बिभिन्न ३० वटा भन्दा कार्यक्रमहरुमा स्वराजले आफ्नो प्रस्तुती देखाईसकेका छन् ।

सानैमार् इन्डियन आइडल अभिजित साओन्दका गीत सुनेपछि उनलाई पनि गाउने सोख चलेको हो । 'गीत गाउन अत्यन्तै रुचि राख्थ्यो ।' आमा सरिताले भनिन् । 'कलम, कापी, जे भेटायो त्यसैलाई माइक बनाएर गाउन खोज्थ्यो ।' आमा, बुबा र देश प्रति माया झल्किने गीत गाउन उनलाई विशेष मनपर्छ । सन् २०११ मा नेपाली लिटल स्टारमा फर्स्ट रनर अप उपाधि जितेका स्वराजको पहिलो गिती संग्रहस्वराज बजारमा आएको छ । यस एल्बमबाट आएको पैसा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पर्ढाईमा लगाउने उनको चाहना छ । कति राम्रो सोच । स्वराजको यहि चाहना पूरा गर्न उनका आमा, बुबाले स्वराज फाउण्डेसन खोलेर सहयोग गर्नुभएकोे छ । हरेक वर्षचागल, काठमाडौंको जगतसुन्दर बोने कोथी स्कुलमा अध्ययनरत दर्ुइ जना विद्यार्थीहरुलाई छात्रबृत्ति दिएर सहयोग गर्ने फाउण्डेसनको लक्ष्य छ । त्यसैले दसैंमा टिका लगाएर जम्मा गरेको पैसा स्वराजले यहि फाउण्डेसनमा जम्मा गरे । बुबा, आमाले पनि सहयोग गर्दा त २० हजार रुपैंया जम्मा भईसकेको छ ।

युनाइटेड स्कुल कक्षा ४ मा अध्ययनरत स्वराजलाई राम्रो गायक र बैज्ञानिक बन्न मन छ । 'ठूलाबडाबाट म त यही आर्शिबाद माग्छु ।' उनले भने । 'छोराको चाहना मर्न दिन्नौं । सधैं सहयोग गर्र्छौं ।' बुबा बिजयसागरले भने । उनले फर्ुसदको समयमा गीत गाएर, पढेर समयको सदुपयोग गर्छन् । बिदामा घुम्न मनपर्छ । उनलाई आमा, बुबाले भारतको कलकत्तँ, आग्रा, जयपुर, नयादिल्ली, दार्जिलिङ लैजादा खुब खुसि भएका थिए । खानामा उनलाई मम, सुप, दालभात, मासु असाध्यै मनपर्छ ।

Dec 16, 2011

‘म त केटाहरूलाइ पनि जिस्क्याइदिन्थें’ – डा ज्योति भट्टराइ (मधुमेह रोग विशेषज्ञ)


नरेन्द्र रौले
मेरा स्कुले दिनहरु जावलाखेलको सेन्टमेरिजमा बिते । एसएलसि दिने बेला सम्म मेरो अलग पहिचान बनिसकेको थियो । साथीहरु माझ जोक गर्ने, सबैलाई हसाउने मेरो स्वभाब थियो । धेरैले मलाई रुचाउथे । नजिक हुन खोज्थे । म केटा जस्तो भएर हिंड्थें । कपाल छोटो बनाउथे । हिंडाई बोलाई पनि त्यही अनुरुपको थियो ।

सेन्ट मेरिजमा पढ्ने सबै विद्यार्थीहरु छात्रा हुन्थे । कसैकसैले बाहिर केटा साथी बनाएका हुन्थे । मैले भने कसैलाई मन पराएको कुरा मनमनै राखें । कसै सामु ब्यक्त गरिन । पढाई र आफ्नो लक्ष्य पूरा गर्नतिरै बढी ध्यान दिएँ । तिं दिनहरुमा साईकल कुदाउदै रिङरोड घुम्नुको मजा बेग्लै हुन्थ्यो । काठमाडौंका थुप्रै ठाउहरु यसरी साइकलमा घुगियो । मिल्ने साथी संग स्वीमिङ गर्न कहिल्यै सोल्टि त कहिल्यै रंगशाला पुग्थें । सिजनभरीको जम्मा ३ सय तिरे पुग्थ्यो । आमालाई फकाएर मैले पैसा माग्थें । र, स्वीमिङ गर्न दौडिन्थें । त्यति नै बेला बि्रटिश लाइब्रेरी गएर मन परेका पुस्तकहरु पढ्ने बानीको विकास पनि भयो ।

कलेजमा अलि बढी स्वतन्त्रताको महशुष हुँदो रहेछ । स्कुलमा भन्दा खुला र उन्मुक्त वातावरण । अस्कल कलेजमा आईस्सी पढ्दा पनि रमाईलै भयो । जहिले पनि हाँसोठट्टा गर्ने मेरो पुरानै बानी थ्यो । कलेज पढ्दा पनि त्यो क्रम टुटेन । म त केटाहरुलाई पनि जिस्क्याईदिन्थें । मौका पर्दा सरहरुलाई समेत बाँकि राखिन । तर मलाई भने कसैले जिस्क्याउने हिम्मत गरेनन् । म त्यति कडा स्वाभाबको त थिइन । तर खै किन हो ? त्यस्तो भएन । केटा साथी बनाउन तिर मेरो ध्यान गएन । सधैं मनमा एउटै कुरा खेल्थ्यो, 'डाक्टर बन्ने ।' यहि लक्ष्यलाई चुम्ने सपना बोकेर म निरन्तर कर्ममा लागिरहें । कलेजको अध्ययन पूरा भएपछि महाराजगन्ज शिक्षण अस्पतालमा एमबिबिएस पढ्न सुरु गरें । यो बेला मलाई बिहेका थुप्रै प्रस्ताबहरु आए । मैले कुनै पनि स्वीकारिन । यसले मेरो पढाईमा बाधा हुन्छ भन्ने लाग्यो । प्रस्ताब राख्नेहरु मलाई खासै मन परेनन् । युवा अबस्थामा चुनौति पनि धेरै हुन्छन् । मन भड्किने सम्भाबना पनि धेरै हुन्छ । यस्तो बेला कुनै इलम समाउनुपर्छ । संगतले पनि ठूलो प्रभाब पार्छ । राम्रो मान्छेको संगत गर्नुपर्छ जसले गर्दा आफुमा केही सकारात्मक परिबर्तन आओस् । रोल मोडेल छान्दा अझैं बेस हुन्छ । मैले त आफ्नो बुबालाई नै रोल मोडेल बनाएँ । काममै समर्पित हुने, गरिबहरुको सेवा गर्ने स्वाभाब छ, बुबाको । मैले पनि उहाकै गुण पछ्याएँ, अझैं पछ्याईरहेकी छु ।

२६ वर्षको उमेरमा अरुणराज कुँवरसंग मेरो बिहे भयो । उहा पनि पेशाले डक्टर । एमडि गर्न अमेरिका जादा त्यहा ९ वर्ष बिताएँ । समयको महत्व, संघर्ष र कामप्रतिको लगाबबारे अमेरिकाले मलाई राम्रो संग बुझायो । अमेरिकाले अन्य धेरै कुरा सिकायो । प्राकृतिक छटाले भरिपूर्ण अमेरिकाको सिराक्युजमा बहुतै आनन्द लुटियो । छाँगा, छहरा, ताल, तलैया, र हरियाली भएको यो ठाउ शान्त थियो । न्युयोर्कबाट चार घण्टा परको सिराक्युजसंग मैले ९ वर्ष लुकामारी खेलें । हरेक शुक्रबार डिस्को जाने, मुभि हेर्ने, लेकमा गएर स्वीमिङ गर्ने, बोटिङ गर्ने, पिकनिक जाने, छहरा र छाँगाहरु हेर्नमै भुल्थें । यस्तो घुमघामले धेरै कुराको अनुभब गराउदो रहेछ । नेपालमा छदा बा, आमा संग झापा, इलाम, मुक्तिनाथ, बुटवल घुमेको सम्झन्थें । हजुरआमाले आफ्नो माइति लहान लैजादाका सम्झना बरोबर आईरहन्थ्यो ।

जीवन रमाईलो यात्रा रहेछ । मैले जे गरें राम्रै गरें । अझैं रमाईलो यात्रा गरिरहे जस्तो लाग्छ । उमेरमै सहि बाटो पहिल्याउन सक्यो भने यस्तै सन्तुष्टि सबैलाई मिल्छ । युवाहरुलाई प्रशस्त अबसरहरु छन् । त्यत्तिकै चुनौतिहरु पनि छन् । कडा मिहिनेत गर्दा असम्भब भन्ने केही हुँदैन । युवा छँदै हामीले सुन्दर भविष्यको सपना बुन्यौं र त्यहि बाटोमा निरन्तर हिंड्यौ भने भविष्य हाम्रै हातमा हुन्छ । त्यसका लागि सकारात्मक सोचको खाँचो पर्छ । देश बनाउन युवाहरुले संगठित हुन र नेतृत्वदायि भुमिका खेल्न जरुरी छ ।

Dec 11, 2011

Community driven site jhoomka.com is launched

Community driven site jhoomka.com is launched in Nepali Online Web Media, Nepali social networking site, Nepali news, Nepali Blog, Nepali Models, Nepali Classifieds, Nepali Jobs, Ecommerce, buy and sell online NepalLife is beyond imagination in 21st Century without the access of internet. Internet has become an integral part of our daily life. Number of internet users is increasing day by day even in developing countries like ours. What’s happening across the world is a concern of the internet users today. So, considering the need of internet users, we’d like to take an opportunity to inform you that a brand new online website www.jhoomka.com has been launched in Nepali online web media.

Who we are?

Jhoomka Dot Com is a community driven site for people to discover and share content from anywhere on the web. From the biggest online destinations to the most obscure blog. Jhoomka Dot Com surfaces the best stuff as liked by our community. We are committed to provide tools for our community to discover content, discuss the topics that they are passionate about, connect with like-minded people and make some new friends in the process. By looking at information through the lens of the collective community on Jhoomka, you all will always find something fascinating and unique.

What we do?

NEWS
News and updates on Jhoomka Dot Com comes straight from the Jhoomka Community. The best links found from around the web are shared on Jhoomka Dot Com to gain traction and exposure as the link shared virally.
Found an interesting link on the internet? Jhoomka Dot Com is the best place to take that news further and spread it quickly amongst a vibrant community.

BLOG

Blog provides platform for new upcoming writers by priming their work. Blog is all about general topics and Jhoomka community can submit their article both in Nepali and English language.


MODEL
Fashion today is a topic of interest for everyone. Jhoomka Dot Com provides opportunity to upcoming models and coverage to those who are ruling the ramp. Submit the photos and Jhoomka Dot Com will make it available and possible.


CLASSIFIED
Namaste to the best place for local buying and selling. With Jhoomka Classified you get the convenience of shopping and buying locally. Find everything you are looking for from autos to antiques, pets to patio sets, sofas to sporting goods, or even a new job or a house.

Community driven site jhoomka.com is launched in Nepali Online Web Media, Nepali social networking site, Nepali news, Nepali Blog, Nepali Models, Nepali Classifieds, Nepali Jobs, Ecommerce, buy and sell online Nepal

Establishment and location

Established in the year 2011 (Introductory Phase). We are located at 115 Kumari Marg, Naxal, and Kathmandu, Nepal.

Chairman

Ram Adhikari (NRN USA)
Chairman at Jhoomka Dot Com Pvt. Ltd
Chairman of Jhoomka Investment Pvt.Ltd
Director of Sagarmatha Insurance Co.Ltd
Stock Broker of Nepal Stock Exchange

Our Mission

With a mission to provide the community with latest news, best blogs, models as a touch to a fashion world. In addition with classified section our objective is to provide the community with buying and selling facilities, rendering with the best services from house rentals to vacancies.

Vision of Company

To be one of the leading website in Nepal, providing latest news, blogs, and models and classified. The leading websites with maximum views and hits.

Infrastructure

Well furnished office setup in approximately 2500 sq.ft. Area, well equipped workshop, meeting room, separate office for managers, front desk, power backup – Generators, good working environment, qualified employees.



Dec 8, 2011

अब्यक्त भाषाको मजै बेग्लै / कृष्ण धराबासि , लेखक


बैंसमा नया नया साथी बनाउन मन लाग्थ्यो । टाढा टाढाका अपरिचितहरुसंग पनि र्साईनो गासिहाल्न मन लाग्ने । तर, अचेल जस्तो सञ्चारका साधनहरु त्यो बेला कहा हुनु - एउटै माध्यम थियो, चिठी पत्र । कलेज पढ्दा मैले पनि कसैसंग र्साईनो गा“से । दार्जिलिङतिरकि मेरै समकालिन एक युवतिलाई पत्रमित्र बनाए“ । पत्र लेखें । एकदिन मेरै नाममा उताबाट जवाफि चिठी आयो । छाम्दा मोटो थियो । खोलेर हेरें, बहिनीलाई लेखेको चिठी उल्टै दिदीले पो उत्तर लेखेर पर्ठाईछ । रमाईलो लाग्यो ।

झापा बस्दै खेरी हो, बिराटनगर पढ्ने एक युवकलाई पनि पत्रमित्र बनाईयो । केही समय पत्र आदान प्रदान भयो । तर उसलाई आफु केटी भएको बहाना बनाएर पत्र कोर्ने गर्थें । उ निकै गहिरो प्रेममा परिसकेको थियो । हरेक पत्रहरुमा उसको छट्पटि झल्किन्थ्यो । उसका अक्षरहरु कागजमा यसरी पोखिन्थे, 'म तिमीलाई भेट्न आतुर छु । त्यो सुखद दिन कहिले आउला म कुरेर बसेको छु ।' अब प्रतिउत्तर के भनेर फर्काउ ? दिमागमा केही आएन । झट्ट न
या कुरा सोचें । 'अब मेरो विहे हुदैछ, तिमीसंग भेट्ने मौका जुर्दैन होला' यहि लेखेर पठाउ र त्यसपछि चिठी लेख्ने काम बन्द गरु“ । र, त्यही गरें । दसैंको बेला पहिलेका तिं चिठीहरु कोठामा फिंजारिएका थिए । एउटा साथीले यस्सो हेर्‍यो, मलाई त उ
सले झण्डै कुटेको । कारण, मैले केटी बनेर त्यसैका लागी चिठी लेख्ने गरेको थिए । पछि बेस्सरी रिसायो ।

झापामा कलेज पढाउदा मैले संगै ट्युसन पनि पढाउथें । युवतिहरु संग आखा जुध्थे । मन अल्झिन्थ्यो कतै । मुखले त्यति बोल्न नसके पनि आखाहरु बोल्थे । त्यो अब्यक्त भाषामा बेग्लै किसिमको मजा मिल्थ्यो। एउटीलाई असाध्यै मन पराए । कहिलेकाहिं हात समाएर हिंड्थे । मुखले नभनेका कति कुराहरु हामी चिठी लेखेर एक अर्कालाई दिन्थ्यौं । बिहे भने हुन सकेन । रोजेर मात्र के गर्नु ? आफुसंग सुख, सयल दिने हैसियत नै थिएन । स्कुल पढ्दा पनि एकदमै दुख गरियो । मलाई अरुले नै कापी, किताब, डे्रस किनिदिनुपथ्र्यो । सन्जिब उप्रेति र म सानै देखी खुब मिल्थ्यौं । हामी संगै खेल्थ्यौं, पढ्थ्यौं । रमाईलो गथ्र्यौं । मेरो धेरै जसो समय उनकै घरमा बित्थ्यो । कति सम्म भने उनले लगाएका लुगा समेत मैले लगाउ“थे । हरेक वर्षसन्जिब हलक्क बढ्थे । म भने उत्रै । उनलाई आफ्नै लुगाहरु छोटा हुन्थे । म उनकै कपडा लगाईदिन्थे । कोर्सका किताबहरु बाहेक बाह्य पुस्तकहरु पनि हामी खुब पढ्थ्यौं । आतंक, राक्षस राज्य, तोता मैनाका कथाहरु हामीले पढे मध्येका सम्भिmरहने किताब हुन् । सन्जिब अंग्रेजी उपन्यासहरु पढ्थे । त्यसको नेपालीमा उल्था गरेर सुनाउथे । स्कुलस्तरमा हुने साहित्यिक प्रतियोगितामा सहभागी हुन्थें । बिजेता बन्दा त हौसला झन् थपिन्थ्यो । साथीहरुले कवि भनेर बोलाउदा त मन फुरुङ्ग बनिदिन्थ्यो ।

सुरुमा त मैले अरुको सिर्जना सारेर सरलाई देखाउथे । सरले राम्रो छ भन्नुहुन्थ्यो । ६ कक्षामा छदा राजकुमार दिक्पालको कथा सारेर सबैलाई सुनाए । एकजना दाईले कान समाउदै भने- अब देखी अरुको सार्ने हैन, आफै लेखेर ल्याउने । वर्षौंपछिको प्रयासपछि मात्र आफैले मौलिक सिर्जना गर्न सकें । जे जति लेखें, तिनमा आफैले सुनेका, देखेका र भोगेका अनुभूतिहरु छन् । मेरो मावलीमा र् (इलामको साङ्रुम्बा) हजुरआमाले हरेक राती कथा सुनाउनुहुन्थ्यो । मैले लेखेको झोला भन्ने कथा उहाले नै सुनाउनु भएको हो । हजुरबाले मलाई अक्षर चिनाउनुभयो । जन्मथलो पाचथरको अमरपुर छोडेर बुबा, आमा, भाई बहिनी संगै हामीहरु इलाम झरेका थियौं । हाम्रा खुट्टाहरुमा जुत्तँ थिएन । बाटामा पर्ने साखेजुङको लेकमा चिसो हिउ टेकेको सम्झना अझैं ताजै छ । मावलीबाट पछि झापा झर्दा त दाल बेचेको ५० रुपैंया मात्रै थियो ,बुबासंग । निकै कष्टपूर्ण दिनहरु गुजार्‍यौं हामीले ।

र, त्यही पीडादायि जीवनले मलाई लेखक बनायो । अहिले लेखन मेरा निम्ति नशा बनेको छ । लेखनबाटै मलाई मान, सम्मान, प्रतिष्ठा मिलेको छ । कष्टकर दिनहरु गुजारे पनि जीवन प्रति कुनै गुनासो छैन मलाई । बरु मलाई लेख्नका निम्ति यस्तै घटनाहरुले झक्झकाईरहे । जीवन उत्सब हो । हामीले रमाईलो गर्दै मनाउनुपर्छ ।



Nov 13, 2011

तिहार घुमघाम ०६८









गीतकार रमेश क्षितिज संग दाङको घोराहिमा













नेपालगन्जमा टागामा सवार यात्रुहरु












घोराहि नजिकै काममा ब्यस्त एक महिला













दाङमा बाख्रा चरिरहेको देख्दा मलाइ बालापनको याद आयो

तिहार घुमघाम ०६८





हेलो मितेरी गाउ

नरेन्द्र रौले

कास्कीको ताङतिङ अब पहिले जस्तो छैन । पोखराबाट उत्तर पुर्वमा अबस्थित् यो गाउ परिबर्तनको बाटोतिर लम्किदैछ । केही वर्षअघि सम्म अध्यारोले छोपेको यो गाउ अहिले बत्तिले झिलिमिली छ । घरघरमा सुधारिएको चुलो, पानीका धारा, र चर्पी छन् । विद्यार्थीहरु बत्तिको उज्यालोमा गृहकार्य गर्छन् ।

नबुझेका कुरा सिक्न इन्टरनेट सर्फ गर्छन् । युवा र वयस्कहरु गाउको नया पुस्तकालय छिरेर समाचार र ज्ञानको तिर्खा मेटाउछन् । गृहिणीहरु बेलुकिपख टेलिभिजनमा तीतो सत्य, जीरे खुर्सानि, मेरी बास्सै हेर्दै मनोरन्जन लिन्छन् ।

