Apr 10, 2009

काम एक पेशा अनेक

नरेन्द्र रौले

(यो फिचर नेपाल साप्ताहिकमा प्रकाशित भाईसकेको छ । पत्रीकाकै स्वरुपमा हेर्ने मन भए यहाँ क्लिक गर्नुहोस् http://www.kantipuronline.com/Nepal/show.php?&sid=3503)
सधैं आकाशमा उडिरहनेहरुलाइ कस्तो अनुभुति हुदो हो ? के तिनको मन पनि बायु यान सगै उडिरहन्छ होला ? कस्ता होलान् तिनका सपनाहरु ? नेपाली आकाशमा रसियन हेलिकप्टर M -17 उडाएको सात बर्षभयो ,सरिना गुरुङलाइ । नेपालको एक मात्र महिला हेलिकप्टर चालक हुन् सरिना । जसले चौबिस जना यात्रुहरु दिनहु जसो गन्तब्यमा पुर्‍याउछिन् ।
पहिलो चोटी मुगुको गमगढी पुग्दा कम्ति खुसी लागेन सरिनालाइ । उनमा हर्षो सिमै रहेन । यसपछि त मनाङ , मुस्ताङ, मुक्तिनाथ, हिल्सादेखि पर्ुबका सुन्दर ठाउहरुमा हेलिकप्टर लिएर बिचरण गर्न थालिन् । जुबु वाकु सोलुखुम्बु मा जन्मेकि सरिनाका बुबा प्रेमबहादुर भुतपर्ुब ब्रिटिस लाहुरे हुन् ।
ग्यालेक्सी पब्लिक स्कुलमा पढ्दा डक्टर,इन्जिनियर,शिक्षक बन्ने रहर थियो उनमा । सोचाइ भन्दा फरक भयो उनको जीवनमा । प्लस टु पछि युक्रेनमा हवाइ उडान सम्बन्धि तालिम लिइन् । र यसैलाइ मुल पेशा बनाउन थालिन् ।
दिनमा ६ घण्टा हेलिकप्टर उडाउने सरिनाले रहरले अर्को काममा पनि लागेकि छिन् ,त्यो हो फिल्म निर्देशन । राइ सस्कृतिमाथी आधारित नेपाली भाषाको चलचित्र रिसिम को सफल निर्देशन गरिन् उनले । जो राजधानिका कुमारी हल देखि धरान हुदै हङकङ सम्म पर््रदशन गरियो । फिल्म निर्देशन सम्बन्धि एक महिने तालिम लिएपछि उनी यो काममा लागेकि हुन् । पाएजति सबै फिल्मको भने उनी निर्देशन गर्दिनन् । स्की्रप्ट हर्ेर्छिन् ,राम्रो लागे काम गर्छिन् नत्र गर्दिनन् । फिल्मी पत्रपत्रिका पढ्न मन पराउने उनी फर्ुसदमा हाइकिङ गर्ने ,घर परिवार सग घुम्न जाने गर्छिन् ।
हेलिकप्टर उडाउनु र फिल्म निर्देशन गर्नु दुबैमा आनन्द छ सरिनालाइ । "दुबै मन परेका काम हुन् जोशले गर्नुपर्छ भन्ने लाग्छ । " एउटा क्याफेमा भएको रमाइलो भेटमा उनले भनिन् । आफुले बनाउने फिल्ममा नेपालका सुन्दर ठाउहरु समेट्न खोज्छिन् उनी । फिल्म निर्देशनमा सोख भएकि सरिनालाइ खेल्नमा भने रुचि छैन । "त्यस्तै रोल आयो भने मात्र । " आखाहरु तन्क्याउदै भनिन् । धेरैले सिनेमा बनाउन विदेशी ठाउ रोज्छन् तर यि गुरुङलाइ कसरी स्वदेशका ठाउहरुको पर््रबर्द्धन गरौ भन्ने चिन्ताले पिरोल्छ ।
गृह मन्त्रालय अर्न्तगत सुरक्षा निकायमा काम गर्ने शरद प्रधान ४५, बिहान १० बजे देखि साझ ५ बजे सम्म सरकारी काममा खट्छन् । २५ बर्षभयो सुरक्षा निकायको यो सेवामा प्रबेश गरेको । तर यत्तिमा मात्र सिमित छैनन् उनी । राजधानिकै महङ्गो मानिने कलेज गोल्डेन गेटमा अध्यापन गराउछन् । स्नातक तहमा समाजशास्त्र विषय दैनिक दुइवटा पिरीयड लिन्छन् उनले ।
समाजशास्त्रमा स्नात्तकोत्तर प्रधानले आफ्नो पढाइ पनि जारी राखेका छन् । एमफिल गर्दैछन् समाजशास्त्रमै । कलेज पढाउनु उनको सोख हो । आफुले सिकेका कुरा प्रयोगमा नल्याए चाडो बिर्सने डरले उनी निरन्तर पढाउनमै लागे । आफ्नो कलेजमा पढाइदिन उनलाइ अफर गर्नेहरु कति छन् कति । यसअघि पाटन संयुक्त क्याम्पसका दस बर्षपढाएका उनले तीन बर्षत्रिचन्द्र क्याम्पसमा पनि पढाए । दस बर्षअगाडि पाटन क्याम्पस पढाउदा एउटा क्लासको जम्मा पचहत्तर रुपैया मिल्थ्यो । साथी भाइ सग चिया खादै ठिक्क । आजकल पाउने नियमित तलब यकिन त उनले भनेनन् तर पेटो्रल खर्च र दैनिक जीवनका खर्च र्टर्ने बताए ।
कलेज पढाउदा उनलाइ कस्तो लाग्छ त ? "आइ फिल इन्ज्वाए । " झरीले रुझाएको एक सा“झमा मुस्कुराउदै उनले भने । तर धेरैलाइ थाह छैन,उनी सुरक्षा निकायका ब्यक्ति हुन् भनेर । उनी चिनाउन पनि चाहदैनन् । रिटायर्ड हुन अझैं दस बर्ष बाकी छ । के गर्लान् त बाकी जीवनमा ? "म अब कलेजहरुमा पत्रकारिता पढाउने छु । " फेरी हासो मिलाउदै भने ।

यस्तो लाग्यो त्रि्रो मुस्कान देउताको तस्विर हो
जहा तिमीलाइ भेटें त्यहि ठाउ मन्दिर हो


जवानिमा प्रबेश गरेको कुनै युबकले आफ्नो प्रियसीका लागी यिं हरफ लेखे झैं लाग्छ । कति गीत लेखे होलान् उनले ,जीवनका घुम्तिहरु भरी । कति कविता कोरे होलान् मोडभरी । कहिल्यै अलग हुन सकेनन् ,साहित्य लेखन बाट ।
पेशाले जनरल र्सजरी हुन् ,डाक्टर राममान तृषित ,६८ । डाक्टरी पेशामा झण्डै पैंतिस बर्षभन्दा धेरै बिताए । अस्पतालमा मानिसको चिरफार गर्छन् । कामबाट बिश्राम पाएको समयमा निरन्तर गीत,गजल रचना गर्छन् । दर्जन भन्दा धेरै नाघिसके उनले लेखेका साहित्यका किताब । त्यति नै मात्रामा छन् सिडीहरु । जहा उनले लेखेका गीतहरु स्वरबद्ध छन् ।
साहित्य पेशा होइन तृषितको । यो सोख मात्र हो । तैपनि कुन चाहि कामलाइ बढी मन पराउदा हुन् उनी ? "यिं दुइ काम बिच तुलना हुनै सक्दैन । दुबै काममा आनन्द छ । " आखाको चस्मा खोल्दै भने । एउटा काममा ध्यान लगाएपछि अर्को कामलाइ चटक्कै बिर्सिदिन्छन् । एकान्तमा हृदयले जे बोल्छ त्यो गीतमा उर्ताछन् । चीनको पेकिङ मेडिकल युनिभर्सिटिमा उनले डाक्टरी कोर्षपढे ।

No comments: