Feb 1, 2009


अचानक भेट-सपनाश्री सग

कुन उद्देश्यले नेपाल फर्किनुभयो ?
ब्यक्तिगत कामले आएको । यसबीचमा नया गीतहरुको एल्बम निकाल्ने तयारी पनि भइरहेको छ ।

अमेरिकामा कति बस्नुभयो ?
साढे दुइ बर्ष।

नेपालमा केही परिबर्तन आएको पाउनुभयो ?
बत्ति छैन, पानी छैन, र्सवत्र हाहाकार छ । पहिलेभन्दा पनि बिग्रिएको अबस्था पाए। गीत, संगीतको बजार पनि राम्रो रहेनछ ।

अमेरिकामा के गर्नुहुन्छ ?
देश छोडेर बाहिर गएपछि जे पनि काम गर्नुपर्छ भन्ने धारणा छ तर खुसीको कुरा मैले गीत गाउने काम नै पाएं । नेपालिहरुले खोलेको हिमालय याक रेष्टुरेन्टमा गीत गाउथे अहिले त्यसमा छोडेर अर्कोमा जाने तयारी भइरहेको छ ।

अमेरिकामा अरु नेपाली कलाकारहरु गतिबिधि कस्तो छ ?
कार्यक्रममा हाम्रो जमघट भइरहन्छ । विभिन्न जाति, भाषाका कार्यक्रम भइरहन्छन् ।

त्यहा बस्दा कुन कुराको याद आउछ ?
नेपाली खाना, साथीभाइ, परिवार । गीत रेकर्डिङ मिस गरिरहेकी हुन्छु ।

कहिले फर्किनुहुन्छ ?
अब एक हप्तापछि ।

No comments: