नरेन्द्र रौले
"ए ,तिमीहरु एकै दिनमा जन्मेको हो ?" बाटोमा हिडिरहदा धेरैले उनीहरुलाइ यहि प्रश्न सोध्छन् । "एकै दिनमा त हो नि ।" दुबैले एकसाथ जवाफ फर्काउछन् । अझैपनि मानिसहरु प्रश्न सोध्न छोड्दैनन् । को अग्लो छ ? को होचो छ ? साँच्चै एकैदिनमा जन्मेको हो ? सुनेर दुबै जना खित्का छोडी हाँसिदिन्छन् ।
कुमारीपाटि ललितपुर घर भएकि केशु खड्का र काश् खड्का दिदी बहिनी हुन् । तर ब्यबहारमा साथी जस्तै छन् । जहाँ जादा पनि सँगै जान्छन् । सगै हिड्छन् । केशुको उमेर अहिले १५ बर्ष पुग्यो । काशु पनि पन्ध्र बर्ष पुगिन् । यिं दुइ दिदी बहिनी जुम्ल्याहा हुन् । दस मिनेटको फरकमा उनीहरुको जन्म भयो । हेर्दाखेरी दुबैको अनुहार मिल्दोजुल्दो छ । उचाइ पनि लगभग बराबर नै छ ।
लगनखेलको क्याम्पियन एकेडिमीमा कक्षा दस मा पढ्दैछिन उनीहरु ।स्कुलमा हुने गतिबिधीहरु वक्तृत्वकला र वादविवाद प्रतियोगितामा भाग लिन कहिल्यै छुटाउदैनन् उनीहरु । काशु बास्केटबलमा सफलता हात पार्छिन् ,भने केशु वादविवाद प्रतियोगितामा । कक्षा ७ पढ्दा लिटल मिष क्याम्पियन प्रतियोगिता भएको थियो । जम्मा ३७ जना प्रतियोगी मध्ये केशुले त्यसमा फस्ट रनर अप र काशुले सेकेन्ड रनर अपको उपाधि हात पारिन् ।
लगाउन र खानमा पनि दुबैको रुचि मिल्छ । कासु बिभिन्न परिकार बनाउन सिपालु छिन् । केशुलाइ खासै खाना पकाउनमा रुचि छैन । अमिलो र पीरो भनेपछि उनीहरु हुरुक्कै हुन्छिन् । साँझतिर चोकतिर आएर चट्पटे नखाएको त दिनै छैन । चट्पटे यति स्वादिलो लाग्छ कि खाँदा खाँदा ५ प्लेट पुगेको पनि थाहै पाउँदिनन् । कान्तिपुर र द हिमालयन टाइम्स उनीहरुले नियमित रुपमा पढ्ने पत्रिका हुन् । अंग्रेजी भाषामा पाइने उपन्यास,कथा,म्यागेजिन पनि खोजि खोजि पढ्न मन पर्छ । अँ, उनीहरु लाइ घुम्न पनि मन पर्छ । बुबा आमा सँग पोखरा र मनकामना जस्ता ठाउहरु पनि घुमेका छन् उनीहरुले । आमा सुनिताले भने अनुसार, "कासु छिटो रिसाउछिन् । केसु बुझ्ने खालकि छिन् । " भविष्यमा कासु डक्टर बन्ने सोचमा छिन् । केशु लाइ कहिले इन्जिनयर बनौ जस्तो लाग्छ कहिले डक्टर । दोधारमा छिन् ।
कुमारीपाटि डाँफे इंगलिस स्कुल , ललितपुरका सौरभ बस्नेत र गौरव बस्नेत पनि जुम्ल्याहा दाजुभाइ हुन् । उनीहरुको घर कुमारीपाटि हो । ललितपुरमा बुबाको कपडा पसल छ । गौरब जेठा हुन् ,सौरभ कान्छा । उमेरले चौध बर्ष पुगे । दुबै जना डाफे स्कुलमा कक्षा ८ मा पढ्दैछन् ।
कक्षा ७ को अन्तिम परिक्षामा गौरब पहिलो भए । सौरभ पाचौ स्थानमा पास भए । बास्केटबल,टेबलटेनिस,चेस,फुटबल,क्यारिमबोर्ड,कम्प्युटरगेम,ब्याडमिन्टन, स्वीमिङ उनीहरुले निकै मन पराउने खेलहरु हुन् । यसमध्ये गौरबले बढि खेल्ने खेल चाहि ब्याडमिन्टन हो । स्कुलमा हुन ब्याडमिन्टन प्रतियोगितामा गौरब सधै पहिलो हुन्छन् । सौरभले बढि जसो बास्केटबल खेल्न मन पराउछन् । उनले पनि सधै केहि न केहि पुरस्कार हात पारेकै हुन्छन् । कागजका घर बनाउने, कार्टुन बनाउने, चित्र बनाउनमा पनि उनीहरुको सोख हो ।
सौरभलाइ माछा ,मासु भनेपछि अघाउजि खान मन लाग्छ । जति खाए पनि धितै मर्दैन । गौरब त गुलिया परिकार खान मन पराउदा रहेछन् । सौरभले जिबजन्तु पाल्न मन लाग्छ । आफ्नो आमा सँग बजार गएर रु आठ सयमा किनेर ल्याएको एक्युरेममा गोलफिस,स्वीपर,थाइगोफी र सार्क गरी बिभिन्न जातमा माछा पालेका छन्, गौरबले । बुबा कृष्ण बस्नेत आफ्नो छोराको मुल्याङ्कन गर्छन् । उनी शान्त र गम्भिर स्वाभाबका छन् । धेरै बौल्दैनन् । सौरभ त चञ्चले छन् । ज्यादा घुमफिर गर्छन् । लुगा चाहि फरक फरक रंगका लगाउछन् यि दाजुभाइ । सर्ट ,जिन्स पाइन्ट र सुट लगाउदा आफुलाइ सुहाएको झै लाग्छ उनीहरुलाइ । भविष्यमा के बन्ने रहर छ त ? सौरभ भन्छन् , " म इलेक्टो्रनिक इन्जिनियर बन्छु । " उता गौरब भन्छन्, " म डाक्टर बन्छु । "
सुस्मिता धवलकोटि र सुजाता धवलकोटीको घर लमजुङ जिल्लाको बेशिशहरमा पर्छ । बुबा आमा काठमाडौ आएको अठार बर्ष पुगिसक्यो । काठमाडौमै जन्मेका सुस्मिता र सुजाता पनि जुम्ल्याहा दिदी बहिनी हुन् । उमेरले उनीहरु दस बर्षका लागे ।
नयाबानेश्वरको अरुणदिप एकेडिमीमा कक्षा ४ मा पढ्दैछन् । दुबै बहिनिलाइ कविता लेख्न, पेन्टिङ गर्न र नाँच्न मन लाग्छ । स्कुलमा कार्यक्रम हुदा भाग लिन छुटाउदैनन् । अनि कस्तो संयोग ∕ भविष्यमा दुबैको एउटै पेशा बनाउने सोच छ । 'पढेर के बन्ने ? ' दुबैले एकसाथ भने, "डक्टर बन्ने । " बानेश्वरमा पसल चलाएर बसेकि आमा शान्ति पनि दुबै छोरी डक्टर बनुन् भन्ने चाहन्छिन् । "मेरा छोरीहरु राम्रो डक्टर बनुन् । नेपालमा बसेर नेपाली दाजुभाइकै सेवा गरुन् । " आमा शान्तिले भनिन् ।
घरमा सुजाता अलि बढि बोल्छिन् रे । सुस्मिता कमै बोल्छिन् । लगाउनमा एउटै रंग मन पर्छ । कहिले काहि उनीहरु बिच ब्याडमिन्टन खेल्दा, लेख्न, पढ्ने बेला झगडा पनि हुन्छ । तर तुरुन्तै झगडा मिलिहाल्छ । सबैले सबैले सुजाता र सुस्मिता जसरी मिलेर बस्न सके कस्तो जाती हुन्थ्यो हगि .

No comments:
Post a Comment