Sep 11, 2009

अबेरसम्म गजल

"किन हतारएिको ? तिमी मात्र घर जाने हो र ?" घडीमा रातको १० बजिसक्यो । प्रा डीपी भण्डारी घर जान हतारएिका छन् । तर, गीतकार रत्नशमशेर थापा आफूलाई मनपर्ने हिन्दी गीतहरू फर्माइस गररिहेका छन् । श्रोताहरू गजलको नशामा झुमेका छन् । गण्यमान्य निकै साहित्यकार र कलाकार पनि अबेरसम्म बसे । गएको १३ गते राती गैह्रीधाराको करुणा इन्टेरयिरको शोरुममा भएको दृश्य हो यो । तन्नेरी डटकम र उपलब्धि प्रकाशनले आयोजना गरेको गजल सन्ध्यामा विभोर बराल र सप्रेम अर्चनाको उड्दै गए सपनाहरू र सपना कहाँ छुन सक्छु र ? संग्रहको डीभीडी सार्वजनिक गरएिको थियो । रमेश पोखरेलले नेपाली तथा हिन्दी गजलहरू गाएर सुनाउँदा श्रोताहरू मन्त्रमुग्ध भए । कार्यक्रमको अन्तिम समयतिर सञ्जय तुमु्रकले पनि गजल सुनाए । जीवन राईले तबला र सञ्जु शाहीले गितारमा सहयोग गरेका थिए ।

No comments: