Feb 16, 2009

सालीताजियासँग चार घण्टा स्पा
-पुष्कर शाह
सलीताजियाले मलाई धेरै पहिला देखी नै हङेरीमा स्वागत छ भनेर इमेलमा निम्ता दिएकी थिइन । म बुढापेस्ट पुग्दा उनी ईटालीमा रहिछन। सुरेन्द्रले मलाई सिङ्गै अपार्टमेन्ट मिलाई दिए । दुई दिनपछि सलीताजिया पनि आइपुगीन । उनले मलाई लन्चको लागि निम्तो दिइन । हामी एउटा टर्किस रेस्टुरेन्टमा गयौं‌ । टर्किस खाना हाम्रो लागि नौलो नै थियो। स्वार्मा र कबाब बाहेक मलाई अरु नाम थाहापनि थिएन । हामीले रेस्टुरेन्टमा गएर खानाको रङ हेरेर खाना मगायौं। सजिलै चिनेको र मनपर्ने भात थियो । त्यही भातसँग अरु खाना । मैले मागेको खाना त ठिकै परेछ । सलीताजियाको खाना त चिल्लो र पिरो बढी रहेछ । उनको आधी खाना त मैले नै सिध्याइदिनुपर्‍यो ।
लन्चपछि उनले मलाई स्पा (साउना) जानको लागि आग्रह गरीन । मेरो अरु कुनै काम नभएकोले म उनीसँग स्पा जान तयार भएँ । हामी आइसक्रिम खाँदै हिँडेर उनको अपार्टतिर लाग्यौं‌ । लण्डन र पेरिससँग दाज्न मिल्ने यहाँका भवनहरु त्यस्तै सुन्दर र भब्य छन । संसद भवन त यहाँको ल्यान्डमार्क नै हो । दोस्रो विश्वयुद्दको अवशेष झैं लाग्ने कतै कतै साना गल्लीहरु भने न्यास्रा लाग्छन । त्यसबेला युद्धले तहस नहस भएका भवनलाई जस्ताको तस्तै राखे झैं लाग्छ । फुस्रे नरङिएका । तै पनि मान्छेको बास भने देखिन्छ। आजकाल बलियो इलेक्ट्रोनिक् ढोका बनाएर कोड सिस्टमले ढोका खोलेर भित्र छिर्छन मान्छेहरु । दोश्रो विश्वयुद्दताका बम बारीबाट ज्यान जोगाउन त्यतीबेला बनाइएका भूमिगत सुरुङहरु अहिले डिस्को र पब बनाउन खुबै उपयोगी भएका छन । मेट्रो स्टेसनका सिडीहरुमा बच्चा बोकेर माग्न बसेका तरुनी आमाहरु प्रशस्त देखिन्छन । उनीहरुको छेवैमा फुलका गुच्छा बेचिरहेका बुढी आमाहरु पनि देखिन्छन । यि द्रिश्यले तरुनी आमाहरुलाई ब्यङ्य गरे झैं लाग्छ । सलीताजियाको अपार्टमा गएर हामीले स्पाको लागि कपडाहरु लियौं । स्पा भन्नासाथ मलाई लाओसको याद आउँछ । धेरै बर्ष अगाडि लाओसमा डायनाले मलाई स्पा लैजाँदा मैले सम्भोग गर्ने स्नान घर पो रहेछ भन्ठानेर अत्तालिएको थिएँ । आज मैले त्यो लाओसको घटना सलीताजियालाई सुनाउँदा एक किलोमिटर जती हाँसीन। हामी ट्राम चढेर स्पा सेण्टरतिर लाग्यौं । ट्राम (रेल जस्तै देखिने र फ्लामे लिकमै गुड्ने । तर रेल भन्दा धेरै सानो) मा टिकट उपलब्ध हुँदैन। टिकट भूमिगत मेट्रोमा किन्नुपर्छ । हामीलाई भूमिगत मेट्रो झर्न अल्छि लाग्छ। ट्राममा बेला बेलामा टिकट जाँच हुन्छ । टिकट जाँचमा परियो भने जरिबाना हुन्छ। नत्र त्यत्तिकै हिंडे हुन्छ । मान्छेहरु टिकट किन्छन र ट्राममा चडछन । यो एउटा इमान्दारिताको नमुना हो । प्राय नयाँ पर्यटकलाई यो कुरा थाहा हुँदैन । सलीताजियासँग महिनाभरीको टिकट छ । केहीगरी म जाँचमा परें भने थाहा भएन भन्नुपर्ला । हुन पनि म आएको दुई दिन त भयो । आधी घण्टा लगाएर हामी स्पा सेन्टर पुग्यौं। सलीताजियाले हामी दुबै जनाको टिकट किनीन। चिसो पानी, मन तातो, तातो, अती तातो, स्विमिङपुल, स्टिमबाथ, ड्राइबाथ कस्तोमा बस्ने ? हामीले सबै ठाउँ आफुलाई पुर्‍यायौं। सलीताजिया मेरो लाओसको घटना सम्झेर बेला बेलामा मरी मरी हाँस्छिन । चार घण्टामा थाकेर हामी निस्कियौं । म फेरी बिना टिकट ट्राममा चढें । बेलुकी हामीलाई सुमीकहाँ खाना खाने निम्तो थियो । हामी पुग्दा मम बन्दै रहेछ । सबै मिलेर आफ्नो आफ्नो आकारको मम बनायौ। आकार जस्तो भए पनि मम निकै मिठो भएछ । पिरो टिम्बुरको अचार क्या स्वादिलो !!!!! सुमीले बुढापेस्टमा मम पसल खोले पनि चल्छ होला । मैले पिउँदा पिउँदै एक गिलास वाइन पोखें । त्यो पनि ल्यापटपमा। जस्मिनले मलाई वारेन्ट दिइ- अब फेरी पोख्यौ भने म तिमीलाई यहाँ आउन दिन्न । ५ बर्ष कि फुच्चीको वारेन्टलाई मैले दुबै कान समातेर स्विकारें। मम सकिँदा रातको १२ बजी सकेको थियो । यहाँ यातायातको २४ सै घण्टा कुनै दु:ख छैन । सलीताजिया आफ्नो अपार्टतिर लागिन । म सुरेन्द्रको अपार्टतिर । मलाई अली अली वाइन लागेको छ । म एक्लै फुटपाथमा हाँस्दै हिँड्छु । सलीताजियाले मलाई पहिलो पटक इमेल लेख्दा मैले उनलाई कुनै हंगेरियाली केटी भन्ठानेको थिएँ । पुर्बी यूरोपियाली वा रसियाली जस्तै लाग्ने नाम । गहुँगोरो छालामा अलीकती सेतो रङ बढी भएको । बाटुलो अनुहार, खिरिलो बन्न बन्न खोजेको नाक, मुस्काउन खोजेका ओँठ, चिम्सा चिम्सा खुलेका आँखा । उनी त सलीताजिया गुरुङ पो रहिछन। यहाँ उच्च शिक्षा लिन आएकि । अहिले उनलाई भेटेर खुब हाँसो उठेको छ मलाई । लाओसमा डायनासँग भएको घटना सुनाएर सलीताजियालाई खुब हँसाएँ । अब सलीताजियाको घटना डायनालाई सुनाउन पाए उ कती हाँस्दी हो ? सलीताजिया !!!

33 Comments »
sushil poudel 'dubai' said,
January 6, 2009 @ 5:47 pm
hi puskar ji hajur kai chhan din le le moj garnuhos yasarinai jawos hajur kadin subakamana cha maro by .
sonu said,
January 7, 2009 @ 4:27 am
Kasto naam ho yesto Salitajiya? Any way nice artical. Salitajiya looks seksi. ???
krishna sitaula said,
January 7, 2009 @ 6:00 am
Hi Pusjkar I am krishna niraula I am from Nepal ,now in Saudi arabia.I have some questions for YOU, I hoped you will answer me.1. Who is she?2. How do you meet him and where in frist time?
krishna niraula said,
January 7, 2009 @ 6:02 am
Hi Pusjkar I am krishna niraula I am from Nepal ,now in Saudi arabia.I have some questions for YOU, I hoped you will answer me.1. Who is she?2. How do you meet him and where in frist time?any way is unforgotable.
Madhav-Palpa-Argali-Ranuwali said,
January 7, 2009 @ 6:21 am
Hi.puskarji You Are great
palpali mgr,tara said,
January 7, 2009 @ 7:52 am
होइन है पुषकर दाजु सालीताजिया को निकै बर्णन गर्नु भएको छ है केही भयो कि जस्तो छ है अनी कसरी पोखाउनु भयो तनी वाइन त्यो पनि ल्यापटप माथि कस्तो caraeless, जे भएपनी तपाईंको यात्रामा मिस सालीताजियाले गर्नु भएको सहयोगले तपाईंको यात्रा सहज बनाएको छ भन्नु पर्छ, तर मिस सालीताजियाले किन नेपाली नेम लाई एतिसाहारो मुडिफाइ गर्नु परेको होला ……?
yuvraj rijal said,
January 7, 2009 @ 8:52 am
puskar jee ma ta tapailai kaam dekhi bhageko dusahasi thito bhanchhu. cycle liyera desh bidesh chaharera ke hi upalabdhi hudaina kaam garnus kaam. aaja indian haru sansaar ka junsukai desh maa pani high income hune barga bhayera basekaa chhan.nepal ko ijjat tapai le jhanda cycle maa bokdai maa badhne hoina.
desh ko ijjat taba badchha jaba DAU JONS, NASDAQ, jasta share bajaar nepali ko niyantran maa hunchha. jaba nepal kaa bank haru ani company haru biswa kaa thula bank ra company huna pugchhan ani jaba nepali ko income 25000 usd huna janchha.
pharkanus nepal suru garihalnus kaam.
नयन्द्र चेम्जोङ said,
January 7, 2009 @ 12:38 pm
पुषकर जि रमाइलो घटना सुनाउनु भयो यस्ता लेखहरु बारम्बार पठाउदै गर्नुस् है
Uhi saikale said,
January 7, 2009 @ 1:48 pm
Krihnaji,Namaste! Salitajiya is Nepali student live in Hungary. I met her last September in Budapest.
Pemba Lama said,
January 7, 2009 @ 2:20 pm
la la sali jiya sanga ko kathama ali kei kura chhute jasto lagyachha wine matrai ho aru kunai ha ha ha haha
Bachchu hari said,
January 7, 2009 @ 11:15 pm
Pushkarjinamastela moj garnus moj . bihe gareko manchhele tyasta sundari sundari keti sita ? ………..ke garnu yaar tapailaai ta nimtaanai diepachhi hai ?
Saalidaajiyaa sundar raichhin la. herdai lov laagdo …………;
Hari gurung said,
January 8, 2009 @ 6:17 am
Hoiina, desh chode pachi, manche haruko naam pani change huncha ki k ho?
Salita bata salitajiya? Her actual name is Salita.
anyway, good memo article….
ram kumar karki said,
January 8, 2009 @ 6:30 am
आफ्नो मन को कुरा सुनाको मा धन्यवाद छ.
palpali mgr,tara said,
January 8, 2009 @ 7:15 am
पुषरक दाजु, तपाईंको लेखहरु अली ढिलो आउन थालयो के, कम्तिमा पनि महिना म २ लेख त पठाउनु नि हो, अब तपाईंको दैनिकी म एउटा न एउटा त एस्तै रहस्यमय र चाख लाग्दो घटना त भाईनै रहन्छ होला नि, आखिर एस्तै घटना बिब्रण त हो नि हामी सँग sharae गर्ने भनेको, तपाईंत विश्वको यात्राामा हुनुन्छ, जस्ले हामीलाई पनि रमाइलो अनुभुती होस्स अनी केही शिक्षा मुलक पनि बनोस् कि कसो साथीहरु हो अब देखी महिना को २ पटक त अबस्य पढ्न पाइयोस है पुषकर जि, तपाईंको daly direy बाट ……………
Janmejaya said,
January 8, 2009 @ 8:11 am
Pushkar Bro
you have enjoyed the real life.
Your life is life.
Can Saalidajiya also write some articles ? Oh, she looks extremely beautiful .
Salidajiya should also write her feelings .
Good luck for saalidaji and your further trip bro !!!Waiting to read more from you.
kiran said,
January 8, 2009 @ 8:45 am
Je chha Pushkar kai chha Jindagi. Afu ta bhaggya mai dukh garna lekhera ako. Yatro hunthyo. Afule kahile bhetne hola Salitajiya?
Himali keto said,
January 8, 2009 @ 8:50 am
ma pani puskar sagai hidnu parne raichha baru saaikalma bishwa bhraman bhanera.
desha herne, yasta sundar maanche bhetne, thari thariko khaane, moj lutne, kaam garna pani naparne.
Ma ta dahale marne bhaye puskar ko dekhera.
pradeep pun said,
January 8, 2009 @ 2:58 pm
Puskar jiNamastetapaika chopila kath pade ra kahile ta haso uthera aau6. k ho tapai ko aim ? tarunika kahani lekhna janu bhaya ko ho biswa bharman ma? khai ta bikas premi janatalai pani bikaska bhaya gareka bikase khurak pathaunu paryo hai ta? aba aaune Puskar khurak ma taruni ko hoina hai. bye
dil magar(singapore) said,
January 8, 2009 @ 3:48 pm
hello puskar bro bajiya salitajiya sanga spa ma ke ke garish ho. any way keep it
Purushottam Thakuri said,
January 8, 2009 @ 4:32 pm
उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस,
Hari gurung said,
January 8, 2009 @ 5:00 pm
Hoina, yo salita dd le puskar jee lai pani bora ma halechan neee..real name lai modification (Hungarification) gareko name bhanechan k k hooo
Salita Gurung said,
January 8, 2009 @ 5:27 pm
Mr Hari Gurung,
plz, cooollllll…My real name is salita gurung Also Puskar knows it very well.Telling u the truth, the name salitajiya is my Emil ID that he mentioned in his memo article,that’s it. y such a big bombarding?
Ajit said,
January 8, 2009 @ 5:32 pm
Je hos lekh ramro chha. Ke ke na hola bhanera padheko ta testai rahechha. Salitajiya ta meri sali jastai raichhin. Khirilo khirilo banna lageko nak le ta bhutukkai bahye ni ma ta bai.
Ajit said,
January 8, 2009 @ 5:57 pm
Hahahaaha! Salitajiya!???
Hari gurung said,
January 9, 2009 @ 5:49 am
salita dd lai nabheteko dherai bhayo ra? ali ali bombarding garepachi, bunker bata niskanu huncha ki bhanera ho neee, ali bombarding question gareko neee!!!yesari bhet hunu po rahecha ta…anyway goodstay there!!!!
sagar. japan said,
January 9, 2009 @ 9:45 am
tapaiko interview disha nirdesh ma ni herethen ni,,,dherai aagadi.
Harka Bahadur Shahi said,
January 12, 2009 @ 1:40 pm
hi puskar dai tapai ko gindika kati ramrotapai ta kahela mobil ma cheat garo bajaya la kaila meal ko name thaha chhana kas to ramaro haso lago mali thanks dai.tapai ko kam safal hos .
Santosh said,
January 13, 2009 @ 5:08 pm
Yo Pushkarji ko Katha pani taal taal ko hunchha bhaneko . Kahile ke lekheko chha kahile ke. Nasakine ba yo manchhe sanga.
Ajit Karki V.Na.Pa.13 said,
January 15, 2009 @ 11:05 am
yi hunu na khanuko taruni haru ko barema lekhnu vanda ta tyo des ko cultrul history lekhnu ni khali khako veteko matra lekheko cha aba dekhi ramro lekhnu
dp adhikari"argali"sancha,palpa said,
January 16, 2009 @ 8:49 am
lau lau moj garnus.
baburam dhakal said,
January 19, 2009 @ 4:51 pm
खाएर पुगेर आएको मान्छेलाई तरुनीको बारेमा सुन्दा के को टाउको दुख्यो त ?
YogendrA OkhaldhungE said,
January 25, 2009 @ 7:28 am
Sachhai dai… hajur ko article aali dhilo aauna thalayo.. Huna ta yatra ma niske ko manchhe lai samaya pani hunna . tai pani yeso samaye milayera yatra ka ramaila.. tita mitha.. chatpate aanubhav regularly pathauda hami lai hajur ko yadh ra tapaiko dainiki ko barema taha hunthyo ni.. anyway.. in this picture.. ‘PUSHKAR DAI IS LOOKING OLDER THAN SALIJATIA’ hehehe just kidding.. Cheers for your safe journey!! Bhai
Pushkar Sharma said,
January 27, 2009 @ 11:38 am
Mita thank u very much for ur diary.I was amused after reading ur diary.I was also shocked with that name SALITAJIYA could be a Nepali girl. By the way I admired the punishment of dear Jasmine. Have nice journey.
Leave a Comment (प्रतिक्रिया पठाउनुहोस्)






No comments: