Apr 24, 2009

विदेशमा नेपाली सञ्चारमाध्यम

डा. हेमराज शर्मा
मुलुकबाहिर बस्ने नेपालीको संख्या बढ्ने
क्रम सगै नेपाली भाषाका सञ्चारमाध्यमको
विकासले पनि गति लिदैछ । अहिले नेपाल
बाहिर सबै खालका सञ्चारमाध्यम,
टेलिभिजन, रेडियो, छापा पत्रिका र अनलाइन
पत्रिका उपलब्ध छन् । यिनीमध्ये कतिपय
नेपालमा उत्पादन भई विदेशमा विस्तार
भएका छन् भने कतिपय विदेशी भूमिमा नै
उत्पादन भई सञ्चालनमा छन् । समाचारको
सुलभताको हिसाबले अब देशभित्र रहनु र
संसारको अन्य कुनै कुनामा रहनुमा खासै
फरक नपर्ने भएको छ ।
टेलिभिजन

नेपालबाट प्रसारण हुने कान्तिपुर
टेलिभिजन, इमेज च्यानल, नेपाल वन, नेपाल
टेलिभिजनले भूउपग्रहीय प्रविधिबाट खाडी
क्षेत्रमा आफ्नो बजार विस्तार गर्दे
आएका छन् । बेलायतस्थित ग्यालेक्सी
टेलिभिजनमार्फ नेपाल टेलिभिजनले युरोपमा
आफ्नो सेवा वितरण गर्दै आएको छ ।
बेलायतकै नेपाली टेलिभिजन युकेले आफ्नो
बजार युरोप हुदै विश्वका अन्य क्ष्ँेत्रकार्
दर्शकसम्म पुग्ने कोसिस गर्दैछ । विदेशी
भूमिमा उत्पादित पहिलो नेपाली टेलिभिजन
'सगरमाथा टेलिभिजन' ले अमेरिकामा
निरन्तरता पाइरहेको छ । भूउपग्रहीय
प्रविधिबाट सीमित क्षेत्रमा मात्र उपलब्ध भए
पनि इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै
कुनाबाट प्रत्यक्ष हर्ेन सक्ने प्रविधिको विकास
भएको छ । जापानस्थित नेपाल इन्टरनेसन
टेलिभिजन नेर्टवर्क -एनआइटीभी) ले यस
प्रविधिको प्रयोगबाट नेपालबाट प्रसारण हुने
प्रायः सबै टेलिभिजन, रेडियो र एफएमहżलाई
पाठकसमक्ष पुर्याउदै आएको थियो । तर उच्च
र मह“गो प्रविधि, कम गुणस्तर र कमजोर
बजार व्यवस्थापनका कारणले एनआइटीभीको
यस सेवाले लोकप्रियता हासिल गर्न नसकी
हाल स्थगित छ ।

रेडियो

रेडियो मा युके, ब्रुनाई र नेपालबाट
संयुक्त żपमा सञ्चलान हुने बीएफबीस
-ब्रिटिस फोर्स ब्रोडकास्टिŞ र्सर्भिस) गोर्खा
रेडियो सबैभन्दा बढी विश्वव्यापी र सुलभ
छ । ब्रिटिस गोर्खाहżका लागि सञ्चालित यो
रेडियो चौबीसै घन्टा इन्टरनेटको माध्यमबाट
संसारको जुनसुकै कुनाबाट पनि प्रत्यक्ष सुन्न
सकिन्छ भने तरŞ्गमा आधारित परम्परागत
रेडियो युके लगायत ब्रिटिस गोर्खाहż कार्यरत
बोस्निया, अफगानिस्तान, इराकलगायतका
देशमा सुन्न सकिन्छ । विदेशमा कार्यरत
ब्रिटिस गोर्खा र उनीहżका परिवारबीच
लोकप्रिय यस रेडियोले राष्ट्रिय स्तरदेखि
जिल्लास्तरका समाचार, गीत संगीत, साहित्य
लगायत विविध पक्षलाई समेटेकेा छ ।
अमेरिकाबाट सञ्चालन हुने दोभान र
क्यानाडाबाट सञ्चालन हुने नमस्ते रेडियोहż
भने सीमित समयमा मात्र प्रसारण हुन्छन् ।
लोकप्रिय बीबीसी नेपाली सेवाका कार्यक्रमहż
इन्टरनेटमा उपलब्ध भएकाले फर्ुसदमा समय
मिलाएर सुन्न सकिने भएको छ ।


अनलाइन पत्रिका

अमेरिका, युरोप, मध्यपर्ूव र एसिया
प्यासिफिकबाट दर्ुइदर्जनभन्दा बढी अनलाइन
पत्रिका सञ्चालनमा छन् । नेपालबाट
प्रकाशित प्रायजसो दैनिक, साप्ताहिक, पाक्षिक
पत्रिकाहż पनि इन्टरनेटमा उपलब्ध छन् । तर
प्रवासी नेपालीहżको समाचारका लागि भने
अनलाइन पत्रिकामै भर पर्नुपरेको छ ।
अधिकांश अनलाइन नेपाल र विदेशबाट
संयुक्तżपमा सम्पादन र प्रकाशन हु“दै
आएकाले नेपालका स्थानीय र राष्ट्रिय
चासोका विषयदेखि लिएर प्रवासी नेपालीका
गतिविधिका ताजा समाचार नियमितżपमा
पढ्न पाइन्छ । नेपालबाट पनि सम्पादन र
प्रकाशन हुने भएकाले यी अनलाइनले थोरैमात्र
भए पनि नेपालमा रोजगारको अवसर जुटाएका
छन् । समाचारको साथमा साहित्य र
मनोरञ्जनलाई पनि अनलाइनले स्थान दिएका
छन् । नेपालमा इन्टरनेटको प्रयोग अत्यन्त
कम भएकाले अनलाइन पत्रिकाले सम्पर्ूण्ा
स्वदेशवासी र प्रवासीलाई आपसमा जोड्न
नसके पनि काठमाडौंलगायतका मुख्य सहरमा
हुनेलाई प्रवासीका गतिविधिको जानकारी
गराउन सफल छन् ।
पेसागत र व्यावसायिक दृष्टिकोणले भन्दा
प्रकाशनको व्यक्तिगत सोख र अन्य निहित
कारणले सञ्चालन भएका अनलाइन
खुट्याउन गाह्रो छैन । थोरैमात्र अनलाइनहż
पेसागत पत्रकारबाट सञ्चालित छन् । छापा
पत्रिकाको दा“जोमा अनलाइन पत्रिका प्रकाशनर्
गर्नप्राविधक żपले सरल र सस्तो हुने,
पत्रिकाको जस्तो वितरणको व्यवस्था गर्न
नपर्ने, बजारको भौगोलिक सीमा नहुने,
समाचार सामग्री जुटाउन कठिन नहुने
कारणले यति धेरैअनलाइन सञ्चालमा आएका
हुन सक्छन् । तर गुणस्तरीय पत्रकारिताका
लागि अनलाइनहżले निकैमेहनत गर्नुपर्ने
देखिन्छ । अत्यन्तै संवेदनशील विषयलाई
हल्काżपमा समाचार प्रकाशन भएका, सस्तो
लोकप्रियताको लागि सामान्य समाचारले उच्च
महत्व पाएका, स्रोत नखुलेका गलत समाचार
सम्प्रेषण भएका, समाचार साभारको स्रोत
नखुलाइएका, भाषिक अशुद्धता लगायतका थुप्रै
कमी कमजोरी नियमित żपमा देखिन्छन् ।
सबैअनलाइन कानुनीżपमा दर्ताभएका
संस्थागत żपमा प्रकाशन भएका छैनन् ।


छापा पत्रिका र कतारमा कान्तिपुर

बाहिर बस्ने नेपालीमध्ये सबैको इन्टरनेटमा
पहु“च नभएकाले छापा पत्रिकाको सान्दर्भिकता
अहिले पनि त्यति नैछ । एक अनौपचारिक
तथ्यांकका अनुसार मध्यपर्वमा कार्यरत दस
लाखभन्दा बढी नेपालीमध्ये ५ प्रतिशतभन्दा
कमलाई मात्र इन्टरनेटको उपलब्धता छ ।
टोकियोस्थित सोफिया विश्वविद्यालयका
पत्रकारिता विषयका एक नेपाली विद्यार्थीको
अनुसन्धान अनुसार अहिले भारत र नेपाल
बाहेकका करिब एक दर्जन देशमा करिब दइर्
दर्जन नेपाली साप्ताहिक र पाक्षिक पत्रिका
प्रकाशनमा छन् । यी देशमा हŞकŞ, मलेसिया,
जापान, कतार, साउदी अरब, यर्ुर्एइ, अस्टे्रलिया,
युके, युएसए आदि पर्दछन् । यी पत्रिकामध्ये
कतिपय साधनस्रोतको कमीले नियमित żपमा
प्रकाशन हुन सकेका छैनन् । ऐक्यबद्धता
मासिक लगायतका नेपालमा छापिने केही
पत्रिकाहżले आफ्नो बजार विदेशमा विस्तार
गर्नेजमर्को गरेका छन् ।
यस परिस्थितिमा कतारबाट भरखर
प्रकाशन हुन थालेको कान्तिपुर र पहिलेदेखि
नैत्यहा“ प्रकाशित राजधानी साप्ताहिकले छापा
पत्रिकाको निरन्तरताका लागि महत्वपर्ण्
भूमिका खेल्नेछन् ।
कान्तिपुर कतार संस्कारणको प्रकाशनपछि
मध्यपर्ूवका त्यस प्रकाशनसम्म पहु“च हुने
नेपालीलाई मातृभूम्रि्रति बेखबर हुनु नपर्ने
भएको छ । कान्तिपुर नेपाल संस्करणमा स्थान
नपाएका प्रवासी नेपालीका समाचारलाई
कतार संस्करणमा प्राथमिकता दिइएको छ,
जुन स्वागतयोग्य छ । यसले गर्दा अब
विदेशमा बस्ने नेपालीहżले समाचारका लागि
अनलाइन पत्रिकामा मात्र भर नपर्नुपर्ने भएको
छ । कान्तिपुरको यस संस्करणलाई प्रवासी
नेपलाीको अनलाइन संस्करणमा विस्तार गर्न
सकिए संसारभरका पाठक लाभान्वित हुने
थिए । यसले गर्दाअहिले सञ्चालित अनलाइन
पत्रिकाहż प्रतिपर्स्धामा आउन बाध्य भएर
गुणस्तर सुधार्ने मौका पाउने थिए ।


विदेशमा सञ्चालित पत्रिकाको भूमिका

विदेशमा प्रकाशन हुने नेपाली भाषाका
सञ्चारमाध्यमको भूमिका समाचार दिन मात्र
सीमित रहनु हुदै । आफूकार्यरत देशको भाषाको
ज्ञान नहु“दा विभिन्न खालको दर्ुघटना निम्तिने
गरेका छन् । नेपाली सञ्चारमाध्यमले स्थानीय
समाज र संस्कृतिस“ग सम्बन्धित सामग्री तथा
दैनिक जीवनका लागि आवश्यक पर्नेसामान्य
नीति-नियमबारे जानकारी गराउन आवश्यक
छ । विदेशमा नेपाली कामरदार समस्या,
अधिकार, रोजगारको क्रममा विदेशको जेलमा
निर्दोष नेपाली आदि विविध विषयमा खोजमूलक
विषयलई प्राथमिकता दिने हो भने वैदेशिक
रोजगारमा देखिएका समस्याको सामाधान गर्न
महत्वपर्ूण् सहयोग हुनेछ ।


पत्रकारिताको विकासमा सहयोगी भूमिका



नेपाली सञ्चारमाध्यमलाईमुलुक बाहिर
विकास, विस्तार र सर्बर्द्धन गर्न नेपाल पत्रकार
महासंघ, प्रवासमा भएका नेपाली संघसंस्था,
व्यवसायी तथा गैरआवासीय नेपाली संघ
-एनआरएनए) जस्ता अन्तर्रर्ट्रय सञ्जाल
भएका संस्थाले महत्वपर्ूण् भूमिका निर्वाह गर्न
सक्छन् । मुलुकबँहिर सञ्चालनमा आएका
पत्रपत्रिकालाई महासंघमा आबद्ध गरी पेसागत
विकासमा सहयोग पुयाउन सकिन्छ । तर
महासंघको यसतर्फो दृष्टिकोण अस्पष्ट र
फितलो देखिन्छ ।

Apr 23, 2009

बास पनि संग्रहालयमा
नरेन्द्र रौले/पोखरा
कास्कीको लुम्ले गाविस तान्चोक गाउँमा यस् तो संग्रहालय छ, जहाँ खान मात्र होइन, बस्न पनि पाइन्छ । पोखराबाट एक घन्टा गाडीमा लुम्ले र त्यहाँबाट साढे दुई घन्टा सोझै पश्चिम हिँडेपछि पुगिने गुरुङ गाउँमा चार वर्षअघि खुलेको हिमालयन कटेज एन्ड म्युजियममा यस्तो सुविधा छ । यो संग्रहालय खोल्ने तान्चोककै लोकबहादुर गुरुङ हुन् । उनले गाउँगाउँ चहारेर गुरुङ समुदायमा प्रचलित पुराना ढक, माना-पाथी, घिर्लिङ, ढ्याके रुपियाँ, थैली, खुडा-खुकुरी, हँसिया, खुर्पेटा, सारंगी, मादल, ढाल-तरबार, चर्खा, ठेकी आदि संग्रह गरेका छन् । संग्रहालयमा नेपालीलाई ५० र विदेशीलाई एक सय रुपियाँ प्रवेश शुल्क छ । यहाँ आउनेले चाहेमा थप एक सय रुपियाँ तिरेर गुरुङ खान्की खान पनि सक्छन् । बास बस्न चाहने पाहुनाका लागि ओछ्यान पनि तयार छ । सुतेको चाहिँ ५० रुपियाँ तिरे पुग्छ । संग्रहालयको रेखदेख गररिहेकी रामप्यारी गुरुङ भन्छिन्, "पाहुनाहरूलाई खुसी पारेरै संस्कृति संरक्षण गरेका छौँ ।"
http://www.kantipuronline.com/Nepal/wsearch.php?&wid=नरेन्द्र%20रौले/पोखरा
लुम्ले अब कविता गाउ
नरेन्द्र रौले /पोखराबाट फर्केर
दसैं तिहार टाढै छ । तिज आउन पनि अझैं बाकी नै छ । तर दसैं तिहार जस्तै रौनक छायो लुम्लेमा । एक प्रकारको पर्व र उत्सव नै छायो यहा । चैत १५ गते ,०६५। लुम्लेको रौनक बेग्लै थियो । बिबाह मण्डप झैं सिंगारिएको । जताततै ब्यानरै ब्यानर,तुलै तुल । सबैका मुहार उज्याला,हसिला देखिन्थे ।

पुर्ब काडे पश्चिम घान्दु्रक गाउ छ
अति सुन्दर लुम्ले गाउको माया धेरै छ ।

स्थानिय महिलाहरुले यो गीत गाएर सबैलाइ स्वागत गरिन् । कम्मरमा नीलो पटुकि,तिलहरी र मखमली चौबन्दि चोली लगाएका युबतिहरु छमछमी नाचे । हरेक पटक नृत्य र गीतहरुले मनै लोभ्याउथ्यो ।
नेपालको चेरापुञ्जी भनेर चिनिने शहर पोखरा । यहाबाट एक घण्टा उत्तर पश्चिमको लुम्ले गाउ । पानी परिरहने ,झरी परिरहने । कुहिरो लागिरहने । यस दिन पनि लाग्यो । तरपनि सबैजना खुसिले गद्गद थिए । कारण लुम्ले 'कविता गाउ' घोषित हुदै थियो । पोखराका गाउ घुमिरहने गीतकार एबं कवि बिनोद गौचन पहिल्यै देखि लुम्लेलाइ कविता गाउ घोषणा गर्नें सोच बनाएका थिए । गाउको कला ,साहित्य,संस्कृति जोगाउन उनले कविता गाउ घोषणा गर्ने सोच बनाएका थिए । पत्रकार अमृत भादगाउलले पनि उनलाइ बिशेष सहयोग गरेका थिए । गाउलेहरुको सहयोग पाएर बल्ल १५ गते उनको सपनाले साकार रुप लियो । देशभरिका श्रष्टाहरु,कवि,पत्रकारहरु र हजारौ गाउलेहरु माझ परिकल्पनाकार गौचनले लुम्ले लाइ कविता गाउ घोषणा गरेका थिए । भक्तिराम देबकोटाको अध्यक्षतामा सम्पनन कार्यक्रममा प्रमुख अतिथी झलक थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । निकै खुसि मुद्रामा भेटिएका थिए बिनोद गौचन,"मेरो सपना पुरा भयो । अब गाउको रोग ,भोक,अशिक्षा हटाउन पहल गर्नेछु । "उनले भने ।
काठमाडौबाट आएका श्रष्टाहरु आरएम डंगोल,दामोदर पुडासैनि 'किशोर ',भोजराज न्यौपाने,रमेश पौडेल,शिव प्रकाश,राजेन्द्र थापा,धनराज गिरी,संगित श्रोताले आआफ्ना सिर्जना सुनाएका थिए । साथै पोखरेली गजलकार प्रकट पगेनि 'शिब ' लगायत साना साना विद्यार्थीहरुले पनि कविता पाठ गरेक थिए । एक दर्जन चित्रकारहरुले यहिं बसेर बनाएका चित्र पर््रदर्शन गरेका थिए । यति भब्य कार्यक्रम होला भनेर आयोजकले सोचेका पनि थिएनन् । तर अपेक्षा गरे भन्दा पनि रमाइलो भयो । मारुनि,चुड्का,ठाडो भाका,तीज गीतको स्वाद चाख्न पाइएको थियो । त्यसैमा घलेगी,फुगालो र पिरु लगाएकि युवतिहरु नाच्दा मनै लोभ्याउथ्यो ।
लुम्लेमा अब स्वदेशि बिदेशी श्रष्टाहरु आएर सिर्जनाको थलो बनाउने पर्खाइमा छन् यहाका बासिन्दाहरु । साच्चै मोहनि लाउने सुन्दरता छ लुम्लेमा ,मोहनि लगाउने आत्मियता छ गाउलेहरुमा । मनै छुन्छ लुम्लेको हावाले ,मनै छुन्छ लुम्लेको मायाले ।

Apr 17, 2009


फूल दिए ओइलाइ जाला औठी देउन तिम्रो हातको
मीठो तिम्रो बोली बचन मात लाग्यो बातको

ठेगान छैन भेट अब हुन्छ हुन्न फेरी
सगै बसौं आज राती नजरले हेरी

पलपलमा तिम्रो तस्विर आउछ आखाभरी
टाढा हुन सक्दिन म धड्कन बढ्छ छातीभरी

यो लुम्लेमा , मुटु काम्ने हावा चल्छ बर्सिरहन्छ पानी
मन पर्ने मायालुलाइ छोडी कहा जाने ?

माया लाग्दो लुम्ले गाउ कस्तो सुन्दर ठाउ
तिम्लाइ भेट्न फेरी पनि आइरहन पाउ

लालीगुरास फूल जस्तै फर्किरहनु फुलिरहनु
सधैं भेट अब हुन्छ हुन्न सपनीमा आइरहनु ।

( कास्की जिल्लाको लुम्ले गाउमा गत चैत १५,०६५ मा लेखिएको गीत )

Apr 15, 2009

गाउँका ब्युटीसियन
नरेन्द्र रौले
(यो फिचर नेपाल साप्ताहिकमा प्रकाशित भाईसकेको छ । पत्रीकाकै स्वरुपमा हेर्ने मन भए यहाँ क्लिक गर्नुहोस् http://www.kantipuronline.com/Nepal/show.php?&sid=3645)

सरस्वती उच्च मावि माझकोट, तनहुँबाट एसएलसी टेस्ट परीक्षा उत्तीर्ण गरेपछि पढाइ छाडेकी जमुना गुरुङ अहिले ब्युटीसियन बनेकी छन् । सदरमुकाम दमौलीबाट दुई घन्टा टाढाको गाउँ भीमादमा यी २० बर्सिया जमुनाको ब्युटीपार्लर छ । उनको चार महिना पुरानो पार्लरमा कस्मेटिक पसल पनि छ । ग्राहकको कमी छैन । जमुना भी कट्, स्टे्रट कट्, यू कट्, मसरुम कट्, कोरयिन, चाइनिज सबैखाले स्टायलमा सिपालु भएकी छन् । केटी मात्र होइन, केटा र बुढ्यौली लागेकाहरू पनि दारी-कपाल बनाउन उनको पार्लरमा आउँछन् । सुरुमा केटीबाट कपाल कटाउन अप्ठ्यारो मान्नेहरू अहिले सहज मान्न थालेका छन् । काठमाडौँको दाँजोमा निकै सस्तो पनि छ यहाँको रेट । ठूलो मान्छेको कपाल कटाउँदा २०, सानोको १५ र दारी बनाएको १५ रुपियाँ मात्र । केटीहरूको कपाल बनाउँदा भने ३५ देखि ५० रुपियाँसम्म लिन्छिन्, जमुना । यस व्यवसायबाट उनले प्रतिमहिना पाँच सय रुपियाँ कोठाभाडा तिरेर बचत पनि गर्छिन् ।
जमुनाको पार्लरबाट दुई मिनेटमै आउँछ, चाँदनी श्रेष्ठको चाँदनी ब्युटीपार्लर । तीन वर्षअघिबाटै कस्मेटिक पसल चलाएकीले उनले पार्लर खोलेको चाहिँ गत पुसदेखि मात्र हो । त्यसयता उनको पार्लरमा ग्राहक संख्या बढेको छ । १० कक्षासम्म पढेकी सात घन्टा परको घिरिङि गाउँकी चाँदनीको दिन व्यस्ततामा बित्ने गरेको छ । भीमादको मूल बजारबाट अलिकति माथिको बाँसका झ्याङ्हरू हल्लिरहने गाउँले सेरोफेरोमा सुष्मा, गंगा-जमुना, एलिसालगायत आधा दर्जन ब्युटीपार्लर सञ्चालनमा छन्, अहिले । यो गाउँले परिबेशमा विभिन्न कारणले पढाइ छोडेका, पढ्नबाट वञ्चित भएका युवतीहरूले खोलेका पार्लर हुन् यी । पोखराको एफ स्किल नामक संस्था र जनहित ट्रेनिङ् एन्ड टे्रड सेन्टरको सहयोगमा गत पुसमा तालिम लिएका २ सय ८८ महिलामध्ये करबि ५५ जना अहिले ब्युटीपार्लर खोलेर स्वरोजगार भएका छन् । संस्थाका अनुगमन तथा सुपरीवेक्षण प्रमुख प्रज्ज्वल शर्माका अनुसार, यो तालिम एसएलसीभन्दा माथि पढ्न नसकेका महिलामा लक्षित थियो । तिनैमध्येकी एक हुन्, छाँग गाविस-८ चिम्खानकी सुनिता परियार , २२, जसले अहिले गाविसचोकमा पार्लरसँगै कस्मेटिक पसल पनि खोलेकी छन् । उनी पनि दैनिक आउने महिला-पुरुष ग्राहकहरूको सन्तुष्टिमा खटेकी छन् अरूझैँ । उनलाई कमाउन विदेश जानुपरेको छैन । आफ्नो कमाइबाट मासिक १ हजार ५ सय रुपियाँ कोठाभाडा तिरेर बाँकी घर पठाउँछिन् ।
तनहुँको सरस्वती माविमा एसएलसी अनुत्तीर्ण भएकी माझकोट-६, जमुनडाँडाकी विष्णु गुरुङ, २१, ले पनि ब्युटीसियन बनेर राम्रै प्रगति गरेकी छन् । एक महिनाअगाडि खैरेनीटारमा युनिक ब्युटीपार्लर खोलेकी उनलाई अहिले अरूतिर सोच्ने फुर्सद नै हुँदैन । उनको पार्लरमा महिलाभन्दा पुरुषहरूको भीड लाग्छ । भन्छिन्, "अरूले भन्दा राम्रो सेवा दिएकैले मेरो पार्लरमा बढी मानिस आएका हुन् ।" ब्युटीसियन डे्रसमा सजिएकी विष्णुले सुरुमा लोग्नेमानिसको कपाल काट्दा अप्ठ्यारो लागेको मुस्कुराउँदै सुनाइन् । पुरुष ग्राहकलाई पनि त्यस्तो अप्ठ्यारो अनुभव हुन्थ्यो नै । जस्तो कि युनिक ब्युटीपार्लरमा केश काट्न आएका दीपक गुरुङ भन्छन्, "अबचाहिँ सबैलाई बानी पर्‍यो ।" आफ्नो पार्लरमा बढी ग्राहक आउनुमा आफूले लिएको तालिम र प्राप्त गरेको सीप महत्त्वपूर्ण पक्ष भएको विष्णुको बुझाइ छ । हुन पनि उनले एफ स्किलपछि स्याङ्जाको वालिङ, भकुन्डे र रानीपौवा इन्स्िट्च्युटबाट थप तालिम लिइन् । उनले पार्लर खोल्दा पनि अलि बढी नै पैसा खर्चेर सुविधाजनक बनाइन्, जसमा दिदीबाट ८० हजार रुपियाँ सहयोग लिइन् । पार्लरमा उनी भीमादकै साथी रीता सुन्दाससँग काम गररिहेकी छन् । महिनामा केही हजार रुपियाँ कमाउन लाखौँ खर्च गरेर विदेशिनेहरू बढेका बेला भीमादका गाउँले ब्युटीसियनहरू यसरी उदाहरणीय बनेका छन् ।
काठमाडौ देखि लुम्लेसम्म
नरेन्द्र रौले
मनमा एक प्रकारको छट्पटि थियो । कौतुहलता थियो । हुट्हुटि थियो । कल्पना गर्थें , कस्तो होला पोखरा ? कहिल्यै पुगेंको थिइन म । मेरा लागी नौलो थियो त्यहा पुग्नु । घुम्ने रहर मनमा पालेको थिए । चुम्ने रहर बोकेको थिए ।




यस्तैमा एउटा अबसर मिल्यो । तर कहा सहजै ? कास्की जिल्लाको लुम्ले लाइ कविता गाउ घोषणा गर्ने सुरमा रहेछन् ,पोखरेली गीतकार बिनोद गौचन । काठमाडौंबाट पत्रकार अमृत भादगाउले केहि कवि ,लेखक,पत्रकारलाइ नेतृत्व गर्दै त्यता जाने सुरमा रहेछन् । मैले पहिल्यै यसको जानकारी पाइसकेको थिए । नेपाल साप्ताहिकबाट रमण घिमिरेलाइ निम्तो आएको थियो । रमण दाइ जान अर्समर्थ हुनुभयो । मैले जान इच्छा गर्दा भादगाउले माइक्रोमा सिट नहुने भएकाले सकिदैन भन्थे । तर मेरो भित्रि मनको रहर मेटिएको थिएन । आफ्नै खर्चमा भएपनि पोखरा जान आतुर थिए म । हरेक दिनजसो कौतुहलता हुन्थ्यो । म त्यो गु्रपमा जान पाउछु कि पाउछु कि पाउदिन होला भनेर ।
अमृत भादगाउलेलाइ फोन गरें । फेरी पुरानै वाक्य दोहोरियो । माइक्रोमा सिट पुग्दैन । गाह्रो छ । रमण दाइलाइ फोन गर्न लगाए । " रिर्पोटिङ पनि हुन्छ । के भयो त रौलेलाइ लैजाउ न ।" यति कुरा रमणदाइ भनेपछि त कुरा मिलिहाल्यो । ल १४ गते बिहान साढे ६ बजे शान्तिनगर गेटमा आउनु ।

भोलिपल्ट (१४ चैत ) म तयारी भएर शान्तिनगरगेट पुगें । रमेश पौडेललाइ मोबाइल हानें । उहा कोठाबाट निस्कदै हुनुहुन्थ्यो । कान्तिपुर कम्प्लेक्स नजिकै रमेश पौडेल , दामोदर पुडासैनि किशोर , आरएम डंगोल , गोबर्द्धन पुजा , फुलमान वल जम्मा भयौं । त्यस्तै आधा घण्टा कुरेपछि केहि बेरमा अमृत भादगाउले ,राजेन्द्र थापा ,हरिहर तिमिल्निा र शिब प्रकाश आइपुग्नु भयो । हामी गन्तब्यतिर हुइकियौं । कलंकिमा दुइ जना साथीहरु थपिनुभयो । नया पत्रिकाका संगित श्रोता र अर्का गजलकार धनराज गिरी ।
भोक लागिसकेको थियो । हामीले केहि खाएका थिएनौं । अघि बिहान कोठामा मैले उसिनेको अण्डा , चिया पाउरोटि खाएको थिए । तै भोक लागिहाल्यो । धादिङको एउटा होटलमा चिया र बिस्कुट खाएर हामीले भोक मेटायौं।मुग्लिनबाट हाम्रो गाडी पारी मोडियो । रमेश पौडेलले नमस्कार गर्दै आफ्नो गृह जिल्ला तनहुमा हामी सबैलाइ स्वागत गरे । रमाइलो माहोल बनाउदै हामी मर्स्याङ्दी किनारको एउटा रिसोर्टमा पुग्यौं । जहाको वातावरण मनोरम थियो ।छेउमा बग्ने मर्स्याङ्दि नदी सुसाइरहन्थ्यो ।हामी नियालिरह्यौं मर्स्याङ्दीलाइ । साथीहरु आफुले बालापनमा नदीमा पौडी खेलेको स्मरण गर्थे । मैले एउटा गीत सम्भिmए ,


आजै र राती के देखें सपना मै मरिगएको
मर्स्याङ्दि नदी नरमाइलो सुसाइरहेको

रिसोर्टमा मर्स्याङ्दि नियाल्दै त्यहि नदीको माछा चाख्यौं । वरीपरिको वातावरणको फोटो लिदै टोपलियौं । र हान्नियौ पोखरातिर । दमौलिमा पुग्दा रमेश पौडेलले बजारतिर गाडी मोड्न लगाए । इलेक्टो्रनिक पसलबाट एकजना आमा आउनुभयो । हातमा टिका लिएर । दमौलिका साहित्यकार सागर उदासकि आमा हुनुहुदोरहेछ । सबैजना स्रष्टाहलाइ टिका लगाएदिनु भयो ।
अब माइक्रो गजलमय ,सायरीमय भयो । नाम उदास भएपनि यि उदास रमाइलो गर्न निकै खप्पिस रहेछन् । बाटोमा कतिखेर जोक सुनाउदै ,कतिखेर सायरी सुनाउदै निकै हसाए । राजेन्द्र थापा र धनराज गिरी पनि मुक्तक र गजल सुनाउदै थिए । दिउसोको तीन बज्दा हामीले पोखराको दर्शन पायौं ।
केहिबेर आराम गर्‍यौं । नया साथीहरु भरत कोइराला , समुन्द्र पौडेल , मनिषा गौचन , बिनोद गौचन लगायत सग भेट भयो । आधा घण्टा पछि लाग्यौं लुम्लेतिर । गाडीबाट दायाबाया नियाल्दै हामी उकालियौं । काठमाडौंमा छदै मलाइ गजलकार प्रकट पगेनि शिव लाइ भेट्ने ठुलै धोको थियो । उता उहाका गजलहरु रेडियोमा सुनेको मात्र थिए“ । सिकलेस भन्दा माथी माइक्रेा रोकिएको ठाउमा अर्को गाडीमा अमृत दाइ सग उहा आउदा कम्ति खुसि लागेन । तर त्यो खुसि धेरैबेर टिकेन ।गाडी गुडिहाल्यो । भोलि भेट्ने बाचा सहित हामी छुटियौं ।

झम्के साझ परिसकेको थियो । लुम्ले पुग्दा अर्कै रौनक छाएको थियो त्यहा । गाउ प्रबेश गर्नु अघि स्वागत गेट बाधिएको थियो । हातमा गुरासका थुगाहरु लिएर आगन्तुको स्वागत गर्न गाउलेहरु बसेका थिए । हामीले ति फुलहरु लियौ। जताततै स्वागतका ब्यानरै ब्यानर थिए । हामी एउटा घरमा पुग्यौं । अतिथिका लागी र्सबत पानीको ब्यबस्था गरिएको थियो । चिया र बिस्कुटको पनि स्वाद लिइयो । झमक्क साझ परिसकेको थियो । हामीलाइ बस्नका लागी चन्द्रकोटको रिसोर्टमा ब्यबस्था गरिएको रहेछ ।
लुम्ले आएर परिचित बनेकि कान्तिपुर दैनिकका लागी स्याङजाकि रिपोर्टर बसन्ति बास्तोलासगै म बाटो लागें । बाटो भरी पत्रकारिताकै दुख सुख हामी बिच चले । अरुले भने हामी सगै हिडेको देख्दा केहि शंकालु नजरले हर्ेर्थे ।साझ अबेर रिसोर्ट पुगियो । अलिकति लोकल लिएपछि स्रष्टाहरु आफ्ना सिर्जना सुनाउन थाले । मैले पनि अलिकति लोकल लिए । भोली पल्ट लुम्लेको दर्शन गर्ने मिठो कल्पना सगै मस्त सग निदायौ ।

(बाकी अर्को अंकमा..........)
गोर्खादेखि नारायणहिटीसम्मको यात्रा

भगिरथ योगी /बीबीसी नेपाली सेवा


पृथ्वीनारायण शाहले गोर्खा दरबारबाट नेपाल एकीकरण शुरू गरेका थिए
मध्य नेपालको पहाडी भेगमा रहेको गोरखा दरबारबाट पृथ्वीनारायण शाहको पालादेखि शुरु भएको नेपालका शाहवंशीय राजाहरुको शासन यात्रा अन्त्य भएपछि पूर्व राजा ज्ञानेन्द्रको बसाई अब नागार्जुन दरबारमा हुने भएको छ।
शाहवंशीय राजतन्त्रको इतिहासमा राजाहरुले चार विभिन्न दरबारहरुबाट शासन सञ्चालन गरेका थिए।
बुधबार पूर्वराजा ज्ञानेन्द्रले छाडेको नारायणहिटी दरबारमा उनी सहित छजना राजाको बास रहेको थियो।
शासन
विगत २५० वर्षको नेपालको आधुनिक इतिहासमा शाहवंशीय राजाहरुले नारायणहिटी बाहेक अन्य तीनवटा दरबारबाट पनि शासन गरे।
नेपाल राज्यको निर्माताको रुपमा चिनिने पृथ्वीनारायण शाहले उनका पिता नरभूपाल शाहले जस्तै गोरखा र नुवाकोटको दरबारमा बसेर एकिकरणको अभियान सञ्चालन गरेका थिए।
वि. सं. १८२५ मा काठमाण्डौं उपत्यका हात पारेपछि उनले तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई धपाएर बसन्तपुर हनुमानढोका दरबारबाट शासन शुरु गरे।
पृथ्वीनारायणदेखि पृथ्वीवीरविक्रमको पाला नआउँदासम्म छजना राजाहरुले झण्डै १२० वर्षसम्म त्यहिंबाट राजपाठ चलाए।
वि. सं. १९४३ तिर तत्कालीन शक्तिशाली प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा बालक राजा पृथ्वी वीरविक्रमलाई नारायणहिटी सारिएको इतिहासकारहरू बताउंछन्।
इतिहासविद पुरुषोत्तम शमशेर जबरा भन्छन्, "काठमाण्डौं जितेपछि हनुमानढोका दरबारबाट शासन शुरु भयो। १९४३ मा पृथ्वी वीरविक्रम शाहलाई नारायणहिटी सारियो र त्यहाँबाटै शासन शुरु भयो।"
आधुनिक
नारायणहिटी दरबारबाट अर्को १२० वर्षसम्म शासन चलाउने क्रममा यसको विस्तार र आधुनिकिकरण पनि गरियो।
२०१७ सालपछि तत्कालीन राजा महेन्द्रले नारायणहिटीलाई आधुनिक महलको रुप दिएका थिए।
राजधानी काठमाण्डौंको मुटुमा रहेको नारायणहिटी दरबार शहरको प्रमुख आकर्षण मध्ये एक हो।
सरकारले त्यसलाई अन्य शाहकालीन पूर्व राजदरबारहरु जस्तै संग्रहालय बनाउने वताएको छ।
नारायणहिटी दरबारको इतिहासको एउटा अध्याय सकिएपछि अब पूर्वराजा ज्ञानेन्द्र काठमाण्डौंको उत्तर-पश्चिमस्थित नागार्जुन डाँडामा रहेको दरबारमा सर्दैछन्।
यसअघि नागार्जुनलाई राजाहरुले ग्रीष्मकालीन आराम गृहको रुपमा प्रयोग गर्ने गर्थे।

(साभार बि.बि.सी न्युजपोर्टल)

Apr 10, 2009




लुम्ले, कविता गाउको सांस्कृतिक कार्यक्रम हेर्र्दै
( चैत १५, ०६५ )














कविता गाउमा टागिएको ब्यानर















आगन्तुकलाइ स्वागत गर्न पर्खिएका लुम्लेबासीहरु















गुरुङ युबतिहरुसग तस्बिर लिदै

फेवाताल

फेवातालको मन्दिरमा



पि एन क्याम्पसको कम्पाउण्डमा
लुम्लेकि दुइ किशोरीहरु






लुम्लेको भेट अमृत भादगाउले ,राधिका , बसन्ति ,प्रकट दाइ र म

फेवातालको आगनमा




कान्तिपुरकर्मी बसन्ति बास्तोला सग

आखा वरीपरी फेवाताल



काम एक पेशा अनेक

नरेन्द्र रौले

(यो फिचर नेपाल साप्ताहिकमा प्रकाशित भाईसकेको छ । पत्रीकाकै स्वरुपमा हेर्ने मन भए यहाँ क्लिक गर्नुहोस् http://www.kantipuronline.com/Nepal/show.php?&sid=3503)
सधैं आकाशमा उडिरहनेहरुलाइ कस्तो अनुभुति हुदो हो ? के तिनको मन पनि बायु यान सगै उडिरहन्छ होला ? कस्ता होलान् तिनका सपनाहरु ? नेपाली आकाशमा रसियन हेलिकप्टर M -17 उडाएको सात बर्षभयो ,सरिना गुरुङलाइ । नेपालको एक मात्र महिला हेलिकप्टर चालक हुन् सरिना । जसले चौबिस जना यात्रुहरु दिनहु जसो गन्तब्यमा पुर्‍याउछिन् ।
पहिलो चोटी मुगुको गमगढी पुग्दा कम्ति खुसी लागेन सरिनालाइ । उनमा हर्षो सिमै रहेन । यसपछि त मनाङ , मुस्ताङ, मुक्तिनाथ, हिल्सादेखि पर्ुबका सुन्दर ठाउहरुमा हेलिकप्टर लिएर बिचरण गर्न थालिन् । जुबु वाकु सोलुखुम्बु मा जन्मेकि सरिनाका बुबा प्रेमबहादुर भुतपर्ुब ब्रिटिस लाहुरे हुन् ।
ग्यालेक्सी पब्लिक स्कुलमा पढ्दा डक्टर,इन्जिनियर,शिक्षक बन्ने रहर थियो उनमा । सोचाइ भन्दा फरक भयो उनको जीवनमा । प्लस टु पछि युक्रेनमा हवाइ उडान सम्बन्धि तालिम लिइन् । र यसैलाइ मुल पेशा बनाउन थालिन् ।
दिनमा ६ घण्टा हेलिकप्टर उडाउने सरिनाले रहरले अर्को काममा पनि लागेकि छिन् ,त्यो हो फिल्म निर्देशन । राइ सस्कृतिमाथी आधारित नेपाली भाषाको चलचित्र रिसिम को सफल निर्देशन गरिन् उनले । जो राजधानिका कुमारी हल देखि धरान हुदै हङकङ सम्म पर््रदशन गरियो । फिल्म निर्देशन सम्बन्धि एक महिने तालिम लिएपछि उनी यो काममा लागेकि हुन् । पाएजति सबै फिल्मको भने उनी निर्देशन गर्दिनन् । स्की्रप्ट हर्ेर्छिन् ,राम्रो लागे काम गर्छिन् नत्र गर्दिनन् । फिल्मी पत्रपत्रिका पढ्न मन पराउने उनी फर्ुसदमा हाइकिङ गर्ने ,घर परिवार सग घुम्न जाने गर्छिन् ।
हेलिकप्टर उडाउनु र फिल्म निर्देशन गर्नु दुबैमा आनन्द छ सरिनालाइ । "दुबै मन परेका काम हुन् जोशले गर्नुपर्छ भन्ने लाग्छ । " एउटा क्याफेमा भएको रमाइलो भेटमा उनले भनिन् । आफुले बनाउने फिल्ममा नेपालका सुन्दर ठाउहरु समेट्न खोज्छिन् उनी । फिल्म निर्देशनमा सोख भएकि सरिनालाइ खेल्नमा भने रुचि छैन । "त्यस्तै रोल आयो भने मात्र । " आखाहरु तन्क्याउदै भनिन् । धेरैले सिनेमा बनाउन विदेशी ठाउ रोज्छन् तर यि गुरुङलाइ कसरी स्वदेशका ठाउहरुको पर््रबर्द्धन गरौ भन्ने चिन्ताले पिरोल्छ ।
गृह मन्त्रालय अर्न्तगत सुरक्षा निकायमा काम गर्ने शरद प्रधान ४५, बिहान १० बजे देखि साझ ५ बजे सम्म सरकारी काममा खट्छन् । २५ बर्षभयो सुरक्षा निकायको यो सेवामा प्रबेश गरेको । तर यत्तिमा मात्र सिमित छैनन् उनी । राजधानिकै महङ्गो मानिने कलेज गोल्डेन गेटमा अध्यापन गराउछन् । स्नातक तहमा समाजशास्त्र विषय दैनिक दुइवटा पिरीयड लिन्छन् उनले ।
समाजशास्त्रमा स्नात्तकोत्तर प्रधानले आफ्नो पढाइ पनि जारी राखेका छन् । एमफिल गर्दैछन् समाजशास्त्रमै । कलेज पढाउनु उनको सोख हो । आफुले सिकेका कुरा प्रयोगमा नल्याए चाडो बिर्सने डरले उनी निरन्तर पढाउनमै लागे । आफ्नो कलेजमा पढाइदिन उनलाइ अफर गर्नेहरु कति छन् कति । यसअघि पाटन संयुक्त क्याम्पसका दस बर्षपढाएका उनले तीन बर्षत्रिचन्द्र क्याम्पसमा पनि पढाए । दस बर्षअगाडि पाटन क्याम्पस पढाउदा एउटा क्लासको जम्मा पचहत्तर रुपैया मिल्थ्यो । साथी भाइ सग चिया खादै ठिक्क । आजकल पाउने नियमित तलब यकिन त उनले भनेनन् तर पेटो्रल खर्च र दैनिक जीवनका खर्च र्टर्ने बताए ।
कलेज पढाउदा उनलाइ कस्तो लाग्छ त ? "आइ फिल इन्ज्वाए । " झरीले रुझाएको एक सा“झमा मुस्कुराउदै उनले भने । तर धेरैलाइ थाह छैन,उनी सुरक्षा निकायका ब्यक्ति हुन् भनेर । उनी चिनाउन पनि चाहदैनन् । रिटायर्ड हुन अझैं दस बर्ष बाकी छ । के गर्लान् त बाकी जीवनमा ? "म अब कलेजहरुमा पत्रकारिता पढाउने छु । " फेरी हासो मिलाउदै भने ।

यस्तो लाग्यो त्रि्रो मुस्कान देउताको तस्विर हो
जहा तिमीलाइ भेटें त्यहि ठाउ मन्दिर हो


जवानिमा प्रबेश गरेको कुनै युबकले आफ्नो प्रियसीका लागी यिं हरफ लेखे झैं लाग्छ । कति गीत लेखे होलान् उनले ,जीवनका घुम्तिहरु भरी । कति कविता कोरे होलान् मोडभरी । कहिल्यै अलग हुन सकेनन् ,साहित्य लेखन बाट ।
पेशाले जनरल र्सजरी हुन् ,डाक्टर राममान तृषित ,६८ । डाक्टरी पेशामा झण्डै पैंतिस बर्षभन्दा धेरै बिताए । अस्पतालमा मानिसको चिरफार गर्छन् । कामबाट बिश्राम पाएको समयमा निरन्तर गीत,गजल रचना गर्छन् । दर्जन भन्दा धेरै नाघिसके उनले लेखेका साहित्यका किताब । त्यति नै मात्रामा छन् सिडीहरु । जहा उनले लेखेका गीतहरु स्वरबद्ध छन् ।
साहित्य पेशा होइन तृषितको । यो सोख मात्र हो । तैपनि कुन चाहि कामलाइ बढी मन पराउदा हुन् उनी ? "यिं दुइ काम बिच तुलना हुनै सक्दैन । दुबै काममा आनन्द छ । " आखाको चस्मा खोल्दै भने । एउटा काममा ध्यान लगाएपछि अर्को कामलाइ चटक्कै बिर्सिदिन्छन् । एकान्तमा हृदयले जे बोल्छ त्यो गीतमा उर्ताछन् । चीनको पेकिङ मेडिकल युनिभर्सिटिमा उनले डाक्टरी कोर्षपढे ।