आकषर्ण घरेलु उत्पादनको
नरेन्द्र रौले
(यो लेख २५ गते को नेपाल साप्ताहिकमा प्रकाशित छ । पत्रीकाकै स्वरुपमा पढ्ने भए यहाँ क्लिक गर्नुहोस्। http://www.kantipuronline.com/Nepal/show.php?&sid=4116)
रुखका जराबाट पनि यति राम्रा बस्तु ? झट्ट हेर्दा पत्यार नलागे पनि वास्तविकता भने यहि हो । बासबारी काठमाडौंका एरिक महत ३९ , रुखका जराहरुबाट महतले बिभिन्न कलात्मक आकृतिहरु बनाउछन् । एउटै कुटमेरुको जरामा अठार वटा सुन्दर आकृति बनाएका छन् , महतले । लोप भइसकेको प्राणी डायनोसर देखि कोब्रा , माउसुली , कछुवा , मानिस देखि गणेश र बुद्धका तस्विरहरु अटाएका छन् त्यसमा ।
पाच बर्षभयो महतले सल्ला , ऐंसेलु , बास , लालिगुरास , कुटमेरु , घोप्टेकाडा जस्ता रुखहरुका जराबाट मानिस , जनावर र भगवानका आकृतिहरु बनाउन थालेको । गोरखा , लमजुङ र चितवनका गाउतिर पुगेर उनले जराहरु बटुल्ने गर्छन् र तिनमै सुन्दर आकृति भर्छन् । कति आम्दानि हुन्छ त उनको ? "मासिक सात हजार । घर खर्च राम्रै चलेको छ ।" उनले भने । कलाको काममा मात्र उनी सिमित छैनन् , महत । नेपाली भाषा बाहेक अंग्रेजी , हिन्दी र जर्मनि भाषा बोल्न सिकेका उनी टुरिष्ट गाइड पनि हुन् । पानीपोखरीस्थित हाइल्यान्ड एक्सपिडीसनबाट गाइडहरु घुमाउन कहिले अन्नपुर्ण बेस क्याम्प त कहिले सगरमाथा बेस क्याम्पतिर पुग्छन् ।
आर्दश उच्च माबि गठ्ठाघरबाट सात कक्षा मात्र उर्त्तिण गरेकि भक्तपुरकि भुबनकेशरी चक्रधर २४ , ले बेरोजगार हुन परेन । हातमा सीप भएपछि यस्तै हो । अहिले घरमै बसि बसि राम्रै आम्दानि गर्न थालेकि छिन् ,उनी । बासबाट ड्रेसिङ ऐना , फोटो फ्रेम , ढकी , म्यागेजिन होल्डर , पेन होल्डर , घडी , किरिङ , सिन घर आदि जस्ता सामान बनाउन पोख्त बनिसकिन । सिर्जनशिल महिला कल्याण समाज मध्यपुर ,ठिमीबाट यो सीप सिकेकि भुबनकेशरी दिनहु करौंति, चक्कु , ड्रिल मेसिन , वार्नेस र खाक्सीसग खेलिरहेकि हुन्छिन् । हस्तकला सम्बन्धिको राष्ट्रिय प्रतियोगीतामा चौथो स्थान हासिल गरेपनि भक्तपुर जिल्ला स्तरमा भने प्रथम स्थान हात पारेकि छिन् भुबनकेशरीले । उनले बनाएका सामान ५० देखि आठ सय रुपैया सम्मका छन् ।
सिर्जनशिल महिला कल्याण समाज मध्यपुर ठिमीले असि जना महिलाहरुलाइ बासबाट यस्तो सीप बनाउन सिकाएको हो । "महिलाहरुलाइ स्वरोजगार बनाउन यो तालिम दिइएको हो । " संस्थाकि अध्यक्ष चन्द्रु श्रेष्ठ भन्छिन् । तालिम लिएजति सबै महिलाहरु भने काममा लागेनन् । थोरैले काम गर्छन् । काम उत्तिकै गार्हो छ । छिप्पिएको बासलाइ करौंतिले काट्ने , चिर्ने, आगोमा पोल्ने र चोया बनाउने काम पछि मात्र आफुले मन लागेका सामग्री बनाउन मिल्छ ।
ख्वप कलेज भक्तपुरमा एमबिएस पहिलो बर्षम्यानेजमेन्टका विद्यार्थी राकेश राजचल २४ , बिहान पढाइमा ब्यस्त हुन्छन् । यसबाहेक बिहान दस बजेदेखि साझ ६ बजेको समयमा काठबाट मुर्ति, झ्यालढोका , टेबल , ड्राइगन जस्ता कलात्मक सामग्री बनाउनमै ब्यस्त हुन्छन् । दत्तात्रय भक्तपुरमा राकेशको भक्तपुर कार्पेन्टर उड क्राफ्ट पसल छ । आफ्नो बुबा गणेशमान सगै उनी काममै ब्यस्त हुन्छन् । तीन जना अन्य मानिसहरुले पनि उनको पसलमा रोजगारी पाएका छन् । बुबा छोरा मिलेर गरेको कामबाट कमाइ पनि राम्रै छ । काठबाट गरिन यो कामबाट मासिक २० हजार कमाइ हुने गरेको बताउछन् ,गणेशमान । कर्मा र सालका रुखहरुबाट बनाइने झ्यालहरु पाच हजार देखि आठ हजार रुपैया सम्मका छन् । त्यस्तै मुर्तिहरु रु दस हजार देखि पच्चिस हजार सम्ममा बिक्रि हुन्छन् ।
बजारमा पाइने थुप्रै बिदेशी कम्पनिका साबुनहरु भन्दा लोकप्रिय बन्दै गएको छ स्वदेस मै उत्पादन हुने साबुनहरु । सुदूरपश्चिमका हिमाली जिल्लाहरुबाट चिउरीको घिउ , जडिबुटि ,पुदिना , निम र अमला झिकाएर कलंकिस्थित हाइ हिमालयन मल्टि प्रोडक्ट्सले बाषिर्क एक लाख पिस साबुनहरु उत्पादन गर्छ । पछिल्लो समयमा उसका उत्पादन निमो , निमोमिक्स र फेस वास गरी तीन थरी का साबुनहरु बजारमा निकै माग भयो । यि साबुनहरु स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छन् । " डक्टरहरुको सल्लाहले नै हामी उत्पादन गर्र्छौं । " संस्थाका सदस्य रामहरी त्रिपाठी ३६ भन्छन् ।
चिनबाट धागो मगाएर कुशन (सिरानीको खोल ) बेड कभर , सारी ,कुर्ता ,सल बुन्छिन् ,स्वयम्भु काठमाडौंकि संगिता लामा (शाहि) । उनले बनाएका पश्मिना र स्वीटर नेपालमा मात्र होइन जापान र अमेरिकाका शहरमा पनि पुग्छन् । बिदेसीहरु उनी कहा आफै आएर पनि किन्ने गर्छन् । "बिदेसीहरु क्वालिटी खोज्छन् , नेपालीहरुले सस्तो । " लामो समय देखि अनुभब संगालेकि संगिता भन्छिन् ।
संगिता आफु बनाउने मात्र होइन अरुलाइ सिकाउछिन् पनि । आफ्नै संस्था खोलेर बसेकि उनी त्यतिमा मात्र सिमित छैनन् । नारी प्रबाह , बहुउद्देश्यीय सीप विकास केन्द्र , महिला उद्यमशिलता जस्ता संस्थामा प्रशिक्षण पनि दिने गर्छिन् । मासिक पन्ध्र हजार भन्दा बढी छ उनको कमाइ । भन्छिन् , " काम गर्नेहरुले बिदेस जानै पर्दैन । स्वदेसमै सम्भाबनाका प्रशस्त आधारहरु छन् ।"
सोलुबाट चार दिन हिडेर हिमाली भेगतिर भेडाको उन किन्न जान्छिन् रुम्जाटार ८ ओखढुंगाकि ज्ञानधरी गुरुङ ३७ । धार्नीका धार्नी बोकेर ल्याएको त्यो उन पानीमा धुने , सुकाउने , डल्ला बनाउने ,तातो पानीमा माड्ने काम पछि तान लगाएर बुनिन्छ । अनि तयार हुन्छन् भोजे राडी , धुम राडी , चकटी ,कोट सातबिते र दोबारा । यिं सामानहरु रु हजार देखि तीन हजार सम्म बिक्रि हुन्छन् । यसैलाइ प्रमुख पेशा बनाएकि ज्ञानधरीले । उनको सिंगो परिवारको ब्यापार नै यहि हो ।
उनकै जस्तो ब्यापार गरेर गुजारा गर्छिन् , स्याफ्रुबेसी ९ रसुवाकि छाम्जे तामाङ ,३२ । भेडाको उन किन्न घरबाट दुइ दिन हिडेर केरुङ बजार पुग्नुपर्छ । यसरी ल्याइएको उनबाट झोला , राडी , टोपी , गलैंचा मखलर ,बक्खु र पाङ्ग्रा (शेर्पाले लगाउने पहिरन ) बनाउछिन् । कर्मचारी , पर्यटक र तिनका गाइडहरु उनका ब्यापारी हुन् । रु तीन सय पर्ने झोला देखि दुइ हजार पर्ने बक्खु किन्ने उनको घरमै आइपुग्छन् । घरेलु तथा साना उद्योग रसुवाबाट तालिम लिएकि छाम्जे अहिले तालिम दिन धुन्चे , थुङमान , भोर्ले र चिलिमे सम्म पुग्छिन् । दुइ छोरा र श्रीमान् सहितको सानो परिवार यसरी नै पालिरहेको छ ।
No comments:
Post a Comment