Dec 29, 2011

नरेन्द्र रौले


( यो लेख कान्तिपुरको हेलो शुक्रबारमा आजको अंकमा प्रकाशित भएको हो । इपेपर हेर्ने भए यहाँ क्लिके हुन्छ । )

रिवेका ब्ल्याक (गायिका)


हरेक तस्विरहरुमा सेता दन्त लहर टिलिक्क टल्काउदै हेरौं हेरौं लाग्ने मुस्कान छोड्ने रिवेका व्ल्याक, इन्टरनेटमा सर्बाधिक खोजी गरिएकि अमेरिकन पप सिंगर हुन् । एक वर्ष अघि 'फ्राइडे' म्युजिक भिडियो सार्वजनिक गर्दा रिवेका ब्ल्याकले यति चर्चा बटुल्ने आशा सायदै गरेकि थिईन् । अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकि रिवेकाको स्वर मिसिएको 'फ्राइडे' जब ईन्टरनेटको दुनियामा फैलियो उनको उमेर भन्दा कैयौं गुणा बढी श्रोताहरुको ढुकढुकि बन्यो । भर्खर १५ वर्षको उकालो चढ्दै गरेकि रिवेकाको यस म्युजिक भिडियोलाई सोमबार सम्म १ करोड, ४८ लाख ४६ हजार ४७ जनाले हेरिसकेका छन् । यिं आकर्षक र सेक्सी सुन्दरी गुगल जिटिजिस्टको तथ्यांक अनुसार सन् २०११ मा सर्बाधिक खोजिने ब्यक्तिहरु मध्ये पहिलो नम्बरमा परिन् । 'फ्राइडे' अतिरिक्त रिवेकाका 'माइ मुमेन्ट' र 'पर्सन अफ इन्ट्रेस्ट्' एल्बम निस्किएका छन् ।


र्‍यान डन (टेलिभिजन पर्सनालिटि)




अक्सर झ्याप्प दाह्री पाल्न रुचाउने र्‍यान टेलिभिजन पर्सनालिटि हुन् । (जो जुन २०, २०११ मा बिते ) करिअर बनाउन र्‍यान जस्तोसुकै खतरा मोल्न तयार हुन्थे । अमेरिकाको एमटिभीबाट प्रशारण हुने 'ज्याक्स' र 'भिभा ला बाम' यस्तै खतरा मोल्नुपर्ने टेलिभिजन सिरिज हुन्, जो वास्तविक कथाबस्तुमा आधारित हुन्थे । तिनै सिरिजका सदस्य हुन्, र्‍यान । उनले बाम मार्गेरा फिल्ममा प्रमुख पात्रका रुपमा पनि अभिनय पनि गरेका छन् । सन् २००० देखी २००२ सम्म एमटिभिबाट देखाईका यिनै सिरिजबाट र्‍यानको लोकप्रियता चुलियो । झण्डै एक दर्जन टेलिभिजन कार्यक्रम उत्पादन गरेका र्‍यानले म्युजिक भिडियो र फिल्म उत्पादनमा पनि संलग्न थिए । गुगल जिटिजिस्टको तथ्यांक अनुसार सन् २०११ मा सर्बाधिक खोजिने उनी दोस्रो ब्यक्ति हुन् ।

पिप्पा मिडलेटन (पार्टी प्लानर )



इंग्ल्याण्डमा जन्मिएकि पिप्पा पार्टी सर्भिस ब्यबसायि हुन् । २८ वषिर्या यिं युवति उच्च घरानाहरु जमघट हुने पार्टीहरुमा मनोरञ्जन लिन रुचाउछिन् । २००८ मा ग्रयाजुएसन सकेपछि एक कम्पनिमा पब्लिक रिलेसनका रुपमा कार्यरत पिप्पाले बेलायतको टेबल टक कम्पनिमा इभेन्ट् म्यानेजरको अनुभब पनि बटुलेकि छिन् । उनकी जेठी दिदी क्याथरिनको राजकुमार विलियम संग २९ अपि्रल, २०११ मा लगनगाठो कस्सिएपछि मिडियामा ठूलो कभरेज पाएकी थिइन् । विशेष गरी पिप्पाकै जीवनशैली र उनको सामाजिक जीवनबारे मिडियाले उनलाई राम्रो स्थान दिएका थिए । २००८ मा टेट्लर म्यागेजिनले पिप्पालाई द नम्बर वान् सोसाइटि सिंगलट्न का रुपमा घोषित गरेको थियो ।

केसि एन्थोनि (हत्या अभियुक्त )



ओर्लान्डो, फ्लोरिडाबाट २ वषिर्या केली मेरी एन्थोनि हराएको खबर आयो । ठ्याक्कै चार वर्ष अघि घटेको त्यो घटनाले सनसनि मच्चियो । आखिर कसरी हराइन् केली ? खोज्दै जादा केली घर नजिकै मारिएको अबस्थामा फेला परिन् । उनकी आमा केसिले त्यो घटनाबारे प्रहरीलाई विवादास्पद अभिब्यक्ति दिइन् । २६ वषिर्या केसि यसै प्रकरणले जेल जान बाध्य भइन् । बन्दी जीवनपछि केसिलाई हजारौं इमेलको ओइरो लाग्यो जसमा उनिप्रति घृणा पोखिएको थियो । र, उनलाई मार्ने धम्कीपूर्ण इमेल थिए तिं । आफ्नी छोरीको हत्या गरेको आरोप लगाउदै कतिले उनलाई मार्ने प्रयत्न पनि नगरेका हैनन् । गुगलमा खोजिने चौथो ब्यक्ति हुन्, केसि ।

एडेल (गायिका)


२३ वर्ष अघि बेलायतमा जन्मिएकि एडेल गायिका हुन् । चार वर्षकै उमेर देखी गीत गाउन थालेकि उनी संगित र गायनमा गहिरो अभिरुचि राख्छिन् । गीत लेखनमा पनि उत्तिकै चाख राख्ने एडेललाई सन् २००८ मा ब्रिट अवार्ड नामक पप म्युजिक अवार्डबाट सम्मानित भईसकेकि छिन् । एडेलको प्रस्तुतिले अमेरिकाको टेलिभिजनबाट प्रशारण हुने स्याटर्डे नाइट लाइभमा ठाउ पाएपछि उनको करिअर उकालो लागेको हो ।

स्टीभ जब्स (संस्थापक एप्पल)

कसैकसैको मृत्यु पनि लोभ लाग्दो बनिदिन्छ । बाचेको सिंगो जीवन भन्दा मृत्युको एक दिनले ठूलो पाठ सिकाउन सक्छ ।
क्यालिफोर्नियाको सानफ्रानसिस्कोमा जन्मेका स्टीभ जब्स बाँचुञ्जेल जति चर्चामा रहे त्यो भन्दा अझ बढी मृत्युमा उनको चर्चा भयो । लामो समय पत्रिकाका पानाहरु उनकै सम्झनाले रंगिए । सायद उनले गरेका लोभ लाग्दा काम र फरक ढंगको जीवनशैलीकै कारण दुनियाले सम्झिए । -(अझै सम्झिरहनेछन् ) अक्टोबर ५, २०११ मा संसारबाट बिदा भएका स्टीभले आम मानिसको दिमागमा बेग्लै छाप छोडे । विश्व प्रसिद्ध कम्पनि एप्पल इङ्कका सहसंस्थापक, पूर्व अध्यक्ष तथा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका स्टीभले आइफोन, आइपड, आइप्याड जस्ता आकर्षक ग्याजेट उपहार स्वरुप छोडेर गए ।

एमि वाइन हाउस (गायिका)


हातभरी ट्याटु खोपेकि एमि जब हल्लिदै ज्याज गीतहरु गाउ थाल्छिन्, संगितप्रेमीहरु जुरुक्क उफ्रन थाल्छन् । मृगनयन रुपि उनका आँखाहरुले जसरी लठ्ठै बनाउछन्, उनको जादुमयि स्वर भरिएको गीत सुन्दा छुट्टै मात चढ्छ । ९ वर्ष अघि सार्बजनिक गरेको फ्रयांक एल्बम मर्क्युरी पुरस्कारका लागी छनोटमा परेको थियो । यिं २७ वषिया बेलायति सुन्दरीको २३ जुलाइ, २०११ मा रहस्यमय ढंगले मृत्यु भयो ।

(ओसामा बिन लादेन , अलकायदा संस्थापक)

मोहम्मद बिन लादेनका ५२ सन्तानहरुमध्ये १७ औं सन्तान हुन्, ओसामा बिन लादेन । साउदी अरबका अरबपति ठेकेदार
बाबुको सन् १९६८ मा हेलिकप्टर दुर्घटनामा मृत्युपछि युवा अबस्थामै बिना मिहिनेत करोडपति बने लादेन । साउदी अरबको साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थि शिक्षक र विद्यार्थीहरुसंग नजिकिएका उनी पछि गएर अलकायदाका प्रमुख बने । सेप्टेम्बर ११, २००१ मा अमेरिकाको वल्र्ड टे्रड सेन्टरमा आक्रमण गरेपछि ओसामा बिन लादेन संसारभर चर्चामा आए । मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थिीति नरुचाएर १९९८ मा अमेरिका बिरुद्ध युद्धको घोषणा लादेन इस्लाम धर्मका श्रद्धालुहरुका लागी नायक बनेका थिए भने पश्चिमी मुलुकहरुका लागी अन्र्तराष्टिय खुंखार आतंकबादी कहलिए । उनलाई समाप्त गर्न अमेरिकी गुप्तचर संगठनले २ करोड ५० लाख अमेरिकी डलर राशीको पुरस्कार समेत घोषणा गर्‍यो । अन्तत मे २, २०११ मा पाकिस्तानको एबोटाबादमा अमेरिकी सैनिकको आक्रमणमा उनी मारिए । लादेन गुगलमा सर्बाधिक खोजिएका ८ औं ब्यक्ति हुन् ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।