May 18, 2009

रिटायर्ड लाइफ
नरेन्द्र रौले
(नेपाल साप्ताहिकमा प्रकाशित यो फिचर पत्रिकाकै पानामा हेर्ने भए यहाँ क्लीक गर्नुहोस्http://www.kantipuronline.com/Nepal/show.php?&sid=4258)

"म रिटायर्ड हो तर टायर्ड होइन ।" तपाइको रिटायर्ड लाइफ कसरी बित्दैछ ? भन्ने प्रश्नमा हालैको साता भेषबहादुर थापा ७३ , ले बताए । यो भनाइले पनि केहि अर्थ्याउथ्यो उनी केहि न केहि गर्दैछन् । चौबिस बर्षको उमेरमा राष्ट्रिय योजना आयोगको सदस्य सचिबबाट जागिरे जीवन सुरु गरेका थापाले जीवनमा फरक फरक पेशा अंगाले । अर्थमन्त्रि,परराष्ट्रमन्त्रि, गर्भनर र राजदुतको भुमिकामा रहेर अनुभब संगालेका थापा तीन बर्षअघि परराष्ट्रमन्त्रि मन्त्रि थिए । कसरी बित्दैछ त उनको रिटायर्ड लाइफ ?

जागिरे जीवनमा गर्न चाहेका तर पुरा हुन नसकेका कामहरु यतिबेला गर्ने क्रममा छन् उनी । छिमेकि मुलुकहरु सग गासिएका स्वदेशका सिमा अबलोकन गर्न देश चहारिरहेका हुन्छन् त कहिल्यै अर्थ ,कुटनिती र परराष्ट्र मामलामा चासो राख्ने बिभिन्न निकायका ब्यक्तिहरु सल्लाह लिन आउदा तिनलाइ परामर्श दिन्छन् । समाजसेवा र अध्ययनमा पनि उत्तिकै चासो लिने थापा केहि संस्थाहरुमा पनि संलग्न छन् । बचेको समयमा परिवारमा र नाति नातिना सँग खेल्छन् । उनीहरुको हुरकाइमा समय लगाउछन् । समय मिलाएर आफ्ना 'मन परेका' मानिसलाइ पनि भेट्न पछि पर्दैनन् ।
यतिबेला बिदेसीले नेपालको प्राकृतिक सम्पदा माथी अतिक्रमण गरेको,राष्ट्रियता लोप भएको , आलोकाचो राज्य साबित भएको उनको ठहर छ । नेपालको आर्थिक गतिबिधी, अर्न्तराष्ट्रिय स्तरमा घटेका घटना , नेपालले भोगेका कठिनाइ , विश्व जगतमा नेपालले गरेका प्रतिबद्धता र नेल्सन मण्डेला , जिम्मी कार्टर र्,जर्ज डब्लु बुस लगायतका ब्यक्तित्व सँगका अनुभवहरु समेटिएको किताब पनि लेख्ने तयारीमा छन् भेषबहादुर । अमेरिकाको क्यालिफोर्निया अध्ययनरत छदा संयोगबस उनको भेट तत्कालिन राजा महेन्द्र सँग हुन पुग्यो । जतिबेला उनको उमेर चौबिस बर्षो थियो । पछि स्वदेस फिरेर जब महेन्द्रले सत्ता आफ्नो हातमा लिए , अमेरिकामा रहेका भेषबहादुरलाइ राष्ट्रिय योजना आयोगको सदस्य सचिब पदका लागी 'अफर' गरियो । त्यो आग्रहलाइ स्वीकार गरि स्वदेस फिरेका भेषबहादुर निरन्तर बार्‍ह बर्षसम्म निजामति सचिबका रुपमा कार्यरत रहे । त्यहि क्षण नै जीवनको सबैभन्दा आनन्दित क्षण बन्यो उनका लागी । आफु लगायत समकालिन साथीहरु यदुनाथ खनाल ,कुलशेखर शर्मा , प्रद्युम्न भण्डारी , क्षेत्र बिक्रम राणा लगायतले साच्चै केहि देशका लागी 'केहि' गरेको सम्भिmए ।

तत्कालिन रोयल नेपाल एयरलाइन्सबाट रिटायर्ड भएको पाँच बर्षभयो पाइलट गंगाप्रसाद पराजुली ६३ ,लाइ । रिटायर्ड हुने बित्तिकै थाइल्यान्डको फुकेट एयरलाइन्स ले कामका लागी बोलायो । फ्लाइट सिमुलेटर इन्सट्रक्टर पराजुलीले बिमान उडाउथे मात्र । यसअघि कहिल्यै पढाउदैनथे । तर थाइल्यान्डमा पढाउनु पर्ने भयो । पहिले आफैले पढे । लाइसेन्स लिए । र पछि भर्खरका एक दर्जन युबाहरुलाइ ग्राउन्ड इन्सट्रक्टरको तालिम दिए । जहाज उडाउन ब्रुनाइ लिए । जापान, बंगलादेस , दुबइ , कोरिया , कुबेतमा उडान भरे ।
नेपालको तुलनामा चार गुना बढी कमाइ हुन्थ्यो थाइल्यान्डमा । धेरै लम्बिन पाएन थाइल्यान्डको यो बसाइ । एक्लै बस्थे । नियास्रो लाग्न थाल्यो । पैसा नै सबै थोक होइन जस्तो लाग्न थाल्यो । नेपालको सम्झना खुब आउन थाल्यो । घर परिवारको यादले सतायो । अन्तत नेपाल फर्किए । सँगैका साथीहरु अहिले पनि भारतमा प्रति महिना दस लाख कमाउदैछन् तर उनलाइ भने नातिनातिना छोडेर टाढा जान मन लाग्दैन । त्यसैले होला स्वदेसकै हवाइ बिभागमा कन्सल्टेन्ट रुपमा कार्यरत छन् उनी ।
बीस बर्षअघि बिमान उडाएर एयरपोर्ट पुग्दा मानिसहरु हवाइजहाजलाइ ढोग्थे , फुलमाला चढाउथे । गाउगाउबाट हेर्नका लागी आइपुग्थे । तिं क्षणहरु सम्झदा अहिले पनि रमाइलो लाग्छ । तत्कालिन राजा बीरेन्द्र ,युबराज दीपेन्द्र , ज्ञानेन्द्र देखि पुर्ब प्रधानमन्त्रि बिपी कोइराला, मनमोहन अधिकारी , कृष्णप्रसाद भट्राइ ,गिरिजाप्रसाद कोइराला,सुर्यबहादुर थापा चढेको बिमान उनले उडाएका छन् । त्यस्तै सगरमाथा आरोहि हिलारी क्लिन्टन,तेन्जिङ नोर्गे शेर्पा र भारतीय अभिनेता सुनिलदत्तलाइ पनि आफ्नो बिमानमा उडाएका छन् । आफु मात्रै होइन पराजुलीका तीन वटा छोराहरु पनि पाइलट पेशामै छन् । अचेल सामान्य छ उनको दिनचर्या ।
बिहान दुइ घण्टा गल्फ खेल्न आर्मी क्लब गुहेश्वरी पुग्छन् । घर फर्केर आफ्नो फुलबारी गोडमेल गर्छन् । बारीमा लगाएका तरकारी,फलफुल र मकैको हेरचाह गर्छन् । फुर्सदमा नाति ,नातिनीहरु अरुषा,आकाश, अक्सरा, आयुष्माको हात समातेर नाटक हेर्न गुरुकुल जान्छन् । आफुलाइ सन्तुष्ट र सफल ब्यक्ति ठान्छन् गंगा । के गर्ने मन छ अब ? भन्छन् , "आफ्ना अनुभब र अनुभुति संगालेर किताब लेख्ने । "
जनआन्दोलनको पुनस्थापना पछि नेपाल सरकारले सेनापति रुक्माङ्गत कट्वाललाइ हटाउदा दोस्रो बरियताका क्रममा रहेका रथी बालानन्द शर्मा ६० यतिबेला सेनापति बनिसकेका हुन्थे । तर परिस्थिीतिले त्यसो हुन पाएन । नियमत सेनामा ५८ बर्षा रिटायर्ड हुने प्रचलन अनुसार उनी पनि दुइ बर्षअघि रिटायर्ड भए ।
मनमा इन्जिनियर बन्ने सपना पाले पनि मनको रहर मनमै रह्यो । उन्नाइस बर्षे उमेरै सेनाको जागिर खान पुगे शर्मा । त्यसबेला सेनामा जागिर खाए बिदेस घुम्न पाइन्छ , जर्साब हुन पाइन्छ भन्ने धारणा थियो । बडो इज्जतको पेशा मानिन्थ्यो रे । त्रिचन्द्र क्याम्पसबाट आइएस्सीको परिक्षा दिएर सेनामा भर्ति भएका शर्मा पहिलो पल्ट सहायक सेनानिका रुपमा राजदल गणमा प्रबेश गरे । देशको पश्चिमी भेग जुम्ला देखि बुटवल , पोखरा, नगरकोट, पोखरा र काठमाडौमा सैनिक जिवन बिताइसकेका छन् उनले । माओबादी द्वन्द्वका बेला थुप्रै ठाउमा सैनिक कमाण्ड गरे । तर जता पनि माओबादी नै बढी मरेको देख्दा उनलाइ दुख लाग्थ्यो । मुस्ताङमा खम्पा ब्रि्रोहका बेला काम गर्न निकै अफ्ठ्यारो भयो । यो अर्न्तराष्ट्रिय द्वन्द्व थियो । ०३२ सालतिर खम्पा निशस्त्रीकरण अभियान चलिरहेको थियो । सामानहरु काठमाडौबाटै किनेर लैजानुपर्ने उता त किन्न खोज्दा पनि नपाइने । पछि यो बिद्रोह समाप्त हुन छ महिना लाग्यो ।
" धेरै बर्ष बन्दुक चलाए" । कलम त्यति चल्दैन । " केहि लेख्दैहुनुहुन्छ कि भनेर सोध्दा पुर्ब रथी शर्माले भने । तर जागिरे जीवन भन्दा पनि निकै सक्रिय छन् । यतिबेला उनी ग्लोबल कलेजमा एमए तहलाइ द्वन्द्व ,शान्ति र विकास बारे पढाउछन् । श्रीलंका र नेपालका विद्यार्थीहरु उनका चेला छन् । "पढाउन पाउदा ठुलो सन्तोष लाग्छ । मेरो अनुभबमा उनीहरु ड्रि्री हासिल गर्दैछन् । " मुस्कुराउदै उनले भने । शर्माको अनुभबले भन्छ ,पढ्न भन्दा पढाउन निकै गाह्रो हुदो रहेछ । धेरै तयारी गर्नुपर्ने रहेछ । द्वन्द्व, दर्शनशास्त्र, मनोबिज्ञान जस्ता विषयमा रुचि राख्ने शर्मा स्वअध्ययन पनि निकै गर्छन् । सेना समायोजन रेखदेख बिशेष समितिका सदस्य पनि रहेका छन् उनी । रिटायर्ड हुनु अघि सम्म बोलानहाइट्समा युएनको प्रमुख थिए उनी । इजरायल र सिरिया बिच युद्ध चर्किरहेको थियो । द्वन्द्व रुपान्तरणमा बिशेष ज्ञान हासिल गरियो यो समयमा । क्यानेडियन र युरोपेली फौजलाइ नेतृत्व गरी बसे । रिटायर्ड भइसकेको यो समयमा जापान ,क्यानडाका लगायतका रक्षा मन्त्रि र शान्ति स्थापना गर्ने संस्थाले बोलाइरहेका छन् । परामर्श दिन त्यता जाने गर्छन् ।
हरेक हप्ता जावलाखेलको शाल्रि्राम होटेलमा स्वीमिङ खेल्न पुग्छन् शर्मा । घरमै गल्फ खेल्छन् । तीन बषिर्य नाति संयम भर्खर बोल्न थालेको छ । घरमा हुदा नाती संयम सँग खेल्दै बस्छन् । "उसले दुख्ने बित्तिकै मलाइ खोज्छ । " नातीलाइ काखमा लिदै उनी भन्छन् ।

बाह्र बर्षभयो बीर अस्पतालबाट कार्डियोथोराइक र्सजनका रुपमा लोकबिक्रम थापा ७४ ,ले अबकास पाएको । बिशेष गरी मुटु र फोक्सोका र्सजन हुन् उनी । रिटायर्ड भएपछि पनि काम गर्न भने उनले छोडेनन् । लगत्तै नेपाल मेडिकल कलेजमा दुइ बर्षप्राध्यापन गरे । बन्द हुनै लागेको काठमाडौ मेडिकल कलेजलाइ पुर्नजीवन दिए । भारतीयहरुको स्वामित्व रहेको यो कलेजमा पछि नेपालीहरुले लगानि गरे । उनका साथीहरु पुष्करनाथ पन्त,आरआर पाण्डे, शशि पाण्डे आदिको प्रयासबाट बन्द हुनै लागेको अबस्थाबाट नेपालकै सबभन्दा राम्रो अस्पताल बन्न पुग्यो ।
बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा तीन बर्षभाइस चान्सलर रहिसकेका थापा हाल हिमाल हस्पिटल ज्ञानेश्वरमा प्रमुख कार्यकारी अधिकृत रुपमा कार्यरत छन् । आफु जन्मिएको जिल्ला सिन्धुलीमा कृषि ,मेडिकल,स्वास्थ्य सम्बन्धि एउटा प्राबिधिक स्कुल खोल्न पनि कस्सिएर लागेका छन् । फुर्सदको समयमा किताब पढ्ने ,गल्फ खेल्ने र श्रीमतिले आग्रह गरे सिनेमा हेर्न जाने गर्छन् । पश्चिमको डोटी,खप्तड,जुम्ला देखि पुर्बको राजबिराज र बिराटनगर पुगेका थापा जागिरे जीवन खुबै आनन्द लिए । "जहाँ गयो त्यहीं ब्यस्त,त्यहीं रमाउने र त्यहींको विकासमा लाग्ने सोच बन्थ्यो ।" उनी भन्छन् ।

बाइस बर्षे कलिलो उमेरमा रेडियो नेपालमा प्रबेश गरेकि थिइन् ,काठमाडौकि धन लामा ६१,ले । रेडियो नेपालले प्रस्तोताको बिज्ञापन खुलाउदा पद्यमकन्या बाट आइए परिक्षा दिएर बसेकि लामाले परिक्षा दिएकि थिइन् । रेडियोमा जागिर खाने उनको भित्रि इच्छा पुरा भयो । लिखित र मौखिक दुबै परिक्षा उनले पास गरिन् ।
त्यति बेलाको समाजमा आइमाइले रेडियोमा जागिर खादा बिग्रिन्छ भन्ने आम धारणा थियो । उनलाइ पनि सबैले "धन त रेडियोमा जागिर खान थालिछ । यो पनि बिग्रन्छ ।" तर त्यसको पर्बाह नगरी निरन्तर उनी काममा लागिरहिन् । पाचै विकास क्षेत्रका रेडियो स्टेसनमा उनले काम गरेकि छिन् । दुइ बर्षअघि रिटायर्ड लामाले आफ्नो जीवन कालमा नारी ,बाल कार्यक्रम,गिती कथा,गाउ फर्क ,सुनगाभा जस्ता कार्यक्रमहरु चलाइन । पाण्डब सुनुवार,निरोध पाण्डे, किरण खरेलहरु सग पनि उनले कार्यक्रम चलाएकि छिन् ।
रिटायर्ड भएको यो समयमा घुमघाममा समय बिताइन् । छ महिना अमेरिका बसाइ पछि उनी फेरी जापान जाने तरखरमा छिन् । घुम्न उनलाइ एकदमै मनपर्छ रे । तामाङ प्राज्ञ सभाकि कार्यबाहक अध्यक्ष लामा सेड्पा ,सञ्चारिका र एबिसी जस्ता केही संघ संस्थामा पनि क्रियाशिल छिन् । आफ्नो पेशाबाट रिटायर्ड भएपनि रुचि अनुसारको कर्मबाट भने कहिल्यै रिटायर्ड नभइने रहेछ ।

No comments: