Feb 25, 2009

गुफाबासी कलाकार
नरेन्द्र रौले
थरीथरीका फूलहरु फूल्ने तरखर छन । हागाहरु लत्रेर भुइ छुन खोज्दैछन । आगनमा अरनिकोको मूर्ति छ । ओखरका पातहरु सुकेपनि भोगटे र अमिलोका बोटहरु हरिया छन । बगैचाको कुनामा गुलाबका थुगाहरु मुस्कुराइरहेका देखिन्छन्। निर्जन ठाउ,अध्यारो परिबेश । लामो यात्रा गर्दा गर्दै कुनै पहाडको जगलमा पुगेजस्तै । अगाडी बढ्‍न खोज्ने पाइलाहरु रोकेर यतै बास बस्नुपर्ला जस्तो भइसक्यो । यस्तो अनकन्टार ठाउमा को बास बस्छन् होला ? फूलेका कपाल ,आखामा चस्मा लगाएका,उमेरले ७३ पुगेका चित्रकार मनुजबाबु मिश्र । जो आफूलार्इ बहुदलको बिरोधि भन्छन्। वीस बर्ष् देखि घरभित्र बन्दि जीवन बिताइरहेका छन्। डाडामा घाम अस्ताएको एक मध्यान्ह । घरभित्र अध्यारोले राज्य गरेको छ । (त्यसो त उनी आफै यो घरलार्इ गुफा भन्छन् ।) हातमा बासका कलम,अगाडि बाक्लो स्केच बुक छ । लालटिनको मधुरो प्रकाशमा केहि कोरिरहेका छन् उनी । चित्र बनाउदा बनाउदै जीवन पनि ढल्किसक्यो । कमजोर आखा र स्मरण श,हात लुलो भएर खासै चल्दैनन्‍ तैपनि चित्र बनाउन छोडेका छैनन् उनले । कोठाभरी जताततै पेन्टिङै पेन्टिङ छन् । उनको नजरमा कला नै सर्बोच्च देबता । सबैले देबताको पुजा गर्छन् ,उनले कलाको । सुन्दा अचम्म लाग्ला,देउता आफै बनाउछन् मनुजबाबु । कसरी ? भन्छन् ,"मैले आफ्‍नो देउता आफै बनाउछु । र रेखा र शब्दरा ।" तुलसि मिश्रका जेठा छोरा मदनबहादुर र कान्छा मोहन थिए । तिनै मदनबहादुर नै अहिलेका मनुजबाबु मिश्र हुन् । कुशल कलाकार, चित्रकार,सगितकार र नाटककार उनका बुबा राण्को दरबारमा नाटक खेलाउथे । आफुलाइ 'बुबाकै फोटोकपि' भन्न मन पराउछन् मनुजबाबु । चौध/पन्ध्र बर्ष्मै आफै नाटक लेख्थे,खेल्थे,खेलाउथे । चाबहिल क्ष्ोत्रमा उनले नाटक देखाउदा हेनर्े मान्छेहरुको भिड लाग्थ्यो । एकताका गायक पनि थिए उनी । रेडियो नेपालमा आधा दर्जन गीत उनको आवाजमा स्वरबद्ध छन् । बाल्यकाल निकै कष्टमय छ उनको । भाइ आठ बर्ष र आफू बार्‍ह बर्षको छदा एक बर्ष भित्र परिवारका सात जना महत्वपुर्ण ब्यत्तको निधन भयो । यो कस्तो बिपत्त आइलाग्यो ? 'कथा लामो छ बाबु ।' धेरै कुरा उनले खोलेनन् । सबैबाट एक्लिएर घरमा दुइ भाइ मात्र बा"कि रहे । घरको छानो चुहिन्थ्यो । पेटभरी खान नपाइ कति रातहरु गुजारे त्यसको त लेखाजोखा पनि छैन । उनका चित्रहरु कस्ता छन् ? आफ्‍नै अनुहार एनामा हेर्दै कागजमा उतार्छन् । त्यसैलार्इ दुरुस्तै पशुको रुप दिन्छन्, टाउकोमा पशुको सिङ हाल्छन् ,लामा (लामा कान बनाउछन् । के छ उनका चित्रहरुमा ? 'तिनमा विकत मानिसको रुप छ । एउटै घरमा बस्ने मान्छे एक अर्का सग अपरिचित छन् । वल्लो घरको मान्छले पल्लो घरकोलाइ सहयोग गर्दैनन् । जताततै छल,कपट र फट्‍याइछ । मेरा चित्रमा तिनकै छाया हुन्छ ।' प्रष्टयाउदै भने । एउटा चित्र बनाउन भण्डै तिन महिना लाग्छ उनलाइ । चित्र बनाउनु उपन्यास लेख्नु जस्तै लाग्छ रे । 'कारखानामा बिस्कुट उत्पादन गरेभम बनाउन सत्तन ।' उनी भन्छन् । उनका चित्रहरुमा सुन्दर धर्तीलाइ कुरुप बनाउने मान्छेका त्रियाकलाप,बिभत्सतामा परिणत भएका हिरोसिमा र नागासाकिका दश्य,समग्रमा युद्ध,हत्या, र नरसहारका क्रुर द्री श्यहरु भेटिन्छन् । 'जे देख्छु,कल्पना गर्छु त्यसैलाइ जादुगरले अगाडि ल्याउछु र चित्रण गर्छु ।' बत्तिको मधुरो प्रकाशमा उनले भने । चित्र बनाउनु सगै निबन्ध,कथा,उपन्यास,विधामा उनले कलम चलाएका क्री तिहरुको स"ख्या १८ पुगिसक्यो । विश्वकलाको इतिहास,मेरो चित्र मेरो छाया (निबन्ध),तरङ्ग तरेलि (निबन्ध),स्वप्न सम्मेलन (उपन्यास),दुरान्तर (निबन्ध),एउटा कथाको कथाकार (निबन्ध),अनुहारका पानाहरु (निबन्ध),उनका प्रमुख क ृतिहरु हुन्‍ । आफु बा"चेको परिबेश,प्रकक्री ति,कला,मानविय स"बेदना,समसामयिक राजनिती,ध्व"स,बिध्व"स नै उनका लेखनका मुल बिषयबस्तु हुन् । महा"काल बौद्ध स्थित आफ्‍नै गुफाभित्र पुराना दिनहरु मनुजबाबुको सम्झनामा ना"चिरहन्छन् अचेल । साथीभाइ स"ग पनि खासै भेटघाट हु"दैन । कहिलेकाहि" अमेरिका बरालिएका डा तारानाथ शर्मा फोन गर्छन् ,इमेल पठाउछन् । घर बाहिर उनी निस्कदैनन् । साझ ६ बजेदेखि ७ बजेभित्र सुतिसक्छन् । काठमाडौ" सिरक ओढेर मस्त निद्रामा सुतेको हुन्छ । उनी मध्यरातमा २ बजे ब्यूझिसक्छन् । सिरानिमा राखेका किताबहरु पल्टाउछन् । मन लागेका बेला लेख्छन् ,चित्र बनाउछन् । नत्र झोक्राएर बस्छन् । चालिसौं बर्ष भइसक्यो यस्तै छ उनको दिनचर्या । राजाबादीको आरोप पनि खेपेका छन, मनुजबाबुले । के उनी साच्चै राजाबादी हुन् ? 'म राजाबादी भए तपाइ मलाइ भेट्‍न सक्नुहुन्थ्यो ?' उल्टै प्रश्न गरे । 'राजालाइ खुसि पार्ने काम गरेको भए म कहा" पुग्थे" ? म त सामन्ति ब्यबस्था र चाकडी प्रथाको घोर बिरोधि हु" ।' स्पष्टिकरण दिए । यद्यपि आफूलार्इ 'राजतन्त्रबादी' भएको चा"हि स्वीकारे । 'म राजाबादी होइन । राजतन्त्रबादी हो । ब्यक्ती जो सुकै होस् । राजसस्था रहनुपर्छ ।' झोक्किदै भने । तर प्रचण्डको सरकारप्रति उनी आशाबादी छन् । भन्छन् ,'राम्रो काम गर्ने जसको पनि तालि बजाउछु । नराम्रो गर्नेहरुको बिरोध गर्छु ।' कलालाइ कहिल्यै ब्यापारका रुपमा नलिएका मनुजबाबुले जनक शिक्षा सामग्री केन्द्र लिमीटेड मा ५ बर्ष र शिक्षा मन्त्रालय उपसचिब भएर दश बर्ष काम गरे । मदनमणि दिक्षितले सम्पादन गर्ने हालखबर साप्ताहिकमा कार्टुनिस्ट भएर काम गरे । पैसा कमाउने उद्देश्य राखेको भए ठूलै धनी भइसक्थे उनी । 'एउटै चित्रको ३/४ लाखमा बिक्री हुन्छ ,भएन त कमाल ? 'साच्चै महिना दिन अगाडि त कमालै भयो । बेलायतमा भएको कला प्रदर्शनी उनले बनाएको मोनालिसाको तस्विर दुई लाखमा बिक्री भयो । मोनालिसाकै बारेमा मात्र उनले एक दर्जन चित्र बनाएका छन् र आधा दर्जन लेखहरु लेखेका छन्‍ । प्रmान्सको लुभ स"ग्रहालयको भब्य कोठामा सजिएर बसेको छ मोनालिसाको चित्र । जहा उनलाइ हेर्न एसिया,अमेरिका र अफ्रिकाका लगायत विश्वका सयौ राष्ट्रबाट मानिसहरुको घुइचो लाग्छ । उनको तस्विर क्यामेरामा कैद गर्न नपाएपनि दिमागमा थुप्रैले कैद गर्छन् । उनी त्यति आकर्षक नभइदिएकि भए सायद उनको अपहरण हुने थिएन होला । त्यसैले त आकर्षक र बहुमुल्य वस्तुमा सधै चोरी र अपहरण को त्रास रहन्छ । मनुजबाबु आफूलाइ नास्तिक ठान्छन् । अछिता र अबिरले कहिल्यै देउता पुजेनन् । उनको नजरमा कुकुर पनि देउता,चरा पनि देउता । हात,पाखुरा र आत्मविश्वासमा मात्रै विश्वास छ उनमा । ससार छोड्‍नु अघि आफूले लेख्न थालेका आर्ट अफ द नन् युरोपियन कन्ट्री र ,ग्यान्ज स्कुल अफ आर्ट किताब लेखेर सिध्याउन पाए भन्ने मनमा छ । त्यसबाहेक आफू सँग भएका चित्रकला र अन्य बहुमुल्य सामग्री सरक्षण गरिदिने कुनै सस्थालाइ हस्तान्तरण गर्न पाए भन्ने सुरमा छन् । जीवनमा सबै भन्दा बढी कसलाइ माया गरे होलान् मनुजबाबुले ? हातको इशाराले देखाउदै भने, 'उ के त श्रीमतिलाइ ।' यो सुनेर धर्मपत्नि रमला चाहि हासिन् । जेठा छोरा रबीन्द्र मिश्र बिबिसी नेपालि सेवाका सम्पादक छन् ,कान्छो रोशन पेशाले कम्प्युटर एनिमेटर हुन् (उनी पनि कलाकार हुन्‍ ) । छोरी डा मञ्जु मिश्र चाहि कलेज खोलेर बसेकि छिन् । उनलाइ कसको बढी माया लाग्छ होला ? 'सबैको लाग्छ तर कान्छो छोरा सग बढी आत्मियता छ ।' कुराकानी भइरहदा लन्डनबाट रोशनको फोन आयो । बोलिबाटै बुझिन्थ्यो । कति आत्मिय सम्बन्ध छ भनेर । रात ढलेर झ्याउकिरी बास्न थालिसके मनुजबाबुको 'गुफा' अझै अध्यारै छ । बत्ती बल्ने कतै सकेत देखिदैन । धमिलो छायामा मोनालिसाको मुस्कान भने चम्किरहेको छ ।

No comments: