नरेन्द्र रौले
मनमा एक प्रकारको छट्पटि थियो । कौतुहलता थियो । हुट्हुटि थियो । कल्पना गर्थें , कस्तो होला पोखरा ? कहिल्यै पुगेंको थिइन म । मेरा लागी नौलो थियो त्यहा पुग्नु । घुम्ने रहर मनमा पालेको थिए । चुम्ने रहर बोकेको थिए ।
यस्तैमा एउटा अबसर मिल्यो । तर कहा सहजै ? कास्की जिल्लाको लुम्ले लाइ कविता गाउ घोषणा गर्ने सुरमा रहेछन् ,पोखरेली गीतकार बिनोद गौचन । काठमाडौंबाट पत्रकार अमृत भादगाउले केहि कवि ,लेखक,पत्रकारलाइ नेतृत्व गर्दै त्यता जाने सुरमा रहेछन् । मैले पहिल्यै यसको जानकारी पाइसकेको थिए । नेपाल साप्ताहिकबाट रमण घिमिरेलाइ निम्तो आएको थियो । रमण दाइ जान अर्समर्थ हुनुभयो । मैले जान इच्छा गर्दा भादगाउले माइक्रोमा सिट नहुने भएकाले सकिदैन भन्थे । तर मेरो भित्रि मनको रहर मेटिएको थिएन । आफ्नै खर्चमा भएपनि पोखरा जान आतुर थिए म । हरेक दिनजसो कौतुहलता हुन्थ्यो । म त्यो गु्रपमा जान पाउछु कि पाउछु कि पाउदिन होला भनेर ।
अमृत भादगाउलेलाइ फोन गरें । फेरी पुरानै वाक्य दोहोरियो । माइक्रोमा सिट पुग्दैन । गाह्रो छ । रमण दाइलाइ फोन गर्न लगाए । " रिर्पोटिङ पनि हुन्छ । के भयो त रौलेलाइ लैजाउ न ।" यति कुरा रमणदाइ भनेपछि त कुरा मिलिहाल्यो । ल १४ गते बिहान साढे ६ बजे शान्तिनगर गेटमा आउनु ।
भोलिपल्ट (१४ चैत ) म तयारी भएर शान्तिनगरगेट पुगें । रमेश पौडेललाइ मोबाइल हानें । उहा कोठाबाट निस्कदै हुनुहुन्थ्यो । कान्तिपुर कम्प्लेक्स नजिकै रमेश पौडेल , दामोदर पुडासैनि किशोर , आरएम डंगोल , गोबर्द्धन पुजा , फुलमान वल जम्मा भयौं । त्यस्तै आधा घण्टा कुरेपछि केहि बेरमा अमृत भादगाउले ,राजेन्द्र थापा ,हरिहर तिमिल्निा र शिब प्रकाश आइपुग्नु भयो । हामी गन्तब्यतिर हुइकियौं । कलंकिमा दुइ जना साथीहरु थपिनुभयो । नया पत्रिकाका संगित श्रोता र अर्का गजलकार धनराज गिरी ।
भोक लागिसकेको थियो । हामीले केहि खाएका थिएनौं । अघि बिहान कोठामा मैले उसिनेको अण्डा , चिया पाउरोटि खाएको थिए । तै भोक लागिहाल्यो । धादिङको एउटा होटलमा चिया र बिस्कुट खाएर हामीले भोक मेटायौं।मुग्लिनबाट हाम्रो गाडी पारी मोडियो । रमेश पौडेलले नमस्कार गर्दै आफ्नो गृह जिल्ला तनहुमा हामी सबैलाइ स्वागत गरे । रमाइलो माहोल बनाउदै हामी मर्स्याङ्दी किनारको एउटा रिसोर्टमा पुग्यौं । जहाको वातावरण मनोरम थियो ।छेउमा बग्ने मर्स्याङ्दि नदी सुसाइरहन्थ्यो ।हामी नियालिरह्यौं मर्स्याङ्दीलाइ । साथीहरु आफुले बालापनमा नदीमा पौडी खेलेको स्मरण गर्थे । मैले एउटा गीत सम्भिmए ,
आजै र राती के देखें सपना मै मरिगएको
मर्स्याङ्दि नदी नरमाइलो सुसाइरहेको
रिसोर्टमा मर्स्याङ्दि नियाल्दै त्यहि नदीको माछा चाख्यौं । वरीपरिको वातावरणको फोटो लिदै टोपलियौं । र हान्नियौ पोखरातिर । दमौलिमा पुग्दा रमेश पौडेलले बजारतिर गाडी मोड्न लगाए । इलेक्टो्रनिक पसलबाट एकजना आमा आउनुभयो । हातमा टिका लिएर । दमौलिका साहित्यकार सागर उदासकि आमा हुनुहुदोरहेछ । सबैजना स्रष्टाहलाइ टिका लगाएदिनु भयो ।
अब माइक्रो गजलमय ,सायरीमय भयो । नाम उदास भएपनि यि उदास रमाइलो गर्न निकै खप्पिस रहेछन् । बाटोमा कतिखेर जोक सुनाउदै ,कतिखेर सायरी सुनाउदै निकै हसाए । राजेन्द्र थापा र धनराज गिरी पनि मुक्तक र गजल सुनाउदै थिए । दिउसोको तीन बज्दा हामीले पोखराको दर्शन पायौं ।
केहिबेर आराम गर्यौं । नया साथीहरु भरत कोइराला , समुन्द्र पौडेल , मनिषा गौचन , बिनोद गौचन लगायत सग भेट भयो । आधा घण्टा पछि लाग्यौं लुम्लेतिर । गाडीबाट दायाबाया नियाल्दै हामी उकालियौं । काठमाडौंमा छदै मलाइ गजलकार प्रकट पगेनि शिव लाइ भेट्ने ठुलै धोको थियो । उता उहाका गजलहरु रेडियोमा सुनेको मात्र थिए“ । सिकलेस भन्दा माथी माइक्रेा रोकिएको ठाउमा अर्को गाडीमा अमृत दाइ सग उहा आउदा कम्ति खुसि लागेन । तर त्यो खुसि धेरैबेर टिकेन ।गाडी गुडिहाल्यो । भोलि भेट्ने बाचा सहित हामी छुटियौं ।

झम्के साझ परिसकेको थियो । लुम्ले पुग्दा अर्कै रौनक छाएको थियो त्यहा । गाउ प्रबेश गर्नु अघि स्वागत गेट बाधिएको थियो । हातमा गुरासका थुगाहरु लिएर आगन्तुको स्वागत गर्न गाउलेहरु बसेका थिए । हामीले ति फुलहरु लियौ। जताततै स्वागतका ब्यानरै ब्यानर थिए । हामी एउटा घरमा पुग्यौं । अतिथिका लागी र्सबत पानीको ब्यबस्था गरिएको थियो । चिया र बिस्कुटको पनि स्वाद लिइयो । झमक्क साझ परिसकेको थियो । हामीलाइ बस्नका लागी चन्द्रकोटको रिसोर्टमा ब्यबस्था गरिएको रहेछ ।
लुम्ले आएर परिचित बनेकि कान्तिपुर दैनिकका लागी स्याङजाकि रिपोर्टर बसन्ति बास्तोलासगै म बाटो लागें । बाटो भरी पत्रकारिताकै दुख सुख हामी बिच चले । अरुले भने हामी सगै हिडेको देख्दा केहि शंकालु नजरले हर्ेर्थे ।साझ अबेर रिसोर्ट पुगियो । अलिकति लोकल लिएपछि स्रष्टाहरु आफ्ना सिर्जना सुनाउन थाले । मैले पनि अलिकति लोकल लिए । भोली पल्ट लुम्लेको दर्शन गर्ने मिठो कल्पना सगै मस्त सग निदायौ ।

(बाकी अर्को अंकमा..........)
No comments:
Post a Comment