Dec 16, 2011

‘म त केटाहरूलाइ पनि जिस्क्याइदिन्थें’ – डा ज्योति भट्टराइ (मधुमेह रोग विशेषज्ञ)


नरेन्द्र रौले
मेरा स्कुले दिनहरु जावलाखेलको सेन्टमेरिजमा बिते । एसएलसि दिने बेला सम्म मेरो अलग पहिचान बनिसकेको थियो । साथीहरु माझ जोक गर्ने, सबैलाई हसाउने मेरो स्वभाब थियो । धेरैले मलाई रुचाउथे । नजिक हुन खोज्थे । म केटा जस्तो भएर हिंड्थें । कपाल छोटो बनाउथे । हिंडाई बोलाई पनि त्यही अनुरुपको थियो ।

सेन्ट मेरिजमा पढ्ने सबै विद्यार्थीहरु छात्रा हुन्थे । कसैकसैले बाहिर केटा साथी बनाएका हुन्थे । मैले भने कसैलाई मन पराएको कुरा मनमनै राखें । कसै सामु ब्यक्त गरिन । पढाई र आफ्नो लक्ष्य पूरा गर्नतिरै बढी ध्यान दिएँ । तिं दिनहरुमा साईकल कुदाउदै रिङरोड घुम्नुको मजा बेग्लै हुन्थ्यो । काठमाडौंका थुप्रै ठाउहरु यसरी साइकलमा घुगियो । मिल्ने साथी संग स्वीमिङ गर्न कहिल्यै सोल्टि त कहिल्यै रंगशाला पुग्थें । सिजनभरीको जम्मा ३ सय तिरे पुग्थ्यो । आमालाई फकाएर मैले पैसा माग्थें । र, स्वीमिङ गर्न दौडिन्थें । त्यति नै बेला बि्रटिश लाइब्रेरी गएर मन परेका पुस्तकहरु पढ्ने बानीको विकास पनि भयो ।

कलेजमा अलि बढी स्वतन्त्रताको महशुष हुँदो रहेछ । स्कुलमा भन्दा खुला र उन्मुक्त वातावरण । अस्कल कलेजमा आईस्सी पढ्दा पनि रमाईलै भयो । जहिले पनि हाँसोठट्टा गर्ने मेरो पुरानै बानी थ्यो । कलेज पढ्दा पनि त्यो क्रम टुटेन । म त केटाहरुलाई पनि जिस्क्याईदिन्थें । मौका पर्दा सरहरुलाई समेत बाँकि राखिन । तर मलाई भने कसैले जिस्क्याउने हिम्मत गरेनन् । म त्यति कडा स्वाभाबको त थिइन । तर खै किन हो ? त्यस्तो भएन । केटा साथी बनाउन तिर मेरो ध्यान गएन । सधैं मनमा एउटै कुरा खेल्थ्यो, 'डाक्टर बन्ने ।' यहि लक्ष्यलाई चुम्ने सपना बोकेर म निरन्तर कर्ममा लागिरहें । कलेजको अध्ययन पूरा भएपछि महाराजगन्ज शिक्षण अस्पतालमा एमबिबिएस पढ्न सुरु गरें । यो बेला मलाई बिहेका थुप्रै प्रस्ताबहरु आए । मैले कुनै पनि स्वीकारिन । यसले मेरो पढाईमा बाधा हुन्छ भन्ने लाग्यो । प्रस्ताब राख्नेहरु मलाई खासै मन परेनन् । युवा अबस्थामा चुनौति पनि धेरै हुन्छन् । मन भड्किने सम्भाबना पनि धेरै हुन्छ । यस्तो बेला कुनै इलम समाउनुपर्छ । संगतले पनि ठूलो प्रभाब पार्छ । राम्रो मान्छेको संगत गर्नुपर्छ जसले गर्दा आफुमा केही सकारात्मक परिबर्तन आओस् । रोल मोडेल छान्दा अझैं बेस हुन्छ । मैले त आफ्नो बुबालाई नै रोल मोडेल बनाएँ । काममै समर्पित हुने, गरिबहरुको सेवा गर्ने स्वाभाब छ, बुबाको । मैले पनि उहाकै गुण पछ्याएँ, अझैं पछ्याईरहेकी छु ।

२६ वर्षको उमेरमा अरुणराज कुँवरसंग मेरो बिहे भयो । उहा पनि पेशाले डक्टर । एमडि गर्न अमेरिका जादा त्यहा ९ वर्ष बिताएँ । समयको महत्व, संघर्ष र कामप्रतिको लगाबबारे अमेरिकाले मलाई राम्रो संग बुझायो । अमेरिकाले अन्य धेरै कुरा सिकायो । प्राकृतिक छटाले भरिपूर्ण अमेरिकाको सिराक्युजमा बहुतै आनन्द लुटियो । छाँगा, छहरा, ताल, तलैया, र हरियाली भएको यो ठाउ शान्त थियो । न्युयोर्कबाट चार घण्टा परको सिराक्युजसंग मैले ९ वर्ष लुकामारी खेलें । हरेक शुक्रबार डिस्को जाने, मुभि हेर्ने, लेकमा गएर स्वीमिङ गर्ने, बोटिङ गर्ने, पिकनिक जाने, छहरा र छाँगाहरु हेर्नमै भुल्थें । यस्तो घुमघामले धेरै कुराको अनुभब गराउदो रहेछ । नेपालमा छदा बा, आमा संग झापा, इलाम, मुक्तिनाथ, बुटवल घुमेको सम्झन्थें । हजुरआमाले आफ्नो माइति लहान लैजादाका सम्झना बरोबर आईरहन्थ्यो ।

जीवन रमाईलो यात्रा रहेछ । मैले जे गरें राम्रै गरें । अझैं रमाईलो यात्रा गरिरहे जस्तो लाग्छ । उमेरमै सहि बाटो पहिल्याउन सक्यो भने यस्तै सन्तुष्टि सबैलाई मिल्छ । युवाहरुलाई प्रशस्त अबसरहरु छन् । त्यत्तिकै चुनौतिहरु पनि छन् । कडा मिहिनेत गर्दा असम्भब भन्ने केही हुँदैन । युवा छँदै हामीले सुन्दर भविष्यको सपना बुन्यौं र त्यहि बाटोमा निरन्तर हिंड्यौ भने भविष्य हाम्रै हातमा हुन्छ । त्यसका लागि सकारात्मक सोचको खाँचो पर्छ । देश बनाउन युवाहरुले संगठित हुन र नेतृत्वदायि भुमिका खेल्न जरुरी छ ।

2 comments:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Anonymous said...

म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