Sep 12, 2009

मेड इन् नेपाल
नरेन्द्र रौले

अन्तर्राष्ट्रिय बजारमा नेपाली प्रबिधी
नौ बर्ष अघि अमेरिकाको बोस्टन शहरमा खोलिएको थियो, डिटुहकआइ कम्पनि । कम्प्युटर इन्जिनियर रुद्र पाण्डे र अर्का अमेरिकन नागरिक क्रिस क्राइडरले मिलेर यसको सुरुवात गरेका थिए । स्वास्थ्य सँग सरोकार राख्ने अमेरिकामा रहेका कम्पनि र संस्थालाइ यो कम्पनिले सफ्टवेयर निमार्णको काम गर्दछ । अब बोस्टनमा मात्र सिमित रहेन डिटुहकआइ । राजधानी काठमाडौमा पनि यसले बलियो जरा गाडिसकेको छ ।
सन् २००३ मा बानेश्वरको एउटा कोठाबाट सुरु भएको कम्पनि नेपालकै सबभन्दा ठुलो कम्पनि हुन्छ होला भनेर स्वयं रुद्रले सपनामा पनि सोचेका थिएनन् । भर्खरै हात्तिसारमा आफनै पाँच तले निजी भवन बनाएको डिटुहकआइमा नेपाली 'आइटि प्रोफेसनल' का महङ्गा दुइ सय असि कर्मचारीहरु कार्यरत छन् । जसमा प्राबिधिक र अन्य गरी तीन सय कर्मचारी कार्यरत रहेका छन् । नेपालका आइटि कम्पनिहरु मध्ये सबैभन्दा धेरै रोजगारदाताका रुपमा परिचित छ ।

खास गरी डिटुहकआइले अमेरिकाको बजारलाइ लक्षित गरेर नेपालबाट सफ्टवेयर निर्यात गर्छ । अमेरिकाका बिभिन्न मेडिकल,औद्योगिक कम्पनि, संघ सँस्था र इच्छुक ब्यक्तिहरुको माग बमोजिम वेब डिजाइन गर्नु पनि यसको काम हो । तर यो भन्दा बढी यसले सफ्टवेयर निमार्णको को काम गर्छ । जुन सफ्टवेयरहरु अमेरिकी बजारमा लोकपि्रय हुदै गएका छन् । र तिनको माग पनि बढ्दै गएको छ । त्यसको एउटा नमुना हो, 'चेक स्क्यान सफ्टवेयर' । घरमै बसेर कसैलाइ बैकमा रहेको आफ्नो खातामा पैसा जम्मा गर्न मन लाग्छ भने यो प्रबिधिको सहारा लिन सकिन्छ । दिनप्रतिदिन मानिसहरुको ब्यस्तता बढ्दो छ । बैकमा गएर पैसा जम्मा गर्नुपर्दा समय र पैसा दुबैको खर्च हुन्छ । अर्कोतिर यो झन्झटिलो पनि । ति सबै कुराबाट मुक्ति पाउन सहज बनाउने यो प्रबिधि अहिले अमेरिकामा अधिकांसको अभिन्न साथी बनेको छ । नेपाली कम्प्युटर इन्जिनियरहरु द्वारा बनाइएको यो प्रबिधि यति लोकपि्रय बन्यो कि सन् २००८ मा अमेरिकामा 'पि्रजन्ट्स सफ्ट' अवार्ड नै हात पार्‍यो । राशि ? बिरामीहरुले स्वास्थ्य सल्लाह लिन अमेरिकामा प्रख्यात मानिएको वेभ पोर्टल हो, 'प्यारेन्ट्स रिभ्यु' । आफुलाइ लागेको रोगबाट कसरी बच्ने,कुन कुरा खाने कुन चिज नखाने, जस्तो बिबिध समस्याको समाधान घरमै बसेर गर्न सकिन्छ । 'प्यारेन्ट्स रिभ्यु' को साइटमा गएर कुन रोगले आफुलाइ समाएको हो, त्यो छान्नुपर्छ । र आफुमा देखा परेका लक्षण बताएपछि इमेलमै डक्टर आफैले सल्लाह पठाइदिन्छन् । बिरामीले अस्पताल धाउनै पर्दैन । यो साइटको वेब डिजाइन र विषय बस्तु पनि डिटुहकआइका प्राबिधिकले बनाएका हुन् । त्यस्तै आइ एम
इ मर्ज प्यानल, ......यहाँबाट बनाएर सात समुद्र पारी पुगेका अन्य सफ्टवेयर हुन् ।
सफ्टवेयरका लागी नेपालको चर्चित अर्को कम्पनि हो, सर्भिङ माइन्ड्स । आठ बषै अघि स्थापना भएको यो कम्पनिले हाल सम्म पच्चिस हजार भन्दा बढी निमार्ण सफ्टवेयर गरिसकेको छ । विश्वका भारत ,अमेरिका, बेलायत,अष्टे्रलिया र क्यानडा जस्ता मुलुकमा प्रतिनिधी कम्पनिहरु खोलिएका छन् । न्युनतम दुइ सय अमेरिकन डलर देखि लाखौं डलर पर्ने सफ्टवेयरहरु यहा बाट निमार्ण हुने गरेको बताउछन् , सर्भिङ माइन्डस्का प्रोजेक्ट म्यानेजर रोशन प्रधान ,२९ । झण्डै दुइ सय कर्मचारीहरु भएको यस कम्पनिले थुप्रै नया विद्यार्थीहरुलाइ रोजगार पनि दिलाएको छ ।
नेपालमा रहेका युएनडिपी,युएन,युनिसेफ जस्ता एनजिओ, आइएनजिओ, नेपाल टेलिकम,वल्र्ड बैंक, नेपाल विद्युत प्राधिकरण जस्ता संस्थाहरुको वेव डिजाइन र कन्टेन्ट म्यानेजमेन्ट गरिसकेको अर्को कम्पनि योमरीले पनि नेपाली आइटि बजारमा छुट्टै छाप छोडिसकेको छ । देशका ७५ वटै जिल्ला अस्पतालबाट तथ्याङ्क संकलन र अन्य स्वास्थ्य सँग सम्बन्धित प्राबिधिक काम गर्न प्रयोगमा आएको सफ्टवेयर ह्युरिस स्वास्थ्य मन्त्रालयले प्रयोगमा ल्याएको छ । जुन योमरी कम्पनिका प्राबिधिकहरुले बनाएका हुन् । सिंहदरबारमा प्रबेशमा गत ०६५ श्राबणबाट सुरु भएको इ गेट पास सफ्टवेयर त्यस्तै अर्को नमुना हो । यो प्रबिधि सञ्चालनमा आउनु अघि सरकारी कामका लागी सिहदरबार प्रबेश गर्न खोज्नेहरुले घण्टौ समय लाइन बस्न पथ्र्यो । तर हिजोआज सजिलो भएको छ । आफुले जानुपर्ने सम्बन्धित मन्त्रालयमा नाम टिपाएपछि गेटमा राखिएको कम्प्युटरमा मन्त्रालयबाट प्रबेश अनुमतिका लागि नाम पठाइन्छ । यसरी सजिलै सिहदरबार प्रबेश गर्न सकिन्छ । अर्थ मन्त्रालयले प्रयोगमा ल्याएको इ मोनिटरिङ ,स्वास्थ्य मन्त्रालयले प्रयोगमा ल्याएको भाइटल इभेन्ट रजिस्टे्रसन सिष्टम अन्य सफट्वेयरका नमुना हुन् । अष्टे्रलियाको स्टडी एण्ड वर्क पोर्टल , संबिधानसभाको पोर्टल, कतारको मनि टा्रन्सफर नेपालरेमिट साइट पनि योमरी कै उत्पादन हुन् ।
बिगत छ बर्ष देखि आइटिको फिल्डमा समर्पित दरबारमार्ग स्थित कम्पनि कर्भस् एन् कलर बिशेष गरी वेव डिजाइनिङ सँगै यातायात लागी चाहिने सम्पुर्ण सफ्टवेयर बनाउदै आएको छ । हाल सम्म दुइ सय पचास भन्दा बढी संख्यामा बनाएका सो कम्पनिका सफ्टवेयर सिंगापुर,स्वीट्जरल्याण्ड,भुटान र भारत लगायतका देशहरुमा पुगेका छन् ।
विश्वमा सन् १९८९ मा बेलायतका कम्प्युटर बैज्ञानिक टिम बनर्स लिले डब्लु डब्लु डब्लु को अबधारणा ल्याए । तिनै टिम बनर्स लिले पछि गएर २५ डिसेम्बर ,सन् १९९० मा एक युबा विद्यार्थी र अर्का सहयोगी रोबर्ट क्याइलिउ सँगको सहकार्यमा इन्टरनेटको आबिष्कार गर्न सफल भए । यसपछि नया आबिष्कार का लागी जादुमयि ढोका खुल्यो । नेपालमा पन्ध्र बर्ष अघि तत्कालिन रोनाष्टले इन्टरनेट भित्राएपनि त्यसको एक बर्षपछि मात्र सर्बसाधारणले प्रयोग गर्ने मौका पाए । यसबिचमा सुचना प्रबिधिले ठुलै फड्को मारिसकेको छ । अहिले सम्म वेभ डेभलप्मेन्ट र सफ्टवेयरको काम गर्ने एक दर्जन ठुला कम्पनिहरु नेपाली बजारमा स्थापना भएका छन् । झण्डै पाच सय आइटि प्रोफेसनल भएको अनुमान छ । बर्षेनि आइसिटि पढाइ हुने कलेजहरुको संख्या थपिदैछ । अहिले सम्म देशभरी सञ्चालनमा रहेका लगभग ३० वटा आइसिटि कलेजमा झण्डै १५०० को संख्यामा विद्यार्थीहरु प्रत्येक बर्ष भर्ना हुन्छन् । ठुला कम्पनिहरुले परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीहरुमध्ये छानेर हरेक बर्ष एक दर्जन भन्दा बढीलाइ रोजगार दिने प्रचलन छ । यसैले आशा लाग्दो स्थिती पनि उब्जेको छ । नेपालमा स्कोप नभएर बिदेसिने क्रम बढेको ठान्छन्, कलेज अफ एप्लाइड बिजनेसका कम्प्युटर डिपार्टमेन्ट हेड महेश यादब , ३२ । यसरी बिदेसिने क्रम बढ्नुमा विद्यार्थीले हासिल गरेको सीप र क्षमता अनुसार स्वदेसमा रोजगारीको वातावरण सिर्जना नहुनु नै प्रमुख कारण रहेको यादबको ठहर छ । भन्छन्, "नेपाल सरकारले कम्प्युटर सम्बन्धि काम गर्ने हामी जस्तालाइ सुरक्षा प्रत्यानुभुति दिलाउन सकेको छैन । साइबर कानुन पनि लागु भएको छैन ।" उनले बताए अनुसार नेपालका प्रयोगमा आइरहेका सफ्टवेयर सिसी प्लस,ओर्‍याकल, विन्डोज अपरेटिङ सिस्टम र अफिस प्याकेज सबै माइक्रोसफ्ट कम्पनिबाट चोरीएका सफ्टवेयर हुन् । जसलाइ किन्नुपर्दा पचासौ हजार तिर्नुपर्छ । तर नियन्त्रण गर्ने कानुन नै अझै बनेको छैन । ठिक त्यसै गरी नेपालको कुनै कम्पनिले बनाएको सफ्वेयर चोरी हुँदा समाउने आधार नै छैन । किनकि बलियो कानुन नै यहा नबनेको अबस्था छ ।
यसो त नेपालमै बसेर राम्रो आम्दानि गर्नेहरुको जमात पनि कम्ति छैन । दरबारमार्गको कर्भस एण्ड कलर सफ्वेयर कम्पनिमा कार्यरत वेव डिजाइनर निर्मल ज्ञवालि ,२३मासिक पच्चिस हजार आम्दानि गर्छन् । स्वदेस विदेस मा छरिएर रहेका नेपाली आइटि प्रोफेसनलहरुलाइ नेटकै जालोबाट एकै ठाउमा ल्याउन भर्खरै मात्र निर्मलडटकमडटएनपि उनले खोलेका मात्र के थिए ,जागिरका लागि अफर गर्नेहरुको संख्या बढिसक्यो । "दिनहु इमेल पाइरहेको छु । आफ्नो कम्पनिको वेव डिजाइनर बनिदिन धेरैले आग्रह गरेका छन् ।" निर्मल भन्छन् । मासिक न्युनतम दस हजार देखि अधिकतम..........सम्म कमाउने आइटि प्रोफेसनलहरु छन् । कतिले त घरमै बसेर पनि कमाइरहेका छन् । भक्तपुरका मदनकुमार भुजु वेव डिजाइनका लागी विश्व भरबाट काम पाउछन् । न्युनतम १२५ डलर देखि अधिकतम १८०० डलर सम्म एउटै वेव डेभलप्मेन्टको काम गरेबापत उनले लिने गर्छन् ।
बक्स

वेब डेभलप्मेन्ट र सफ्टवेयर निमार्णमा
नाम कहलिएका नेपालका कम्पनि

http://www.d2hawkeyeservices.com/
http://www.curvesncolors.com/
http://www.yomari.com/yomari
www.//veriskhealth.com
http://www.younginnovations.com.np/
http://pcs.com.np/
http://www.servingminds.com/
http://www.itechies.com.np/
http://www.worldtimeserver.com/
http://www.waituk.com/
http://www.youngminds.com.np/
http://www.nepasoft.com.np/
http://www.nirmal.com.np/
http://www.worldlink.com.np/
www.nepalwebdevelopment.com
http://www.viewnepal.net/
आइटिमा जमेकी अर्चना
अर्चना श्रेष्ठ

झण्डै एक बर्ष भयो मैले नेपाल छोडेर आएको । अहिले मेलवर्न ,अष्टे्रलिया स्थित साइट्स एन् स्टोर्स कम्पनिमा आइटि अफिसरका रुपमा कार्यरत छु । अहिलेको समयमा राम्रो करिअर बनाउनका लागि पास्पोर्ट जस्तै बनेको छ सूचना तथा सञ्चार प्रबिधिको ज्ञान । विभिन्न सरकारी तथा निजी कार्यालय,अस्पताल,शैक्षिक संस्था,यातायात,बैकहरुमा हामी जस्ता आइटि प्रोफेसनलहरुका लागी अबसरका ढोका खुलेका छन् । संसारको जुनसुकै कुनाको काम घरमै बसेर गर्न सकिन्छ । दिनदिनै आइटी रोजगार असिमित र विश्वव्यापि बढ्ने क्रममा छ । नेपालमा आइसिटी - सूचना तथा सञ्चार प्रबिधि) को ब्यापारको निकै सुनौलो भविष्य देखेकि छु । नेपालमा रहदा ५ बर्ष सम्म मैले विदेसी कम्पनिको वेव डेभलप्मेन्टका काम गरें । मासिक पचास हजार आम्दानि हुन्थ्यो । नेपालीहरुको इमान्दारिता,मिहिनेती बानी , र विश्वासिला गुणबाट विदेसी अत्यन्तै खुसी छन् । थुप्रै यहाका कम्पनि हरु नेपालमा आएर काम गर्न इच्छुक छन् तर राजनितीक अस्थिरताले गर्दा असुरक्षित महशुष गरेका छन् ।
नेपाल जस्तो विकासोन्मुख देस त्यसै माथि महिला भएर पनि म अष्टे्रलिया प्रसिद्ध कम्पनिमा आइटि अफिसर को जिम्मेवारी सम्हालिरहेकि छु । प्राबिधिक ब्यक्ति भएकाले मैले सधैं नया नया प्रबिधिका बारेमा पोख्त बन्नुपर्छ । सुचना प्रबिधि बारे थुप्रै नया कुराको ज्ञान लिने सिलसिलामा म यहाँ आइपुगेकि हुँ । तैपनि मेरो पहिलो प्राथमिकतामा मेरै देस नेपाललाइ राखेकि छु । हरेक दिन ,हरेक पल नेपालकै याद आइरहन्छ । कुनै न कुनै माध्यमबाट सम्पर्क भइरहन्छ । नया सपना र दृष्टिकोण बोकेर चाँडो भन्दा चाँडो स्वदेस र्फकने सोचमा छु ।
सुरुवात विद्युतिय सरकारको अर्थात् इ गर्भनेन्सको
जनताहरुलाइ सरकाले दिने सेवा ,सुबिधा छिटो र छरितो दिनु नै इ गर्भनेन्स हो । बिभिन्न कामको सिलसिलामा सरकारी मन्त्रालय र कार्यालय पुगेका मानिसहरु पर्याप्त जानकारी नपाएर अलमलमा पर्ने गरेका छन् । कसरी आफ्नो काम गर्ने ? कसलाइ भेट्ने ? कुन कुन कागजातहरु पेश गर्ने ? जस्ता कुरा थाह नपाएर रनभुल्लमा पर्ने गरेका छन् । अब त्यस्तो समस्याबाट जनताहरुले मुक्ति पाउनेभएका छन् । केहि बर्ष भित्रै नेपाल सरकारले इ गर्भनेन्स प्रणलिको सुरुवात गर्दैछ । जुन कामका लागि एडिबिले रु २५ लाख अमेरिकन डलर खर्च प्रधानमन्त्रि कार्यालयलाइ दिइसकेको छ । बाकी ६ लाख अमेरिकन डलर बराबरको खर्च नेपाल सरकार आफैले ब्योहोदैछ । त्यसको प्राबिधिक कामको जिम्मेवारी पाएको छ ,सूचना प्रबिधि उच्च स्तरिय आयोगले । " हामीले यहि काममा जोड दिइरहेका छौ. । यसबारेमा मानिसहरुमा उत्सुकता जगाउन आबश्यक छ । " आयोगका सदस्य सचिब जुद्ध बहादुर गुरुङले भने । इ गर्भनेन्स लागु भइसकेपछि हातबाट हुने सम्पुर्ण सरकारी काम कम्प्युटरबाटै हुनेछन् । मन्त्रालयहरु बिच सुचनाको आदान प्रदान बढ्नेछ, नागरिकहरुले नेपाल सरकारको वेव पोर्टलबाटै अन्य थुप्रै कामको जानकारी लिन सक्नेछन् । नागरिकता र पासपोर्ट पनि घरमै बसेर बनाउन सकिनेछ ।





विदेसी भुमीमा नेपाली उचाइ
रुद्र पाण्डे ,४५
धादिङ जिल्ला कानाकोटको एउटा निम्न मध्यमवर्गीय परिवारमा जन्मेर रुद्र पाण्डे, ४५, अमेरिकाको भेरिस्क हेल्थ कम्पनीका प्रमुख कार्यकारी निर्देशकजस्तो महत्त्वपूर्ण पदमा पुगेका छन् । नर्थइस्टर्न युनिभर्सिटी, बोस्टनबाट अर्थशास्त्रमा विद्यावारिधि र इलेक्टि्रकल इन्जिनियरिङ्मा बीए स्तरको शिक्षा हासिल गरेका पाण्डे कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्रिस क्राइडरपछि 'सेकेन्ड म्यान' हुन् । स्वास्थ्यसँग सरोकार राख्ने सफ्टवेयर बनाउने यो कम्पनी अमेरिकामा स्थापित अन्य कम्पनीहरूभन्दा अग्रस्थानमा आउँछ । विश्वका आधा दर्जन मुलुकमा खोलिएका यस कम्पनीका शाखा कार्यालयमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । ठूलो परिमाणको कारोबार गर्ने भेरिस्क हेल्थ कम्पनीले नेपालस्थित पाण्डेको डीटूहकआई कम्पनीलाई किनिसकेको छ । काठमाडौँस्थित कम्पनीमा तीन सय कर्मचारीबाट एक हजार पुर्‍याउने लक्ष्य छ पाण्डेको । नेपाली प्रविधिलाई विश्वका अन्य मुलुकमा पुर्‍याउन अथक प्रयासमा छन् उनी । भन्छन्, "नेपाली इन्जिनियरहरू निकै मिहिनेती र इमानदार छन्, त्यसैले अन्तर्राष्ट्रिय आईटीको बजारमा नेपालीहरूले अलग पहिचान बनाएका छन् ।"

No comments: