Apr 23, 2009

लुम्ले अब कविता गाउ
नरेन्द्र रौले /पोखराबाट फर्केर
दसैं तिहार टाढै छ । तिज आउन पनि अझैं बाकी नै छ । तर दसैं तिहार जस्तै रौनक छायो लुम्लेमा । एक प्रकारको पर्व र उत्सव नै छायो यहा । चैत १५ गते ,०६५। लुम्लेको रौनक बेग्लै थियो । बिबाह मण्डप झैं सिंगारिएको । जताततै ब्यानरै ब्यानर,तुलै तुल । सबैका मुहार उज्याला,हसिला देखिन्थे ।

पुर्ब काडे पश्चिम घान्दु्रक गाउ छ
अति सुन्दर लुम्ले गाउको माया धेरै छ ।

स्थानिय महिलाहरुले यो गीत गाएर सबैलाइ स्वागत गरिन् । कम्मरमा नीलो पटुकि,तिलहरी र मखमली चौबन्दि चोली लगाएका युबतिहरु छमछमी नाचे । हरेक पटक नृत्य र गीतहरुले मनै लोभ्याउथ्यो ।
नेपालको चेरापुञ्जी भनेर चिनिने शहर पोखरा । यहाबाट एक घण्टा उत्तर पश्चिमको लुम्ले गाउ । पानी परिरहने ,झरी परिरहने । कुहिरो लागिरहने । यस दिन पनि लाग्यो । तरपनि सबैजना खुसिले गद्गद थिए । कारण लुम्ले 'कविता गाउ' घोषित हुदै थियो । पोखराका गाउ घुमिरहने गीतकार एबं कवि बिनोद गौचन पहिल्यै देखि लुम्लेलाइ कविता गाउ घोषणा गर्नें सोच बनाएका थिए । गाउको कला ,साहित्य,संस्कृति जोगाउन उनले कविता गाउ घोषणा गर्ने सोच बनाएका थिए । पत्रकार अमृत भादगाउलले पनि उनलाइ बिशेष सहयोग गरेका थिए । गाउलेहरुको सहयोग पाएर बल्ल १५ गते उनको सपनाले साकार रुप लियो । देशभरिका श्रष्टाहरु,कवि,पत्रकारहरु र हजारौ गाउलेहरु माझ परिकल्पनाकार गौचनले लुम्ले लाइ कविता गाउ घोषणा गरेका थिए । भक्तिराम देबकोटाको अध्यक्षतामा सम्पनन कार्यक्रममा प्रमुख अतिथी झलक थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । निकै खुसि मुद्रामा भेटिएका थिए बिनोद गौचन,"मेरो सपना पुरा भयो । अब गाउको रोग ,भोक,अशिक्षा हटाउन पहल गर्नेछु । "उनले भने ।
काठमाडौबाट आएका श्रष्टाहरु आरएम डंगोल,दामोदर पुडासैनि 'किशोर ',भोजराज न्यौपाने,रमेश पौडेल,शिव प्रकाश,राजेन्द्र थापा,धनराज गिरी,संगित श्रोताले आआफ्ना सिर्जना सुनाएका थिए । साथै पोखरेली गजलकार प्रकट पगेनि 'शिब ' लगायत साना साना विद्यार्थीहरुले पनि कविता पाठ गरेक थिए । एक दर्जन चित्रकारहरुले यहिं बसेर बनाएका चित्र पर््रदर्शन गरेका थिए । यति भब्य कार्यक्रम होला भनेर आयोजकले सोचेका पनि थिएनन् । तर अपेक्षा गरे भन्दा पनि रमाइलो भयो । मारुनि,चुड्का,ठाडो भाका,तीज गीतको स्वाद चाख्न पाइएको थियो । त्यसैमा घलेगी,फुगालो र पिरु लगाएकि युवतिहरु नाच्दा मनै लोभ्याउथ्यो ।
लुम्लेमा अब स्वदेशि बिदेशी श्रष्टाहरु आएर सिर्जनाको थलो बनाउने पर्खाइमा छन् यहाका बासिन्दाहरु । साच्चै मोहनि लाउने सुन्दरता छ लुम्लेमा ,मोहनि लगाउने आत्मियता छ गाउलेहरुमा । मनै छुन्छ लुम्लेको हावाले ,मनै छुन्छ लुम्लेको मायाले ।

No comments: