May 18, 2009
नरेन्द्र रौले
(नेपाल साप्ताहिकमा प्रकाशित यो नोटबुक पत्रिकाकै स्वरुपमा पढ्ने भए यहाँ क्लीक गर्नुहोस् -http://www.kantipuronline.com/Nepal/show.php?&sid=4236)
'ज्याक' लाएर पोखरा
सुन्दर शहर पोखरा जाने रहर मनमा धेरै पहिले देखि पालेको थिए" । पोखराको प्राकृतिक सौर्न्दर्यतालाइ नजिकबाट नियाल्ने र केहि लेख्ने धोको थियो । त्यहा" पुग्न मन आतुर थियो तर मनको रहर मनमै थियो । पुरा हुन पाएको थिएन । यस्तैमा एउटा अबसर जुर्यो ।
कास्कीको लुम्ले गाउलाइ कविता गाउ घोषणा गर्ने योजनामा रहेछन् पोखरेली गीतकार बिनोद गौचन । कान्तिपुरका पुर्ब पत्रकार अमृत भादगाउले पोखराका बारेमा अलि बढि नै जानकार थिए । कारण उनी दुइ बर्षपोखरा बसेर फेरी काठमाडौ फर्किएका थिए । उनैले मलाइ 'लुम्ले कविता गाउ घोषित हुदैछ ' भनेर सुनाएका थिए । सकेसम्म देशभरीबाट धेरै कवि,कलाकार,लेखक र पत्रकारलाइ लुम्ले निम्त्याउने योजना रहेछ गाउलेहरुको । काठमाडौबाट अमृत भादगाउलेले कवि,लेखक र पत्रकारको नेतृत्व गर्दै जान लागेका रहेछन् । सुरुमा मलाइ पनि जानुपर्छ है भनेर हौस्याउथे । पोखरा जान पाइने भयो भनेर मेरो मन पनि फुरुङ्ग हुन्थ्यो । तर जब पोखरा जाने मिति नजिकिदै आयो , जान पाइदैन कि भन्ने चिन्ता लाग्न थाल्यो । जानु भन्दा केहि दिनअघि उनले एसएमएस लेखि पठाए , 'माइक्रोमा धेरै जना हुने भयौं । सिट पुग्दैन । जान नपाइने भयो सरी है । '
केहि दिन अघि खुसिले भरिएको मेरो मन एसएमएस पढेपछि खिन्न भयो । उनले रमण घिमिरे दाइलाइ जान आग्रह गरेका थिए तर दाइले अस्वीकार गर्नुभयो । अब त त्यो सिटमा म अटाउछु होला भन्ने लागेर भादगाउलेलाइ फोन गरें । उनी फेरी पनि माइक्रोमा सिट पुग्दैन । भनेर निरास बनाउथे । आफ्नै खर्चमा भएपनि जाने मेरो मनसाय थियो । तैपनि एकचोटी रमण दाइलाइ भादगाउले सँग फोन गर्न लगाएँ । यसपछि त कुरा मिलिहाल्यो । पछि मैले जानेहरुको लिस्टमा नाम पर्यो कि परेन भनेर सोध्दा उनी भन्थे , 'किन नपर्नु ?त्यत्रो ज्याक लाएपछि परिहाल्नुभयो नि ।' धन्न ज्याक लाएर पोखरा पुगियो नत्र मनमै धुकधुकी मात्र रहने थियो ।
माइक्रोबसका कविहरु
गएको चैत १४ गते तीनकुनेमा कवि रमेश पौडेल,गोबर्द्धन पुजा, आरएम डंगोल, दामोदर पुडासैनि किशोर ,बिप्लब ढकाल र म जम्मा भएका थियौं । गोठाटारबाट गीतकार राजेन्द्र थापा,अमृत भादगाउले,धुब्र मधिकर्मी, शिब प्रकाश,संकेत कोइराला ,माइक्रोमा आइपुगे । कलंकि बाट नया पत्रिकाका संगित श्रोता र धनराज गिरी थपिए ।
हामी चढेको माइक्रो पोखरातिर हुइकियो । हामी नया पुराना पुस्ताका युबाहरु गाडीमा थियौं । गीतकार राजेन्द्र थापाले मुक्तक सुनाए,
कहिले काहि त्रि्रो मायापनि
भरिदिउ भरिदिउ लाग्छ
तिमीलाइ नै यो माया रोग
सारिदिउ सारिदिउ लाग्छ
यस्तै धनराज गिरीले आ -आफ्ना गजल र मुक्तक सुनाएर तनहुको बिमलनगर पुग्दा भोक निकै लागिसकेको थियो । त्यही बिमलनगरमा माइक्रो रोक्यौं । मर्स्याङदी नदीको किनारको एउटा होटेलमा बसेर असला माछाको स्वाद चाख्यौं । मर्स्याङदी किनार तिर नजर लगाउदै धेरैले आफ्नो बाल्यकालमा पौडी खेल्दै गरेका सम्भिmए।
दमौली पुगेपछि भेटिए कवि सागर उदास । उनी पनि हाम्रो यात्रामा मिसिए । नाम उदास भएपनि उनी सधैं हसिला देखिन्थे । बाटोभरी उनका जोकले सबैलाइ पेट मिचिमिचि हसायो । उनका गजल र सायरी पनि उत्तिकै चोटिला थिए । राजेन्द्र थापा,धनराज गिरी र सागर उदासका गजल,कविता,मुक्तक सुन्दा सुन्दै पोखरा पुगेको पत्तै भएन ।
माला रिसोर्टको बास
करिब पाच बजे झिसमिसे साझमा लुम्लेको दर्शन पायौं । स्वागत गेट सजाउदै थिए गाउलेहरु । गाडीबाट ओर्लेपछि मुल आयोजक समितिका अध्यक्ष भक्तिराम देबकोटाले डोर्याउदै घरतिर लगे । स्वागतमा लालीगुरासका थुगाहरु लिएर गेटमा उभिएका थिए,साना साना बालबालिका,महिला र पुरुषहरु । हामी तिं फुलहरु हातमा लिदै गयौं । आँगनमा हामी लहरै बस्दा थुप्रै नया साथीहरु बसन्ति बास्तोला, समुन्द्र पौडेल ,भोजराज न्यौपाने,मनिषा गौचन थपिसकेका थिए । झमक्क साझ परिसक्दा जाडो बढ्न थाल्यो । चिसो सिरेटो मुटु छुन्थ्यो । लुम्लेबाट डेढ घण्टा टाढाको एउटा माला रिसोर्टमा बास बस्ने तय भयो । कान्तिपुरकर्मी बसन्ती बास्तोला सगै रिसोर्ट पुग्दा रात परिसकेको थियो । तान्चोक गाउ मुन्तिरको यो माला रिसोर्ट लान्द्रुक,घँन्द्रुक जादा बाटोमै पर्छ । २५ जना बास बस्न सक्ने क्षमता छ । सुबिधा त काठमाडौकै होटेलको जत्तिकै छ । बास बस्न अघि पोखरामा रहेको यसको शाखालाइ जानकारी
गराउनुपर्छ । खानाको लागी त्यतैबाट ब्यबस्था गर्नुपर्छ । अन्नपुर्ण बेस क्याम्प जादा बास बस्नका लागी यो रिसोर्ट उचित मानिन्छ । पहिले निकै चलेको बाटो हो । द्वन्द्वले गर्दा त्यति चलेन । अझ फेरी सुरु भएको छ । तपाइ पनि अन्नपुर्ण बेस क्याम्प जादै हुनुहुन्छ ? बास बस्ने ठाउ खोज्दै हुनुहुन्छ भने गन्तब्य माला रिसोर्ट बनाउदा ठिकै होला ।
मुटु छुने लुम्लेको हावाले
चैत १५ गते लुम्लेबासी लागी सबैभन्दा हर्षो दिन थियो । देशभरीका कवि ,कलाकार,पत्रकारको उपस्थिीतिमा लुम्लेलाइ कविता गाउ घोषित भयो । गुरुङ डे्रसमा युबतिहरु छमछमी ना"चे । कम्मरमा नीलो पटुका ,चौबन्दी चोली ,गलामा तिलहरी लगाएका युबतीहरु नाचिरहदा एकोहोरो नजरहरु हेरेको हेर्यै भए । मारुनि,रोयला,चुड्का ,भजन,तीज गीत सबै सुनाइयो । साना साना बालबालिकाहरुले निकै मीठा कविताहरु बाचन गरे । यसलाइ एउटा पर्बका रुपमा मनाए गाउलेहरुले ।
नेपालको चेरापुञ्जी भनेर चिनिने पोखरा ,त्यसैमा लुम्लेमा झरी परिरहन्थ्यो । कार्यक्रम चलिरहदा झरीले भिजायो । चिसो हावाले मुटु कमायो । डाडापाखाहरु हुस्सु र तुवालोले छोप्यो । एकदमै मनमोहक थियो त्यो दृश्य । तैपनि छाता ओढेर कार्यक्रम हेर्न भने कसैले छोडेनन् । रेडियो नेपालका रमेश पौडेलले आफ्नो रेडियो कार्यक्रम त्यही रेकर्ड गरे । सबै श्रष्टाहरुले आफ्ना सिर्जनाहरु सुनाए । कहिल्यै दिमागबाट हटाउन नसकिने दृश्यहरु दिमागमा कैद गरिए । साझ हामी लुम्लेकै कृषि अनुसन्धानमा बास बस्यौं । प्रकट पगेनि 'शिब'का गजलहरु सुन्दै रात बित्यो ।
फेवातालको प्रेम जोडी
काठमाडौबाट आएका सबै साथीहरु चैत १६ गते नै काठमाडौ हिडेपनि मलाइ भने पोखराको मोहनिले छोडेन । प्रकट दाइ सगै उनकि पुर्ब प्रेमिका होटेलमा खाना खाइयो । एक हप्ता सम्म पोखरा र तनहु डुलेर रिर्पोटिङ गर्न लागें । एक दिन कान्तिपुर सहकर्मी बसन्ति बास्तोला सगै फेवाताल घुम्न गइयो । एक जना युबा एक हुल युबतिहरुलाइ रिभर गाइडको तालिम दिइरहेका थिए । हामी उनको नजिक गयौं । पछि थाह भयो एक दशक अघि धरान तिरबाट आएका अशोक श्रेष्ठ नाम गरेका युबा रहेछन् । हामीले उनको धेरै कुरा खोतल्यौ । नजिकै चुरोटको धुवा उडाइरहेकि थिइन्, एक बिदेसी युबती । तिं त अशोककै प्रेमिका पो रहिछन् । हाइडि पार्मर नाम गरेकि अष्टे्रलियाकि ति खैरेनि सग अठार महिना अघि सुनकोशीमा र्याफटिङ जादा भेट भएको रहेछ । सगै बस्ने ,सगै हिंड्ने युबतिलाइ नेपाल अझ त्यसमा पोखरा निकै मनपर्दो रहेछ । पोखरा र अशोकलाइ छान्नुपर्दा कसलाइ छान्छौ ? भनेर सोध्दा , केहि लजाए झै गरी भनिन् , 'अशोक नै छान्छु । ' साच्चै होकि यो माया ? मलाइ भने शंका लाग्यो । बसन्ति भन्दै थिइन, 'यो त एउटा फेसन मात्र हो' ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment