बैंसमा नया नया साथी बनाउन मन लाग्थ्यो । टाढा टाढाका अपरिचितहरुसंग पनि र्साईनो गासिहाल्न मन लाग्ने । तर, अचेल जस्तो सञ्चारका साधनहरु त्यो बेला कहा हुनु - एउटै माध्यम थियो, चिठी पत्र । कलेज पढ्दा मैले पनि कसैसंग र्साईनो गा“से । दार्जिलिङतिरकि मेरै समकालिन एक युवतिलाई पत्रमित्र बनाए“ । पत्र लेखें । एकदिन मेरै नाममा उताबाट जवाफि चिठी आयो । छाम्दा मोटो थियो । खोलेर हेरें, बहिनीलाई लेखेको चिठी उल्टै दिदीले पो उत्तर लेखेर पर्ठाईछ । रमाईलो लाग्यो ।
झापा बस्दै खेरी हो, बिराटनगर पढ्ने एक युवकलाई पनि पत्रमित्र बनाईयो । केही समय पत्र आदान प्रदान भयो । तर उसलाई आफु केटी भएको बहाना बनाएर पत्र कोर्ने गर्थें । उ निकै गहिरो प्रेममा परिसकेको थियो । हरेक पत्रहरुमा उसको छट्पटि झल्किन्थ्यो । उसका अक्षरहरु कागजमा यसरी पोखिन्थे, 'म तिमीलाई भेट्न आतुर छु । त्यो सुखद दिन कहिले आउला म कुरेर बसेको छु ।' अब प्रतिउत्तर के भनेर फर्काउ ? दिमागमा केही आएन । झट्ट न
या कुरा सोचें । 'अब मेरो विहे हुदैछ, तिमीसंग भेट्ने मौका जुर्दैन होला' यहि लेखेर पठाउ र त्यसपछि चिठी लेख्ने काम बन्द गरु“ । र, त्यही गरें । दसैंको बेला पहिलेका तिं चिठीहरु कोठामा फिंजारिएका थिए । एउटा साथीले यस्सो हेर्यो, मलाई त उ
सले झण्डै कुटेको । कारण, मैले केटी बनेर त्यसैका लागी चिठी लेख्ने गरेको थिए । पछि बेस्सरी रिसायो ।झापामा कलेज पढाउदा मैले संगै ट्युसन पनि पढाउथें । युवतिहरु संग आखा जुध्थे । मन अल्झिन्थ्यो कतै । मुखले त्यति बोल्न नसके पनि आखाहरु बोल्थे । त्यो अब्यक्त भाषामा बेग्लै किसिमको मजा मिल्थ्यो। एउटीलाई असाध्यै मन पराए । कहिलेकाहिं हात समाएर हिंड्थे । मुखले नभनेका कति कुराहरु हामी चिठी लेखेर एक अर्कालाई दिन्थ्यौं । बिहे भने हुन सकेन । रोजेर मात्र के गर्नु ? आफुसंग सुख, सयल दिने हैसियत नै थिएन । स्कुल पढ्दा पनि एकदमै दुख गरियो । मलाई अरुले नै कापी, किताब, डे्रस किनिदिनुपथ्र्यो । सन्जिब उप्रेति र म सानै देखी खुब मिल्थ्यौं । हामी संगै खेल्थ्यौं, पढ्थ्यौं । रमाईलो गथ्र्यौं । मेरो धेरै जसो समय उनकै घरमा बित्थ्यो । कति सम्म भने उनले लगाएका लुगा समेत मैले लगाउ“थे । हरेक वर्षसन्जिब हलक्क बढ्थे । म भने उत्रै । उनलाई आफ्नै लुगाहरु छोटा हुन्थे । म उनकै कपडा लगाईदिन्थे । कोर्सका किताबहरु बाहेक बाह्य पुस्तकहरु पनि हामी खुब पढ्थ्यौं । आतंक, राक्षस राज्य, तोता मैनाका कथाहरु हामीले पढे मध्येका सम्भिmरहने किताब हुन् । सन्जिब अंग्रेजी उपन्यासहरु पढ्थे । त्यसको नेपालीमा उल्था गरेर सुनाउथे । स्कुलस्तरमा हुने साहित्यिक प्रतियोगितामा सहभागी हुन्थें । बिजेता बन्दा त हौसला झन् थपिन्थ्यो । साथीहरुले कवि भनेर बोलाउदा त मन फुरुङ्ग बनिदिन्थ्यो ।
सुरुमा त मैले अरुको सिर्जना सारेर सरलाई देखाउथे । सरले राम्रो छ भन्नुहुन्थ्यो । ६ कक्षामा छदा राजकुमार दिक्पालको कथा सारेर सबैलाई सुनाए । एकजना दाईले कान समाउदै भने- अब देखी अरुको सार्ने हैन, आफै लेखेर ल्याउने । वर्षौंपछिको प्रयासपछि मात्र आफैले मौलिक सिर्जना गर्न सकें । जे जति लेखें, तिनमा आफैले सुनेका, देखेका र भोगेका अनुभूतिहरु छन् । मेरो मावलीमा र् (इलामको साङ्रुम्बा) हजुरआमाले हरेक राती कथा सुनाउनुहुन्थ्यो । मैले लेखेको झोला भन्ने कथा उहाले नै सुनाउनु भएको हो । हजुरबाले मलाई अक्षर चिनाउनुभयो । जन्मथलो पाचथरको अमरपुर छोडेर बुबा, आमा, भाई बहिनी संगै हामीहरु इलाम झरेका थियौं । हाम्रा खुट्टाहरुमा जुत्तँ थिएन । बाटामा पर्ने साखेजुङको लेकमा चिसो हिउ टेकेको सम्झना अझैं ताजै छ । मावलीबाट पछि झापा झर्दा त दाल बेचेको ५० रुपैंया मात्रै थियो ,बुबासंग । निकै कष्टपूर्ण दिनहरु गुजार्यौं हामीले ।
र, त्यही पीडादायि जीवनले मलाई लेखक बनायो । अहिले लेखन मेरा निम्ति नशा बनेको छ । लेखनबाटै मलाई मान, सम्मान, प्रतिष्ठा मिलेको छ । कष्टकर दिनहरु गुजारे पनि जीवन प्रति कुनै गुनासो छैन मलाई । बरु मलाई लेख्नका निम्ति यस्तै घटनाहरुले झक्झकाईरहे । जीवन उत्सब हो । हामीले रमाईलो गर्दै मनाउनुपर्छ ।
1 comment:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment