Apr 24, 2009

विदेशमा नेपाली सञ्चारमाध्यम

डा. हेमराज शर्मा
मुलुकबाहिर बस्ने नेपालीको संख्या बढ्ने
क्रम सगै नेपाली भाषाका सञ्चारमाध्यमको
विकासले पनि गति लिदैछ । अहिले नेपाल
बाहिर सबै खालका सञ्चारमाध्यम,
टेलिभिजन, रेडियो, छापा पत्रिका र अनलाइन
पत्रिका उपलब्ध छन् । यिनीमध्ये कतिपय
नेपालमा उत्पादन भई विदेशमा विस्तार
भएका छन् भने कतिपय विदेशी भूमिमा नै
उत्पादन भई सञ्चालनमा छन् । समाचारको
सुलभताको हिसाबले अब देशभित्र रहनु र
संसारको अन्य कुनै कुनामा रहनुमा खासै
फरक नपर्ने भएको छ ।
टेलिभिजन

नेपालबाट प्रसारण हुने कान्तिपुर
टेलिभिजन, इमेज च्यानल, नेपाल वन, नेपाल
टेलिभिजनले भूउपग्रहीय प्रविधिबाट खाडी
क्षेत्रमा आफ्नो बजार विस्तार गर्दे
आएका छन् । बेलायतस्थित ग्यालेक्सी
टेलिभिजनमार्फ नेपाल टेलिभिजनले युरोपमा
आफ्नो सेवा वितरण गर्दै आएको छ ।
बेलायतकै नेपाली टेलिभिजन युकेले आफ्नो
बजार युरोप हुदै विश्वका अन्य क्ष्ँेत्रकार्
दर्शकसम्म पुग्ने कोसिस गर्दैछ । विदेशी
भूमिमा उत्पादित पहिलो नेपाली टेलिभिजन
'सगरमाथा टेलिभिजन' ले अमेरिकामा
निरन्तरता पाइरहेको छ । भूउपग्रहीय
प्रविधिबाट सीमित क्षेत्रमा मात्र उपलब्ध भए
पनि इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै
कुनाबाट प्रत्यक्ष हर्ेन सक्ने प्रविधिको विकास
भएको छ । जापानस्थित नेपाल इन्टरनेसन
टेलिभिजन नेर्टवर्क -एनआइटीभी) ले यस
प्रविधिको प्रयोगबाट नेपालबाट प्रसारण हुने
प्रायः सबै टेलिभिजन, रेडियो र एफएमहżलाई
पाठकसमक्ष पुर्याउदै आएको थियो । तर उच्च
र मह“गो प्रविधि, कम गुणस्तर र कमजोर
बजार व्यवस्थापनका कारणले एनआइटीभीको
यस सेवाले लोकप्रियता हासिल गर्न नसकी
हाल स्थगित छ ।

रेडियो

रेडियो मा युके, ब्रुनाई र नेपालबाट
संयुक्त żपमा सञ्चलान हुने बीएफबीस
-ब्रिटिस फोर्स ब्रोडकास्टिŞ र्सर्भिस) गोर्खा
रेडियो सबैभन्दा बढी विश्वव्यापी र सुलभ
छ । ब्रिटिस गोर्खाहżका लागि सञ्चालित यो
रेडियो चौबीसै घन्टा इन्टरनेटको माध्यमबाट
संसारको जुनसुकै कुनाबाट पनि प्रत्यक्ष सुन्न
सकिन्छ भने तरŞ्गमा आधारित परम्परागत
रेडियो युके लगायत ब्रिटिस गोर्खाहż कार्यरत
बोस्निया, अफगानिस्तान, इराकलगायतका
देशमा सुन्न सकिन्छ । विदेशमा कार्यरत
ब्रिटिस गोर्खा र उनीहżका परिवारबीच
लोकप्रिय यस रेडियोले राष्ट्रिय स्तरदेखि
जिल्लास्तरका समाचार, गीत संगीत, साहित्य
लगायत विविध पक्षलाई समेटेकेा छ ।
अमेरिकाबाट सञ्चालन हुने दोभान र
क्यानाडाबाट सञ्चालन हुने नमस्ते रेडियोहż
भने सीमित समयमा मात्र प्रसारण हुन्छन् ।
लोकप्रिय बीबीसी नेपाली सेवाका कार्यक्रमहż
इन्टरनेटमा उपलब्ध भएकाले फर्ुसदमा समय
मिलाएर सुन्न सकिने भएको छ ।


अनलाइन पत्रिका

अमेरिका, युरोप, मध्यपर्ूव र एसिया
प्यासिफिकबाट दर्ुइदर्जनभन्दा बढी अनलाइन
पत्रिका सञ्चालनमा छन् । नेपालबाट
प्रकाशित प्रायजसो दैनिक, साप्ताहिक, पाक्षिक
पत्रिकाहż पनि इन्टरनेटमा उपलब्ध छन् । तर
प्रवासी नेपालीहżको समाचारका लागि भने
अनलाइन पत्रिकामै भर पर्नुपरेको छ ।
अधिकांश अनलाइन नेपाल र विदेशबाट
संयुक्तżपमा सम्पादन र प्रकाशन हु“दै
आएकाले नेपालका स्थानीय र राष्ट्रिय
चासोका विषयदेखि लिएर प्रवासी नेपालीका
गतिविधिका ताजा समाचार नियमितżपमा
पढ्न पाइन्छ । नेपालबाट पनि सम्पादन र
प्रकाशन हुने भएकाले यी अनलाइनले थोरैमात्र
भए पनि नेपालमा रोजगारको अवसर जुटाएका
छन् । समाचारको साथमा साहित्य र
मनोरञ्जनलाई पनि अनलाइनले स्थान दिएका
छन् । नेपालमा इन्टरनेटको प्रयोग अत्यन्त
कम भएकाले अनलाइन पत्रिकाले सम्पर्ूण्ा
स्वदेशवासी र प्रवासीलाई आपसमा जोड्न
नसके पनि काठमाडौंलगायतका मुख्य सहरमा
हुनेलाई प्रवासीका गतिविधिको जानकारी
गराउन सफल छन् ।
पेसागत र व्यावसायिक दृष्टिकोणले भन्दा
प्रकाशनको व्यक्तिगत सोख र अन्य निहित
कारणले सञ्चालन भएका अनलाइन
खुट्याउन गाह्रो छैन । थोरैमात्र अनलाइनहż
पेसागत पत्रकारबाट सञ्चालित छन् । छापा
पत्रिकाको दा“जोमा अनलाइन पत्रिका प्रकाशनर्
गर्नप्राविधक żपले सरल र सस्तो हुने,
पत्रिकाको जस्तो वितरणको व्यवस्था गर्न
नपर्ने, बजारको भौगोलिक सीमा नहुने,
समाचार सामग्री जुटाउन कठिन नहुने
कारणले यति धेरैअनलाइन सञ्चालमा आएका
हुन सक्छन् । तर गुणस्तरीय पत्रकारिताका
लागि अनलाइनहżले निकैमेहनत गर्नुपर्ने
देखिन्छ । अत्यन्तै संवेदनशील विषयलाई
हल्काżपमा समाचार प्रकाशन भएका, सस्तो
लोकप्रियताको लागि सामान्य समाचारले उच्च
महत्व पाएका, स्रोत नखुलेका गलत समाचार
सम्प्रेषण भएका, समाचार साभारको स्रोत
नखुलाइएका, भाषिक अशुद्धता लगायतका थुप्रै
कमी कमजोरी नियमित żपमा देखिन्छन् ।
सबैअनलाइन कानुनीżपमा दर्ताभएका
संस्थागत żपमा प्रकाशन भएका छैनन् ।


छापा पत्रिका र कतारमा कान्तिपुर

बाहिर बस्ने नेपालीमध्ये सबैको इन्टरनेटमा
पहु“च नभएकाले छापा पत्रिकाको सान्दर्भिकता
अहिले पनि त्यति नैछ । एक अनौपचारिक
तथ्यांकका अनुसार मध्यपर्वमा कार्यरत दस
लाखभन्दा बढी नेपालीमध्ये ५ प्रतिशतभन्दा
कमलाई मात्र इन्टरनेटको उपलब्धता छ ।
टोकियोस्थित सोफिया विश्वविद्यालयका
पत्रकारिता विषयका एक नेपाली विद्यार्थीको
अनुसन्धान अनुसार अहिले भारत र नेपाल
बाहेकका करिब एक दर्जन देशमा करिब दइर्
दर्जन नेपाली साप्ताहिक र पाक्षिक पत्रिका
प्रकाशनमा छन् । यी देशमा हŞकŞ, मलेसिया,
जापान, कतार, साउदी अरब, यर्ुर्एइ, अस्टे्रलिया,
युके, युएसए आदि पर्दछन् । यी पत्रिकामध्ये
कतिपय साधनस्रोतको कमीले नियमित żपमा
प्रकाशन हुन सकेका छैनन् । ऐक्यबद्धता
मासिक लगायतका नेपालमा छापिने केही
पत्रिकाहżले आफ्नो बजार विदेशमा विस्तार
गर्नेजमर्को गरेका छन् ।
यस परिस्थितिमा कतारबाट भरखर
प्रकाशन हुन थालेको कान्तिपुर र पहिलेदेखि
नैत्यहा“ प्रकाशित राजधानी साप्ताहिकले छापा
पत्रिकाको निरन्तरताका लागि महत्वपर्ण्
भूमिका खेल्नेछन् ।
कान्तिपुर कतार संस्कारणको प्रकाशनपछि
मध्यपर्ूवका त्यस प्रकाशनसम्म पहु“च हुने
नेपालीलाई मातृभूम्रि्रति बेखबर हुनु नपर्ने
भएको छ । कान्तिपुर नेपाल संस्करणमा स्थान
नपाएका प्रवासी नेपालीका समाचारलाई
कतार संस्करणमा प्राथमिकता दिइएको छ,
जुन स्वागतयोग्य छ । यसले गर्दा अब
विदेशमा बस्ने नेपालीहżले समाचारका लागि
अनलाइन पत्रिकामा मात्र भर नपर्नुपर्ने भएको
छ । कान्तिपुरको यस संस्करणलाई प्रवासी
नेपलाीको अनलाइन संस्करणमा विस्तार गर्न
सकिए संसारभरका पाठक लाभान्वित हुने
थिए । यसले गर्दाअहिले सञ्चालित अनलाइन
पत्रिकाहż प्रतिपर्स्धामा आउन बाध्य भएर
गुणस्तर सुधार्ने मौका पाउने थिए ।


विदेशमा सञ्चालित पत्रिकाको भूमिका

विदेशमा प्रकाशन हुने नेपाली भाषाका
सञ्चारमाध्यमको भूमिका समाचार दिन मात्र
सीमित रहनु हुदै । आफूकार्यरत देशको भाषाको
ज्ञान नहु“दा विभिन्न खालको दर्ुघटना निम्तिने
गरेका छन् । नेपाली सञ्चारमाध्यमले स्थानीय
समाज र संस्कृतिस“ग सम्बन्धित सामग्री तथा
दैनिक जीवनका लागि आवश्यक पर्नेसामान्य
नीति-नियमबारे जानकारी गराउन आवश्यक
छ । विदेशमा नेपाली कामरदार समस्या,
अधिकार, रोजगारको क्रममा विदेशको जेलमा
निर्दोष नेपाली आदि विविध विषयमा खोजमूलक
विषयलई प्राथमिकता दिने हो भने वैदेशिक
रोजगारमा देखिएका समस्याको सामाधान गर्न
महत्वपर्ूण् सहयोग हुनेछ ।


पत्रकारिताको विकासमा सहयोगी भूमिका



नेपाली सञ्चारमाध्यमलाईमुलुक बाहिर
विकास, विस्तार र सर्बर्द्धन गर्न नेपाल पत्रकार
महासंघ, प्रवासमा भएका नेपाली संघसंस्था,
व्यवसायी तथा गैरआवासीय नेपाली संघ
-एनआरएनए) जस्ता अन्तर्रर्ट्रय सञ्जाल
भएका संस्थाले महत्वपर्ूण् भूमिका निर्वाह गर्न
सक्छन् । मुलुकबँहिर सञ्चालनमा आएका
पत्रपत्रिकालाई महासंघमा आबद्ध गरी पेसागत
विकासमा सहयोग पुयाउन सकिन्छ । तर
महासंघको यसतर्फो दृष्टिकोण अस्पष्ट र
फितलो देखिन्छ ।

No comments: