May 22, 2009

पोखरामा सुन्ने पुस्तकालय
नरेन्द्र रौले/पोखरा
(नेपाल साप्ताहिकमा प्रकाशित यो सामग्री पत्रिकाकै स्वरुपमा हेर्ने भए यहाँ क्लीक गर्नुहोस् http://www.kantipuronline.com/Nepal/show.php?&sid=4208)

पुस्तकालय धाउने पाठकले किताबका पानाहरू पल्टाउनैपर्छ, अक्षरमाथि आँखा लगाउनैपर्छ । तर, पोखराको एउटा पुस्तकालयमा भने अब यो झन्झट गरिरहनुपर्दैन, केवल सुने पुग्छ ।
जस्तो कि सावित्री भट्टराई, १८,कानबाट एयरफोन निकाल्दै भन्छिन्, "यो पुस्तकालयमा आएर पहिलोपटक गुरुप्रसाद मैनालीको सहिद कथा सुनेपछि आनन्द लाग्यो ।" वामीटक्सार-५, गुल्मीबाट उच्चशिक्षाका लागि पाँच वर्षअघि पोखरा झरेकी केशवी खरेल, २४, लैनसिंह वाङ्देलको माइतीघर सुन्दैछिन् । उनी जस्तै शान्ति विक, अस्मिता भट्टराई, रामजी पौडेल, अभिषेक पुन आदि नेपालकै पहिलो र एक मात्र यस अडियो पुस्तकालयका नियमित पाठक हुन् ।
खास गरेर दृष्टिविहीनलाई लक्षित गरेर एक वर्षअघि खुलेको पुस्तकालयमा चाख मानीमानी राधा, लोलिता, जेलब्रेक, लँगडाको साथी, परालको आगो जस्ता कथा र उपन्यास अध्ययन गर्नेहरूको संख्या लगातार बढिरहेको छ । पुस्तकालयमा नेपाली र अंग्रेजीबाट अनूदित कृतिहरू सरिता खड्का र खगेश्वर शर्माको आवाजमा रेकर्ड हुन्छन् अनि त्यसलाई राजेन्द्र सुवेदीले सम्पादन गर्छन् । यसरी वर्षमा ५० वटाजति किताबको रेकर्ड भइरहेको छ । यहाँ उत्पादित सीडी र अडियो चक्काहरू देशका अन्य पुस्तकालयहरूमा पनि पठाउने गरिएको छ ।

2 comments:

Indra Dhoj Kshetri said...

Good effort. Keep it up. I will be one of the regular visitors of your blog. If you wanna see mine, please visit http://mediadiscourses.blogspot.com/

Indra

Narendra Raule (नरेन्द्र रौले) said...

Dear Indra sir,
thank you for your good response and suggestion.you are inspire me,and reaveal warm relations,which is never ending.