Dec 12, 2008

होस गर्नुस् है
अर्न्तराष्टिय फिल्म महोत्सबको अबसर पारेर हिजो साँझ राष्ट्रिय सभा गृहबाट कर्मा फिल्म हेरेर घर फर्किदै थिएँ । बानेश्वर तिर मेरा पाइलाहरु अगाडी बढिरहेका थिए । म एक्लै थिएँ । साँझको समयमा म प्राय एक्लै हिँड्न मन पराउँछु । घडीमा रातीको ८ बजेको थियो । एकसुरले म हिडिरहको थिएँ । अन्नपुणपोष्ट को कार्यालय पुग्नु अगाबै नचिनेको एकजना त्यस्तै २३ बर्षो मान्छे मेरो अगाडी आयो । दुबै हात फैलायो मेरो अगाडी आएर रोक्यो । जोडले भन्यो । को हो काँ जान लागेको । म एकदमै आत्तिएँ । डराएर भनें घर जान लागेको तपाइले के गर्न लाग्नु भएको - ठूलठूला आँखाले हेर्दै उ झम्टिन लाग्यो । म त्यहाँबाट बेपत्ता कुदेँ । उसले मलाई केहि गर्न सकेन । भागेर अलि पर पुग्दा चार पाँच जना मान्छेको हुल देखेँ । मैले त्यहाँ सबै कुरा बताएँ । उनीहरुले नडराउन भने । झापाका रहेछन् ति केटाहरु । तर उनीहरु पनि म सँग हनुमानथान सम्म का लागी मात्र साथी भए । त्यहाँबाट म फेरी एक्लै जानुपर्ने भयो । एकदमै डर लाग्यो । कतै कुकुर भुक्दा पनि झसँग हुन्थेँ । अगाडि हिडिरहँदा मेरो पछि पछि छाया देखिन्थ्यो । कतै अघि को त्यही लुटेरा मेरो पछि आयो कि जस्तो लाग्थ्यो । झण्डै मोबाइल,क्यामेरा र पर्स गुमाइसकेको थिएँ । जोगाएर भाग्न सफल भएँ । तपाइ माथी पनि कतै यस्तो समस्या आइपर्ला होस गर्नुहोस् है । रातीको समयमा एक्लै नहिड्नुस् । भित्र भित्र गल्लीमा राती अँध्यारो हुँदा नहिँड्नुस् । म त गृह मन्त्रालयको ठिक पछाडीको बाटोमा लुटिन बाट जोगिएको हुँ ।

1 comment:

कैलाश said...

हैन नरेन्द्र जी। हलबाट निस्केपछि त म पनि ठ्याक्कै त्यहि बाटो भएर कुटीतिर फर्केको थिए। र म पनि लुखुरलुखुर एक्लै हिड्दै थिए। धन्न जोगिनुभएछ। हुन त त्यस्तो घटना भएको सुन्नमा आइरहन्छ बेलाबेलामा त्यतातिर।