लेखपढको नौलो तरिका
नरेन्द्र रौले
परम्परागत पुस्त

सरस्वती मावि भक्तपुरमा अध्ययनरत कमलप्रसाद शर्मा, १२, लाई दइ वर्षघि पहिलोपटक कम्प्युटर छुदा पड्किन्छ कि भन्ने डर लागेको थियो । आज तिनै कमल 'इ-लाइबेरीको नया अवधारणामा काम गरिरहेका छन् । उनका लागि कम्प्युटर ज्ञान र मनोरञ्जनको अपरिहार्य माध्यम बनेको छ ।
सरस्वती माविमा आधा दर्जन कम्प्युटर उपलब्ध गराएर कमललगायतका विद्यार्थीलाई इ-लाइबेरीमा अभ्रि्रेरित गर्ने संस्था हेल्प नेपालले करिब नौ वर्षगाडि डोल्पा, दुनैको सरस्वती उच्च माविमा किताब वितरण गरेर परम्परागत लाइबेरी स्थापना गरेको थियो । त्यसपछि गोरखा र दाङमा काम गर्दा आएको इ-लाइबेरीको सोच अहिले दाङ, लमजुङ, उदयपुर, सिन्धुपाल्चोक, भक्तपुर, काभ्रे, म्याग्दी र मोरङ जिल्लामा कार्यान्वयन भइसकेको छ । विदेशमा बस्ने नेपालीहरूले देशप्रतिको उत्तरदायित्व बोध गरी खोलेको यो संस्थाका अध्यक्ष अरूणसिंह बस्नेत परम्परागत पुस्तकालयमा छ लाख रुपिया खर्च गर्दा पनि सबैले पढ्न नपाउने बताउछन् । भन्छन्, "तर, दइ-अर्ढाई लाखमा तयार हुन इ-लाइबे्ररीमा श्रव्य, दृश्य र इन्टरनेटका माध्यमबाट विद्यार्थीले पढाइ सुविधा लिइरहेका छन् ।"

अहिले दाङको आदर्श उच्च माविका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले अतिरिक्त विषयका रूपमा कम्प्युटर पढिरहेका छन् । स्कुलको समय सकिएपछि समुदायका मानिसहरू कम्प्युटर सिक्न आउने गरेका छन् । छिमेकी स्कुलहरूले पनिर् इ-लाइब्रेरीको माग गर्न थालेका छन् ।
यता भक्तपुरको सुडाल-६ थाकलमाठस्थित सरस्वती माविमा पनि स्कुल समयपछि किसान र गृहिणीहरूले कम्प्युटर सिक्न थालेका छन् । सिन्धुपाल्चोक थुम्पाखर-८ टिमुरेको कोल्दौङदेवी माविका विद्यार्थीहरूले त पढाइसग सगै पाक्षिक इ-पत्रिका' नै निकाल्न थालेको बताउछन्, प्रधानाध्यापक सानुकाजी थापा ।
महावीर पुनको संस्था वायरलेस नेर्टवर्कको सहयोगमा म्याग्दीका नेगी र टिकोट गाउमा पनि इ-लाइबे्ररी सञ्चालनमा आइसकेको छ । आफ्नो इमेल आईडी खोलेका त्यहाका प्रायः सबै बूढापाका परदेशमा रहेका आफन्तहरूसग च्याट र इमेल गर्न सक्ने भएका छन् ।
हेल्प नेपालको 'एक जिल्ला एकर् इ-लाइबेरी नारालाई देशव्यापी बनाउन पुल्चोक इन्जिनियरिङ् क्याम्पस चौथो सेमेस्टरका विद्यार्थीहरूले स्वेच्छिक सहयोग गरिरहेका छन् । विद्युत् र फोन पुगेका ठाउका स्कुलमा लाइबेरी स्थापना गर्दा शिक्षकहरूलाई आवश्यक पर्ने तालिम र कम्प्युटर जडान यिनै विद्यार्थीहरूले गरिरहेका छन् । आवश्यकता अनुसार कम्प्युटर र अन्य प्राविधिक सहयोग गर्ने हेल्प नेपाल 'एक जिल्ला एक इ-लाइबेरी' भन्ने नारालाई 'एक गाउ एक इ-लाइबेरी'मा परिणत गर्ने सुरमा छ ।
सुलभ र लोकप्रिय बन्दै गएको लिनक्स प्रणालीकोर् इ-लाइबे्ररीमा डाक्टर नभएमा र हाउजस्टफ पनि थपिएको छ । डाक्टर नभएमा एउटा किताब हो । बिरामी पर्दा डाक्टर नभए यो किताबको सहयोग लिन सकिन्छ । त्यस्तै हाउजस्टफले कुन चीजले कसरी काम गर्छ भनेर रोचक जानकारी दिन्छ ।
हाल अस्टेलियामा रहेका डाक्टर राजु अधिकारीकोर् इ-लाइब्रेरीको अवधारणालाई पण्ता दिन रमानाथ श्रेष्ठ र रोशेन्द्रध्वज खड्काले निकै मिहिनेत गरे । पुल्चोक क्याम्पस र 'प्रि ओपन सफ्टवेयर सिस्टम' नामक इन्जिनियरिङ् विषयका विद्यार्थीहरूले यसको प्राविधिक पक्षमा विशेष योगदान गरेका छन् ।
No comments:
Post a Comment