May 14, 2009

एउटा नसोचेको भेट
नरेन्द्र रौले
केही दिन यता काठमाडौमा झरी पर्न थालेको छ । हिजो पनि बाह्र बजे तिर अफिस जान खोज्दै थिए । एक्काशि पानी पर्‍यो । पुराना भइसकेको छाता बोकेर अफिस तिर लागें । तैपनि भिजाइ छोड्यो । तीनकुने स्थित कान्तिपुर कम्प्लेक्स पुग्दा पाइन्ट पुरै भिजिसकेको थियो ।

केहि बेर कम्प्युटरमा बसें । मेरो दुइ पेजको रिर्पोटिङ तयार भइसकेको थियो । तर यसपालीको अंकमा गएन । यसपाली लाइ अर्कै सामग्री तयार भयो । झरी रोकिसेको थियो । मलाइ बिबिसीको स्टुडियोमा सञ्जय ढकाललाइ भेट्न जानुपर्ने थियो । चिसो वाताबरण थियो । गाडी चढेर पुतलीसडक गए । हिड्दै हिड्दै नक्साल स्थित बिबिसीको स्टुडियो पुग्दा दिउसोको तीन बजिसकेको थियो ।

ओहो नरेन्द्र भाइ कता बाट ? हसिलो मुद्रामा कुर्सीबाट उठ्दै मतिर हात बढाउनुभयो । तर ती रिर्पोटर सञ्जय ढकाल होइनन् । तिं त बिबिसी नेपाली सेवाका सम्पादक रबीन्द्र मिश्र पो त । लन्डनको नागरिकता समेत त्यागेर नेपाल र्फकनुभएका रबीन्द्र दाइ काठमाडौ आइसक्नुभएको पहिल्यै थाह थियो तर ब्यस्त हुनुहुन्छ भनेर भेट्न गएको थिइन । हाम्रा लागी यो एक अप्रत्यासित भेट थियो । बिबिसीमा आउनुको कारण बताए र एकछिन् सञ्जय ढकालसित कुराकानि गर्न थालें ।

नेपालन्युजस्पटलाइट पत्रिकामा काम गरिसकेका सञ्जय हाल बिबीसिमै फुल टाइम जब गर्छन् । चार महिना अघि नेपालन्युज छोडेछन् । स्पटलाइट त अहिले बन्दै भएछ । उनी सँग अनलाइन पत्रकारिता र आर्थिक पत्रकारिताबारे केहि सिक्न मन थियो । केही अनुभब सुनें उनका । गदै जाने हो । सिकिन्छ । उनले भने । बिशेष गरी आउटलुक,इकोनोमिष्ट पोष्ट,इन्डिया टुडे जस्ता पत्रिका पढ्न सल्लाह दिए । छोटो कुराकानी पछि म उनी सँग छुट्टीएँ ।
फेरी उनै रबीन्द्र दाइ सँग गफिन थालें । कति थिए मनभरी कुराहरु । मनको कुना कुनामा लुकेर बसेका । कहिले भेट्ने अबसर पाउला भन्ने लाग्थ्यो । हुन त जुराएर गरिएका भेट भन्दा यसै गरी भएका भेट हरु मीठा हुदा रहेछन् । जसरी रबीन दाइ सँग भयो । यो छोटो भेटमा हामीले पढाइ लेखाइ र पत्रकारिताकै कुरा गर्‍यौं । हरेक भेटमा दाइले अंग्रेजी राम्रो बनाउन र धेरै पढ्न सल्लाह दिनुहुन्छ । म त्यसलाइ आत्मसात गर्छु । मलाइ हौसला दिदा काम गर्ने जोस थपिन्छ । जागर चल्छ । हुन त उहाको जादुमयी आवाज सुनेर पनि धेरै कुरा मैले सिक्छु र प्रेरणा लिन्छु । भेटमा त झनै उर्जा थपिन्छ ।
धेरै शिक्षक,विद्यार्थी र युबाहरुले रबीन्द्र मीश्रलाइ सम्झना सुनाइदिनु भनेका थिए । भेटमा मैले त्यो कुरा सुनाइदिए । उहाले पनि सबैलाइ सम्झिनुभयो । म फेरी भेट्ने आशा सहित दाइ सँग छुट्टीएँ । फर्केर आउदा रबीन दाइको उही मायालु बोली र हँसिलो मुहारको झझल्को आइरह्यो ।

1 comment:

Pawan Poudel said...

रौले जी रबीन्द्र मीश्रलाई भेट्न चाहनेको नहोल र तर तपाईंजस्तोतपाईंजस्तो भाग्यमनी सबै नहोलान् कुनै दीन एउटा बहना बनाएर मैले पनी भेट्ने जाअने सोचमा छु