May 28, 2009

हाई ! अङ्ग्रेजी ! !
अंग्रेजी प्रति जिज्ञाशुहरुका लागी सान्र्दभिक ठानेर मैले यो लेख राखेको छु । पत्रिकाको पानामा झैं हेर्ने भए यहाँ क्लीक गर्नुहोस् , http://www.nepalihimal.com/2062/baisakh-16-31/feature_samaj.html
आत्मविश्वासको औजार, प्रतिष्ठाको स्रोत, अवसरको ढोका र संसार हर्ेर्ने आँखीझयाल बन्दै गइरहेको छ, अङ्ग्रेजी भाषा ! अरूतिरको स्थिति भिन्न होला, तर पृथ्वीको यो गोलार्द्धमा, यसमा पनि एशियाको दक्षिणी भूखण्डमा अवस्थित नेपालमा त सबैथोक बनिरहेको छ, अङ्ग्रेजी । 'सिक्नु, जान्नु र बुझनुपर्ने अरू भाषा, विषय, सीप र कुरा पनि हुन्छन् र -', 'अङ्ग्रेजी जानेपछि पनि सिक्न केही बाँकी रहन्छ र -' जस्ता प्रश्न गर्नेहरू प्रशस्तै भेटिन्छन्; मानौँ, ज्ञानको आदि र अन्त्य नै अङ्ग्रेजी हो !
• पेशल पोखरेल
"अङ्ग्रेजी पढ्नेलाई कुलीनका छोरी छन्, बाबुसाहेबहरूका घरमा मेच, स्कूलमा छडी, कलेजमा दाह्री, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीभाइहरूमा नाक, घण्टामा पचास र संसारमा सुवास, हाई ! अङ्ग्रेजी ! ... तेरै रवाफ खाएर हामी बसिरहेछौँ ।" करीब साठी वर्षघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले यसरी अङ्ग्रेजीको रवाफ औंल्याउँदा नेपालमा अङ्ग्रेजी-विज्ञ थोरै थिए र तीमध्ये उनी आफैँ पनि पर्थे । अङ्ग्रेजीकै कारण बढ्दै गएको आत्माभिमानलाई उनले 'हाई हाई अङ्ग्रेजी' शर्ीष्ाकको निबन्ध लेखेर आफैँ झटारो हानेका थिए ।
लक्ष्मी निबन्ध सङ्ग्रहको यो निबन्धमा भनिए झैँ अङ्ग्रेजी अभिमानको माध्यममात्र रहेन, योग्यता र व्यक्तित्वको मापदण्ड नै बनिसकेको छ । आफूलाई 'विश्व नागरिक बनाउन' अङ्ग्रेजी जान्नैपर्ने 'बाध्यता' देखिन थालेपछि यसमा दक्षता हासिल गर्नु धेरै नेपालीको लक्ष्य बनेको छ । र, अङ्ग्रेजीमार्फ् कुलीन बन्ने/बनाउने कसरत बढिरहेको छ । यस्तै 'अङ्ग्रेजी-ज्वर' का कारण कतिपय स्कूलकलेजहरू शिक्षक-विद्यार्थीले अरू भाषा बोल्नै नपाउने गरी 'इङ्लिस स्पिकिङ जोन' नै बनेका/बनाइएका छन् ।
अकल्पनीय जस्तै देखिन थालेको छ अङ्ग्रेजी बिनाको समाज । बजार टेक्नासाथ देखिन्छन् स्टेशनरी, ग्रोसरी, ज्वेलरी, रेस्टुरेन्ट एण्ड बार, साइवर, टेलरिङ, ट्राभल एण्ड र्टर्ुस, सुपरमार्केट, डिपार्टमेन्ट स्टोर, बुटिक, फार्मेसी, कलरल्याव, व्युटीपार्लर, हार्डवेयर, कोल्डस्टोर अङ्कति विलबोर्ड र साइनबोर्ड । यस्ता पचासौँ बोर्ड काटिसकेपछि बल्ल भेटिन्छन्, 'गुप्ता पान भण्डार' वा 'शाक्य भाँडा पसल' । जताततै अङ्ग्रेजीको मूल्य र महत्त्व छ । धरान-पिण्डेश्वरका संस्कृत-विद्वान् पुरुषोत्तम भट्टर्राईसमेत ग्राहकप्रति लापर्वाह पुस्तक-पसलेलाई अङ्ग्रेजीमा हप्काउन बाध्य हुन थालेका छन् । भट्टर्राईलाई उद्धरण गर्दै उनका चेलाहरू भन्छन्, "गुरुले मोल सोध्नुभएछ, पसलेले वास्तै गरेनछ । अनि, इङ्लिसमा पड्किनुभएछ । त्यसपछि त खातिरदारी नै अर्कै ।"
नभन्दै, अङ्ग्रेजीलाई सामाजिक प्रतिष्ठाको सहयोगी र आर्थिक-सुरक्षाको कवच मान्न थालिएको छ । पारंगतहरूलाई भ्याई-नभ्याई छ । कुनै गैरसरकारी संस्थाको प्रस्ताव लेखिदिने कि प्रतिवेदन, कसैको भाषण मस्यौदा गरिदिने कि पत्राचार- काम र दामको लर्को नै लाग्छ । कहलिएका 'कन्सल्ट्यान्ट' र 'कन्सल्ट्यान्सी' हरूको फेहरिस्त नियाल्ने हो भने महाकवि देवकोटाको लवजलाई पछ्याउँदै भन्नुपर्ने हुन्छ, 'हाई अङ्ग्रेजी, तेरो कमाल !' यस्तै आकर्षाका कारण नेपाली विद्वान्/विश्लेषकहरूभन्दा अङ्ग्रेजीका औसत लेखकहरूको बौद्धिक बजारमा बढी मानमनितो छ । हुँदाहुँदा नेपालमै पढेको/हर्ुर्किएको एउटा वर्ग गर्वसाथ 'नेपाली जान्दिनँ' भन्न थालेको छ । 'मलाई नेपाली बोल्न, लेख्न आउँदैन' भन्नेहरू नेपाली समाजमा सबैभन्दा उपल्लो दर्जाको हैसियत राख्छन् । थुप्रै विज्ञ, प्राज्ञ, प्राध्यापक, परामर्शदाताहरू यसै भनेर आफ्नो इज्जत जोगाउँछन् ।
रहर र रवाफ
अवसर मिल्नासाथ आफूलाई 'अङ्ग्रेजी-उस्ताद' देखाउन खोज्नु आधुनिकताप्रेमी नेपालीमा झाङ्गदिै गएको नयाँ प्रवृत्ति हो । गएको १ माघको एउटा कार्यक्रममा वरिष्ठ लोकगायक कुमार बस्नेतसमेत त्यसकै अनुयायी देखिए । आठौं हिट्स एफएम म्युजिक अवार्डस्मा लोकसङ्गीत विधाको पुरस्कार दिन नेपाली पोशाकमा मञ्चमा पुगेका लोकगायकले शुरुमै भने, "इट इज माई प्लेजर टु बी हियर... ।" गैरसरकारी संस्थाहरूद्वारा आयोजित अन्तरक्रियामा सबै वक्ताले अङ्ग्रेजीमै बोल्न रुचाउनुलाई यो प्रवृत्तिकै अर्को दृष्टान्त मान्न सकिन्छ । बैठकका एजेण्डा, प्रस्तुति, छलफल, निष्कर्षसबै अङ्ग्रेजीमा । श्रोताबीच एउटा मात्र गोरा वा विदेशी छ भने त अनिवार्य नै हुन्छ अङ्ग्रेजी । यद्यपि, नेपाली बोल्दा हास्यपात्र बन्ने भयले कनीकुथी अङ्ग्रेजी बोल्नेहरूले आफ्नो कुरा व्यक्त गर्न सक्लान्-नसक्लान्, त्यो अर्कै कुरा ।
सावधान ! तपाईं अङ्ग्रेजी मात्र बोल्नुपर्ने क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छः राजधानीको एउटा स्कूलको मूल ढोकामा आगन्तुकहरूलाई र्सतर्क गराउन यस्तै सूचना लेखिएको छ ।
सम्भ्रान्त समाजमा घुलमिल हुन अङ्ग्रेजी जान्नैपर्ने, बोल्नैपर्ने । त्यसमाथि कुनै विषयको विद्यावारिधि छ भने त झन् र्सवत्र ढोका खुला, स्वागत । पर्ूव प्रधानमन्त्री शेरबहादुर देउवालाई नजिकबाट चिन्नेहरू भन्छन्, "प्रधानमन्त्री हुँदा उनी 'डा.' उपाधिवालाहरूलाई विशेष विज्ञ र सक्षम ठान्थे । र, भन्ने गर्थे, "डाक्टर हो - इङ्लिस राम्रो छ - ठीक छ उसो भए ।" हुन पनि सिंहदरबार र बालुवाटारमा उनी थुप्रै अङ्ग्रेजीवाज डाक्टरहरूद्वारा घेरिएका हुन्थे ।
यो पृष्ठभूमिमा देशका महत्त्वपर्ूण्ा दस्तावेजहरू प्रायः सबै अङ्ग्रेजीमा लेखिन थालेका छन् । पञ्चवषर्ीय योजनाका ठेली पहिले अङ्ग्रेजीमा लेख्ने अनि अनुवाद गरेर तयार गर्ने चलन स्थापित भइसकेको छ । कुनै चर्पी, राजमार्ग, धार्मिक-सांस्कृतिक सम्पदा क्षेत्रको उत्थान-विकासका योजना र कार्यक्रम मात्र हैन, कतिपय कानून र अध्यादेशका मस्यौदासमेत अङ्ग्रेजीमै गरिन्छ । जलस्रोतमा नेपालीहरू आफूलाई धनी ठान्छन्, तर त्यस्तो देखाउने एउटा पनि सिङ्गो प्रतिवेदन नेपालीमा तयार भएको छैन । राष्ट्रिय मानवअधिकार आयोगका कतिपय प्रतिवेदनहरू विशेषज्ञ खोजीखोजी नेपालीमा अनुवाद गराइएका प्रसङ्गहरूले समेत प्रस्ताव-प्रतिवेदनहरूको दुनियाँमा देखिने अङ्ग्रेजीर्-वर्चस्वको सङ्केत गर्छन् । एचआइभी/एड्सबाट धेरैजसो अङ्ग्रेजी नजान्ने नेपाली नै प्रभावित छन्, तर यस विषयको रोकथाम, चेतनासम्बन्धी यावत् कार्यक्रमको चिन्तन, लेखन, कार्यान्वयनको भाषा अङ्ग्रेजी छ । किनभने, दाता र तिनको पैसामा कार्यक्रम चलाउने अन्तर्रर्ााट्रय/ राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी/कार्यकर्तालाई नेपाली आउँदैन, या नेपाली जान्नेहरू त्यस्ता संस्थामा 'योग्य' ठहरिँदैनन् ।
यसैले हुनसक्छ, नेपालमा एनजीओ अभियन्तादेखि पेशाजीवी, विद्वत् समुदाय, लेखक-विश्लेषकहरूसमेत अङ्ग्रेजीलाई वृत्ति-विकासको औजार बनाइरहेका छन् । अनि, कहावत् नै बन्न थालेको छ, 'जसले अङ्ग्रेजी जान्यो, उसले गरिखायो ।' जान्यो, उन्नतिको द्वार खुल्यो; जानेन, सहकर्मीहरूको प्रगति हर्ेर्दै खुम्चिएर बस्यो । छोराछोरीले अङ्ग्रेजी बोले; जेनिफर लोपेज, नोरा जोन्स, जोन मेयरका गीत गुन्गुनाए भने 'वाह ! समयको धार समाते छन्' भनेर दङ्ग पर्ने अभिभावकहरूको एउटै आकाङ्क्षा देखिन्छ - छोराछोरी अङ्ग्रेजीमा पोख्त बनून् । शहरिया कुलीन परिवारमा झण्डै-झण्डै प्राथमिक भाषा बनिसकेको अङ्गे्रजीले पेशाजीवी-पेशाधर्मी -प्रोफेशनल) सबैलाई 'एलिट' बन्न उत्प्रेरित गरिरहेको छ ।
व्यावहारिक अङ्ग्रेजी -अप्लाइड इङ्लिस) मा जानकार नेपालीहरूको सङ्ख्या दिनहुँ बढिरहे पनि अङ्ग्रेजी लेखन र प्रस्तुतिमा राम्रो दख्खल राख्ने नेपालीहरूको सङ्ख्या भने अझै पनि सानै छ । तर, ठूलो छ उनीहरूको चलखेल । लेखक प्रत्यूष वन्तका अनुसार, अहिले यो वर्गले आफ्नो भाषिक दक्षताको भाडा उठाइरहेको छ । विकास उद्योगमा देखिने उनीहरूको चुरीफुरी औँल्याउँदै वन्त भन्छन्, "अङ्ग्रेजी-विज्ञहरू लमीका रूपमा काम गर्न सिपालु भएका छन् प्रस्ताव, अनुगमन, प्रतिवेदन लगायतका थुप्रै कुरामा ।" यो क्षेत्रमा एक हिसाबले अङ्ग्रेजीको तस्करी नै भइरहेको उनको ठम्याइ छ ।
अर्कोतिर, अङ्ग्रेजी नजानेकै कारण लघुताबोधले ग्रस्त छ एउटा वर्ग । त्यो समूह आम्दानीको अधिकांश अंश खन्याउँदै छोराछोरीलाई अङ्ग्रेजीमा पारंगत बनाउन हरतरहले प्रयास गरिरहेको छ । घुमाइफिर्राई अङ्ग्रेजी-पारखीहरूको निकटता खोज्ने र अरूलाई थाहै नदिई 'ल्याङ्वेज इन्स्िटच्युट' वा विज्ञहरूकहाँ धाउने अर्को वर्ग पनि छ । नेकपा एमालेका महासचिव माधव नेपालले उपप्रधानमन्त्री हुँदासमेत अङ्ग्रेजी सिक्न छोडेका थिएनन् र डेढ वर्षघि युरोप-भ्रमणको पर्ूवसन्ध्यामा पनि ब्रिटिस काउन्सिलमा गएर बीस घण्टे भाषा-प्रशिक्षण लिए । एमालेको भगिनी संस्था अखिल नेपाल महिला संघले आफ्ना केन्द्रीय पदाधिकारीहरूलाई अङ्ग्रेजी सिकाउने विशेष शिविर नै चलायो । निजामती सेवाका कतिपय उच्चाधिकारीहरूले ब्रिटिस काउन्सिल वा अमेरिकन ल्याङ्वेज सेन्टरमा गएर अल्पावधिका तालिम लिने गरेका छन् । शाही नेपाली सेनाले आफ्ना अधिकृतहरूको अङ्ग्रेजी क्षमता बढाउन अमेरिकी एयरफोर्सको सहयोगमा खरिपाटी, भक्तपुरमा इङ्लिस ल्याङ्वेज ल्यावोरेटरी स्थापना गरेको छ । र, नेपाल टुरिजम् बोर्ड लगायतका संस्थाहरूले ट्रेकिङ व्यवसायीदेखि ट्याक्सी ड्राइभरसम्मलाई अल्पावधिका तालिममार्फ् बोलीचालीको अङ्ग्रेजीमा अभ्यस्त बनाउने कसरत गरिरहेका छन् ।
विकल्पहीन बाध्यता
त्यत्तिकै आएको हैन यो चासो, लहर र पहल । नेपालीले 'ग्लोवल सिटिजन' का रूपमा आफूलाई उभ्याउने र विश्वका कुना-कुनामा सर्म्पर्क, संवाद गर्ने अङ्ग्रेजीबाहेक अर्को भरपर्दो माध्यम छैन । डा. कमलप्रकाश मल्लका अनुसार, यसले विचार, बुद्धि, आनीबानी, विद्वत्ता, प्रतिभा र सिर्जनात्मक क्षमता हृवात्तै बढाउँछ । कूटनीति, पर्यटन, वैदेशिक व्यापार र उच्च अध्ययन अङ्ग्रेजीबिना प्रायः असम्भव छन् । अङ्ग्रेजीलाई आत्मविश्वासको औजार र अवसरै अवसरको ढोका ठान्नेहरूले यसलाई 'शक्ति र प्रतिष्ठाको भाषा' भन्ने गरेका छन् । संस्कृतमा आचार्यसम्म पढेका डा. जयराज आचार्य भन्छन्, "अङ्ग्रेजी नजान्दा ज्ञान-भण्डारमा ताल्चा लागेको अनुभव हुन्छ ।" संस्कृत र अङ्ग्रेजी दक्षताले आफूलाई सफल पेशाजीवी बनाएको उदाहरण दिँदै आचार्य भन्छन्, "भाषिक दक्षताले व्यक्तित्व बढाउँदो रहेछ ।" सजिलै हुने अतिरिक्त आम्दानी त छँदैछ ।
नभन्दै, महाकवि देवकोटा र बालकृष्ण समका कृति र ख्यातिको आधारस्तम्भ बन्यो नेपाली, संस्कृत र अङ्ग्रेजीमाथिको समान दक्षता । संस्कृत पृष्ठभूमि र अङ्ग्रेजी दक्षताका कारण नाम, प्रतिष्ठा कमाएका डा. जयराज आचार्य, महेशराज पन्त, ऋषिकेश उपाध्याय, डा. बद्री पोखरेल आदिका प्रेरक थिए सरदार यदुनाथ खनाल । आधा शताब्दीअघि नै नरेन्द्रमणि आदी, हृषीकेश शाह, केशरबहादुर के.सी., रामप्रसाद मानन्धर आदिको ख्याति बढेको थियो, अङ्ग्रेजीकै कारण । डा. तारानाथ शर्मा, डा. अभि सुवेदी र डा. गोविन्दराज भट्टर्राईको नेपाली र अङ्ग्रेजीमाथिको समान दक्षता साहित्यका धेरै विद्यार्थीका लागि दृष्टान्त बनेका छन् । डा. हर्क गुरुङ, डा. कमलप्रकाश मल्ल, उपन्यासकार डी.बी. गुरुङलाई सुपरिचित हुन सघायो अङ्ग्रेजी दक्षताले । र, नेपालका धेरै उत्कृष्ट कृति नेपालीमै सीमित भइरहेको बेला एक-एक जोडी अङ्ग्रेजी कृतिका भरमा सम्राट उपाध्याय -अरेष्टिङ गड इन काठमाण्डु र गुरु अफ लभ) तथा मञ्जुश्री थापा -ट्युटर अफ हिस्ट्री र फर्गेट काठमाण्डु) ठूलो पाठकसमूहबीच सुपरिचित बने । व्यापारिकवृत्तमा पद्मज्योति, सुरज वैद्यको प्रभाव देखिनुको एउटा उल्लेख्य कारण हो अङ्ग्रेजी । नेपाली सिनेसंसारलाई अन्तर्रर्ााट्रय एरिनामा उभ्याउनु पर्‍यो भने कि राजेश हमाललाई उभ्याइन्छ कि नीर शाह, कारण उही । अङ्ग्रेजी सामर्थ्य भजाउँदै भ्याई-नभ्याई परामर्श सेवा चलाइरहेकाहरू त कति हुन् कति !
एक पेजको रु.१ हजारदेखि ५ हजारसम्म लिएर नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गर्ने केही विज्ञहरूलाई अङ्ग्रेजीबाट नेपाली अनुवादको दर प्रतिपेज रु.५०० को हाराहारी मात्र भएको कुरा असामान्य लाग्दैन । कारण हो, अङ्ग्रेजीको तुजुक । यत्रो फर्ुर्तीफार्ती किन त - साहित्य, पत्रकारिता, हवाई उड्डयन, अन्तर्रर्ााट्रय व्यापार, विज्ञानप्रविधि, औषधि, कूटनीति, खेलकुद, विज्ञापन, ब्याङ्कङि सबैको प्रमुख भाषा हो अङ्ग्रेजी । संसारमा र्सवाधिक पाठ्यपुस्तक र १० लाखभन्दा बढी शब्दभण्डार भएको; इन्टरनेट, विकसित समाज र विकसित दुनियाँको भाषा हो यो । ब्रिटिस काउन्सिलका अनुसार संसारमा विद्युतीय माध्यममा संरक्षित ८० प्रतिशत सूचना अङ्ग्रेजीमै छन् र विश्वका ६६ प्रतिशत वैज्ञानिकहरू अङ्ग्रेजीमै सोच्छन्, घोत्लिन्छन् र विचार वा सिद्धान्तको सूत्रपात गर्छन् । अमेरिकामा युवापिँढीको रोजगारीका लागि निर्धारित १० वटा अत्यावश्यक सीपहरूमा भाषिक दक्षतालाई नम्बर एक सीप मानिन्छ ।
यसरी संसार हर्ेर्ने आँखीझयाल बनिरहेको छ अङ्ग्रेजी । यसको विश्वव्यापी दबदबाका कारण धेरै भाषाहरू दबिएका, थिचिएका पनि छन् । कतिपय विद्वान्हरूले यसलाई अरू भाषा सिध्याउने 'जेनोसाइड' सम्म भनेका छन् । तर, ज्ञानविज्ञानका असीमित सूचनाहरूलाई व्यक्त गर्ने आफ्नो भाषामा सामर्थ्य नहुँदा जे सुलभ र व्यापक छ, त्यसलाई नपछ्याई सुखै छैन । "नेपालीमा प्राविधिक शब्दावलीहरू पर्याप्त छैनन् । नयाँ शब्दको सिफारिस/आविष्कार गर्ने संयन्त्र छैन । त्यसैले अङ्ग्रेजी शब्दहरू चुपचाप स्वीकार्ने बाध्यता छ", भाषाविद् डा. माधवप्रसाद पोखरेल भन्छन्, "ज्ञानविज्ञान, व्यापारमा पश्चिमी वर्चस्व र सबैतिर र्सवशक्तिमान अमेरिकाजस्तै हुने रहरको परिणाम पनि हो यो ।"
नयाँ पुस्ता र परिवेशको बाध्यता पनि हो अङ्ग्रेजी । गिट्टी कुट्ने अभिभावकले समेत छोराछोरीलाई निजी स्कूलमै पढाउनुलाई यही बाध्यताको प्रतिबिम्ब ठान्छन् नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एशोसिएशन -नेल्टा)का प्रमुख सल्लाहकार डा. जयराज अवस्थी । उनी भन्छन्, "स्कूलकलेजमा अपेक्षाअनुसार अङ्ग्रेजी सिकाउन सकिएको भए, त्यही अनुपातमा उनीहरू दक्ष हुन सकेको भए देशमा अहिलेको विध्वंस, वितण्डा देख्नुपर्ने थिएन ।" तर विडम्बना, नेपालमा अझै पर्याप्त दक्ष शिक्षक छैनन्, गाउँघरमा पठनपाठनको बेहाल छ । एकसरो अङ्ग्रेजी नछिचोलेकाहरूले समेत पढाउनुपर्ने बाध्यता छ । शिक्षण पद्धति वैज्ञानिक छैन । एक कक्षादेखि लगातार १२-१३ वर्षम्म अङ्ग्रेजी पढाइन्छ । तर परिणाम निराशाजनक छ । यद्यपि, एक दशकयता देखिएको निजी स्कूल/कलेजहरूको पहल र प्रतिस्पर्द्धर्ाा कारण धेरै विद्यार्थी अङ्ग्रेजीमा छुरा देखिन थालेका छन् । विद्यालयहरूमा गाइडेड इङ्लिस, गुलमोहर, न्यू अक्फोर्ड मोर्डन इङ्लिस, ब्रोडवे, इङलिस फर फन लगायतका पाठ्यपुस्तक-शृङ्खलाको चकचकी देख्न सकिन्छ ।
राम्रो अङ्ग्रेजी खोज्न सेन्ट जेभियर्सका जेभेरियनहरूलाई पर्खनुपर्ने बाध्यता छैन आजभोलि । शिक्षकहरूलाई अझ दक्ष/प्रशिक्षित बनाउन ब्रिटिस काउन्सिल लगायतका संस्थाहरूले समेत चासो/चिन्ता देखाइरहेका छन् । "तर, हाम्रो शिक्षा नीति जति बढ्ता पढायो, त्यति बेस भन्ने भ्रममा अल्मलियो", डा. कमलप्रकाश मल्ल भन्छन्, "हामीले अदक्ष शिक्षकका गलत सिकाइलाई बारम्बार दोहोर्‍याई-तेहर्‍याई गरिरहृयौँ ।" प्राथमिक तहदेखि विदेशी भाषा घोटाउनुलाई नेपाली नीतिनिर्माताहरूको 'उरण्ठेउलो निर्ण्र्ाा को परिणाम भन्छन् डा. पोखरेल । बालबालिकालाई मातृभाषामा प्राथमिक शिक्षा दिएपछि निश्चित उद्देश्यका लागि अङ्ग्रेजी सिकाइनु बढी व्यावहारिक र भाषा-विज्ञानको सिद्धान्तअनुरुप समेत हुने बताउँदै उनी भन्छन्, "शिशुदेखि युवावस्थासम्म अङ्ग्रेजी पढाउँदा 'अनावश्यक सुगारटाइ' बाहेक खै उपलब्धि - अनि, खै मातृभाषाको प्रेम -"
नभन्दै, बाँदर, रङ्ग र तारा चिन्नुअघि 'मङकी', 'कलर' र 'स्टार' चिन्ने अहिलेका शिशुहरूको भविष्य अङ्ग्रेजी शब्दभण्डारकै पछिपछि दौडने स्पष्ट छ । त्यतिखेर, स्वदेशी शब्द चिनाउन अर्को शैक्षिक अभियान पो थाल्नुपर्ने हो कि ! तर, अहिले चाहिँ अङ्ग्रेजी-प्रभावलाई कुनै दृष्टिले उपेक्षा गर्ने स्थिति छैन । कतिपय विद्वान्हरू यसलाई 'र्सभाइवल अफ द फिटेस्ट' भन्दै डार्विनको सिद्धान्तसँग जोड्छन् । मातृभाषालाई माया गर्दागर्दै पनि अङ्ग्रेजीलाई अँगालो हाल्ने बाध्यतामा छन् धेरै लेखक-कवि । कविवर माधव घिमिरेले एकेडेमीको कुलपति हुनासाथ अङ्ग्रेजी सिक्ने अभ्यास गरेका थिए । त्यस्तै प्रयास गरे राजनीतिज्ञ/प्राध्यापक विदुर पौडेलले अधबैंसे उमेरमा प्राथमिक तहका अङ्ग्रेजी पाठ्यपुस्तक छिचोल्दै । तर, दुवैले निरन्तरता दिन सकेनन् । जसले बेलैमा आफूलाई पारङ्गत बनाए, उनीहरूलाई संसारको ढोका खुल्यो । उदाहरण हुन् कवि मञ्जुल । भन्छन्, "यात्रीका हैसियतले संसार घुम्दा, लेखक/पाठकका हैसियतले संसारभरका उत्कृष्ट मौलिक र अनुदित साहित्य पढ्न पाउँदा म अङ्ग्रेजीबाट बारम्बार लाभान्वित भएको छु ।"
भाषाको भोक
भाषाको तिर्सना कुनै बन्धन र सीमामा सीमित हुँदैन । अङ्ग्रेजी बोलिने मुलुकका कलेज र विश्वविद्यालयमा भर्ना पाउन टफेल -द टेष्ट अफ इङ्लिस एज अ फरेन ल्याङवेज), आइएलटीएस -इन्टरनेशनल इङ्लिस ल्याङवेज टेष्ट सिष्टम), जीआर्रइ -ग्य्राजुएट रर्ेकर्ड इक्जाम), जीम्याट -ग्य्राजुएट म्यानेजमेन्ट एड्मिशन टेष्ट) स्कोर अनिवार्य भएकाले आजभोलि विद्यार्थीहरूको ठूलै समूह यस्ता परीक्षाहरूको तयारीमा व्यस्त छन्- भाषाका पाँच सीप सुनाइ, पढाइ, बुझाइ, बोलाइ र लेखाइमा दक्षता बढाउँदै । अमेरिकी, क्यानेडेली कलेजमा योग्यता/क्षमताका आधारमा पाइने छात्रवृत्तिका लागि स्याट -स्कोलास्टिक एप्टिच्युड टेष्ट) को तयारी गरिरहेकाहरूको सङ्ख्या पनि उल्लेख्य छ । राजधानीका करीब तीनसय ल्याङ्वेज इन्स्िटच्युटहरूमा यस्तै विद्यार्थीको चाप छ । उत्तिकै देखिन्छ अन्य उद्देश्यका लागि अङ्ग्रेजी सिक्नेहरूको भीड पनि । ब्रिटिस काउन्सिलले रु.४ हजारदेखि ११ हजारसम्म लिएर दिने १२, १८, २०, ३६ र ४० घण्टाका प्याकेजमार्फ् जनरल इङ्लिस, बिजनेस इङ्लिस, पब्लिक स्पिकिङ, कन्भर्सर्ेे स्कील, ग्रामर बर्स्र्टस, क्रिएटिभ राइटिङ, प्रोफेशनल राइटिङ कोर्समा विद्यार्थीसँगै व्यापारी, राजनीतिज्ञ, प्राविधिज्ञहरू समेत आकषिर्त देखिएका छन् । र, प्रायः यस्तै मोडलका अनुयायी देखिन्छन् अन्य इन्स्िटच्युट, जहाँ सिकारुदेखि पेशाधर्मीसम्मका लागि कोर्स उपलब्ध छन् ।
विगत २१ वर्षेखि भाषा प्रशिक्षणमा संलग्न युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्िटच्युटका प्रिन्सिपल उत्तमप्रसाद पन्तका अनुसार, पाँचसात वर्षघि व्यावहारिक ज्ञानका निम्ति अङ्ग्रेजी सिक्न आउनेहरूको ओइरो देखिन्थ्यो भने अहिले कि विद्यार्थी आउँछन् कि वैदेशिक रोजगारमा जान इच्छुक । बसाइँसराइका निम्ति अङ्ग्रेजीको आधारभूत योग्यता लिन चाहनेहरू पनि उत्तिकै छन् । पन्त भन्छन्, "हामी उनीहरूको तिर्सना र भोक पूरा गरिरहेका छौँ ।" यस्ता इन्स्िटच्युटहरूमा विभिन्न देशमा पढ्न इच्छुक विद्यार्थीहरूका लागि 'काउन्सेलिङ' सुविधासमेत उपलब्ध छन् । युवाहरूले मनमनै सँगालिरहेका सपनालाई सुविधासम्पन्न भाषा ल्यावोरेटरीमार्फ् पर््रवर्द्धन गरिरहेका भाषा इन्स्िटच्युटहरू उनीहरूका निम्ति आत्मविश्वास र उन्नतिको सिँढी बनेका छन् ।
स्वाध्यायनबाट समेत अङ्ग्रेजी तिखार्न सकिन्छ आजभोलि । विगतमा बीबीसी वर्ल्ड र्सर्भिस सुनेर अङ्ग्रेजी सिक्नेहरू अब कम्प्युटरमा विभिन्न प्रकारका सीडी प्याकेजहरूसँग खेल्दै वा 'र्‍यापिड इङ्लिस स्पीकिङ कोर्स' का शृङ्खलाहरू रट्दै आफ्नो दक्षता बढाउन सक्छन् । रातदिन अङ्ग्रेजीमा अभ्यस्त शहरिया विद्यार्थीहरू समेत आफ्नो ज्ञानलाई अपर्याप्त ठान्दै भाषाको भोक देखाउँछन् । जस्तो पिनाकल एकेडेमी, लगनखेल, ललितपुरमा कक्षा १२ का उत्कृष्ट विद्यार्थीहरू विश्वम्भर थापा, रोशन बुढाथोकी, तुलसीनारायण महर्जन र अनिष के.सी. अङ्ग्रेजी-ब्रम्हाण्डको भित्रैसम्म पसेर आफूलाई विश्वस्तरका प्रतिस्पर्धी बनाउन चाहन्छन् । प्रिन्सिपल ऋषि तिवारी भन्छन्, "तर, यति दक्षताले संसार भोग्न सकिन्छ ।"
अङ्ग्रेजी जानेकाहरूमा अझ जानकार हुने छट्पटी छ भने नजान्नेहरूमा लघुताबोध । पशुपति क्षेत्र विकास कोषअर्न्तर्गत सञ्चालित नेपाल वेद विद्याश्रममा नेपाली, गणित, सामाजिक शिक्षासँगै वेद, कर्मकाण्ड, व्याकरण र ज्योतिष पढ्ने विद्यार्थी, तिनका अभिभावक र शिक्षकहरूले पनि अन्ततः 'संस्कृतले मात्रै नपुग्ने रहेछ' भन्ने अनुभव गरेका छन् । अङ्ग्रेजीको अज्ञानताका कारण त्यहाँका विद्यार्थीले धेरै ठाउँमा अपहेलित महसूस गर्नुपरेको बुझेपछि वेद विद्याश्रमले यही शैक्षिक वर्षेखि कक्षा ६ देखि अङ्ग्रेजी पढाउने निर्ण्र्ाालियो । प्रधानाध्यापक केशव अधिकारी भन्छन्, "युगको माग रहेछ अङ्ग्रेजी । हामीले हाम्रा विद्यार्थीको व्यावहारिक जीवन अङ्ग्रेजीबिना अलि कठिन भएको अनुभव गर्‍यौँ ।"
सामवेद र अङ्ग्रेजीको अध्यापन एकैपल्ट थाल्ने वेदविद्याश्रमको निर्ण्र्ााा पछाडि यहाँ पढेका विद्यार्थी पनि अरू जत्तिकै सक्षम र सामाजिक बनून्, राम्रा अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने सदाशय पनि छ । यसको अर्थ संस्कृतको महत्त्व घटेको, नेपाली भाषा दर्ुबल बन्दै गएको पक्कै होइन । देशभित्रका विभिन्न भाषाभाषिकाको सर्म्पर्क भाषाका रूपमा नेपालीको महत्त्व र उपयोगिता दिनदिनै बढिरहेको छ । नेपाली शब्दभण्डारलाई समृद्ध बनाउने आधारका रूपमा संस्कृतको महत्त्व छँदैछ । कसैसँग विधा र विषयगत दक्षता छ भने नेपालीमा लेख्न नभ्याउँदै त्यसलाई अनुवाद गरेर संसारभर र्छर्ने विज्ञहरू तुरुन्तै निस्कन्छन्, जसरी नेपाली प्रकाशनका सारवस्तु अङ्ग्रेजी पोर्टलमा आउन थालेका छन् । विश्व ब्याङ्क, एक्शनएडजस्ता अन्तर्रर्ााट्रय संघसंस्थाका नेपालस्थित कार्यालयमा नेपालीमा समेत प्रस्ताव माग्न थालिएको छ । अङ्ग्रेजी प्रशिक्षणसम्बन्धी ब्रिटिस काउन्सिलको सूचना पनि नेपालीमै देख्न सकिन्छ आजभोलि । यी नेपालमा नेपालीको महत्त्व झल्काउने केही दृष्टान्त हुन् ।
तर, विश्वनागरिक हुने आकाङ्क्षा पूरा गर्नका लागि राष्ट्रभाषा मात्र पर्याप्त हुँदैन । मानवशास्त्री प्रयागराज शर्माले भनेझैँ हामी संसार हाँक्ने स्थितिमा छैनौँ, अरूले हाँकेको समयलाई पछ्याउनु हाम्रो बाध्यता हो । संसार बुझन, आफूलाई सांसारिक बनाउन संसारकै बोली नबोली सुख छैन । संभवतः यसैले हुन सक्छ, काठमाडौँ-महाराजगञ्जस्थित सशस्त्र प्रहरी २ नंं. गणमा थुनामा रहेका एमाले नेता वामदेव गौतम, राजेन्द्र पाण्डे, राजेन्द्र र्राई लगायतका राजनीतिकर्मीहरूले त्यहीँ रहेका पर्ूव सांसद महेन्द्रबहादुर पाण्डेबाट अङ्ग्रेजी सिकिरहेका छन् ।
अब कसले चाहला त अङ्ग्रेजीबिनाको एकाङ्गी जीवन ?
अघिअघि अङ्ग्रेजी, पछिपछि संसार
विश्वमा ६ हजार ८ सय भाषा प्रचलनमा छन् । अमेरिकाको डल्लासस्थित समर इन्स्िटच्युट अफ लिङ्विस्टिक्सका अनुसार, युरोपमा करीब दर्ुइ सय भाषा अस्तित्वमा छन् भने उत्तर तथा दक्षिणी अमेरिकामा करीब एक हजार । त्यस्तै, अप्रिmकामा २४ सय र एशिया-प्रशान्त क्षेत्रमा ३२ सय । मातृभाषीका हिसाबले झण्डै एक अर्ब मानिसले बोल्ने चिनियाँ -म्याण्डारिन) भाषा अगाडि छ । युनेस्कोको आकलनअनुसार, क्रमशः अङ्ग्रेजी, स्पेनिस, हिन्दी, अरबी, बङ्गाली, रुसी, पोर्चुगिज, जापानी, जर्मन र पmेन्च पहिलो भाषाका रूपमा बोलिने ठूला भाषा हुन् । झण्डै ३५ करोड जनसङ्ख्याको मातृभाषा हो अङ्ग्रेजी । दोस्रो-तेस्रो वा सर्म्पर्क भाषाका रूपमा अङ्ग्रेजी बोल्नेहरूको सङ्ख्या भने मातृभाषी भन्दा तीन गुणा नाघिसकेको छ । ब्रिटिस काउन्सिलको एक आकलनअनुसार, एक दशकभित्र विश्वका दर्ुइ अर्ब मानिस अङ्ग्रेजी सिकिरहेका र करीब तीन अर्ब 'आफ्नै भाषा' का रूपमा अङ्ग्रेजी बोलिरहेका हुनेछन् । विगतमा अङ्ग्रेजीदेखि टाढै बस्न रुचाउने पmेन्च, जापानी र चिनियाँहरूमा समेत चुलिँदो छ अङ्ग्रेजी-मोह । पmान्सका ९६ प्रतिशत स्कूले विद्यार्थीहरू ऐच्छिक विषयका रूपमा अङ्ग्रेजी सिकिरहेका छन् । जापानी विद्यार्थीहरू मोबाइल फोनमार्फ् अङ्ग्रेजी-प्रयोगका 'टिप्स' आदानप्रदान गर्दै अङ्ग्रेजी-भोक देखाउन थालेका छन् । र, त्यहाँ पनि ऐच्छिक विषयका रूपमा अङ्ग्रेजी पढ्नेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । सन् २००८ मा चीनको बेइजिङमा हुने ओलम्पिक खेल आयोजक समितिले आयोजनासम्बद्ध कर्मचारी, टुरिष्ट गाइड, ट्याक्सी ड्राइभर र थुप्रै शहरबासीलाई अङ्ग्रेजी सिकाउन थालेको छ । चीनमा 'अङ्ग्रेजी- शिक्षण' ठूलै व्यापार हुने संभावना औँल्याउँदै ७ मार्चको न्युजविक ले लेखेको छ, "विदेशबाट चार सयभन्दा बढी अङ्ग्रेजी शिक्षणसंस्थाहरू चीन जाने प्रयासमा छन् ।"
अवसर र संभावनाका कारण संसारका धेरै युवाको लक्ष्य बनेका छन्, अमेरिका र बेलायत । अनि, त्यहाँ पस्ने वा बस्ने योग्यता बनेको छ अङ्ग्रेजी दक्षता । भाषिक ज्ञान नभए अवसर पनि पाइँदैन । हुँदाहुँदा बेलायतका करीब डेढसय मन्दिरमा कार्यरत भारतीय पुजारीहरूले समेत बसोवासका निम्ति न्यूनतम 'लेभल फोर' को अङ्ग्रेजी-दक्षता देखाउनै पर्ने नियम बनेको छ । यो नियमपछि संस्कृत र कर्मकाण्ड मात्र जान्ने पुजारीहरू गलाको रुद्राक्ष र लामो टुप्पी हल्लाउँदै ल्याङ्वेज इन्स्िटच्युट धाउन थालेका छन् ।

May 22, 2009

पोखरामा सुन्ने पुस्तकालय
नरेन्द्र रौले/पोखरा
(नेपाल साप्ताहिकमा प्रकाशित यो सामग्री पत्रिकाकै स्वरुपमा हेर्ने भए यहाँ क्लीक गर्नुहोस् http://www.kantipuronline.com/Nepal/show.php?&sid=4208)

पुस्तकालय धाउने पाठकले किताबका पानाहरू पल्टाउनैपर्छ, अक्षरमाथि आँखा लगाउनैपर्छ । तर, पोखराको एउटा पुस्तकालयमा भने अब यो झन्झट गरिरहनुपर्दैन, केवल सुने पुग्छ ।
जस्तो कि सावित्री भट्टराई, १८,कानबाट एयरफोन निकाल्दै भन्छिन्, "यो पुस्तकालयमा आएर पहिलोपटक गुरुप्रसाद मैनालीको सहिद कथा सुनेपछि आनन्द लाग्यो ।" वामीटक्सार-५, गुल्मीबाट उच्चशिक्षाका लागि पाँच वर्षअघि पोखरा झरेकी केशवी खरेल, २४, लैनसिंह वाङ्देलको माइतीघर सुन्दैछिन् । उनी जस्तै शान्ति विक, अस्मिता भट्टराई, रामजी पौडेल, अभिषेक पुन आदि नेपालकै पहिलो र एक मात्र यस अडियो पुस्तकालयका नियमित पाठक हुन् ।
खास गरेर दृष्टिविहीनलाई लक्षित गरेर एक वर्षअघि खुलेको पुस्तकालयमा चाख मानीमानी राधा, लोलिता, जेलब्रेक, लँगडाको साथी, परालको आगो जस्ता कथा र उपन्यास अध्ययन गर्नेहरूको संख्या लगातार बढिरहेको छ । पुस्तकालयमा नेपाली र अंग्रेजीबाट अनूदित कृतिहरू सरिता खड्का र खगेश्वर शर्माको आवाजमा रेकर्ड हुन्छन् अनि त्यसलाई राजेन्द्र सुवेदीले सम्पादन गर्छन् । यसरी वर्षमा ५० वटाजति किताबको रेकर्ड भइरहेको छ । यहाँ उत्पादित सीडी र अडियो चक्काहरू देशका अन्य पुस्तकालयहरूमा पनि पठाउने गरिएको छ ।

May 18, 2009




नरेन्द्र रौले
(नेपाल साप्ताहिकमा प्रकाशित यो नोटबुक पत्रिकाकै स्वरुपमा पढ्ने भए यहाँ क्लीक गर्नुहोस् -http://www.kantipuronline.com/Nepal/show.php?&sid=4236)

'ज्याक' लाएर पोखरा
सुन्दर शहर पोखरा जाने रहर मनमा धेरै पहिले देखि पालेको थिए" । पोखराको प्राकृतिक सौर्न्दर्यतालाइ नजिकबाट नियाल्ने र केहि लेख्ने धोको थियो । त्यहा" पुग्न मन आतुर थियो तर मनको रहर मनमै थियो । पुरा हुन पाएको थिएन । यस्तैमा एउटा अबसर जुर्‍यो ।
कास्कीको लुम्ले गाउलाइ कविता गाउ घोषणा गर्ने योजनामा रहेछन् पोखरेली गीतकार बिनोद गौचन । कान्तिपुरका पुर्ब पत्रकार अमृत भादगाउले पोखराका बारेमा अलि बढि नै जानकार थिए । कारण उनी दुइ बर्षपोखरा बसेर फेरी काठमाडौ फर्किएका थिए । उनैले मलाइ 'लुम्ले कविता गाउ घोषित हुदैछ ' भनेर सुनाएका थिए । सकेसम्म देशभरीबाट धेरै कवि,कलाकार,लेखक र पत्रकारलाइ लुम्ले निम्त्याउने योजना रहेछ गाउलेहरुको । काठमाडौबाट अमृत भादगाउलेले कवि,लेखक र पत्रकारको नेतृत्व गर्दै जान लागेका रहेछन् । सुरुमा मलाइ पनि जानुपर्छ है भनेर हौस्याउथे । पोखरा जान पाइने भयो भनेर मेरो मन पनि फुरुङ्ग हुन्थ्यो । तर जब पोखरा जाने मिति नजिकिदै आयो , जान पाइदैन कि भन्ने चिन्ता लाग्न थाल्यो । जानु भन्दा केहि दिनअघि उनले एसएमएस लेखि पठाए , 'माइक्रोमा धेरै जना हुने भयौं । सिट पुग्दैन । जान नपाइने भयो सरी है । '
केहि दिन अघि खुसिले भरिएको मेरो मन एसएमएस पढेपछि खिन्न भयो । उनले रमण घिमिरे दाइलाइ जान आग्रह गरेका थिए तर दाइले अस्वीकार गर्नुभयो । अब त त्यो सिटमा म अटाउछु होला भन्ने लागेर भादगाउलेलाइ फोन गरें । उनी फेरी पनि माइक्रोमा सिट पुग्दैन । भनेर निरास बनाउथे । आफ्नै खर्चमा भएपनि जाने मेरो मनसाय थियो । तैपनि एकचोटी रमण दाइलाइ भादगाउले सँग फोन गर्न लगाएँ । यसपछि त कुरा मिलिहाल्यो । पछि मैले जानेहरुको लिस्टमा नाम पर्‍यो कि परेन भनेर सोध्दा उनी भन्थे , 'किन नपर्नु ?त्यत्रो ज्याक लाएपछि परिहाल्नुभयो नि ।' धन्न ज्याक लाएर पोखरा पुगियो नत्र मनमै धुकधुकी मात्र रहने थियो ।

माइक्रोबसका कविहरु
गएको चैत १४ गते तीनकुनेमा कवि रमेश पौडेल,गोबर्द्धन पुजा, आरएम डंगोल, दामोदर पुडासैनि किशोर ,बिप्लब ढकाल र म जम्मा भएका थियौं । गोठाटारबाट गीतकार राजेन्द्र थापा,अमृत भादगाउले,धुब्र मधिकर्मी, शिब प्रकाश,संकेत कोइराला ,माइक्रोमा आइपुगे । कलंकि बाट नया पत्रिकाका संगित श्रोता र धनराज गिरी थपिए ।
हामी चढेको माइक्रो पोखरातिर हुइकियो । हामी नया पुराना पुस्ताका युबाहरु गाडीमा थियौं । गीतकार राजेन्द्र थापाले मुक्तक सुनाए,
कहिले काहि त्रि्रो मायापनि
भरिदिउ भरिदिउ लाग्छ
तिमीलाइ नै यो माया रोग
सारिदिउ सारिदिउ लाग्छ

यस्तै धनराज गिरीले आ -आफ्ना गजल र मुक्तक सुनाएर तनहुको बिमलनगर पुग्दा भोक निकै लागिसकेको थियो । त्यही बिमलनगरमा माइक्रो रोक्यौं । मर्स्याङदी नदीको किनारको एउटा होटेलमा बसेर असला माछाको स्वाद चाख्यौं । मर्स्याङदी किनार तिर नजर लगाउदै धेरैले आफ्नो बाल्यकालमा पौडी खेल्दै गरेका सम्भिmए।
दमौली पुगेपछि भेटिए कवि सागर उदास । उनी पनि हाम्रो यात्रामा मिसिए । नाम उदास भएपनि उनी सधैं हसिला देखिन्थे । बाटोभरी उनका जोकले सबैलाइ पेट मिचिमिचि हसायो । उनका गजल र सायरी पनि उत्तिकै चोटिला थिए । राजेन्द्र थापा,धनराज गिरी र सागर उदासका गजल,कविता,मुक्तक सुन्दा सुन्दै पोखरा पुगेको पत्तै भएन ।

माला रिसोर्टको बास
करिब पाच बजे झिसमिसे साझमा लुम्लेको दर्शन पायौं । स्वागत गेट सजाउदै थिए गाउलेहरु । गाडीबाट ओर्लेपछि मुल आयोजक समितिका अध्यक्ष भक्तिराम देबकोटाले डोर्‍याउदै घरतिर लगे । स्वागतमा लालीगुरासका थुगाहरु लिएर गेटमा उभिएका थिए,साना साना बालबालिका,महिला र पुरुषहरु । हामी तिं फुलहरु हातमा लिदै गयौं । आँगनमा हामी लहरै बस्दा थुप्रै नया साथीहरु बसन्ति बास्तोला, समुन्द्र पौडेल ,भोजराज न्यौपाने,मनिषा गौचन थपिसकेका थिए । झमक्क साझ परिसक्दा जाडो बढ्न थाल्यो । चिसो सिरेटो मुटु छुन्थ्यो । लुम्लेबाट डेढ घण्टा टाढाको एउटा माला रिसोर्टमा बास बस्ने तय भयो । कान्तिपुरकर्मी बसन्ती बास्तोला सगै रिसोर्ट पुग्दा रात परिसकेको थियो । तान्चोक गाउ मुन्तिरको यो माला रिसोर्ट लान्द्रुक,घँन्द्रुक जादा बाटोमै पर्छ । २५ जना बास बस्न सक्ने क्षमता छ । सुबिधा त काठमाडौकै होटेलको जत्तिकै छ । बास बस्न अघि पोखरामा रहेको यसको शाखालाइ जानकारी
गराउनुपर्छ । खानाको लागी त्यतैबाट ब्यबस्था गर्नुपर्छ । अन्नपुर्ण बेस क्याम्प जादा बास बस्नका लागी यो रिसोर्ट उचित मानिन्छ । पहिले निकै चलेको बाटो हो । द्वन्द्वले गर्दा त्यति चलेन । अझ फेरी सुरु भएको छ । तपाइ पनि अन्नपुर्ण बेस क्याम्प जादै हुनुहुन्छ ? बास बस्ने ठाउ खोज्दै हुनुहुन्छ भने गन्तब्य माला रिसोर्ट बनाउदा ठिकै होला ।

मुटु छुने लुम्लेको हावाले
चैत १५ गते लुम्लेबासी लागी सबैभन्दा हर्षो दिन थियो । देशभरीका कवि ,कलाकार,पत्रकारको उपस्थिीतिमा लुम्लेलाइ कविता गाउ घोषित भयो । गुरुङ डे्रसमा युबतिहरु छमछमी ना"चे । कम्मरमा नीलो पटुका ,चौबन्दी चोली ,गलामा तिलहरी लगाएका युबतीहरु नाचिरहदा एकोहोरो नजरहरु हेरेको हेर्‍यै भए । मारुनि,रोयला,चुड्का ,भजन,तीज गीत सबै सुनाइयो । साना साना बालबालिकाहरुले निकै मीठा कविताहरु बाचन गरे । यसलाइ एउटा पर्बका रुपमा मनाए गाउलेहरुले ।
नेपालको चेरापुञ्जी भनेर चिनिने पोखरा ,त्यसैमा लुम्लेमा झरी परिरहन्थ्यो । कार्यक्रम चलिरहदा झरीले भिजायो । चिसो हावाले मुटु कमायो । डाडापाखाहरु हुस्सु र तुवालोले छोप्यो । एकदमै मनमोहक थियो त्यो दृश्य । तैपनि छाता ओढेर कार्यक्रम हेर्न भने कसैले छोडेनन् । रेडियो नेपालका रमेश पौडेलले आफ्नो रेडियो कार्यक्रम त्यही रेकर्ड गरे । सबै श्रष्टाहरुले आफ्ना सिर्जनाहरु सुनाए । कहिल्यै दिमागबाट हटाउन नसकिने दृश्यहरु दिमागमा कैद गरिए । साझ हामी लुम्लेकै कृषि अनुसन्धानमा बास बस्यौं । प्रकट पगेनि 'शिब'का गजलहरु सुन्दै रात बित्यो ।
फेवातालको प्रेम जोडी
काठमाडौबाट आएका सबै साथीहरु चैत १६ गते नै काठमाडौ हिडेपनि मलाइ भने पोखराको मोहनिले छोडेन । प्रकट दाइ सगै उनकि पुर्ब प्रेमिका होटेलमा खाना खाइयो । एक हप्ता सम्म पोखरा र तनहु डुलेर रिर्पोटिङ गर्न लागें । एक दिन कान्तिपुर सहकर्मी बसन्ति बास्तोला सगै फेवाताल घुम्न गइयो । एक जना युबा एक हुल युबतिहरुलाइ रिभर गाइडको तालिम दिइरहेका थिए । हामी उनको नजिक गयौं । पछि थाह भयो एक दशक अघि धरान तिरबाट आएका अशोक श्रेष्ठ नाम गरेका युबा रहेछन् । हामीले उनको धेरै कुरा खोतल्यौ । नजिकै चुरोटको धुवा उडाइरहेकि थिइन्, एक बिदेसी युबती । तिं त अशोककै प्रेमिका पो रहिछन् । हाइडि पार्मर नाम गरेकि अष्टे्रलियाकि ति खैरेनि सग अठार महिना अघि सुनकोशीमा र्‍याफटिङ जादा भेट भएको रहेछ । सगै बस्ने ,सगै हिंड्ने युबतिलाइ नेपाल अझ त्यसमा पोखरा निकै मनपर्दो रहेछ । पोखरा र अशोकलाइ छान्नुपर्दा कसलाइ छान्छौ ? भनेर सोध्दा , केहि लजाए झै गरी भनिन् , 'अशोक नै छान्छु । ' साच्चै होकि यो माया ? मलाइ भने शंका लाग्यो । बसन्ति भन्दै थिइन, 'यो त एउटा फेसन मात्र हो' ।
रिटायर्ड लाइफ
नरेन्द्र रौले
(नेपाल साप्ताहिकमा प्रकाशित यो फिचर पत्रिकाकै पानामा हेर्ने भए यहाँ क्लीक गर्नुहोस्http://www.kantipuronline.com/Nepal/show.php?&sid=4258)

"म रिटायर्ड हो तर टायर्ड होइन ।" तपाइको रिटायर्ड लाइफ कसरी बित्दैछ ? भन्ने प्रश्नमा हालैको साता भेषबहादुर थापा ७३ , ले बताए । यो भनाइले पनि केहि अर्थ्याउथ्यो उनी केहि न केहि गर्दैछन् । चौबिस बर्षको उमेरमा राष्ट्रिय योजना आयोगको सदस्य सचिबबाट जागिरे जीवन सुरु गरेका थापाले जीवनमा फरक फरक पेशा अंगाले । अर्थमन्त्रि,परराष्ट्रमन्त्रि, गर्भनर र राजदुतको भुमिकामा रहेर अनुभब संगालेका थापा तीन बर्षअघि परराष्ट्रमन्त्रि मन्त्रि थिए । कसरी बित्दैछ त उनको रिटायर्ड लाइफ ?

जागिरे जीवनमा गर्न चाहेका तर पुरा हुन नसकेका कामहरु यतिबेला गर्ने क्रममा छन् उनी । छिमेकि मुलुकहरु सग गासिएका स्वदेशका सिमा अबलोकन गर्न देश चहारिरहेका हुन्छन् त कहिल्यै अर्थ ,कुटनिती र परराष्ट्र मामलामा चासो राख्ने बिभिन्न निकायका ब्यक्तिहरु सल्लाह लिन आउदा तिनलाइ परामर्श दिन्छन् । समाजसेवा र अध्ययनमा पनि उत्तिकै चासो लिने थापा केहि संस्थाहरुमा पनि संलग्न छन् । बचेको समयमा परिवारमा र नाति नातिना सँग खेल्छन् । उनीहरुको हुरकाइमा समय लगाउछन् । समय मिलाएर आफ्ना 'मन परेका' मानिसलाइ पनि भेट्न पछि पर्दैनन् ।
यतिबेला बिदेसीले नेपालको प्राकृतिक सम्पदा माथी अतिक्रमण गरेको,राष्ट्रियता लोप भएको , आलोकाचो राज्य साबित भएको उनको ठहर छ । नेपालको आर्थिक गतिबिधी, अर्न्तराष्ट्रिय स्तरमा घटेका घटना , नेपालले भोगेका कठिनाइ , विश्व जगतमा नेपालले गरेका प्रतिबद्धता र नेल्सन मण्डेला , जिम्मी कार्टर र्,जर्ज डब्लु बुस लगायतका ब्यक्तित्व सँगका अनुभवहरु समेटिएको किताब पनि लेख्ने तयारीमा छन् भेषबहादुर । अमेरिकाको क्यालिफोर्निया अध्ययनरत छदा संयोगबस उनको भेट तत्कालिन राजा महेन्द्र सँग हुन पुग्यो । जतिबेला उनको उमेर चौबिस बर्षो थियो । पछि स्वदेस फिरेर जब महेन्द्रले सत्ता आफ्नो हातमा लिए , अमेरिकामा रहेका भेषबहादुरलाइ राष्ट्रिय योजना आयोगको सदस्य सचिब पदका लागी 'अफर' गरियो । त्यो आग्रहलाइ स्वीकार गरि स्वदेस फिरेका भेषबहादुर निरन्तर बार्‍ह बर्षसम्म निजामति सचिबका रुपमा कार्यरत रहे । त्यहि क्षण नै जीवनको सबैभन्दा आनन्दित क्षण बन्यो उनका लागी । आफु लगायत समकालिन साथीहरु यदुनाथ खनाल ,कुलशेखर शर्मा , प्रद्युम्न भण्डारी , क्षेत्र बिक्रम राणा लगायतले साच्चै केहि देशका लागी 'केहि' गरेको सम्भिmए ।

तत्कालिन रोयल नेपाल एयरलाइन्सबाट रिटायर्ड भएको पाँच बर्षभयो पाइलट गंगाप्रसाद पराजुली ६३ ,लाइ । रिटायर्ड हुने बित्तिकै थाइल्यान्डको फुकेट एयरलाइन्स ले कामका लागी बोलायो । फ्लाइट सिमुलेटर इन्सट्रक्टर पराजुलीले बिमान उडाउथे मात्र । यसअघि कहिल्यै पढाउदैनथे । तर थाइल्यान्डमा पढाउनु पर्ने भयो । पहिले आफैले पढे । लाइसेन्स लिए । र पछि भर्खरका एक दर्जन युबाहरुलाइ ग्राउन्ड इन्सट्रक्टरको तालिम दिए । जहाज उडाउन ब्रुनाइ लिए । जापान, बंगलादेस , दुबइ , कोरिया , कुबेतमा उडान भरे ।
नेपालको तुलनामा चार गुना बढी कमाइ हुन्थ्यो थाइल्यान्डमा । धेरै लम्बिन पाएन थाइल्यान्डको यो बसाइ । एक्लै बस्थे । नियास्रो लाग्न थाल्यो । पैसा नै सबै थोक होइन जस्तो लाग्न थाल्यो । नेपालको सम्झना खुब आउन थाल्यो । घर परिवारको यादले सतायो । अन्तत नेपाल फर्किए । सँगैका साथीहरु अहिले पनि भारतमा प्रति महिना दस लाख कमाउदैछन् तर उनलाइ भने नातिनातिना छोडेर टाढा जान मन लाग्दैन । त्यसैले होला स्वदेसकै हवाइ बिभागमा कन्सल्टेन्ट रुपमा कार्यरत छन् उनी ।
बीस बर्षअघि बिमान उडाएर एयरपोर्ट पुग्दा मानिसहरु हवाइजहाजलाइ ढोग्थे , फुलमाला चढाउथे । गाउगाउबाट हेर्नका लागी आइपुग्थे । तिं क्षणहरु सम्झदा अहिले पनि रमाइलो लाग्छ । तत्कालिन राजा बीरेन्द्र ,युबराज दीपेन्द्र , ज्ञानेन्द्र देखि पुर्ब प्रधानमन्त्रि बिपी कोइराला, मनमोहन अधिकारी , कृष्णप्रसाद भट्राइ ,गिरिजाप्रसाद कोइराला,सुर्यबहादुर थापा चढेको बिमान उनले उडाएका छन् । त्यस्तै सगरमाथा आरोहि हिलारी क्लिन्टन,तेन्जिङ नोर्गे शेर्पा र भारतीय अभिनेता सुनिलदत्तलाइ पनि आफ्नो बिमानमा उडाएका छन् । आफु मात्रै होइन पराजुलीका तीन वटा छोराहरु पनि पाइलट पेशामै छन् । अचेल सामान्य छ उनको दिनचर्या ।
बिहान दुइ घण्टा गल्फ खेल्न आर्मी क्लब गुहेश्वरी पुग्छन् । घर फर्केर आफ्नो फुलबारी गोडमेल गर्छन् । बारीमा लगाएका तरकारी,फलफुल र मकैको हेरचाह गर्छन् । फुर्सदमा नाति ,नातिनीहरु अरुषा,आकाश, अक्सरा, आयुष्माको हात समातेर नाटक हेर्न गुरुकुल जान्छन् । आफुलाइ सन्तुष्ट र सफल ब्यक्ति ठान्छन् गंगा । के गर्ने मन छ अब ? भन्छन् , "आफ्ना अनुभब र अनुभुति संगालेर किताब लेख्ने । "
जनआन्दोलनको पुनस्थापना पछि नेपाल सरकारले सेनापति रुक्माङ्गत कट्वाललाइ हटाउदा दोस्रो बरियताका क्रममा रहेका रथी बालानन्द शर्मा ६० यतिबेला सेनापति बनिसकेका हुन्थे । तर परिस्थिीतिले त्यसो हुन पाएन । नियमत सेनामा ५८ बर्षा रिटायर्ड हुने प्रचलन अनुसार उनी पनि दुइ बर्षअघि रिटायर्ड भए ।
मनमा इन्जिनियर बन्ने सपना पाले पनि मनको रहर मनमै रह्यो । उन्नाइस बर्षे उमेरै सेनाको जागिर खान पुगे शर्मा । त्यसबेला सेनामा जागिर खाए बिदेस घुम्न पाइन्छ , जर्साब हुन पाइन्छ भन्ने धारणा थियो । बडो इज्जतको पेशा मानिन्थ्यो रे । त्रिचन्द्र क्याम्पसबाट आइएस्सीको परिक्षा दिएर सेनामा भर्ति भएका शर्मा पहिलो पल्ट सहायक सेनानिका रुपमा राजदल गणमा प्रबेश गरे । देशको पश्चिमी भेग जुम्ला देखि बुटवल , पोखरा, नगरकोट, पोखरा र काठमाडौमा सैनिक जिवन बिताइसकेका छन् उनले । माओबादी द्वन्द्वका बेला थुप्रै ठाउमा सैनिक कमाण्ड गरे । तर जता पनि माओबादी नै बढी मरेको देख्दा उनलाइ दुख लाग्थ्यो । मुस्ताङमा खम्पा ब्रि्रोहका बेला काम गर्न निकै अफ्ठ्यारो भयो । यो अर्न्तराष्ट्रिय द्वन्द्व थियो । ०३२ सालतिर खम्पा निशस्त्रीकरण अभियान चलिरहेको थियो । सामानहरु काठमाडौबाटै किनेर लैजानुपर्ने उता त किन्न खोज्दा पनि नपाइने । पछि यो बिद्रोह समाप्त हुन छ महिना लाग्यो ।
" धेरै बर्ष बन्दुक चलाए" । कलम त्यति चल्दैन । " केहि लेख्दैहुनुहुन्छ कि भनेर सोध्दा पुर्ब रथी शर्माले भने । तर जागिरे जीवन भन्दा पनि निकै सक्रिय छन् । यतिबेला उनी ग्लोबल कलेजमा एमए तहलाइ द्वन्द्व ,शान्ति र विकास बारे पढाउछन् । श्रीलंका र नेपालका विद्यार्थीहरु उनका चेला छन् । "पढाउन पाउदा ठुलो सन्तोष लाग्छ । मेरो अनुभबमा उनीहरु ड्रि्री हासिल गर्दैछन् । " मुस्कुराउदै उनले भने । शर्माको अनुभबले भन्छ ,पढ्न भन्दा पढाउन निकै गाह्रो हुदो रहेछ । धेरै तयारी गर्नुपर्ने रहेछ । द्वन्द्व, दर्शनशास्त्र, मनोबिज्ञान जस्ता विषयमा रुचि राख्ने शर्मा स्वअध्ययन पनि निकै गर्छन् । सेना समायोजन रेखदेख बिशेष समितिका सदस्य पनि रहेका छन् उनी । रिटायर्ड हुनु अघि सम्म बोलानहाइट्समा युएनको प्रमुख थिए उनी । इजरायल र सिरिया बिच युद्ध चर्किरहेको थियो । द्वन्द्व रुपान्तरणमा बिशेष ज्ञान हासिल गरियो यो समयमा । क्यानेडियन र युरोपेली फौजलाइ नेतृत्व गरी बसे । रिटायर्ड भइसकेको यो समयमा जापान ,क्यानडाका लगायतका रक्षा मन्त्रि र शान्ति स्थापना गर्ने संस्थाले बोलाइरहेका छन् । परामर्श दिन त्यता जाने गर्छन् ।
हरेक हप्ता जावलाखेलको शाल्रि्राम होटेलमा स्वीमिङ खेल्न पुग्छन् शर्मा । घरमै गल्फ खेल्छन् । तीन बषिर्य नाति संयम भर्खर बोल्न थालेको छ । घरमा हुदा नाती संयम सँग खेल्दै बस्छन् । "उसले दुख्ने बित्तिकै मलाइ खोज्छ । " नातीलाइ काखमा लिदै उनी भन्छन् ।

बाह्र बर्षभयो बीर अस्पतालबाट कार्डियोथोराइक र्सजनका रुपमा लोकबिक्रम थापा ७४ ,ले अबकास पाएको । बिशेष गरी मुटु र फोक्सोका र्सजन हुन् उनी । रिटायर्ड भएपछि पनि काम गर्न भने उनले छोडेनन् । लगत्तै नेपाल मेडिकल कलेजमा दुइ बर्षप्राध्यापन गरे । बन्द हुनै लागेको काठमाडौ मेडिकल कलेजलाइ पुर्नजीवन दिए । भारतीयहरुको स्वामित्व रहेको यो कलेजमा पछि नेपालीहरुले लगानि गरे । उनका साथीहरु पुष्करनाथ पन्त,आरआर पाण्डे, शशि पाण्डे आदिको प्रयासबाट बन्द हुनै लागेको अबस्थाबाट नेपालकै सबभन्दा राम्रो अस्पताल बन्न पुग्यो ।
बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा तीन बर्षभाइस चान्सलर रहिसकेका थापा हाल हिमाल हस्पिटल ज्ञानेश्वरमा प्रमुख कार्यकारी अधिकृत रुपमा कार्यरत छन् । आफु जन्मिएको जिल्ला सिन्धुलीमा कृषि ,मेडिकल,स्वास्थ्य सम्बन्धि एउटा प्राबिधिक स्कुल खोल्न पनि कस्सिएर लागेका छन् । फुर्सदको समयमा किताब पढ्ने ,गल्फ खेल्ने र श्रीमतिले आग्रह गरे सिनेमा हेर्न जाने गर्छन् । पश्चिमको डोटी,खप्तड,जुम्ला देखि पुर्बको राजबिराज र बिराटनगर पुगेका थापा जागिरे जीवन खुबै आनन्द लिए । "जहाँ गयो त्यहीं ब्यस्त,त्यहीं रमाउने र त्यहींको विकासमा लाग्ने सोच बन्थ्यो ।" उनी भन्छन् ।

बाइस बर्षे कलिलो उमेरमा रेडियो नेपालमा प्रबेश गरेकि थिइन् ,काठमाडौकि धन लामा ६१,ले । रेडियो नेपालले प्रस्तोताको बिज्ञापन खुलाउदा पद्यमकन्या बाट आइए परिक्षा दिएर बसेकि लामाले परिक्षा दिएकि थिइन् । रेडियोमा जागिर खाने उनको भित्रि इच्छा पुरा भयो । लिखित र मौखिक दुबै परिक्षा उनले पास गरिन् ।
त्यति बेलाको समाजमा आइमाइले रेडियोमा जागिर खादा बिग्रिन्छ भन्ने आम धारणा थियो । उनलाइ पनि सबैले "धन त रेडियोमा जागिर खान थालिछ । यो पनि बिग्रन्छ ।" तर त्यसको पर्बाह नगरी निरन्तर उनी काममा लागिरहिन् । पाचै विकास क्षेत्रका रेडियो स्टेसनमा उनले काम गरेकि छिन् । दुइ बर्षअघि रिटायर्ड लामाले आफ्नो जीवन कालमा नारी ,बाल कार्यक्रम,गिती कथा,गाउ फर्क ,सुनगाभा जस्ता कार्यक्रमहरु चलाइन । पाण्डब सुनुवार,निरोध पाण्डे, किरण खरेलहरु सग पनि उनले कार्यक्रम चलाएकि छिन् ।
रिटायर्ड भएको यो समयमा घुमघाममा समय बिताइन् । छ महिना अमेरिका बसाइ पछि उनी फेरी जापान जाने तरखरमा छिन् । घुम्न उनलाइ एकदमै मनपर्छ रे । तामाङ प्राज्ञ सभाकि कार्यबाहक अध्यक्ष लामा सेड्पा ,सञ्चारिका र एबिसी जस्ता केही संघ संस्थामा पनि क्रियाशिल छिन् । आफ्नो पेशाबाट रिटायर्ड भएपनि रुचि अनुसारको कर्मबाट भने कहिल्यै रिटायर्ड नभइने रहेछ ।

May 14, 2009

एउटा नसोचेको भेट
नरेन्द्र रौले
केही दिन यता काठमाडौमा झरी पर्न थालेको छ । हिजो पनि बाह्र बजे तिर अफिस जान खोज्दै थिए । एक्काशि पानी पर्‍यो । पुराना भइसकेको छाता बोकेर अफिस तिर लागें । तैपनि भिजाइ छोड्यो । तीनकुने स्थित कान्तिपुर कम्प्लेक्स पुग्दा पाइन्ट पुरै भिजिसकेको थियो ।

केहि बेर कम्प्युटरमा बसें । मेरो दुइ पेजको रिर्पोटिङ तयार भइसकेको थियो । तर यसपालीको अंकमा गएन । यसपाली लाइ अर्कै सामग्री तयार भयो । झरी रोकिसेको थियो । मलाइ बिबिसीको स्टुडियोमा सञ्जय ढकाललाइ भेट्न जानुपर्ने थियो । चिसो वाताबरण थियो । गाडी चढेर पुतलीसडक गए । हिड्दै हिड्दै नक्साल स्थित बिबिसीको स्टुडियो पुग्दा दिउसोको तीन बजिसकेको थियो ।

ओहो नरेन्द्र भाइ कता बाट ? हसिलो मुद्रामा कुर्सीबाट उठ्दै मतिर हात बढाउनुभयो । तर ती रिर्पोटर सञ्जय ढकाल होइनन् । तिं त बिबिसी नेपाली सेवाका सम्पादक रबीन्द्र मिश्र पो त । लन्डनको नागरिकता समेत त्यागेर नेपाल र्फकनुभएका रबीन्द्र दाइ काठमाडौ आइसक्नुभएको पहिल्यै थाह थियो तर ब्यस्त हुनुहुन्छ भनेर भेट्न गएको थिइन । हाम्रा लागी यो एक अप्रत्यासित भेट थियो । बिबिसीमा आउनुको कारण बताए र एकछिन् सञ्जय ढकालसित कुराकानि गर्न थालें ।

नेपालन्युजस्पटलाइट पत्रिकामा काम गरिसकेका सञ्जय हाल बिबीसिमै फुल टाइम जब गर्छन् । चार महिना अघि नेपालन्युज छोडेछन् । स्पटलाइट त अहिले बन्दै भएछ । उनी सँग अनलाइन पत्रकारिता र आर्थिक पत्रकारिताबारे केहि सिक्न मन थियो । केही अनुभब सुनें उनका । गदै जाने हो । सिकिन्छ । उनले भने । बिशेष गरी आउटलुक,इकोनोमिष्ट पोष्ट,इन्डिया टुडे जस्ता पत्रिका पढ्न सल्लाह दिए । छोटो कुराकानी पछि म उनी सँग छुट्टीएँ ।
फेरी उनै रबीन्द्र दाइ सँग गफिन थालें । कति थिए मनभरी कुराहरु । मनको कुना कुनामा लुकेर बसेका । कहिले भेट्ने अबसर पाउला भन्ने लाग्थ्यो । हुन त जुराएर गरिएका भेट भन्दा यसै गरी भएका भेट हरु मीठा हुदा रहेछन् । जसरी रबीन दाइ सँग भयो । यो छोटो भेटमा हामीले पढाइ लेखाइ र पत्रकारिताकै कुरा गर्‍यौं । हरेक भेटमा दाइले अंग्रेजी राम्रो बनाउन र धेरै पढ्न सल्लाह दिनुहुन्छ । म त्यसलाइ आत्मसात गर्छु । मलाइ हौसला दिदा काम गर्ने जोस थपिन्छ । जागर चल्छ । हुन त उहाको जादुमयी आवाज सुनेर पनि धेरै कुरा मैले सिक्छु र प्रेरणा लिन्छु । भेटमा त झनै उर्जा थपिन्छ ।
धेरै शिक्षक,विद्यार्थी र युबाहरुले रबीन्द्र मीश्रलाइ सम्झना सुनाइदिनु भनेका थिए । भेटमा मैले त्यो कुरा सुनाइदिए । उहाले पनि सबैलाइ सम्झिनुभयो । म फेरी भेट्ने आशा सहित दाइ सँग छुट्टीएँ । फर्केर आउदा रबीन दाइको उही मायालु बोली र हँसिलो मुहारको झझल्को आइरह्यो ।

May 13, 2009

आकषर्ण घरेलु उत्पादनको
नरेन्द्र रौले
(यो लेख २५ गते को नेपाल साप्ताहिकमा प्रकाशित छ । पत्रीकाकै स्वरुपमा पढ्ने भए यहाँ क्लिक गर्नुहोस्। http://www.kantipuronline.com/Nepal/show.php?&sid=4116)

रुखका जराबाट पनि यति राम्रा बस्तु ? झट्ट हेर्दा पत्यार नलागे पनि वास्तविकता भने यहि हो । बासबारी काठमाडौंका एरिक महत ३९ , रुखका जराहरुबाट महतले बिभिन्न कलात्मक आकृतिहरु बनाउछन् । एउटै कुटमेरुको जरामा अठार वटा सुन्दर आकृति बनाएका छन् , महतले । लोप भइसकेको प्राणी डायनोसर देखि कोब्रा , माउसुली , कछुवा , मानिस देखि गणेश र बुद्धका तस्विरहरु अटाएका छन् त्यसमा ।

पाच बर्षभयो महतले सल्ला , ऐंसेलु , बास , लालिगुरास , कुटमेरु , घोप्टेकाडा जस्ता रुखहरुका जराबाट मानिस , जनावर र भगवानका आकृतिहरु बनाउन थालेको । गोरखा , लमजुङ र चितवनका गाउतिर पुगेर उनले जराहरु बटुल्ने गर्छन् र तिनमै सुन्दर आकृति भर्छन् । कति आम्दानि हुन्छ त उनको ? "मासिक सात हजार । घर खर्च राम्रै चलेको छ ।" उनले भने । कलाको काममा मात्र उनी सिमित छैनन् , महत । नेपाली भाषा बाहेक अंग्रेजी , हिन्दी र जर्मनि भाषा बोल्न सिकेका उनी टुरिष्ट गाइड पनि हुन् । पानीपोखरीस्थित हाइल्यान्ड एक्सपिडीसनबाट गाइडहरु घुमाउन कहिले अन्नपुर्ण बेस क्याम्प त कहिले सगरमाथा बेस क्याम्पतिर पुग्छन् ।

आर्दश उच्च माबि गठ्ठाघरबाट सात कक्षा मात्र उर्त्तिण गरेकि भक्तपुरकि भुबनकेशरी चक्रधर २४ , ले बेरोजगार हुन परेन । हातमा सीप भएपछि यस्तै हो । अहिले घरमै बसि बसि राम्रै आम्दानि गर्न थालेकि छिन् ,उनी । बासबाट ड्रेसिङ ऐना , फोटो फ्रेम , ढकी , म्यागेजिन होल्डर , पेन होल्डर , घडी , किरिङ , सिन घर आदि जस्ता सामान बनाउन पोख्त बनिसकिन । सिर्जनशिल महिला कल्याण समाज मध्यपुर ,ठिमीबाट यो सीप सिकेकि भुबनकेशरी दिनहु करौंति, चक्कु , ड्रिल मेसिन , वार्नेस र खाक्सीसग खेलिरहेकि हुन्छिन् । हस्तकला सम्बन्धिको राष्ट्रिय प्रतियोगीतामा चौथो स्थान हासिल गरेपनि भक्तपुर जिल्ला स्तरमा भने प्रथम स्थान हात पारेकि छिन् भुबनकेशरीले । उनले बनाएका सामान ५० देखि आठ सय रुपैया सम्मका छन् ।
सिर्जनशिल महिला कल्याण समाज मध्यपुर ठिमीले असि जना महिलाहरुलाइ बासबाट यस्तो सीप बनाउन सिकाएको हो । "महिलाहरुलाइ स्वरोजगार बनाउन यो तालिम दिइएको हो । " संस्थाकि अध्यक्ष चन्द्रु श्रेष्ठ भन्छिन् । तालिम लिएजति सबै महिलाहरु भने काममा लागेनन् । थोरैले काम गर्छन् । काम उत्तिकै गार्‍हो छ । छिप्पिएको बासलाइ करौंतिले काट्ने , चिर्ने, आगोमा पोल्ने र चोया बनाउने काम पछि मात्र आफुले मन लागेका सामग्री बनाउन मिल्छ ।
ख्वप कलेज भक्तपुरमा एमबिएस पहिलो बर्षम्यानेजमेन्टका विद्यार्थी राकेश राजचल २४ , बिहान पढाइमा ब्यस्त हुन्छन् । यसबाहेक बिहान दस बजेदेखि साझ ६ बजेको समयमा काठबाट मुर्ति, झ्यालढोका , टेबल , ड्राइगन जस्ता कलात्मक सामग्री बनाउनमै ब्यस्त हुन्छन् । दत्तात्रय भक्तपुरमा राकेशको भक्तपुर कार्पेन्टर उड क्राफ्ट पसल छ । आफ्नो बुबा गणेशमान सगै उनी काममै ब्यस्त हुन्छन् । तीन जना अन्य मानिसहरुले पनि उनको पसलमा रोजगारी पाएका छन् । बुबा छोरा मिलेर गरेको कामबाट कमाइ पनि राम्रै छ । काठबाट गरिन यो कामबाट मासिक २० हजार कमाइ हुने गरेको बताउछन् ,गणेशमान । कर्मा र सालका रुखहरुबाट बनाइने झ्यालहरु पाच हजार देखि आठ हजार रुपैया सम्मका छन् । त्यस्तै मुर्तिहरु रु दस हजार देखि पच्चिस हजार सम्ममा बिक्रि हुन्छन् ।
बजारमा पाइने थुप्रै बिदेशी कम्पनिका साबुनहरु भन्दा लोकप्रिय बन्दै गएको छ स्वदेस मै उत्पादन हुने साबुनहरु । सुदूरपश्चिमका हिमाली जिल्लाहरुबाट चिउरीको घिउ , जडिबुटि ,पुदिना , निम र अमला झिकाएर कलंकिस्थित हाइ हिमालयन मल्टि प्रोडक्ट्सले बाषिर्क एक लाख पिस साबुनहरु उत्पादन गर्छ । पछिल्लो समयमा उसका उत्पादन निमो , निमोमिक्स र फेस वास गरी तीन थरी का साबुनहरु बजारमा निकै माग भयो । यि साबुनहरु स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छन् । " डक्टरहरुको सल्लाहले नै हामी उत्पादन गर्र्छौं । " संस्थाका सदस्य रामहरी त्रिपाठी ३६ भन्छन् ।
चिनबाट धागो मगाएर कुशन (सिरानीको खोल ) बेड कभर , सारी ,कुर्ता ,सल बुन्छिन् ,स्वयम्भु काठमाडौंकि संगिता लामा (शाहि) । उनले बनाएका पश्मिना र स्वीटर नेपालमा मात्र होइन जापान र अमेरिकाका शहरमा पनि पुग्छन् । बिदेसीहरु उनी कहा आफै आएर पनि किन्ने गर्छन् । "बिदेसीहरु क्वालिटी खोज्छन् , नेपालीहरुले सस्तो । " लामो समय देखि अनुभब संगालेकि संगिता भन्छिन् ।
संगिता आफु बनाउने मात्र होइन अरुलाइ सिकाउछिन् पनि । आफ्नै संस्था खोलेर बसेकि उनी त्यतिमा मात्र सिमित छैनन् । नारी प्रबाह , बहुउद्देश्यीय सीप विकास केन्द्र , महिला उद्यमशिलता जस्ता संस्थामा प्रशिक्षण पनि दिने गर्छिन् । मासिक पन्ध्र हजार भन्दा बढी छ उनको कमाइ । भन्छिन् , " काम गर्नेहरुले बिदेस जानै पर्दैन । स्वदेसमै सम्भाबनाका प्रशस्त आधारहरु छन् ।"
सोलुबाट चार दिन हिडेर हिमाली भेगतिर भेडाको उन किन्न जान्छिन् रुम्जाटार ८ ओखढुंगाकि ज्ञानधरी गुरुङ ३७ । धार्नीका धार्नी बोकेर ल्याएको त्यो उन पानीमा धुने , सुकाउने , डल्ला बनाउने ,तातो पानीमा माड्ने काम पछि तान लगाएर बुनिन्छ । अनि तयार हुन्छन् भोजे राडी , धुम राडी , चकटी ,कोट सातबिते र दोबारा । यिं सामानहरु रु हजार देखि तीन हजार सम्म बिक्रि हुन्छन् । यसैलाइ प्रमुख पेशा बनाएकि ज्ञानधरीले । उनको सिंगो परिवारको ब्यापार नै यहि हो ।
उनकै जस्तो ब्यापार गरेर गुजारा गर्छिन् , स्याफ्रुबेसी ९ रसुवाकि छाम्जे तामाङ ,३२ । भेडाको उन किन्न घरबाट दुइ दिन हिडेर केरुङ बजार पुग्नुपर्छ । यसरी ल्याइएको उनबाट झोला , राडी , टोपी , गलैंचा मखलर ,बक्खु र पाङ्ग्रा (शेर्पाले लगाउने पहिरन ) बनाउछिन् । कर्मचारी , पर्यटक र तिनका गाइडहरु उनका ब्यापारी हुन् । रु तीन सय पर्ने झोला देखि दुइ हजार पर्ने बक्खु किन्ने उनको घरमै आइपुग्छन् । घरेलु तथा साना उद्योग रसुवाबाट तालिम लिएकि छाम्जे अहिले तालिम दिन धुन्चे , थुङमान , भोर्ले र चिलिमे सम्म पुग्छिन् । दुइ छोरा र श्रीमान् सहितको सानो परिवार यसरी नै पालिरहेको छ ।

May 5, 2009

ब्लगिङको दुनिया
नरेन्द्र रौले
(यो फिचर नेपाल साप्ताहिकमा प्रकाशित भाईसकेको छ । पत्रीकाकै स्वरुपमा हेर्ने मन भए यहाँ http://www.kantipuronline.com/Nepal/show.php?&sid=4003 क्लिक गर्नुहोस् )


पैसा तिर्नै पर्दैन । इमेल खोले जस्तै सजिलो । मिनेटमै पर्सनल वेब साइट बन्छ । मनभरीका कुरा लेख्न सकिने । मन परेका तस्विर राख्न सकिने । अडियो र भिडियो पनि राख्न मिल्ने । कस्तो मज्जा छ यसमा ?
"गएको राती म निकै सोच मग्न भएँ । अठार बर्ष मेरो किशोराबस्था देखि राष्ट्रपति बनेको यो रोमाञ्चित क्षण सम्मका घटनाक्रम झलझलि आँखाभरि आइरहे । बुसले शासन गरेको यो भवनमा बसिरहदा निकै चुनौतिहरुका माझ घेरिएको छु ।" शक्तिशालि राष्ट्र अमेरिकाको राष्ट्रपति पदमा निर्बाचित भएपछि बाराक ओबामाले आफ्नो ब्लगमा ब्यक्त गरेका विचार हुन् यिं । निजी वेब साइट खोलेर अमेरिकी जनता सामु सुचनाको ब्यापक प्रयोग गरेर राष्ट्रपति पदमा निर्बाचित हुन सफल ओबामा नियमित ब्लग गर्छन् । नेपालमा पनि सुचना प्रबिधिले दिनप्रतिदिन गति लिदैछ । यसको ब्यापक प्रयोग हुन थालेको छ । केहि नेपाली राजनितीज्ञ र सेलिब्रिटीहरु पनि ब्लगिङ तर्फबिस्तारै आकषिर्त हुदैछन् । बिगतमा फेसबुकमा देखा पर्ने नेपाल सरकारका अर्थमन्त्रि बाबुराम भट्राइ अहिले त्यसबाट टाढा छन् । तर सुचनाको संसारबाट हराएका भने होइनन् । बरु आफ्नै नामको निजी वेब साइट खोलेर नया रुपमा देखा परेका छन् ।
हालै निमार्ण गरिएको साइट बाबुरामभट्राइडट्कममा उनले अलग्गै ब्लग सेक्सन छुट्याएका छन् । जहा आफ्ना सम्झना र अनुभुतिहरु पोखेका छन् यसरी , ' मेरो कानमा तल मर्स्याङ्दी नदी सुसाएको आवाज गुञ्जिरहन्छ र आखा वरिपरी लमजुङको तार्कुघाट बजार , तनहुको बाइस जघार र डुम्रिखर्क आखामा नाचिरहन्छन् । भण्डारी गाउका प्रत्येक उकाली ओह्रालीहरु अनि डाडाघरे हजुरआमा र माइजुहरुलाइ ससम्झीरहन्छु । ' आफ्ना किशोराबस्थाका सम्झनाहरु ब्लगमा मीठो शैलीमा यसरी पोखेका छन् उनले ।
विश्वका कुनै पनि ब्यक्ति सग प्रत्यक्ष सम्बाद गर्ने र आफ्ना कुराहरु पनि राख्ने उद्देश्यले वेब साइट खोलीएको बताउछन् भट्राइ । 'धेरै भन्दा धेरै जनता सग भेट्ने इच्छा पुरा नभएकाले त्यो इच्छा वेब साइटले पुरा गरिदिएको छ । ' उनी भन्छन् । जनता सग प्रत्यक्ष अर्न्तक्रिया गर्दै प्राप्त ,सुझाब , आलोचनाका आधारमा आफुलाइ र पार्टिलाइ जनताकै पक्षमा लाग्न मद्दत पुग्ने उनले विश्वास गरेका छन् । उनका निजी सचिब विश्वदिप पाण्डेको सहयोगबाट साइट अपडेट हुने गरेको छ । बिभिन्न पत्रपत्रिकामा प्रकाशित अर्न्तवार्ता , लेख , फोटो ग्यालरी , राजनितीक जिवन , अडियो भिडियो , आफ्ना बारेमा अरुद्वारा लिखित लेख र प्रकाशित पुस्तकहरुको जानकारी सहित नया रुपमा साइट पस्केका छन् । भिजिट गर्नेहरु ह्वात्तै बढेका छन् । दैनिक रुपमा सय देखि एक सय पचास चिठीहरु आइपुग्छन् । पचास वटा भन्दा बढी इमेलहरु आउछन् । ति सबै प्रतिक्रियाहरु पढेर जवाफ फर्काछन् भट्राइ ।
नेपालको प्रतिब्यक्ति केहि समयमै बृद्धि हुने कुरा भट्राइले उल्लेख गरेपछि सुर्खेत देखि सिंगापुरका सम्मका पाठकहरुले प्रतिक्रिया दिएका छन् । ' देशमा शान्ति भएन । हामी युवा विदेश पलायन हुनुपर्‍यो । हामीले केही गर्ने वातावरण हुनुपर्‍यो । ' रोजगारीका सिलसिलामा साउदि अरब पुगेका पुष्पराज शर्माले बाबुरामलाइ लक्षित गर्दै लेखेका छन् । धेरैका लागी आशाको केन्द्र बनेका बाबुरामलाइ उनकै जिल्लाबासी टप गुरुङले देशलाइ परिकल्पना गरेभन्दा पनि राम्रो बनाउनेमा विश्वास छ । पाठकहरु सगको सम्पर्कलाइ अझ नजिक बनाएको छ ब्लगले ।

'ब्लग' एउटा निजी खुला डायरी हो । यो इन्टरनेट डायरीमा आफ्नो दिनचर्या स्वतन्त्रतापूर्वक लेख्न सकिन्छ । खासमा ब्लगिङको नियमै हुदैन । नया बिषयमा जति लेख्न सक्यो ,पाठकहरु माझ त्यति आकर्ष पैदा गर्न सकिने । जति नया शैलीमा ढाल्न सक्यो त्यति पढौ पढौं लाग्ने । पत्रिकामा सम्पादकले गरे जस्तो छाँट्काँट कतैबाट पनि नहुने । न डेडलाइन हुन्छ ,न निश्चित सिमा हुन्छ । मनमा जे छ सबै कुरा लेख्न सकिन्छ । इन्टरनेट पहुच भएका र कम्प्युटर सम्बन्धि जानकारी भएका जोसुकैले ब्लग गर्न सक्छन् ।
आम जनता समक्ष लोकप्रिय बनेका युबा नेता गगन थापा माइ संसार , फ्रीनेपाल , साझा डट कम जस्ता ब्लग नियमित रुपमा हेर्छन् । दिनको दुइ घण्टा इन्टरनेटमा बिताउने गगन ब्लग गर्छन् । छिट्टै आफ्नो निजी वेव साइट पस्किने तयारीमा लागेका छन् उनी । भन्छन् , 'आफ्नो कुरा कति अरुलाइ सुनाउने जनताको कुरा पनि सुनौं न । ' नेपाली राजनितीमा आफुले गरेका ताता भाषणहरुलाइ शब्दमा मात्र होइन अडियोमा पनि सुन्न सकिने गरि राखिएको छ । देशका प्रत्येक कुना काप्चा देखि अमेरिका सम्म गएर दिएका भाषणहरुलाइ ब्लगमा राखिएको छ । ब्लगमा राखिएका लेखहरुले पनि पाठकहरुलाइ जोशिलो बनाउने खालका छन् । मधेश आन्दोलनलाइ अबसरका रुपमा लिनुपर्छ भन्दै उनी लेख्छन् , 'जय केहि मधेशिहरुको होइन , जय मधेशको हुनुपर्छ , जय केहि नेपालीहरुको होइन सिंगो नेपालको हुनुपर्छ ।'
आफ्नो पुरानो वेब साइटलाइ परिमार्जन गरेर कांग्रेसकै नेता नरहरी आचार्यले त्यसलाइ नया रुप दिएका छन् । राजनितीक दस्ताबेजहरु , आफ्ना प्रकाशित पुस्तकहरु र दिनचर्यालाइ यसमा पस्किन सुरु गरेका छन् आचार्यले । अर्न्तराष्ट्रिय बृत्तमा चिनाउन वेब साइट सुरु गरेको बताउछन् , आचार्य । तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि आमसञ्चार माध्यम माथि अंकुस लगाइयो । समाचारमा कडा सेन्सर हुन थालेपछि अभिब्यक्तिको माध्यमको बिकल्पका रुपमा ब्लगको सुरुवात भएको भएको थियो । सन् २००४ मा पत्रकार दिनेश वाग्ले र उज्जवल आचार्यले युनाइटेड वि ब्लग नारा दिएर ब्लग डट कम डट एनपि को नाममा सुरुवात गरेका थिए । पत्रिकामा नअटाएका कुरा ब्लगमा राख्न उनीहरुले यसको सुरुवात गरेका थिए । पछि यसको लोकप्रियता दिनप्रतिदिन अर्न्तराष्ट्रिय रुपमा बढ्दै गयो । नेपाल प्रति चासो राख्ने विदेशमा रहेका नेपालीहरु यसका पाठकहरु थिए । अग्रेजी भाषामा वाग्लेले खोलेको ब्लग पहिलो भएपनि नेपाली भाषामा भने उमेश श्रेष्ठले सुरुवात गरेको माइसंसार डट कम नै पहिलो ब्लग मानिन्छ । माइसंसारका पाठकहरु पनि देश विदेशमा अत्यधिक रहेका छन् ।
विज्ञान मन्त्रि गणेश शाहले पनि प्रत्यक्ष शाहि शासनकै बेला देखि ब्लग खोले । 'सञ्चारका साधन नहुदा मैले त्यसको ठाउ पुर्ति गर्न ब्लग उपयुक्त ठानें । ' ब्लग खोल्न कसरी सिके त उनले - अमेरिकामा रहेका छोरा निरजलाइ फोन गरेर ब्लग खोल्ने तरिका बारे सिकेछन् । 'छोरासंग स्काइपि च्याट भइरहन्थ्यो । उनैले सिकाए ।' सिंगापुरमा रहेका अर्का छोरा पंकजले एउटा ल्यापटप पठाइदिएका छन् । त्यसैबाट मन्त्रि शाहले ब्लग अपडेट गर्छन् । सामान्यतया मन्त्रि शाह लाइ 'एबनर्मल जव' गर्न मन लाग्दैन रे । पेशाले उनी मेकानिकल इन्जिनियर पनि हुन् । 'नया नया काम गर्न मन लाग्छ । ' उनी भन्छन् ।
जनककपुर लोहना गाविसमा जन्मेका मन्त्रि शाह नेकपा संयुक्तका पूर्व महासचिव पनि हुन् । राजनिती र समाजसेवामा रुचि राख्छन् । आफु उच्च ओहदामा रहे पनि ब्लगमा उनको लेखाइको विषय भने निम्न स्तरका जनताले ठाउ पाएका छन् । र्सलाहिमा पार्टिको कार्यक्रम हुदा डोम जातिका एक युबकलाइ भेटेछन् । उनको पढाइ लेखाइ , पारिवारिक स्थिती ,बैबाहिक जानकारी पनि लिएछन् । पछि राजधानि फर्केर तिनै युबकका बारेमा उनले आफ्ना अनुभुतिहरु ब्लगमा लेखे । सार्कि , मुसहर र डोम जातीका मानिसहरुलाइ कसरी शिक्षित बनाउने भन्ने विषयमा पनि उनले लेखेका छन् । देश विदेश भ्रमण हुदा उनले खिचिएका फोटाहरु पनि ब्लगमा हेर्न सकिन्छ । प्रतिगमनका बेला घरमै बसिन्थ्यो । समय हुन्थ्यो । तर मन्त्रि बनेपछिको दिनचर्या बढेको छ । खासै समय हुदैन । उनका सहयोगी दीपक अधिकारीले पनि ब्लग गर्न सहयोग गर्छन् ।
सात बर्षदेखि डामाडोल डट कम चलाउदै आएका हास्यकलाकार मनोज गजुरेलले गजुरेल डट कम का नाममा आफ्नै निजी ब्लग सुरु गरिसकेका छन् । पुरानो वेबसाइटमा हास्यब्यंग्यात्मक कविता , प्यारोडी , लोक दोहोरी र चुटकिलामा मात्र सिमित गजुरेलले नया वेव साइटमा जन्मथलो ताप्लेजुङ देखि सात समुद्र पारी अमेरिका भ्रमण का अनुभुतिहरु मीठो शैलीमा पोखेका छन् ।
एक पटक हास्यब्यंग्य कार्यक्रम देखाउन गजुरेल बाग्लुङ पुगेछन् । साथीभाइ सग गफ गर्दै राती अबेर १२ बजे सुतेछन् । भोली बिहान मज्जाले सुतौंला भन्ने सोचेका गजुरेलको निद्रा पाच नबज्दै खुलेछ । होटल पीस प्यालेसमा निकै होहल्ला भएछ । प्रचण्डलाइ हेर्न भनेर मानिसहरु झुम्मिएका रहेछन् । सक्कली प्रचण्ड नभएर नक्कली प्रचण्ड बनेका मनोज गजुरेल हुन् भन्ने थाह पाएपछि मात्र भिड शान्त भएको थियो । ठट्यौली पारा देखाउन पनि पछि परेका छैनन् उनी । अमेरिकामा आफ्नो कला देखाउन पुग्दा नायिका सारंगाले सोधिछन् , दाइ अहिले नेपालमा कस्तो छ ? बिजोग छ नि बहिनि । किन दाजु ? जवाफ भनेछन् , तपाइ जस्तो नाइटो देखाउने नायिका बिदेश पलायन भएपछि के मा ब्यंग्य देखाउने ? जवाफ सुनेर नायिका फिस्स हासिछन् । समसामयिक राजनिती प्रति ब्यंग्य गर्दै नक्कली प्रचण्ड , राजाको नक्कल गर्दै बनाइएका अडियो भिज्युल भट्टि भजन ,अन्तिम सम्बोधन ,छाडबिन आयोग ,बहुदलको गीत , शाहि सम्बोधन , कौन बनेगा राष्ट्रपति जस्ता सामग्री पनि ब्लगमा पस्किएका छन् ।
सोखका रुपमा हो वा फेसन का रुपमा पछिल्ला दिनहरुमा ब्लगको संख्या निकै बृद्धि हुदै गइरहेको छ । तर नियमित अपडेट भने हुदैनन् । यस्ता ब्लग हरु निकै कम मात्रामा छन् जो अपडेट हुन्छन् ।

May 3, 2009


माधब'ज क्याफेको मोहनि
नरेन्द्र रौले /पोखरा

पर्यटकिय शहर पोखरा, चिप्लेढुंगा वरपर धेरै क्याफे छन् । ति सबै भन्दा
पृथक छ माधब 'ज क्याफे । जहिले पनि मान्छेको घु"इचो हुन्छ । स्कुल ,कलेजका विद्यार्थीहरु भोक मेटाउन यसै ठाउमा आइपुग्छन् ।
माधब केसीले खोलेको यो क्याफे यसकारण पनि माधब ' ज क्याफे लोकप्रिय छ ,यहा" पाइने सम्पर्ुण्ा परिकार फापरबाट तयार हुन्छन् । फापरको पीठो मुस्ताङ र कास्कीका हिमाली भेगबाट ल्याइन्छ । अनि तयार हुन्छन् थरीथरीका मीठा परिकार । के बन्दैन फापरबाट यहा" - फापरको चाउमिन ,मम , ढिडो , बिस्कुट , केक , पकौडा , रोटी यस्तै थुप्रै परिकार तयार हुन्छन् । यसबाहेक स्यान्डविच बर्गर र पिज्जा पनि यहा" चाख्न पाइन्छ । फापरका परिकारको स्वाद चाख्न खोज्नेको भिड लाग्छ यहा" । पोखरेली गायक भाष्करध्वज श्रेष्ठ २९ , फापरको चाउमिनको स्वाद लिन माधब ज क्याफेमा छिरेका थिए । 'अन्त भन्दा यहा" मीठो पाइन्छ । ' उनले भने ।
१० जना ब्यक्तिहरुले यस क्याफेमा रोजगारी पाएका छन् । नया नया परिकार बारे ज्ञान सिक्ने क्रममा ३ बर्षदेखि जर्मनिमा छन् माधब केसी । क्याफेको रेखदेख उनकी श्रीमति इन्दिरा केसीले गर्दै आएकि छिन् ।