Jun 13, 2010

गित भित्रको पृष्ठभुमि
नरेन्द्र रौले

तिम्ले पराइ ठानेपछि ,पराइ हुन के भयो र ?
तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ?
धेरै मानिसका ओठमा झुन्डिएको छ यो गीत । धेरैको मनमा बसेको छ ।
अञ्जु पन्तले स्वर भरेको यो गीत बजारमा आएपछि रेडियोमा नबजेको दिनै छैन । जुनै स्टेसनबाट लगाउँदा पनि त्यहि गीत बजिरहेको भेटिन्छ । यो गीत सुनेपछि धेरैले यसैलाइ आफ्नै जीवनको गीत सम्झन्छन् ।
र पीडा भुलाउन खोज्छन् । यस गीतका सर्जक लोकराज अधिकारीले कुन घटनाबाट प्रेरित भएर यो गीत रचे होलान् ?

लोकराज अधिकारी, २९ गजल अनुरागी थिए । माबि डाँडागाउ, गोगलि दाङमा कक्षा ७ पढ्दै गर्दा कविता लेख्थे उनी । कक्षामै आफ्ना साथी र गुरु लाइ सुनाउँथे । सबैले उनका रचनाको प्रसंसा गर्थे । उनलाइ थप लेख्ने हौसला प्राप्त हुन्थ्यो । महेन्द्र बहुमुखि क्याम्पस, घोराहि पढ्दा जानी नजानि गजल लेख्न थाले । स्थानिय बिभिन्न पत्रपत्रिकामा उनका रचना छापिन थाले । कलेज पढ्ने बेला स्वर्गद्वारी एफएममा गजल बिशेष गिताञ्जली कार्यक्रम चलाउथे । कार्यक्रमको अन्त्यमा आफैले रचना गरेका गजल सुनाउँथे । उनको कार्यक्रम नियमित सुन्ने र आवाज मन पराउने गर्थिन् एक युवति । जसले निरन्तर फोन गर्थिन् लोकराजलाइ । भेट्न खोज्थिन् । बिस्तारै उनीहरु बिच भेटघाट बाक्लिदै गयो । घनिष्ठता निकै बढ्दै गयो । पछि तिनै युवति सँग प्रेम बस्यो । हुँदाहँुदा उनले बिहेको प्रस्ताब गरिन् । लोकराज बिबाहित थिए, उनी भर्खर कलेज पढ्दै गरेकि १९ बषिर्या अविवाहित युवति ।तिं युबतिको बिहे प्रस्ताब लोकराजले स्वीकार गर्न सकेनन् । नचाहँदा नचाहँदै पनि अन्तत ः प्रेमको डोरी टुट्यो। तर सम्झनाको डोरी भने कहिल्यै टुटेन । 'आफ्नो बन्न नसकेकि' तिनै प्रेमिका। सुरुमा यो गजलको रुपमा को यादमा लेखिएको गीत हो यो । " बिर्सनलाइ गीत लेखें । तर झनै सम्झाइ दियो । याद बल्भिmदै गयो ।" उनी भन्छन् लेखिएको थियो । रेकर्ड गराउने उनको कुनै योजना थिएन । त्यो गजललाइ गायक एबं संगितकार यादब
योगीले गाएर सुनाए ।

उनका साथी भाइ, शुभचिन्तकले मन पराए । सबैले रेकर्ड गराउन सल्लाह दिए । पछि लोकराजले यस गजललाइ गीतमा ढाले । थुप्रै संगितकारले यसमा संगित भर्ने कोषिस गरेपनि अन्त्यमा सन्तोष श्रेष्ठले यसमा संगित र अञ्जु पन्तले स्वर भर्ने मौका पाए । हिजो एक जनाको पीडा बोकेको गीत, आज सबैको गीत बन्यो । कतै यो गीत बजेको सुन्दा चसक्क हुन्छ मन श्रोताहरुको । आँखाभरी पुरानै अतित झलझली आउँछ । त्यसैले होला, सर्जकले मेरै जीवनको गीत लेखेछ भन्ने अनुभुति भइदिन्छ सबैलाइ । यद्यपि यति लोकपि्रय होला भन्ने स्वयं सर्जक लोकराजलाइ पनि लागेको थिएन। झण्डै साँढे लाख भन्दा बढी श्रोताहरुले आफ्नो मोबाइलमा यस
गीतलाइ सिआरबिटी बनाएका छन् । " यो लोकपि्रयता धान्न गार्‍हो छ । धेरैले गीत लेखिदिन आग्रह गरेका छन् ।" उनी भन्छन् । अहिले सम्म तीस हजार अडियो र चौध हजार भन्दा बढी सिडीका प्रतिहरु बिक्रि भइसकेका छन् ।
सर्जक लोकराज अधिकारी
जस्तै बिपिन किरणलाइ पनि ठ्याक्क त्यस्तै अनुभूति भएको थियो सुरुमा । कुनै कलाकारको आवाजमा रेकर्ड गराउने उद्देश्यले उनले गीत लेखेनन् । ०६० मा पि्रमियर कलेजबाट कमर्समा प्लस टु सिध्याएर बसेका उनी गजल लेख्ने अभ्यास गर्दै थिए । गीत, गजल सम्बन्धि ज्ञान लिन पुस्तकको अध्ययन गर्थे ।०६२ तिर बिपिनले एउटा गजल लेखे । र आफ्ना मामा सुरेश सुबेदी र अन्य केहि साथीभाइ लाइ सुनाए। सबैले उनको त्यो गजलको निकै तारिफ गरे । संगितकार महेश खड्का सँगको भेटले त्यो गजल रेकर्ड गराउने संयोग जुर्‍यो । अञ्जु पन्तको स्वरमा बिपिन कि
रणले लेखेको नर्बिसे तिमीलाइ ,न पाएँ तिमीलाइ गीत जब बजारमा आयो, तब सोचे भन्दा धेरै चर्चा पायो । नर्बिसें तिमीलाइ गीत सँ
गै बिपिनको उचाइ पनि चुलिदै गयो । दर्जनौ चलचित्र र अन्य ठाउँबाट उनलाइ गीत लेखिदिन आग्रह गर्नेहरु बढ्दै गए । त्यसो त यस भन्दा पहिला बिपिनका तीन वटा गीतहरु रेकर्ड भइसकेका थिए । तर तिं गीतहरु त्यति चर्चामा रहेनन् । एउटै गीतका कारण उनको जीवनले कोल्टे फेर्‍यो नर्बिसे तिमीलाइ ,न पाएँ तिमीलाइ लेख्न बिपिनलाइ बीस दिन खर्चिनु परेको थियो । सुरुवातको अन्तरा लेखेपछि बाँकी गीत पुरा गर्न उनले निकै सोच्नुपर्‍यो । ०६२ सालतिर हो उनले यो गीत लेखेको । लोकराजको जस्तो लामो कथा नभए पनि कलेज पढ्दाका दिनमा बिर्सन नसकेको कोहि मान्छे प्रति लक्षित गर्दै लेखेको बताए बिपिनले । यसभन्दा धेरै कुरा उनले खोल्न चाहेनन् । थोरै यथार्थ र धेरै कल्पना मिसाउदै उनले लेखेको यो गीत साँढे दुइ लाख श्रोताले आफ्नो मोबाइलमा रिङ्ग टोन बनाएका छन् । अहिले सम्म तीस हजार अडियो र चौध हजार भन्दा बढी सिडीका प्रतिहरु बिक्रि भइसकेका छन् । समय परिबर्तन हुँदै गएपनि श्रोताको मनबाट यो गीत परिबर्तन भएन ।
गीत जति पुरानो भएपनि त्यसको भाव पुरानो नहुँदो रहेछ । अनुभूति र भोगाइ जहिले पनि एउटै हुने रहेछ । जस्तो कि तारादेबिले स्वर दिएको नातिकाजिले संगीत भरेको फूलको थुंगा बगेर गयो गंगाको पानीमा अझैपनि सुनौंसुनौं लाग्छ । सदाबहार यो गीत अहिले पनि रेडियोमा प्राय जसो सुन्न पाइन्छ ।तारादेबीले संसार छोडेर गएपनि उनको स्वर धर्तीमा अझै गुञ्जिदैछ ।
त्यो गीतका रचयिता राष्ट्रकवि माधब घिमिरेलाइ गीत लेख्दाको झझल्को अझै आइरहन्छ । लमजुङ जिल्लाको पुस्तुन गाउतिरको घटना हो ।
राष्ट्रकविले एउटी अत्यन्त सुन्दर युब
ति देखे । अग्लो जिउ भएकी, लामा केशरासी, मृग नयनि आँखा , सलक्क परेकि थिइ उ । सुन्दर जिउ
डाल भएकि तिं रुपवति महिला विवाहित रहिछन् । बिहे भएको चार महिनामै लोग्ने परदेस लागेको रहेछ । जुन बाटोतिर लोग्ने परदेश लागेको थियो त्य
हि बाटोतिर हेरिरहन्थि । हरेक साँझ , हरेक बिहान त्यहि बाटोमा आँखाहरु बिछ्याउँथि उसले । एकोहोरो टोलाउन थाली । कता होला, कस्तो होला, कहिले फर्की आउला उसको मनमा सायद यस्तै कुराहरु खेल्थे । पानीमा फूलको थुँगा बगेजस्तै त्यो युबतिको जवानी पनि त्यत्तिकै खेर गए जस्तो लाग्यो घिमिरेलाइ । आफ्नो मायालुको पर्खाइमा दिनहुँ बाटो कुरिरहने त्यो आइमाइलाइ फूलसँग तुलना गर्दै राष्ट्रकविले रचे,फूलको थुंगा बगेर गयो ,गंगाको पानीमा । चलचित्र मनको बाँध मा पनि समाबेस छ यो गीत । दर्जनौ गीतहरुको बिचमा राष्ट्रकविको चर्चित अर्को कालजयि गीत छ । जसलाइ नारायणगोपालले आवाज दिएका छन्, नातिकाजीले संगित भरेका छन् ।
आजै र राती के देखें सपना मै मरी गएको
बतास बिना हाँगाको फूल भुँइ झरी गएको
लैनचौर स्थित आफ्नै निवासमा ०१९ सालमा लेखिएको थियो यो गीत । बिहानको समय थियो । श्रीमतिले चिया
बनाएर ल्याइन् । त्यो सँगै एउटा अनौठो कुरा सुनाइन् । "अचम्म भयो, आजको राती त मैलेे सपनामा आफै मरेको दृश्य पो देखें ।" यति भनेर श्रीमति फर्किन् । यो सुनेर घिमिरेलाइ भित्रै देखि छोयो । त्यसताका घिमिरेको चुरोट पिउने बानी थियो । चुरोटको सर्को लिदै उनले एकछिनमा गीत तयार पारे । श्रीमति र छोरीलाइ सुनाए । यति छिटै आफ्नै बारे गीत बनाएको देख्दा श्रीमति महाकाली छक्क परिन् । अधिकांस पीडा, दुख र बिछोडका गीतहरु सिर्जना गरे घिमिरेले । पत्नि गौरीको बियोगमा उनले खण्डकाब्य लेखे । तमाम गीतहरु रचे । जो सँग जीवन साँटियो । सुख दुख बिसाइयो र सँगै जीवनको यात्रा गरियो सिर्जनामा पनि तिनै मान्छेको प्रतिबिम्ब लेखिदो रहेछ । रचनामा पनि अनुभुति र भोगाइका तिनै कथा भेटिने रहेछन् । जसरी गीतकार रमण घिमिरेले आफ्ना गीतहरुमा आफ्नो जीवनसंगीको त्यस्तै कथा उने । झापा, धुलाबारीका रमण घिमिरे भरतपुर, चितवनकि ज्योति गौतम सँग बिबाह बन्धनमा बाँधिए । त्यो बेला घिमिरेको उमेर ३२ बर्ष थियो, ज्योतिको २६ बर्ष मात्र । तुलनात्मक रुपमा अलि ढिलो उमेरमा विवाह गरे जस्तो लाग्यो । जीवनको यो मोडमा बिहे हुन पुग्दा यो प्रसंगलाइ जोड्दै उनले गीत लेखे, आधी बाटो हिंडेपछि तिमी सँग भेट भयो , जीन्दगीको हाम्राे यात्रा त्यहिंबाट सुरु भयो । संयोगले यो गीतमा स्वर भर्ने मौका पनि मनिला सोताङ र उदय सोताङको दम्पतिले पाए । घिमिरेका अहिले सम्म साँढे दुइ सय गीतहरु रेकर्ड भइसकेका छन् । तिं मध्ये आधा जति खुसिका गीतहर आफ्नो जीवनसाथी लाइ केन्द्रबिन्दु बनाउदै लेखिएका छन् । रिसाउँदा नि आफ्नै, अझैपनि लजाउँछ्यौ उसैगरी बेहुली जस्तै,कहिले तिम्रो पछ्यौ
रीमा अल्झें आदि थुप्रै त्यसका उदाहरण हु्न् । त्यस्तै ममता दिपबिमले स्वर भरेको गीत तिम्रै यादमा कल्पिल्पि छेउ भिज्यो सिरानीको चालिस हजार
भन्दा माथी सिआरबिटी का रुपमा डाउनलोड भइसकेको छ ।
आफ्ना लागी मात्र होइन अ
रुको लागी गीत लेखेका छन्
घिमिरेले । नारायणघाट देखि काठमाडौ सम्म आउँदा गायक रामकृष्ण ढकालले भोगेका समस्या र संघर्षका कथा समेट्दै उनकै जीवन माथी गीत
लेखिएको थियोमलाइ यो जीन्दगीले कहाँ पुर्‍यायो । रामकृष्ण ढकालका चर्चित गीतहरुमध्ये यो अग्रस्थानमा पर्छ । गाउबाट उज्यालो भबिष्यको खोजी गर्दै शहर पस्ने असंख्य युबाहरुको पनि मुटुको ढुकढुकी बन्न पुग्यो यो गीत ।सर्बसाधारण मानिसको मनको भाबना बुझेर त्यसलाइ टपक्क गीतमा उतार्न सक्ने ब्यक्ति हुन्, दिनेस अधिकारी । उनका गीतहरुमा हावा, पानी, कुहिरो र प्रकृतिको बढी चित्रण गरिएको पाइन्छ ।सामान्य मान्छे उनको गीतका पात्र हुने गर्छन् । नेपाल ल क्याम्पसमा
स्नातक पढ्ने बेला तिमी यसै लजायौ, म उसै धकाएँ गीत लेखेका थिए अधिकारीले । आफ्ना साथी सुरेन्द्र रानालाइ उनले त्यो गीत देखाए ।संगीतकार राम थापासँग राम्रो सम्बन्ध थियो सुरेन्द्रको । उनले त्यो गीत थापालाइ सुम्पे । राम थापाले रबिन शर्मालाइ गाउन दिए । रबिनले गाएका र दिनेशले लेखेका दर्जनौ गीतहरु मध्ये दुबै जनालाइ यहि गीतले चिनायो । भर्खर रेकर्ड भएर बजारमा आउँदा बिहान देखि बेलुका सम्म निरन्तर रेडियोमा यो गीत बजिरहन्थ्यो । स्टेजमा पनि रबिनले यहि गीत श्रोताहरुलाइ सुनाउँथे । आफन्तको बिहेमा जाँदा मन परेको युबति देखेर अधिकारीले यो गीत लेखेका थिए । उनी सँग बोल्ने, परिचय हुने
अबसर पाएन । त्यसै कुरालाइ आधार बनाएर यो गीतको जन्म भयो ।

रक्सी बेचें आलु बेचें, बेचें च्युरा
मासु सबै भन्दा धेरै बिक्यो जोबनको हाँसो
शर्मिला बर्देवाले गाएको यो गीत पनि दिनेशले लेखेका थुप्रै अन्य गी
त जस्तै चर्चाम्ाा रह्यो ।
नयाबानेश्वर, काठमाडौमा जन्मेका, सर्लाहिको हरिऔनमा हुर्केका गीतकार दिनेश अधिकारीले हरिऔनको पहाडी गाउमा देखेको कथा लेखेका छन् यसमा । बैंसमा धपक्क बलेकि युबतिको भट्टि पसल थियो । मानिसहरुको भिड लाग्थ्यो त्यहाँ । आउँथे रमाइलो गर्थे । जब समयले कोल्टे फेर्‍यो। चाउरी पर्दै गए तिं युवतिका गाला । मान्छेहरु आउने क्रम घट्यो । त्यहि कथालाइ जिबन्त रुपमा गीतमा उतारे अधिकारीले । उनका ५०० गीतहरु रेकर्ड भइसकेका तिं मध्ये कतिपय कल्पनामा आधारित छन् भने कति बास्तविक घटनामा आधारित । ०५७ सालमा रेकर्ड भएको अनुभूति एल्बमका दस वटा गीतहरु सबै बास्तविक घटनामा आधारित छन् । गलैंचा कारखानामा मालिकले युबति माथी शोषण गरेको, बिधवा महिलाकोपीडा, पहाडमा भरियाले भारी बोकेका कथा समाबेश छन् यस एल्बममा । यिं गीतहरु लेख्दा प्रत्यक्ष रुपमा मानिसहरुलाइ भेटेरै उनले गीत लेखेका थिए ।
साहित्यकार कृष्णप्रसाद पराजुलीका झण्डै ५ दर्जन गीत रेकर्ड छन् ।

नातिकाजिले संगित भरेको र उदितनारायण झाले गाएको तिमीलाइ देखेर आँखा त्यहि छो डी हिंडे म अलि बढी चर्चामा रह्यो । यो गीत ०२८ सालमा लेखिएको हो । त्यो बेला पराजुली ठमेलमा बस्थे । उनको डेरा अगाडिको बाटोमा एक सुन्दर महिला हिंड्थिन् । उनलाइ देखेर पराजुलीको मनमा तरंग जान्थ्यो । एकोहोरिदै उनै महिलातिर हेर्थे पराजुली । तर तिं महिला अर्कै पुरुषको साथमा हुन्थिन् । त्यहि बिषयलाइ केन्द्रबिन्दु बनाउदै उनले त्यो गीत रचे । ०३२ सालमा रेकर्ड भएको यो गीत सुन्दा अझैपनि पराजुली अझै त्यहि पुरानो घटनाको याद आउँछ ।
रानी ऐश्वर्या (चाँदनि शाह) ले पनि पराजुलीका गीतहरु मन पराउथिन् । ऐश्वर्याले आफ्नो जन्मदिनमा रेडियो नेपाल मार्फत कसले मलाइ बैरागी बनायो, मनको मेरो संसारै हरायो फर्माइस गरेको सम्झना छ पराजुलीलाइ ।

आफ्नो सिंगो जीवन लोकगीत संकलन र गायनमा समपर्ण गरेका जनकवि केशरी धर्मराज थापाका सबैजसो गीत भित्र यथार्थ लुकेको छ । लोकगित संकलनका क्रममा नेपालका अधिकांस गाउ, ठाउ जिल्लामा घुमेका छन् उनले । कतिपय भारतिय भुमी नैनीताल, देहरादुन, दार्जिलिङ
समेत चक्कर लगाए । थापाको चर्चित गीत छ, उनकै आवाजमा गाइएको हरियो डाँडामाथी हलो जोत्ने साथी । तत्कालिन राजकिय प्रज्ञा प्रतिष्ठानका कुलपति राजा महेन्द्र थिए । प्रतिष्ठानले उनलाइ लोकगित संकलनका लागी जिल्ला बाहिर पठाएको थियो । २००८ को कुरा हो । घुम्दैघुम्दै उनी सुदूरपश्चिमको बाजुरा पुगेका थिए । डोगडि गाउको माथी डाँडामा थकाइ मार्न उनी सुस्ताएका थिए । नजिकै हलो जोतिरहेका किसान देखे । अनि त त्यहिं लेखिहाले , हरियो डाँडा माथी हलो जोत्ने साथी । जसलाइ रामचन्द्र काफ्लेले पछि रिमीक्स गरेर पनि गाए । सर्जक ललिता कुँवरले पहिलो पल्ट बियोग एल्बम बजारमा ल्याइन् ०६१ मा । त्यो एल्बममा समाबेश आठ वटा गीत मध्ये एउटा गीत निकै चर्चामा आयो । स्वरुपराज आचार्यले गाएको धेरै माया दिदा रैछन्, मुटु जोडेर जानेहरु । त्यो गीत ललिताले आधा घण्टामै तयार पारिन् । जसभित्र नरमाइलो एउटा कहानि छ । ६ बर्ष अघि नेपाल टेलिभिजनबाट एउटा सिरीयल आउथ्यो , बिमानचालक ।जसको अभिनय गर्थे पाइलट बिजय गिरीले । त्यसको अभिनय, कथा बस्तु सबै कुरा मन पराउथिन् ललिता । उनी नियमित रुपमा त्यो सिरियल हेर्थिन् । एक दिन अचम्म नरमाइलो घटना सुन्नुपर्‍यो । नेपाल टेलिभिजनबाट बज्ने सिरीयल बिमानचालकका अभिनयकर्ता एबं पाइलट बिजयले जहाज उडाउदा उडाउदै दुर्घटनामा परेर आफ्नो ज्यान गुमाए । त्यो खबर एउटा एफएम बाट
सुनिरहेकि थिइन् ललिता । उनको श्रीमतिको ठाउमा आफु भइदिएको भए कस्तो हुन्थ्यो , मलाइ कस्तो पीडा हु
न्थ्यो । उनले यस्तै सोचिन् र तुरुन्तै गीत बनाइन् । जो अत्यन्तै चर्चा रह्यो । त्यसो त बियोग एल्बमका अन्य सात वटा गीतहरु पनि सत्य घटनामा आधारित छन् । "मेरो नजिकका साथीहरुले प्रेम
बिछोडमा भोगेका पीडा सुनेर लेखें ।" उनले भनिन् ।

सबै गीतहरु सत्य घटनामा आधारित हुन्छन् भन्ने छैन । बरिष्ठ गीतकार रत्नशमशेर थापाले मनमा कल्पना खेलाउदै गीत लेखेका छन् । उनका चर्चित गीत मध्ये ए कान्छा ठट्टै मा यो बैस जान लाग्यो, बिछोडको पीडा नसकि खप्न दसैको मेलैमा गाउको कथा बस्तु सम्झेर लेखेका हुन् । आफैलाइ घटना पर्नुपर्छ भन्ने छैन, अरुको देखेर पनि लेख्न सकिन्छ भन्ने लाग्छ उनलाइ । " कल्पनाले ठूलो भुमिका खेल्छ लेखनमा । कल्पना शक्ति तिख्खर हुनुपर्छ ।" थापा भन्छन् ।
















May 29, 2010

May 18, 2010

स्वप्निल संसारमा नरेन्द्र रौले

दौंतरीले नेपाली ब्लग तथा ब्लगरको बारेमा सधैं काम गरिरहेको छ। यसै अनुरुप नेपाली ब्लगरहरुसितको ब्लग संबादलाई ब्लग भित्र ब्लग स्तम्भमा नियमित राख्ने गरेका छौं। यस पटकको ब्लग भित्र ब्लगमा स्वप्निल संसारका ब्लगर नरेन्द्र रौलेलाई निम्ताएका छौं। आउने ब्लग भित्र ब्लगको स्तम्भमा ब्लगर कृष्ण पक्षसितकोसंबाद लिएर आउने छौं। प्रस्तुत छ नरेन्द्र रौलेको ब्लग संबाद।

१) ब्लग दुनियामा कसरी आउनुभयो - आफ्नो छोटो परिचय दिनुहोस न ।
सुदूरपश्चिमको बाजुरा जिल्लामा जन्मेको हुं । स्कुल जिवनमा पत्रपत्रिका पढ्न , रेडियो सुन्न, कोर्षबाहिरका किताब पढ्न खुब चाख लिन्थें । कक्षा १० पढ्दा सुनाखरी भित्ते पत्रिका सम्पादन गर्थें । एसएलसि पछि उच्च अध्ययनका लागि ६ बर्षअघि मैले काठमाडौं काठमाडौं प्रबेश गरें । रत्नराज्य लक्ष्मी क्याम्पस, भृकुटीमण्डपबाट पत्रकारिता र अंग्रेजी साहित्यमा बिए स्तरको पढाइ पुरा गरें ।
म बिगत तीन बर्षदेखि सक्रिय रुपमा पत्रकारितामा पेसामा छु । हाल कान्तिपुर पब्लिकेसन्सको नेपाल साप्ताहिक संबाददाताका रुपमा कार्यरत छु । तीन बर्षअघि कान्तिपुर दैनिकका पत्रकार एबं ब्लगर दिनेश वाग्लेसंग मेरो भेट भयो । मैले भर्खर आइ ए दोस्रो बर्षो परिक्षा दिएको थिए। नया
जोश जांगरले पत्रकारितामा समर्पित हुन लागेको युवा । दिनेश दाइको ब्लग मैले नियमित पढ्ने गर्थें । दिनेश दाइले सामान्य कुरालाइ पनि रोचक ढंगले पस्किनु हुन्थ्यो । वाग्ले लेखन शैलीबाट म प्रभाबित बनें । मलाइ पनि ब्लग गर्न रहर लाग्यो । दिनेश दाइ स“ग त्यो कुरा राखें । उहांले ब्लग खोल्न सिकाउनु भयो । यसरी मैले ब्लगको दुनियामा प्रबेश गरें ।

२) स्वप्निल संसारमा कस्तो सपना देख्नुभएको छ ?
नियमित रिर्पोटिङ संगै पत्रिकामा आउन नसकेका बिषय बस्तुबस्तु , मेरो दिनचर्या, यात्रा बिबरण आदि लाइ स्वप्निल संसारमा समेट्न खोजेको छु । यसमा केहि नया स्तम्भ पनि थप्न खोजेको छु । सधैं समाचार लेख्ने पत्रकार आफु कहिल्यै समाचारमा आउदैनन् । मिडियामा स्वयं तिनका कुरा लेख्ने ठाउं हुदैन । अब देखि कम्तिमा पाक्षिक रुपमा एक जना पत्रकार संग अर्न्तवार्ता राख्ने तयारीमा छु ।

३) ब्लगको लेखनीलाइ कसरी लगाउनु भएको छ?
रातीको समयमा लेख्न रुचाउछु । रिर्पोटिङबाट बचेको समय यसमा खर्चिन्छु । पत्रिकामा नछापिएका कुरालाइ ब्लगमा राख्छु ।

४) तपाइ पत्रकार पनि , ब्लगर पनि , पत्रिका र ब्लगमा लेख्दा कसरी शब्द खर्चिनुहुन्छ?
पत्रिकामा लेख्दा केहि आबश्यक नियम भित्र बांधिनुपर्ने हुन्छ । आफुले लेखेको लेख,समाचारमा सम्पादकले छांटकांट गर्छ । काम गर्ने समाचार संस्थाको पक्ष, चाहनामा लेख्नुर्पर्छ । अनि मात्र समाचार छापिन्छ । तर ब्लगमा लेखनको आफ्नै नया शैली दिन सकिन्छ । यसमा कसैको हस्तक्षेप,दवाव र करकाप हुदैन । स्वतन्त्र रुपले आफुलाइ मन लागेका बिषयमा आफ्नै शैलीमा लेख्न सकिन्छ । मैले पनि अपनाउने शैली यहि हो ।

५) पत्रकार लेखक आदीका जिवन त अभाबमा बित्छ भनेर चित्रित गरिन्थ्यो, आजकल कस्तो छ?
नेपालमा पसिनाको सम्मान गर्ने बानी अझै बसिसकेको छैन । मिहिनेत र राम्रो कामको यहा कुनै कदर हुदैन । रिर्पोटरले मरीमरी काम गर्दा पनि समयमा तलब दिइदैन । दिए पनि नगन्य मात्रामा पाइन्छ । संचार संस्था को क्षमता नभएर चांहि होइन । डान्स रेष्टुरा, दोहोरी र जांडपानीमा एक रातमा पचास हजार उडाउने मालिकहरु आफ्ना रिर्पोर्टरलाइ मासिक ५ हजार दिन मान्दैनन् । त्यसैले पत्रकार , लेखकका जीवन अहिले पनि अभाबमै बित्छन् यहां । मैले त समाचार लेखे अनुसार पारिश्रमिक पाउने हो । त्यति चित्त बुझ्दो छैन । नेपाल साप्ताहिकका अतिरिक्त मैले कान्तिपुर, दि काठमाडौ पोष्ट, नारी,साप्ताहिक र शिक्षक मासिकमा पनि लेख्ने गर्छु यसले गर्दा अलिक खर्च धान्न सहज हुन्छ । एउटा कुरा नेपाली र अंग्रेजी दुबै भाषामा राम्रो लेख्न सक्ने पत्रकार र लेखकलाइ भने अबसर नभएका होइनन् ।

६) कागजि पत्रिका पश्चिम देशमा लोपन्मुख स्थितीमा छन्, नेपालमा कत्तिको फस्टाउदै छन् ?
नेपालमा भने ठिक त्यसको बिपरित छापा माध्यम फष्टाउदै छन् । पछिल्ला दिनमा ठूला आकारका दैनिक बढिरहेका छन् । नेपाल रिपब्लिक मिडिया द्वारा प्रकासित नागरिक र रिपब्लिका त्यसका उदाहरण हुन् । साप्ताहिक पत्रिका दैनिक, पाक्षिक पत्रिका साप्ताहिक हुने तयारीमा छन् ।

७) तपाइलाइ के भन्दा रमाइलो लाग्छ , पत्रकार कि ब्लगर ?
मलाइ पत्रकार भन्दा बढी कसैले ब्लगर भनिदिएको रमाइलो लाग्छ । र कुनै नियम, दवाव भन्दा पर रहेर लेख्न पाइने भएकाले पत्रकार भन्दा अझ लेखक हुं भन्ने ठान्छु ।

८) रौले संसार के कारणले बन्द हुन पुग्यो - ब्लगरले यसबाट सिक्नुपर्ने केहि छ कि ?
सुरु देखि अहिले सम्म मैले ८, ९ वटा ब्लग बनाए । खोल्दै परिबर्तन गर्न थालें । कहिले के चित्त नबुझ्ने कहिले के । रौले संसार पनि त्यहि क्रममा बनेको हो । धेरै खोलेर होला मैले त्यसको इमेल नै बिर्सिएं । धेरैवटा ब्लग खोल्नु भन्दा एउटै ब्लग खोलेर राम्रो बनाउन तिर लाग्नु पर्छ । पाठकहरुले सिक्नु पर्ने यहि हो जस्तो लाग्छ ।

९) केहि महिना यता त तपाइको ब्लग लेखनमा कमी आएको रहेछ नि ?
हो, निश्चय पनि केहि समय यता ब्लग लेखनमा कमी आएको छ । रिर्पोटिङका सिलसिलामा म देशका बिभिन्न भागमा दौडिएं । त्यहां कहिले गाउं पुग्थें, कहिले शहर । इन्टरनेटको समस्या भैरहन्थ्यो । अन्य प्राबिधिक समस्या -रुपान्तर,युनिकोड) पनि आइलाग्थे । काठमाडौ फर्किए पछि पनि काममा बढी ब्यस्त हुन थालें । त्यहि चटारोले गर्दा अलिकति कमी आएको हो । अब भने नियमित समय छुट्याउछु ।

१०) ब्लग नेपाली र अंग्रेजी दुबैमा लेख्नुहुन्छ , कारण र अनुभब दुबै बताइदिनुस न ?
अंग्रेजी र नेपाली दुबै भाषिलाइ लक्षित गर्दै मैले कलम चलाउछु । दुबै भाषाका आ आफ्ना पाठक छन्, र रमाइलो पनि बेग्लै खाले छ । अंग्रेजी भाषामा ब्लग लेख्दा अन्य मुलुक, विदेसीले प्रतिक्रिया जनाउदा एकदम खुसि लाग्छ । यसको दायरा निकै फराकिलो छ । ठूलो जमातमा आफ्नो कला देखाउन पाइन्छ । नेपाली भाषाको तुलनात्मक रुपमा अलि सांघुरो घेरा छ । मैले आफ्नो कलम तिखार्न र अन्य अबसर छोप्न दुबै भाषामा ब्लग लेख्ने गर्छु।

११) पत्रकार भएर थुप्रैसित अर्न्तवार्ता लिनुभएको रहेछ , ब्लगर भएर अर्न्तवार्ता दिदा कस्तो अनुभब गर्नुभएको छ?
एकदम अनौठौ अनुभूति भइरहेको छ । धेरै अगाडी दौतरी ब्लग हेर्र्थें । ब्लग भित्र ब्लगर स्तम्भमा अरु कसैको अर्न्तवार्ता देखेर मनमनै सोच्थें । मेरो पनि कुनै दिन पालो आउला कि - नभन्दै धेरैपछि मैले पर्खेको त्यो दिन पनि आयो । अब त जिम्मेवारी पनि थपिए जस्तो लाग्यो । दौतरीले मलाइ ब्लगरका रुपमा सम्भिए पछि यो कामलाइ नियमितता दिनु जरुरी छ ।

१२) पत्रकारिता पढेर बन्ने पत्रकार र अन्य विषय पढेर बन्ने पत्रकार बिच के भिन्नता होला ?
पत्रकारिता पढेर बन्ने पत्रकारले विषयबस्तु प्रतिको सैद्धान्तिक ज्ञान बटुलेको हुन्छ । भाषिक सीप र पेसामा अपनाउनु पर्ने केहि पू्र्बाधार संग उ अलि बढी साक्षात्कार हुन्छ । पत्रकारिता नपढेर बन्ने पत्रकारलाइ यि कुराको जानकारी अलि कम हुन्छ । यद्यपि घरमै बसेर उसले ज्ञान हासिल गरेको हुन सक्छ । पत्रकारिता गर्न पत्रकारिता पढ्नै पर्छ भन्ने छैन । बजारमा हेर्दा अन्य विषय पढेका पत्रकारले नै राम्रो गरेको देखिन्छ । किनकि कुनै निश्चित विषयबस्तु प्रतिको ज्ञान उनीहरुमा अलि बढी हुन्छ ।

१३) नया नेपाल र पुरानो नेपालमा के भिन्नता देख्नुभएको छ ?
मान्छे फेरिए पनि ब्यबहार फेरिएन । रुप फेरिए पनि सार फेरिएन । ज्ञानेन्द्रको ठाउमा अहिले अर्कै मानिस छन्, देशमा गणतन्त्र पनि आयो । तर जनताले त्यसको अनुभुति जनताले गर्न पाएनन् । झन् देशको स्थिती दिनप्रतिदिन बिग्रदै गयो । नेताहरुले सत्ता, शक्ति र कुर्सी फोहोरी खेल खेल्न छोडेनन् । देशको उन्नती स्तरमा खासै भिन्नता छैन । जनता भने निकै सचेत बन्दै गएका छन् ।

१४) आजकल त ब्लग एक महिना सम्म पनि खाली भएछ , ब्लग लेख्न बन्द गर्नुभएको त होइन ?
होइन, ब्लग लेख्न बन्द गरेको पटक्कै होइन । गएको एक महिना देखि म पोखरा, त्यो भन्दा टाढा टाढाका गाउ घुम्न गएको थिए । त्यतै तिर भुलें । केहि समयका लागी ब्लग लेखन रोकिन पुग्यो । सधैंका लागी भनेहोइन ।

१५) तपाइको अन्य नेपाली ब्लगप्रतिको के निक्र्यौल छ?
अन्य धेरै जसो नेपाली ब्लगको मेरो जस्तै हबिगत छ । समयमा अपडेट नहुने, राम्रा खालका सामग्री पस्कन नसक्ने, पुरानै शैली पछ्याएको अबस्थामा छन् ।

१६) दौतरी ब्लग कस्तो लाग्छ , यो ब्लग कस्तो भइदिए होस जस्तो लाग्छ?
मलाइ दौतरी ब्लग मनपर्छ । पाठकहरु माझ अझैं रोचक, घोचक खाले नयानया सामग्री पस्कनुहोस्, । दौतरी ब्लग सबैको दौतरी हुन सकोस् । मेरो शुभकामना छ ।

१७) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केहि कुरा छन् कि?
ब्लगरका रुपमा मलाइ अतिथीको रुपमा निम्त्याउनु भएकोमा र्सबप्रथम तपाइ लाइ हृदय देखि स्वागत छ । म बिशेषत फिचर लेखन र ब्यक्तिचित्र -प्रोफाइल ) लेख्नमा निकै रुचि भएको युबा हो । विश्वको जुनसुकै कुनामा रहनु भएका दाजुभाइले म बाट यो सहयोग लिन सक्नुहुनेछ । नेपाली लेखक, साहित्यकारहरुको प्रोफाइल समेटिएको एउटा पुस्तक लेख्न त्रिब्र मन छ । कोहि प्रकासक, सहयोगी पाएमा तत्काल यो काम अघि बढाउने योजनामा छु । इच्छुक जो सुकैले मलाइ मेरो मोबाइल नम्बर ९८४१६०५७५६ र इमेल naren.raule@gmail.com मा सर्म्पर्क गर्न सक्नुहुनेछ । धन्यबाद ।

14 Comments:

स्याटेलाइट said...

नरेन्द्र भाइ अन्तर्वार्ता पढेर खुसि लाग्यो । यो त मैले अस्ति नयाँ बानेश्वरदेखि लाजिम्पाटसम्म पैदल जाँदा नै सोध्नुपर्ने रहेछ हाहाहा ।
गुड लक ब्रो ।

Aakar said...

Nice to know about him...
Wish him successful professional career... and be regular in blog... :)

कैलाश said...

रोलै जीको कुरा सुन्न पाइयो यहाँ नि। उनलाई ब्लगिङको निरन्तरताको कामना। दौतरीलाई पनि प्रगतिको कामना।

Dilip Acharya said...

रमाइलो लाग्यो नरेन्द्रजी सँगको कुराकानी। छोटोमै भएपनि नेपालका छापा- पत्रकारका धरातलीय स्थिति र उहाँका अनुभवहरुको सार सायद सबैलाई शिक्षाप्रद होला जस्तो लागेको छ । खुलस्त र यथार्थ विचार राख्नु हुँदोरहेछ, पढ्दा खुशी लाग्यो ।

हुन त कारक तत्वहरु धेरै होलान तर प्रश्न नं ७ को उत्तरमा "मलाइ पत्रकार भन्दा बढी कसैले ब्लगर भनिदिएको रमाइलो लाग्छ"
र

प्रश्न नं ३ को जवाफमा भने:
"पत्रिकामा नछापिएका कुरालाइ ब्लगमा राख्छु । "

पढ्दा भने अलिक असहज लाग्यो ।

वहाँको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।

Basanta said...

रौलेजीसंगको कुराकानी पढ्न पाऊँदा खुशी लाग्यो। दौंतरी र रौलजीलाई हार्दिक धन्यबाद! रौलीजीलाई ब्लग र जिन्दगीका सबै पक्षमा सफलताको शुभकामना!

कृष्ण पौडेल said...

रमाईलो र राम्रो लाग्यो । रौलेजीको कुरा रौल्याउने खालका राम्रा रहेछन् । शुभ होवस् वहाँको लेखन र पत्रकारिता यात्रा ।

दीपक जडित said...

रौलेजीसँगको रमाईलो कुराकानी पढ्ने मौका दिएकोमा दौंतरीलाई धन्यवाद ! रौलेजीलाई पत्रकारितामा, ब्लगलेखनमा र जीवनका सबै क्षेत्रमा प्रगतिको शुभकामना!

Anonymous said...

hamra lekhak kaji lai suvakamana tatha utarottar pragati ko kamana .

गोकुल ढकाल said...

नरेन्द्र रौलेजी सँगको ब्लग-बार्ताको लागि धन्यबाद्, दौंतरीलाई । रौलेजीको पत्रकारिता र ब्लगिङको लागि शुभकामना ।

PRADEEP BASHYAL said...

dami bro

Prajwol said...

Good luck नरेन्द्र रौले ji....keep up u'r blogging....

Thanks Dautari for introducing yet another Nepali Blogger for us....

archana said...

my best wishes to narendra jee.

सूर्य/सिकारु said...

नरेन्द्र जी को मिठो प्रस्तुतिको लागि धन्यबाद दौतरी। रौले जी को जीवनमा अझै उच्च सफलताको कामना ब्लग लगायत सम्पूर्ण क्षेत्रमा ।

Nepalean said...

ब्लगको सुरुमा रौले हुनु पर्ने मा अर्कै भएछ। त्यसमा क्षमा प्रार्थी छु। नेपाली नामलाई अंग्रेजीमा पढ्दा त्यस्तो हुन गएको हो। सायद हाम्रो नाम बिदेशीलाइ अप्ठ्यारो लाग्ने त्यही भएर होला।

तपाईको ब्लगिगं गफ पढेर रमाइलो लाग्यो। तपाईको नेपाली लेखक, साहित्यकारहरुको प्रोफाइल समेटिएको पुस्तक लेख्न चांडै समय जुरोस। धेरै धेरै शुभकामना।

सबै ब्लगर आफ्नै काममा ब्यस्त हुंदा हुंदै पनि नेपाल र नेपालीको साहित्य तथा संचारमा समय दिनु सारै गरिमामय कार्य हो। यांहा न बन्द हुन्छ न चक्का जाम,नेपालीको ब्लगिगं यात्रा निरन्तर जारी रहोस।
हेप्पी ब्लगिगं
नेपालियन

Post a Comment


Mar 5, 2010

परीको अधुरो कथा

भेट् हुनु पनि एउटा संयोग होला सायद, मेरो जिबनमा पनि एउटी परीकोसंगको भेट थियो, निलो स्वछन्द आकाशमा कतै कतै बादलको झुप्पा त्यही बादल भित्र हराउदै लुकामारी खेल्दै उडी उडी नाच्दै थिईन् l संसारकै सबै भन्दा खुशी परी जसलाई दुख,पिडा,वियोग,बिछोड केहि थाहा थिएन तर त्यस्तो बज्रपात पनि आउदो रहेछ जसको महसुश पनि थिएन होला उसलाई तर समय यस्तो आउदो रहेछ कि नसोचेको बेला थाहानै नदिई कता बाट हो एकास्सी जिन्दगीमा ग्रहण लग्यो यस्तो आंधिबेहेरी आयो जसले बर्सौदेखि देखेका सपनाहरु सबै उडाएर लग्यो कति रहरले साजाएको मायाको संसार त्यही प्रलयमा भस्म भयो l

परीको सानो रमाउने रहर, एकैछिन खुशी हुने सपनालाई परीले जिबनभर साथ् बाच्ने र संगै मर्ने प्रण गरेर अगाध माया गरेको उसको प्रियतमले सहन सकेन l परीले पनि के नै गल्ति गरेकी थिईन् र? मात्र घरमा एक्लै बस्दा लाग्ने पट्यार बिदेशमा बस्दाको घर गाउको अनि आमा बाबाको यादलाइ भुलाउन अनि ईन्टरनेट हुनुको सुबिधाको प्रयोग सबैले गर्छन च्याट गर्छन साथीहरु संग आफन्त संग त्यस्तै उ पनि हामि संग च्याट न गर्दै थिईन् तर संयोग कस्तो अचम्मको हुदोरहेछ यो कुरा न परीलाई थाहा थियो न परीको राजकुमारलाई न त मलाई न मेरो साथीलाई तर हामी सबै एक अर्कासंग कुराकानी गरिरहेको थियौ l हामीलाई के थाहा एऊतै डोरीले हामी सबैलाई बेरेको छ भन्ने l हामि कुरा कुरामा मस्त थियौ मैले त परीलाई त्यतिनै खेर भेटेको थिए पहिलो पटक तर पनि पुरानै चिनजान जस्तै कुरा भैरहेको थियो मेरो टेड़ो प्रश्नको पनि उ सिधा जबाफ दिदै थिईन त्यतिकैमा म मेरो साथि अनि परी सबैजना दोहोरि खेल्न थाल्यौ l मलाई त त्यति दोहोरि आउदैन तर पनि ठत्यौलीमै म पनि गाउदै थिए मेरो साथि उसको अरु साथि हरु संग पनि च्याट गर्दैनै थियो त्यस्तैमा कुरा हरु हुन्छ साथीसंग के छ कस्तो छ के गर्दै छस यस्तैको जबाफमा मेरो साथीले हामी त आज मस्तीमा छौ फलानो फलानो बसेको छौ अन-लाईनमा एउटी केटि संग दोहोरि गाउदैछौ वेब क्यामरामा हेराहेर गर्दै भन्दै सुनाउदै थियो उसको साथि पनि के कम मलाई पनि त्यसको आईडी दे न कुरा गर्छु भनेछ मेरो साथि ले मलाई आईडी माग्दै थियो मैले भने सबैलाइ दिनु हुदैन हामीसंग जस्तो बिस्वाशले कुराहरु गरिरको छ सबैसंग त्यस्तो नहुन सक्छ फेरी तेरो साथीले नराम्रो कुराहरु गर्न सक्छ कसैको पनि आईडी अरुहरुलाई नदे भनेर मैले भने तर मेरो साथि म संगै बसिराको मैले थाहै नपाइ मेरो कम्प्युटरमा हेरेर दिईहालेछ l मुख्य कारण नै यहि भयो कसैलाई थाहा थिएन त्यति राम्रो संग कुराकानी भैरहेको थियो गीतहरु गाउदै थियौ एकैचोटी परी हामि संग रिसाउन थालि नारिसओस पनि कसरि उसले कति सपना बुनेको उसले आफ्नो मन मन्दिरमा सजैराखेको आफ्नो मान्छेले त को केटाहरु संग दोहोरि गाउदै बसेको छस अरु के के गर्दै छस्? अन्य नानाभाति गालि गौलज भन्न हुने नहुने सबै भनेपछी त्यति मात्र त्यति कुरामानै सम्बन्दलाइ नै बाकी राखेन त्यसपछि कसरि भयो त यो सबै भन्दै हामि त सोच्नै सकिरहेको थिईनौ जुन मान्छेलाई मेरो साथीले आईडी दियो त्यो मान्छेनै परीको मनको राजकुमार रहेछ l गल्ति मेरो साथीको पनि हो तर एस्तो हुन्छ भन्ने कसले कल्पना पनि गरेको थियो र? आखिर भएरै छाड्यो यहि कारणले परीले आफ्नो राजकुमार गुमाउनु पर्यो एक मिनेट अगाडी सम्म त्यस्तो खुशीको पंखमा भुर्भुराउदै निलो गगनमा उडी हिड्ने परी कति अनकनटार भुमरी हरुमा झर्न पुगिन् l खै केको श्राप पर्यो नखाको बीस पनि त्यो क्षण परीलाई लाग्यो l गर्दै नगरेको पापको सजाय परीले त्यो दिन् बाट बाध्य भएर भोग्नु पर्यो l मैले पनि धेरै सम्झाउन खोजे तर उसको रुवाईले मलाई नै छताछुल्ल परेको थियो म पनि के नै गर्न सक्थे र? मात्र सान्तवना त ढाडस बाहेक

उसलाई परेको पिडालेनै , उसको दुख र ब्यथाले नै मलाई उनि संग नजिकक्यायो किनकि त्यस्तै कैयन पिडा चोट मैले पनि भोगिरहेको थिए l सहदै आएको थिए सायद उसलाई मलम पट्टि गर्दा मेरो मनको घाउहरु बिसेक भएजस्तो लाग्थ्यो त्यसैले म उसलाई मेरो उसमा मेरो घाईते मुटु भेट्ने गर्थे अनि उसलाई गरेको दबाईहरुले म आफै सन्चो भएको अनुभब गर्थे l पछी पछी परीलेनै भन्ने गर्थी मलाई निठुरीको निम्ति म किन जिउ सुकाउनु जे भयो राम्रै भयो यति सानो कुरालाई पहाड बनाउने मान्छेले पछी जिन्दगीको यात्रामा कहिले सम्म साथ् दिन सक्छ र? मलाई पनि ठिक लाग्थ्यो उनको कुरा ठिकै त हो, अब फेरी परीको जिबनमा अलि अलि खुशी हरु पलौना थालेको म अनुभब गर्ने गर्थे अनि उनि संगै म पनि किन हो खुशी हुन्थे यस्तै दुख सुख जिन्दगि को कुराहरु गर्दा गर्दा कहिले कहीं मेरो मनमा सोच हरु पलाउथ्यो उनको बारेमा कल्पना हरु आउथ्यो हरेक किसिमका मैले पनि मेरो सबै बिगत उसलाई सुनाएको थिए उसको भन्दा अझ दर्दनाक अनि धेरै घाउको खाटाहरु मेरो मनबाट उप्किसकेको थिएन सायद जिबनमा खाएको चोट हरुले गर्दा होला हामी बिचको धेरै कुराहरु सोच हरु उस्तै उस्तै हुन्थ्यो l

थाहा छैन हाम्रो यस्तै सम्बन्ध कहाँ सम्म पुग्छ कहाँ पुगेर टुंगिन्छ या त दोबाटोमानै छुटिने हो या त जिबन्त सम्मै संगै भन्न पनि सकिन्न यदि परीको मन मा पनि मेरो जस्तै हुदो होत कति सुन्दर हुन्थ्यो होला जिबन कति मधुर हुन्थ्यो होला साथ् कति अटुट हुन्थ्यो होला बन्धन जहाँ माया नै माया हुने थियो जिन्दगीको परिभाषा खोज्न कहाँ जानु पर्ने थियो र? सुख र खुशी बटुल्नको लागि आज म अनि उनि पनि आफ्नो देश भन्दा धेरै टाढा छौ म चाहन्छु यो दुरीलाई एउटा सिमा बिन्दु किन नबनाउने परी यो मेरो मायाको डोरी तिमीसंग मात्र गासिएको छ त्यता बाट तिमि अलिकति तान म यता बाट अलिकति तान्छु हाम्रो मिलन अबस्य हुन्छ यदि तिमीले यो डोरी छोडीनौ भने ...................................परी .... म पर्खिबस्छु सधैभरी ...................."असन्तोष" l




Feb 13, 2010

पहिले पाठक पछि पत्रकार
नरेन्द्र रौले
"किताब र पत्रपत्रिका भने पछि पढ्नै झ्याउ लाग्थ्यो ।" स्कुले जीवनको स्मरण गर्दै उनले भने । काठमाडौ र वखलढुंगा दुबै ठाउमा स्कुल पढेका उनलाइ खासमा पत्रकारितामा त्यति रुचि थिएन । अर्के पेशा अंगाल्ने सोच थियो । कलेज पढ्न थालेपछि भने विस्तारै यतातिर ध्यान मोडियो । राजधानीबाट निस्कने दैनिक अखबारहरुमा पाठक प्रतिक्रिया लेखेर पत्रकारिताको दुनियामा प्रबेश गरेका कपन,काठमाडौंका आशिष लुइटेल,२२ यतिबेला सेलिबि्रटी पत्रकार बनिसकेका छन् । कयौं युवा युवति आशिषसँग अटोग्राफ माग्छन् । उनको एउटा लेख छापिने बित्तिकै सयौं इमेलको ओइरो लाग्छ । दिनहुँ नयाँनयाँ पाठकहरुको फोन, एसएमएस र प्रशंसा त कति हो कति ।

चाहना नहुँदा नहुँदै पनि पत्रकारिता गर्नुमा उनको अध्ययनशिल बानी नै हो । भारतीय लेखक चेतन भगतको फाइभ प्वाइन्ट्स समवन् पढेदेखि आशिषलाइ लेख्ने हुट्हुटि पैदा भयो । इलोक्टो्रनिक इन्जिनियर चेतनले लेखक बन्नकै लागी हुँदाखाँदाको जागिर त्यागेका थिए । यता काठमाडौ विश्वविद्यालय, धुलिखेलमा इन्जिनियरिङका विद्यार्थी आशिषलाइ चेतनका धेरै कुराले प्रभाब पार्दै लग्यो । 'विद्यार्थी आन्दोलनमाथी शाही सरकारले दमन गरेको' बिषयलाइ लिएर ५ बर्ष अघि पहिलो पाठक प्रतिक्रिया लेखेका आशिषले आफ्नो लेखनमा चेतनकै शैली र कथावस्तु पछ्याउन थाले । विशेष गरी शहरी युवा पुस्ता प्रति लक्षित गर्दै लेखिने उनका स्तम्भ र लेखहरुमा प्रेम, प्रबिधी, सेक्स, संगित, मोबाइल रमस्तिको कथाबस्तु भेटिन्छ । यस्तै बिषयलाइ लिएर पाक्षिक रुपमा कान्तिपुरको शुक्रबारिय अंक हेलो शुक्रबारमाछापिने उनको स्तम्भ जुन युवाहरुमाझ अत्यन्तै लोकपि्रय बन्दै गइरहेको छ















कुनै बिषयलाइ टपक्क टिपेर मीठो शैलीमा लेख्न सक्नु उनको खुबी हो । धेरै पाठकहरुको मन जित्न सफल हुनुको कारण पनि यहि होला । 'युनिक' लेखनशैलीको छाप छोडेका आशिषले हजारौं फ्यान कमाएका छन् । फेसबुक र ट्वीटरमा मात्रै ४ हजार भन्दा धेरैले उनलाइ पछ्याइरहेका छन् । आशिषका लेख र प्रतिक्रिया छापिएपछि प्रभाबित हुनेहरुले ल्यापटप,मोटरसाइकल जस्ता महंगा सामानहरु उपहार दिएका छन् । सुरुवातका दिनमा लेखहरु फ्याक्स गर्ने उनी अचेल कोठैम्ाा बसिबसि ल्यापटप सँग खेल्छन्, इन्टरनेटको दुनियामा संसार चहार्छन्, देसी,बिदेसी पत्रिका, म्यागेजिन र किताब छिचोल्छन् । काठमाडौ युनिभर्सिटिबाट बिइ अन्तिम सेमेष्टरको परिक्षा दिइरहेका आशिषले चारैतिरबाट आकर्षक तलब ,सेवा ,सुबिधा सहित जागिरको लागि अफर पाइरहेका छन् । अब चाँडै कुनै सञ्चार गृह सँग आबद्ध हुने तयारी छन् ।

स्कुल पढ्दा आशिष भन्दा अलि भिन्दै स्वाभाब थिए , मणिग्राम ९ रुपन्देही का प्रदिप बस्याल , १९ । हिमाल,नेपाल,अन्र्तराष्ट्रिय मञ्च जस्ता पत्रपत्रिका र अखबारहरु रुचिपुर्बक पढ्थे । भित्ते पत्रिका सम्पादन गर्थे । जिल्ला प्रसासन कार्यालयमा जागिरे बुबा खगेन्द्र प्रसाद बस्याल साहित्यकार पनि हुन् । बुबाले केहि साहित्यिक पत्रिकाहरुको सम्पादन गर्थे । प्रदिपले तिं पत्रिकाहरुमा नियात्रा, कथा , कविता र आफ्ना अनुभुतिहरु पोख्थे ।
जागिरको दौरानमा बुबाको जता सरुवा हुन्थ्यो प्रदिप पनि पढ्नका लागि त्यतै जान्थे । एसएलसि दिदा सम्म मात्रै उनले जम्मा आठ वटा स्Smुल फेरे ।

कक्षा १० पढ्दा खेरीको कुरा हो, जिल्ला प्रशासन कार्यालय, नवलपरासिमा जागिरे उनका बुबाको एकैचोटी सल्यान र म्याग्दीमा सरुवा भयो । एसएलसि नजिकिदै थियो, प्रदिप परीक्षाको तयारीमा ब्यस्त थिए । हठात् बुबाको सरुवाको खबरले उनीे तनाबमा परे । एकै चोटी दुइ ठाउ सरुवा गर्ने गृह मन्त्रालयको लापरबाहि बारे कान्तिपुर मा उनले पाठक पत्र लेखि पठाए । भोलिपल्ट छापियो । र त्यसले खुब चर्चा पनि बटुल्यो । राष्ट्रिय स्तरको पत्रिकामा आफ्नो नाम त्यसरी छापिएर आउँदा प्रदिपमा खुसिको सिमै रहेन । त्यो बेला पाएको हौसलाले निरन्तर उनले प्रतिक्रिया लेखिरहे । यतिबेला कान्तिपुर दैनिकको हेलो शुक्रबारमा स्तम्भकार बन्नुमा त्यसैको प्रतिफल ठान्छन् उनी । फिचर लेखनमा पनि उनले बिशेष जोड दिइरहेका छन् ।

"डेडलाइनमा काम गर्नुको मजा बेग्लै हुन्छ ।" प्रदिपले आफ्नो अनुभब सुनाए । हरेक हप्ता नयानया बिषय छानेर नियमित लेख लेख्नु उनको 'ड्युटि' बनेको छ । विज्ञान विषय लिएर काठमाडौको ह्वाइट हाउस कलेजबाट प्लस टु गरेका यिं तन्नेरी अब 'आइटि' बिषयमा उच्च शिक्षा हासिल गर्न चाहन्छन् । तर पत्रकारितालाइ 'जीवनबाट कहिल्यै अलग गर्न चाँहदैनन् ।' प्लस टु पढ्दाताका दुइ बर्ष होस्टेलको जीवन काट्न निकै सकस परेको थियो उनलाइ । "ट्वाइलेट गएर रुन्थें ।" कडा अनुशासनमा राख्न खोज्ने कलेजको नियमले बिरक्तिएका उनले भने । मनभरी लेख्ने इच्छा हुँदाहुँदै पनि लेख्न नपाएको त्यो समय त्यत्तिकै खेर गए जस्तो लाग्यो । यतिबेला भने स्वतन्त्रपुर्बक पत्रकारितामै लागेका बस्याल रमाइलो अनुभब गरिरहेका छन् । रिर्पोटिङ गर्न कहिले राजधानी ठमेलमा डुलिरहेका हुन्छन् त कहिले नवलपरासिको मगरगाउ हानिएका हुन्छन् । अझ रमाइलो कुरा त के भने तिं लेखहरु छापिए पछि आउने कमेन्टले त झनै उत्साह थपिदिन्छ ।

आफ्नै नाम पत्रिकामा छापिदा प्रदिपलाइ जति खुसि लाग्थ्यो बरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी लाइ आफ्नो बुुबाको नाम पत्रिकामा छापिदा त्यति नै खुसि लाग्थ्यो । बिकट वखलढुंगाको टार केराबारीमा बाल्यकाल बिताइरहँदा नै गोरखापत्र पढ्ने मौका पाए । बुबा नन्दनहरी उपाध्याय 'ओखलढुंगे' गोरखापत्रको नियमित ग्राहक बनेका थिए । आफुले जाने , बुझेको , लागेको र चित्त नबुझेको कुरा हरेक चोटी पाठक प्रतिक्रिया का रुपमा नन्दनहरीको नाममा छापिएर आउँथे । अंकलहरुले भन्थे, "ल हेर , तेरा बुबाको लेख । तैले पनि लेख्न ।" बुबाले लेखेका चिठीहरु खसाल्न धेरै चोटी ध्रुबहरि हुलाक सम्म पुगे । बाल्यकाल देखिको गहिरो प्रभाब उनको पत्रकारिता जीवनमा पनि देखियो ।

०२८ देखि ०३६ सालको बिचमा द राइजिङ नेपाल, गोरखापत्र,समिक्षा, राष्ट्रपुकार , र नयासन्देस पत्रिकामा शिशिर बाबु, बिशालनगर नाम ठेगाना उल्लेखित एक जना पाठकले लेखेका प्रतिक्रियाहरु खुब चर्चामा थिए । भारतबाट प्रकाशित द टाइम्स अफ इन्डिया , स्टेट्सम्यान्, मा पनि सोहि पाठकका प्रतिक्रिया त्यतिकै मात्रामा छापिन्थे । अझ रमाइलो प्रसंग त राष्ट्रिय सभागृहमा गोदावरी अल्मनाइजेशन्ले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा एउटा प्रश्न सोधियो, शिशिर बाबुको नामबाट प्रतिक्रिया लेख्नेको ठेगाना बताउनुस्, सहभागी मध्ये कसैले बिशालनगर भन्ने जवाफ दियो । त्यो सुनेर कार्यक्रम हेरिरहेका धु््रबहरी निकै खुसि बने ।
कारण आठ बर्ष सम्म छद्म नाम प्रयोग गरेर स्वदेसी , बिदेसी पत्रिकामा लेख्ने उनै धु््रबहरी थिए । जो पछि गएरगोरखापत्र देखि बिश्वप्रसिद्ध इकोनोमिष्ट , द न्युयोर्क टाइम्स , लसएन्जल्स टाइम्स , टाइम , आउट्लुक,योम्युरीसिमोन् र रोयटर्स तथा बिबिसी , आइपिएस् जस्ता नाम कहलिएका समाचार एजेन्सीमा काम गर्न पुगे । पत्रकारमा मात्र सिमीत नबनेका उनी लेखक, बिश्लेषक , प्रशिक्षक समेत बने । रातारात उनलाइ यो सफलता भने मिलेको होइन । स्कुल ,कलेज पढ्दा , खाजा खर्च कटाएर , पत्रिका र किताब किन्थे , रात दिन त्यसैमा घोत्लिन्थे । बि्रटिस राजदुताबासको पुस्तकालयमा घण्टौं समय बिताउथे । आफ्नो नाममा प्रतिक्रिया लेख्दा नछापिएला र बिबाद होला भन्ने डरले छद्म नाम प्रयोग गरेर पाठक पत्र लेख्थे । त्यसैको परिणाम हो , आज उनी जे छन् । २००४ साल देखि ०५३ सम्म बाँचुञ्जेल उनका बुबा नन्दनहरीले गोरखापत्रमा प्रतिक्रिया लेखिरहे । तिनै मध्येका दुइ सय वटा पत्रहरु छानेर नन्दनहरीको नाममा सम्पादकलाइ चिठ्ठी पुस्तक प्रकाशित भयो , जुन किताबको सम्पादन उनकै छोरा धु््रबहरीले गरे । पत्रकारिता सम्बन्धि केहि किताबको लेखन र सम्पादन गरिसकेका ध्रुबहरि भन्छन्, " एउटा राम्रो पत्रकार र लेखक बन्नुमा राम्रो पाठक हुनैपर्छ । "

द राइजिङ नेपालबाट २३ बर्षे उमेर पत्रकारिताको करिअर सुरु गरेका थिए , सन् २००२ का रामन म्यागासेसे पुरस्कार बिजेता भारतदत्त कोइराला ले । द राइजिङ नेपाल छाप्ने तरखर हुँदै थियो । बि्रटिस राजदुताबासको जनसम्पर्क बिभागमा समाचार अनुबादकको काम गरिरहेका कोइरालालाइ अंग्रेजी राम्रो लेख्न सक्ने पत्रकार भन्दै तत्कालिन सरकारले मासिक रु ६०० पाउने गरी द राइजिङ नेपालमा प्रमुख सम्बाददाताका रुपमा नियुक्त गरेको थियो ।
दस बर्ष द राइजिङ नेपालमा काम गरेका कोइरालासँग पाठक पत्र लेख्दाका रोचक अनुभूति छन् । भर्खरै सुरु गरेको अंग्रजी दैनिक द राइजिङ नेपालमा लेटर टु एडिटर सुरु त गरियो तर अंगे्रजी पत्रिकाका पाठकहरु सिमित भएकाले यो स्तम्भमा चिठी नै नआइदिने समस्या आइलाग्यो । अनि त हरेक दिन आफुले लेखेका समाचारमा नियमित जसो आफैले प्रतिक्रिया लेख्नुपथ्र्यो । कहिल्यै चित्त बुझेको त कहिल्यै राम्रो नलागेको भन्दै । "आफ्नै समाचार माथीको टिप्पणी आफैले गरेको प्रतिक्रिया भोलीपल्ट छापिदा अनौठो महशुष हुन्थ्यो । " कोइराला सम्झन्छन् । रमाइलो पारामा उनी भन्छन्, " लेटर टु एडिटर सुरु गरेको , यो त लेटर प|mम द एडिटर पो भयो ।" द राइजिङ नेपाल प्रमुख सम्बाददाताका रुपमा १० बर्ष काम गरेका कोइराला पछि गोरखापत्रमा सम्पादक हुँदै गोरखापत्र संस्थानको अध्यक्षको पनि सम्हाले । यस बिचमा विदेसबाट अनुभबि पत्रकारहरु मगाएर नेपाली पत्रकारलाइ तालिम दिलाउने , प्रेस स्वतन्त्रताका पक्षमा आवाज उठाउने, र ग्रामिण पत्रकारिताको विकासमा जोड दिने सम्मका काम गरे । फलस्वरुप एसियाकै नोबल पुरस्कार द्वारा उनी सम्मानित बने ।

जनकपुरमा जन्मेर बनारसमा हुर्केकी इला शर्मा, ४५, का पिता माधवप्रसाद शर्मा बनारसमै बिपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालासँग मिलेर छापाखाना चलाउँथे । यसरी लेखक, साहित्यकारको सान्निध्य पाएकी इला सानैमा गोर्खाली, युगवाणी, मानुषी, प्याटि्रयट, द टाइम्स अफ इन्डिया जस्ता पत्रिका चाटिचुटी पढ्थिन् । तवलिन सिंह, शोभा डे र खुस्वन्त सिहंका स्तम्भहरू भरसक छुटाउँदिन थिन् र आफूलाई लागेका कुरा पाठक प्रतिक्रियामा पठाउँथिन् ।

बनारस हिन्दु विश्वविद्यालयकी बिएस्सी र एलएलबी इला वकिल बन्न चाहन्थिन् । आमा डाक्टर बनाउन चाहन्थिन् । तर, निरन्तरको लगाबले उनलाई पत्रकारितातिर डोर्‍याइदियो । नेपाल प्रेस इन्स्िटच्युटबाट पत्रकारिताको तालिम लिएकी इला २१ वर्षको उमेरमा नेपाल आएपछि इन्टर्नसिपका लागि द राइजिङ नेपाल पुगिन् । तत्कालीन सम्पादक श्याम केसीले उनको राम्रो अंग्रेजी देखेर स्थायी नै बनाइदिए । यसरी द राइजिङ नेपालमा चौध वर्ष बिताएकी उनी भन्छिन्, "अमेरिकी राजदूतावास, युनएनडिपी र एक्सन एडमा कामको भन्दा मलाई द राइजिङ नेपालमा बिताएको समयले नै बढी सन्तुष्टी दिएको छ ।" पत्रकारिता पेसामा लागेकोमा उनलाई खासै पछुतो पनि छैन ।

कुनै बेला त्रिचन्द्र कलेजमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहका विद्यार्थी छँदा सुशील शर्माले पनि द राइजिङ नेपालमा खुबै पाठक प्रतिक्रिया लेख्थे । दुई वर्षसम्म आफूलाई लागेका, छोएका वा चित्त नबुझेका प्रतिक्रियाहरू लेखेपछि पत्रिकामा रुचि यति बढ्यो कि शर्माले पछि त्यही पत्रिकामा दरखास्त हालेर जागिर पनि पाए ।

आठ वर्षसम्म अंग्रेजी दैनिक राइजिङ नेपालमा काम गरेका शर्माले पछि द काठमाडु पोष्ट, स्पटलाइट हुँदै बिबिसीसम्मको यात्रा गरे । उनीसँग पहिले पाठक प्रतिक्रिया लेखेको हुनाले पछि पत्रकार हुन सहयोग पुगेको अनुभव छ । बिबिसीमा उनले बिताएका तेह्र वर्षमध्ये १० वर्ष अंग्रेजी सेवामा बित्यो । भन्छन्, "पत्रकारितालाई पेशा बनाएको मलाई गर्वसँगै सन्तुष्टि पनि छ ।"