ताङतिङ ब्युझिएर बिहानै झ्यालबाट चियाउदा अन्नपूर्ण हिमाल मुसुक्क मुस्कुराउछ । आखै अघि टलक्क टल्किने अन्नपूर्णजस्तै पवित्र छ, ताङतिङको मन । तलतिर सुसाइरहने मादि खोला जस्तै निर्मल, निश्चल र निष्कपट छ । चिरिच्याट्ट परेको यो बस्तिले आगन्तुकहरुलाई पहिलो भेटमै न्यानो आत्मियता बाड्छ । परिचयका हातहरु टाढाटाढा फैलाउछ । कुनै भुगोलले छेक्ने भए बेलायतका डेवडेन र विमविस गाउहरुसंग ताङतिङको साइनो गासिदैनथ्यो । मनै त हो, कोषौं टाढाका यिं बेलायति गाउहरुसंग नेपालको पहाडि यस गाउले मित लगायो । त्यसैले ताङतिङ अब ‘मितेरी गाउ’ का रुपमा परिचय फैलाउदैछ ।

ठ्याक्कै ४ वर्षअघि भुपु ब्रिटिस सैनिक क्याप्टेन गौ बहादुर गुरुङ र बेलायतमा बसोबास गरिरहेका ताङतिङे ब्रिटिस आर्मीको दिमाग एउटै कुरा फुर्‍यो, ‘कसरी गाउको विकासमा जुट्ने ?’ बेलायतमा बाक्लै बसोबास भएका उनीहरुले नया उपाय सोचे, ‘वेलायतका यिं गाउहरु संग आफु जन्मिएको गाउ ताङतिङको मितेरी लगाउने ।’ यसो गर्दा गाउको विकास सम्भब हुन्छ होला भन्ने उनीहरुलाई लाग्यो । ‘दुइ देश विचको संस्कृति, रहनसनहन, भाषा, र सकारात्मक का

महरु हामीले सिक्नु थियो ।’ दुर्गा गुरुङले त्यो क्षण सम्झिदै भने । ‘अनि बेलायतकै मोरे बेलिसको अध्यक्षतामा ताङतिङ मितेरी संगठन खोल्यौं ।’ दुइ गाउबिचको त्यो मितेरी सम्बन्धलाई डिस्टि्रक काउन्सिलर टिना नाइटले संस्थागत रुपमा औपचारिक मान्यता दिईन् । तिनै टिनालाई पछि संगठनको सम्मानित अध्यक्ष समेत बनाईयो ।

‘वन्डरफुल जर्नी ।’ तेस्रो पटक ताङतिङ आईपुगेकि टिनाले गए साता संवाददातासंग भनिन्, ‘यो यात्रा एकदम सफल रह्यो ।’ हालै ताङतिङमा चलाएको शिविर प्रति लक्षित गर्दै उनले भनिन् । बेलायतबाटै सेवा गर्न ७ जना सर्जन डाक्टर सहित २५ जनाको टोली गए साता ताङतिङ आईपुग्यो । झण्डै २ हजार गाउलेहरुले दात , कान, छाती लगायतका रोगका उपचार गराए । मितेरी संगठनबाटै यहाका बृद्धबृद्धा, अशक्त, अपांगहरुले भत्तँ पाए । आधा दर्जन विद्यार्थीहरुलाई कलेज पढ्ने छात्रबृत्ति मिल्यो । यस अघि पनि २० जना विद्यार्थीहरुले छात्रबृत्ति पाईरहेका छन् । ‘गाउको यति प्रगति हुनुमा हाम्रो पसिना बगेको छ ।’ ताङतिङ मितेरी संगठन कास्कीका अध्यक्ष प्रकाश गुरुङले भने, ‘हामीले बेलायत निबासी ताङतिङे दाजुभाईहरु संग समन्वय नगरेको भए यो सम्भब हुन्थेन ।’ हिमालयन मिलन माबि, ताङतिङका प्रधानाध्यापक समेत रहेका प्रकाशले आफ्नो स्कुलका लागी पनि मितेरी संगठन, अन्य संघ संस्थाहरु मार्फ धेरै कुराको पहल गरेका छन् । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय थपिदा अहिले पर्ढाईमा निकै सहजता आएको छ । यहाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुले छात्रबृत्ति पाउछन् । र बेलायतको मेड स्टोन ग्रामर स्कुल फर गर्ल संग पत्रमित्र गासेका यहाका विद्यार्थीहरु एक अर्काबिच पर्ढाई, लेखाई, धर्म, संस्कृति, चालचलन, देश र समाजका बारेमा आफ्ना अनुभबहरु साटासाट गर्छन् । वर्षोनी डेवडेन र विमविस गाउहरुबाट बेलायतीहरु यसरी नै ताङतिङ घुम्न आउछन् । हरेक पटक लत्ता कपडा, औषधि, भाडाकुडा, क्युरियोका सामान, कापी, कलम , किताब उपहारका रुपमा ल्याउछन् । ताङतिङले गुरुङ गीत गाएर न्यानो स्वागत गर्छ , विदेसी पाहुनाहरु छम्छमी नाच्छन् । फर्किदा ताङतिङले माया गरेर उपहार स्वरुप दिएका मादल, बासुरी, सारंगी, बुद्धको मुर्ति , घिउ, मह, छुर्पि बोकेर फर्किन्छन् ।

यहि ‘मितेरी र्साईनो’ ले ताङतिङबासिको चेतनाको दैलो उघारिदिएको छ । सामाजिक, राजनितीक, शैक्षिक क्षेत्रमा उनीहरु अग्रसर हुदैछन् । विकट मानिएको यो गाउले विस्तारै काचुली फेर्दैछ । वल्लो पल्लो र छिमेकि गाविसका गाउहरुका लागी ताङतिङ लोभ लाग्दो उदाहरण बनेको छ । यहाको प्रगति देखेर अन्य गाउहरु मनमनै इर्ष्या गर्छन् । तर यो त्यत्तिकै सम्भब भएको होईन । पौरखि ताङतिङबासिको दिनरातको मिहेनतपछि मात्र सबै कुराको सम्भब भएको हो । चुल्होमा आगो बाल्दा घरभरी धुवा र आखाभरी आशु हुन्थ्यो । यसले गर्दा दमका रोगी र आखाका रोगीहरुको संख्या निकै बढ्यो । धुवारहित चुल्हो बनाउन उनीहरु आफै कस्सिए । नेपाल रेडक्रस सोसाइटि, कास्की र युनिका फाउण्डेशसन, नेदरल्याण्डसंग प्राबिधिक सहयोगका लागी गुहारेपछि धुवारहित चुल्हो बनाएरै देखाए । ‘बल्ल सन्तोषको सास फेर्न पायौं ।’ सुकमाया गुरुङ, ६३ ले बिगत सम्झदै कहानी सुनाईन् । अहिले दाउराको खपतमा कमी आउनुका साथै बन जोगिएको छ ।

स्वास्थ्य स्थितीमा सुधार आएको छ । प्रत्येक घरघरमा पानीका धारा, चर्पी बनाएर सभ्य र असल नागरिकको पहिचान बनाएका छन्, ताङतिङबासिहरुले । पारी पट्टीको सिकलेस गाउ झिलिमिली हुदा वारी भने अ“ध्यारो छाएको हुन्थ्यो । घट्टेखोला लघु जलविद्युत आयोजना सुरु गरेपछि अहिले ताङतिङ झलमल्ल छ । टेलिभिजनमा समाचार हेर्न , मनोरन्जनात्मक कार्यक्रम सजिलै हेर्न सकिन्छ । गुरुङ जातीको घना बस्ति, झुरुप्प परेका घरहरु र रमणिय ठाउ भएकैले धेरैको रोजाईमा ताङतिङ चलचित्र सुटिङ गर्ने थलोका रुपमा विकसित हुदैछ । धेरै जसो त यहाकै निर्देशक, निर्माता र कलाकारहरु छन् । गुरुङ भाषा, संस्कृति, रितिरिवाज र चालचलन सिकाउन ताङतिङले ठूलो मद्दत गरेको ठान्छन्, चलचित्र निर्माता तथा स्थानियबासि, वेद बहादुर गुरुङ (श्याम), ४४ । ‘देश विदेशमा हामीलाई चिनाउन ताङतिङकै हात छ ।’ उनले भने । ‘नया कामको थालनि हामी आफैबाट सुरु गर्नुपर्छ ।’ हर्क बहादुर गुरुङले भने, ‘हामीबाट अरु गाउहरुले पनि त्यसको सिको गरुन् ।’ धन्य मितेरी गाउ ।

Apr 9, 2011












भक्तपुरमा तालिमका क्रममा ।












केही दिन अघि भक्तपुर गेष्ट हाउसमा संचालित सांस्कृतिक पत्रकारितामा सहभागिहरूका साथमा