Feb 7, 2009

राम्रो बन्ने रहर
नरेन्द्र रौले
(यो फिचर नेपाल साप्ताहिकमा प्रकाशित भाईसकेको छ । पत्रीकाकै स्वरुपमा हेर्ने मन भए यहाँ क्लिक गर्नुहोस् http://www.kantipuronline.com/Nepal/show.php?&sid=2615)

आफ्नो सौर्न्दर्यबारे तपाईंको आफ्नै धारणा कस्तो छ ? एउटा चिसो बिहानीमा मुस्कुराउदै मन्त्री हिसिला यमीले दोधारे उत्तर दिइन्, "म त आफू नराम्री छु किजस्तो लाग्छ ।"
संविधानसभा निर्वाचनका बेला आफ्नो मुस्कानलाई काठमाडौका जनताले मन पराएको बताउदै भोट मागेर जितेकी हिसिलाको 'ब्वाइज कट्' कपालमा सेतोले कब्जा गरिसकेको छ । पहिले-पहिले मेहन्दी लगाएर सेतोपनलाई थर्काउने हिसिला अहिले बेलाबेला छाटकाट मात्र गर्न थालेकी छन् । त्यति गर्न पनि उनलाई पदीय व्यस्तताले हम्मेहम्मे पार्छ । त्यसैले ब्युटिसियन शान्ति श्रेष्ठलाई मन्त्री-क्वार्टरमै बोलाएर हतारहतार केशविन्यास गराउछिन् । राती सुत्ने बेलामा भने केशमा 'कोल्ड क्रिम' लगाउने फर्सद मिल्छ, हिसिलालाई । भन्छिन्, "म त सरल मान्छे, प्राकृतिक नै मन पर्छ ।"
व्यक्तिको आचरण, व्यवहार र पहिरन राम्रो हुनर्पर्छ भन्ने मान्यता राख्ने अधिकारकर्मी सपना प्रधान मल्ल ब्युटिपार्लर जानुलाई नकारात्मक मान्दिनन् । उनी दइ सातामा एकचोटि हात-खुट्टाका नङ सफा -मेनिकेयर, पेडिकेयर) गर्न थापाथलीस्थित एक ब्युटिपार्लर पुग्छिन् । यसका लागि प्रत्येकपटक एक हजारदेखि १ हजार ५ सय रुपिया सम्म खर्च हुन्छ । सपनाले केश कटाउन भने छोडेकी छन्, अचेल । भन्छिन्, "पहिले ठीकै थियो, अचेल त पैसाले नै पुग्दैन ।"
गत वर्ष२००८ को 'गु्रबर फाउन्डेसन महिला अधिकार पुरस्कार'मा झन्डै ३४ लाख रुपिया पाएकी सपनाको कमाइ कति छ त ? नेकपा एमालेको कोटामा सभासद् बनेकी सपनाले पिएका लागि १२ हजार रुपिया बाहेक संसद्बाट मासिक २२ हजार रुपिया बुझ्छिन् । तैपनि, उनलाई भनेजस्तो शंगार गर्न पैसाले पुग्दैन ।
उता, नेपाली कांग्रेसका कृष्णकिशोर घिमिरेलाई भारी मत अन्तरले जितेर दाङ क्षेत्र नम्बर २ बाट सभासद् बनेकी नेकपा माओवादीकी दामाकुमारी शर्माको सुन्दरतासम्बन्धी परिभाषा भने अलिक भिन्न प्रकारको छ । उनी मानिसको रूपमा होइन, काममा सुन्दरता झल्कने बताउछिन् । नेपाली महिलाको मुक्तिका लागि लडेका आफ्ना पार् कुनै पनि सदस्य ब्युटिपार्लर नजाने उनले बताइन् । उनी अखिल नेपाल महिला संघ -क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष पनि हुन् ।
कांग्रेसकी सभासद् उषा गुरुङ दिनभरिको धूलो, धूवाले बिगारेको शरीरलाई ब्युटिपार्लरले सुन्दर र सहज बनाउन मद्दत गर्ने अनुभव सुनाउछिन् । हिजोआज विशेष गरी गाजल लगाउन मन पराउने उषाको कलेज जीवनमा नेल पोलिसमा असाध्यै मन बसेको थियो रे † उनका पिता भने शृंगार्रकर्मका प्रखर विरोधी थिए रे † झापा क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फाट सभासद् भएकी उषा मानिसले समय अनुसार चल्न जान्नुपर्ने धारणा राख्छिन् । भन्छिन्, "परिवर्तनका संवाहकहरूले ढुंगेयुगको व्यवहार छाडेर आफूलाई रूपान्तरण गर्न सक्नर्पर्छ ।"
उनी कपालको मसाज गर्दा जीउ सञ्चो भएर राती गहिरो न्रि्रा पर्ने बताउछिन् । प्रायःजसो आफ्नै भान्जीको ब्युटिपार्लरमा जाने उषाको राजनीतिक-सांस्कृतिक सबै खाले कार्यक्रममा जादा चौबन्दी चोलो र साडीमा सजिने बानी छ ।
१३ वर्षै उमेरमा विनोदशमशेर राणासग विवाह-सूत्रमा बाधिएकी प्रतिभा राणा चुरा, पोते, टीका, गाजल अनिवार्य भएको पारिवारिक परिवेशमा परेकी थिइन् । चुरापोते छुटाए अदव नभएकी बुहारीमा दरिने खालको थियो, त्यो परिवेश । त्यसैले पनि प्रतिभाको आखाबाट कहिल्यै गाजल छुटेन । भन्छिन्, "गाजल त मेरो आखाबाट जीवनभर छुट्नेवाला छैन ।"
विवाहको सुरुका वर्षरूमा शृंगारमा खुबै लाग्थिन्, प्रतिभा । ढल्कदो उमेरसगै उनको त्यो बानीमा कमी आएको छ । तर, अचेल पनि विवाह, पार्टर्ीी राजनीतिक जमघटहरूमा जानुअघि पार्लर पस्न छुटाउदिनन् उनी । तर, महिलालाई पार्लरले मात्रै राम्रो बनाउन नसक्ने राणाको मान्यता छ । उनी राम्री देखिन सकारात्मक सोच पनि उत्तिकै आवश्यक पर्ने बताउछिन् । सायद यही नै होला, ४६ वर्षी छोरी आरजु देउवा राणाजस्तै आमा प्रतिभा पनि राम्री देखिनुको रहस्य । यी आमाछोरीको उमेर १४ वर्षमात्र फरक छ । आरजुचाहि फेसियल गर्न थापाथलीको ब्लु बर्ड मल र कपाल छोट्याउन बबरमहलको सेसेज ब्युटिपार्लर जान्छिन् । एकपटक केश कटाउदा कति तिर्छिन् त उनी - भन्छिन्, "पाच सय रुपिया मात्र ।" महगो भएन र - जनताका छोराछोरीलाई ४० रुपियामा कपाल कटाउन हम्मेहम्मे पर्छ † उनले जवाफ दिइन्, "कहा छ त्यो ठाउ? मलाई देखाउनूस्, छोरालाई त्यही पठाउछु ।"
आरजुलाई हात्तीसारस्थित बिनाज हेयर एन्ड ब्युटिक्लिनिकले बनाउने बिनाज क्रिम लगाउन साह्रै मन पर्छ । उनी सात सय रुपिया पर्ने त्यो क्रिम नियमित प्रयोग गर्छिन् । ३२ वर्षो उमेरमा विवाह गरेकी आरजु सानैदेखि शृंगारकी सोखिन थिइन् । राणा परिवारका केटीहरूलाई सानैमा यस्तो सिकाइएको पनि हुन्थ्यो । नेपाली कांग्रेसकी सभासद् आरजु साथी, ग्रामीण महिला विकास तथा एकता केन्द्र, सुरक्षित मातृत्व सञ्जाल महासंघजस्ता गैरसरकारी संघसंस्थामा संलग्न छिन् । पदीय जिम्मेवारीका कारण सधै व्यस्त रहने उनी ब्युटिपार्लर जाने मौकाको ताकमा हुन्छिन् ।
बेलायत र भारतबाट ब्युटिसियनको तालिम लिएकी विना वैद्य ३५ वर्षेखि सुन्दरताको व्यवसायमा छन् । उनले बनाएको बिनाज क्रिमको माग विदेशमा समेत बढ्दो छ । काठमाडौस्थित अमेरिकी राजदूताबासका महिला कूटनीतिज्ञहरू उनका नियमित ग्राहक हुन् । उनको पार्लरमा आउने सभासद्हरूको संख्या पनि उत्ति नै छ । उनीहरू कपाल काट्न, मसाज गराउन र हात-खुट्टाको सफाइ गर्न बिनाज ब्युटिपार्लर जान्छन् ।
नेपाली जनता दलकी सभासद् (संविधानसभामा सबैभन्दा कान्छी) गायत्री साह, २६ थे्रटिङ् गराउन -आखीभौ कटाउन) सधै पार्लर जान्छिन् । राजनीतिशास्त्रमा स्नातक तहमा अध्ययन गर्दागर्दै राजनीतिमा होमिएकी उनी सामान्यत स्वस्थ र सुन्दर देखिन ब्युटिपार्लर जाने गरेको बताउछिन् । भन्छिन्, "भोलि गएर नराम्रो असर पर्छ कि भनेर फेसियलचाहि कमै गराउछु ।"
कुपन्डोलको सयाम हेयर एन्ड ब्युटिकेयर सेन्टर शिक्षामन्त्री रेणु यादव, पर्ूव उपसभामुख चित्रलेखा यादव, सामान्य प्रशासनमन्त्री पम्फा भुसाललगायतका प्रभावशाली राजनीतिक खेलाडीहरूको 'लुक' बनाउने प्रिय थलो हो । तर, हालसम्म अविवाहित मन्त्री भुसाल कार्यव्यस्तताका कारण मुस्किलले केश छोटो पार्न मात्र भ्याउछिन् । फेसियल उनको रहर मात्र भएको छ । गृहमन्त्री वामदेव गौतम, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणनिधि शर्मालगायतका भीआईपीहरू पनि राम्रो देखिन यही पार्लर आउने गर्छन् ।
तर, निर्वाचनमा गृहमन्त्री गौतमलाई भारी मतले हराएकी बर्दिया क्षेत्र नम्बर १ की भुसालकै पार्टर्ीी सभासद् सरला रेग्मी भने दामाकुमारी शर्माजस्तै ब्युटिपार्लर जानुलाई विकृति मान्छिन् । शर्मा र रेग्मी महिला आफ सुन्दर भएकाले पार्लर जानुलाई पाखण्ड हुने धारणा राख्छन् । रेग्मी भन्छिन्, "यस्तो कामले नारीमा कि हीनताबोध कि त घमण्डको भाव जगाउछ ।" तर, मन्त्री भुसाल भन्छिन्, "सिलाइबुनाइमा सीमित महिला अहिले फरक काम सौर्न्दर्य व्यवसायमा लागेका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।"

No comments: