यो लिंक मा पनि पढ्न सक्नुहुन्छ
http://www.kantipuronline.com/Nepal/show.php?&sid=5729
नरेन्द्र रौले
भक्तपुर सहर नजिकैको बागेश्वरी गाविस, खरीपाटीका सुरतबहादुर केसी, ७७, को घरलाई अहिले चारैतिरबाट सिमेन्टका भवनले घेरसिकेको छ, जहाँ उनका पाँच पुस्ताले पखेटा हाले । उनी यस घरको ठाउँमा नयाँ सिमेन्टेड बनाउने होइन, पाए-सके पुरानो शैली र संरचना नबिग्रने हिसाबले मर्मत गर्न चाहन्छन् ।

भक्तपुर-३, गछेँका पुण्यराम गोसाईं, ३७, ले विसं १९९० को भूकम्पको त्रासदी बेहोर्नुपरेन । उनी अहिले त्यस महाभूकम्पले हल्लाउन नसकेको तीनतले घरमा बसिरहेका छन् । पुरानो समयको यस घरतिर छिर्दा लस्करै अरू पाँचवटा घर आउँछन् । सुरुङजस्तो लामो प्यासेजमा निहुरीएर हिँड्नुपर्छ, जसको भित्री भागमा चोकहरू छन् । मूल घर प्रवेश गर्ने ढोकाहरू फरक-फरक छन् । बाहिरबाट हेर्दा ढल्ला कि जस्तो देखिए पनि भित्र पस्दा दरीलो लाग्छ । पुण्यराम भन्छन्, "खासमा मलाई सिमेन्टका घरमा कत्ति पनि रुचि छैन ।"विदेशी पर्यटकका आँखा पनि पुरानै शैलीका घरतिर सोझिन्छन् । हुन पनि उनीहरू कंक्रिटका आधुनिक जंगलबाट निस्केर दुई-चार दिन भए पनि आँखाको शीतल ताप्न नेपाल आएका हुन्छन् । यहाँ आएर उनीहरूले सिमेन्टका कुनै आकर्षक भवन हेर्नु छैन, जसमा नेपालीहरू दिनप्रतिदिन लहसिँदै गएका छन् । त्यसो त बस्नलाई पनि यी पुराना घरहरू नै उपयुक्त हुन्छन् । काठ र माटोले बनेका यस्ता घरहरू बलिया हुन्छन् । सिमेन्टका घरमा जस्तो गर्मीमा अति गर्मी र जाडो मौसममा असाध्यै जाडो हँुदैन । दुवै मौसममा ठिक्कको न्यानो हुन्छ । तर, प्राकृतिक रूपमा नै वातानुकूलित यस्ता पुराना घरहरू अब धेरै बाँकी छैनन् ।अर्को पुरानो सहर पाटन क्षेत्रमा यस्ता 'कुँझ्या' (कुनामा झ्याल भएको) अब तीन ठाउँमा तीनवटा मात्र बाँकी छन् । पाटन दरबार परसिर, चामा र स्वठमा बाँकी रहेका यस्ता घर पहिला रैती दुनियाँले बनाउनै पाउँदैन थिए । काठमाडौको हनुमानढोकामा एउटा मात्र यस्तो घर छ । तर, कुँझ्याबाहेकका पुराना घरहरू ललितपुरका कुलिमा, क्वाल्खु, पटुकोलगायतका बस्तीमा अझै पनि देख्न पाइन्छ । वास्तुविद् रोहितकुमार रञ्जितकारका अनुसार, यी घरहरूमध्ये कतिपय त मल्लकालमै बनेका हुन् । भक्तपुरका कुटुमाट, सिद्धपोखरी, कोतौ, टौलाछे, चाकोलाङ, चोफल, तोचा र कमिचा गल्लीमा केही घर बाँकी छन् । काठमाडौको असन, नयाँसडक, जैसीदेवल, बांगेमुढा र हनुमानढोका क्षेत्रका यस्ता घरहरू तीव्र गतिमा विलोप हुदैछन् । यस्ता पुराना घरहरू भत्काएर सिमेन्टको भवन बनाउने शैलीलाई मूर्खता नै ठान्छन्, पुल्चोक इन्जिनियरङि् क्याम्पसको वास्तुकला तथा सहरी विकास विभागका सुदर्शन तिवारी । प्राध्यापक तिवारीको अनुभवमा ३० वर्षअगाडिसम्म नयाँ सडकमा एउटा पनि कंक्रिटका भवन बनेका थिएनन् । भन्छन्, "त्यसपछिका दिनमा भने सम्पदा विनाश गर्ने प्रवृत्ति तीव्र भयो ।"ललितपुर नगरपालिकाका सहरी विकास शाखा प्रमुख प्रविन श्रेष्ठका अनुसार, पाटनमा मात्रै वाषिर्क १ हजार २ सय २० वटा नयाँ कंक्रिटका घर थपिने गरेका छन् । त्यस्तै, भक्तपुरमा वाषिर्क तीन सय नयाँ घर थपिने गरेको नगरपालिका अन्तर्गतको सम्पदा शाखा प्रमुख कृष्णगोपाल प्रजापति बताउँछन् । काठमाडौँमा यो अझ उच्च छ । थोरै जग्गामा बढीभन्दा बढी तला थपेर पैसा कमाउन मानिसहरूले कंक्रिटको जंगल बढाइरहेका हुन् । गत १२ वर्षदेखि घरको ठेक्कापट्टा गर्दै आएका तुलसीनारायण बुयलाई यस अवधिमा पुरानो शैलीको कुनै संरचना बनाएको सम्झना छैन । उनका अनुसार, पुराना शैलीका घर बनाउँदा सानो ठाउँमा धेरै स्पेस -कोठा) निकाल्न सकिँदैन । महँगो पनि उत्तिकै पर्छ । भन्छन्, "त्यसैले, मानिसहरू ठूलो रकम खर्च गरेर पुराना शैलीको घर बनाउनुभन्दा थोरै खर्चमा कमाउन चाहन्छन्, जसका लागि सिमेन्टको भवन सबभन्दा राम्रो उपाय हो ।"कलाका लागि स्वर्ण युग मानिने मल्लकालमा काठमाडौँ उपत्यकामा धेरै दरबार, स्तूप, चैत्य, गुम्बा, पाटीपौवा, मन्दिर र कलात्मक घरहरू बने, जुन अहिले नेपालको सम्पदा बनेका छन् । वास्तुकलाका लागि राणाकाललाई पनि भुल्न नहुने कलाकार मनुजबाबु मिश्र बताउँछन् । भन्छन्, "यसैबेला हो भाटभटेनी दरबार, फोहरा दरबार, सिंहदरबारलगायत असंख्य कलात्मक भवनहरू बनेका ।"राणाहरू शासनसत्ताबाट किनारा लागेपछि पाश्चात्य शैलीमा बनेका कतिपय दरबारहरू भत्किए, भत्काइए । कतिपय दरबारहरू निर्माणकालदेखि नै बेसम्भार थिए । अहिलेको बबरमहल रिभिजिटेड सन् १९६६ सम्म गाईगोठ थियो । तर, आदित्यशमशेर राणाका छोरा गौतमशमशेरले १८ महिना लगाएर त्यसको पुनः निर्माण गरेका छन्, जहाँ अहिले काइदाको रेस्टुराँ र सिद्धार्थ आर्ट ग्यालरी चलेको छ । केशरमहलको एक भागलाई पनि अहिले जीर्णोद्धार गरेर स्वप्न बगँैचा बनाइएको छ । बबरमहल रििभजिटेडमा मुन गेट बनाइरहेका अष्टनारायण बज्राचार्य तिनै पाटने कलाकार हुन्, जसले सात वर्ष लगाएर स्वप्न बगैँचा बनाएका थिए । सन् १९२० मा बेलायत जाँदा राजा जर्ज एडवर्ड सातौँको बगैँचा हेर्न पाएका थिए, केशरशमशेरले । त्यसबाट प्रभावित भएका उनले बुबा चन्द्रशमशेरसँग कौडा खेल्दा जितेको एक लाख रुपियाँले स्वप्न बगैँचा बनाएका थिए । १२ रोपनी जग्गामा बनेको यस बगैँचाको स्वरूप सन् २००२ मा फेरियो, जसमा १० लाख रुपियाँ लाग्यो । २००६ बाट खुला गरिएको यस बगैँचामा दैनिक ६० नेपाली र ४० जना विदेशी पुग्ने गरेका छन् । यहाँको मनोरम वातावरणमा टहल्न नेपालीले प्रतिव्यक्ति ८० रुपियाँ र विदशीले १ सय ८० रुपियाँ तिर्नुपर्छ, जहाँ केशर क्याफे रेस्टुराँ पनि सञ्चालित छ । पुरानो वास्तुकला लिच्छविकालमा घरभन्दा बढी स्तूप, चैत्य, ढुंगेधारा र मूर्तिहरू बने ।
पशुपतिनाथको मन्दिर र चाँगुनारायण यसै कालका अनुपम कलाका नमुना हुन् । त्यतिबेला चाबहिल, बौद्ध, स्वयम्भू, पाटन र हनुमानढोका क्षेत्रमा बनेका चैत्यहरू अहिले पनि बाक्लै देख्न पाइन्छ । त्यसबेला तीनवटै सहरमा अनगिन्ती ढुंगेधारा बनेका थिए । तर, बाह्रौँदेखि अठारौँ शताब्दीसम्मको मल्लकाल ( विसं १२५७-१८२६) मा काठमाडौँ उपत्यकामा चारतले भवन बनाउने प्रतिस्पर्धा नै चल्यो । त्यस कालमा बनेका घर बाहिरबाट हेर्दा तीनतले जस्तो देखिए पनि भित्र चार तला हुन्थ्यो । त्यस शैलीमा पहिलो छिडी, दोस्रो मतान, तेस्रो चोटा र सबैभन्दा माथिल्लो तलालाई बुईंगल भनिन्छ । यस शैलीका घरमा बिजोर अर्थात् ३, ५, ७ र ९ वटा झ्याल हुन्छन् । भक्तपुरको दत्तात्रय मन्दिर, हुनमानढोका दरबार, पाटन दरबार, कृष्ण मन्दिर, न्यातपोल, पचपन्नझ्याले दरबार यही कालका अनुपम संरचना हुन् । पृथ्वीनारायण शाहदेखि रणबहादुर शाहको पालासम्म भने भवनका आँखीझ्यालहरू लाम्चिन र पहिलो तलाको झ्याल ठूला बन्न थाले । गोरखा, नुवाकोटतिर यस कालमा बनेका संरचनाहरू अझै भेटिन्छन् । भीमसेन थापाको पालामा सेनालाई तालिम दिन आएका फ्रान्सेली सैनिक अफिसरहरूले नेपालका साना र होचा घरहरू मन पराएनन् । परिणाम स्वरूप उपत्यकामा नयाँ शैलीका घरहरू बन्न थाले । त्यसबेला बनेको बागदरबारको पर्खालका अवशेष मात्र भेटिन्छन्, अहिले । जंगबहादुर राणाको उदयपछि अग्ला झ्यालढोका भएका अग्ला भवन बन्न थाले । थापाथली, बबरमल, सिंहदरबार र केशरमहल त्यस समयमा बनेका वास्तुकलाका नमुना हुन् । नक्सालको सीतामहल, सिंहमहल, मीनभवन, रविभवन, फोहरादरबार राणाकालीन समयका कला हुन् ।
आकर्षण पुरानै शैलीमा

भक्तपुरको दत्तात्रय मन्दिर नजिकै १ सय ६० वर्षअघि बनेको एउटा घरमा १० वर्षअगाडिसम्म एक जना किसानले कुखुरा पाल्थे, जसलाई भक्तपुरकै रवीन्द्र पुरीले सात लाख रुपियाँमा किने । पुरीले अरू १५ लाख रुपियाँ खर्च गरेर पुरानो शैली नबिगारी घरको जीर्णोद्धार गरे । यसै घरको विषयमा विश्वका चर्चित टेलिभिजन च्यानल बीबीसी र भारतीय च्यानल बिफोर यूलगायत नेपाली टेलिभिजन च्यानलहरूले पाँचवटा डकुमेन्ट्री बनाए । घर हेर्ने मानिसहरूको भीड लाग्यो । चार वर्षअघिसम्म पुरीले आगन्तुकहरूको रेकर्ड पनि राखे । तर, ११ हजार जनाले हेरसिकेपछि रेकर्ड राख्न छाडिदिए । १० वर्षअघि एक जना क्यानाडेली नागरकि मासिक एक हजार डलर भाडामा बस्न चाहे । त्यसपछि भने पुरीले पुराना घर जोगाऔँ भन्ने चेतना फैलाउन सबैका लागि घर खुला गरिदिए । घर भाडामा दिएको भए उनले यतिबेलासम्ममा एक करोड रुपियाँ कमाइसकेका हुने थिए । भन्छन्, "तर, पछुतो पनि छैन ।" किनभने, उनले एक करोड रुपियाँभन्दा बढीका प्रोजेक्टहरू पाएका छन्, पुरातन शैलीको घर संरक्षण र निर्माण गर्ने । काभ्रेको पनौतीमा बनेका चारवटा घर, फूलबारीस्िथत मथुरा पाटी मावि र कात्तिकेदेउरालीको श्रीप्रभा उमावि त्यसैका उदाहरणहरू हुन् । भक्तपुरकै टोनी हागन भवन यसको अर्को नमुना हो ।कुलीम्ह कोबहाल-९, ललितपुरका देवेन्द्र श्रेष्ठ, ५३, ले पनि २ सय ५० वर्ष पुरानो आफ्नो पुख्र्यौली घरलाई चार वर्ष लगाएर पुरानै शैलीमा जीर्णोद्धार गरे । नेवाः छेँको नामले चिनिने यो घर तीन वर्षदेखि गेस्ट हाउसका रूपमा उपयोग भइरहेको छ, जहाँ बस्न पर्यटकहरूको होडबाजी चल्छ । यस घरको जीर्णोद्धार गर्न नेसनल फेडेरेसन अफ युनेस्को, जापानले ३० हजार अमेरीकी डलर (१९ लाख ५० हजार रुपियाँ) सहयोग गरेको थियो । श्रेष्ठ भन्छन्, "त्यतिले नपुगेर अरू स्रोत पनि जुटाएँ ।"नेपालको पुरानो समय र सभ्यता झल्काउने यस घरमा आठवटा फराकिला कोठा छन्, जसको नाम श्रीवत्स, पुण्डरकि, ध्वज, कलश, चमर, मत्स्ययुग, छत्र र शंख हुन् । प्रत्येक कोठामा नेवारी संस्कृति झल्काउने सुकुल राखिएका छन् । देवेन्द्र श्रेष्ठको सांस्कृतिक चेतनाबाट पाटनकै नारायणचोक पनि प्रभावित छ । यहाँका कर्म महर्जनको पुख्र्यौली घर जीर्णोद्धार गर्नेबित्तिकै एक जना अमेरीकी नागरकिले भाडामा लिए, मासिक ५५ हजार रुपियाँमा । यसैगरी, सुदर्शन रघुवंशी पनि ०६५ माघबाट रातदिन घर जीर्णोद्धारकै काममा लागेको छन् । भन्छन्, "अहिले यस्तो संस्कृति झल्काउने घर खोज्नेहरूको कमी छैन ।" उनका अनुसार, खास गरेर अनुसन्धानका लागि नेपाल आएका विदेशी नागरकि, नेपालस्िथत नियोगका कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामा काम गर्नेहरू यस्ता पुराना घरको खोजीमा हुन्छन् । कुलीम्हः कोबहालकै जीवनलाल अमात्य र अन्य टोलबासी पनि धमाधम परम्परागत शैलीका आ-आफ्ना घरको मर्मतसम्भार गर्दैछन् । पछिल्लो वर्षमा पाटनका विभिन्न टोलमा एक दर्जनजति पुराना घर मर्मत र निर्माण भएका छन्, पुरानो जमाना झल्काउने गरी ।
ध्येय सम्पदा जोगाउने
ध्येय सम्पदा जोगाउने
वास्तुकलामा बेलारुसबाट विद्यावारिधी गरेका रोहित रञ्जितकार सन् १९९१ देखि काठमाडौँ उपत्यकाका पुराना भवन संरक्षणमा सक्रिय छन् । उनको शोधको शीर्षक नै 'काठमाडौँ उपत्यकामा बन्न लागेका घरहरूको मूल्यांकन' थियो । उनका भनाइमा दरबार, मन्दिर र अन्य सम्पदा मानव सभ्यताका मुटु हुन् भने वरपरका घरहरू हात-खुट्टा । भन्छन्, "त्यसैले पुर्खाहरूको पहिचान दिन र पर्यटक बढाउन पनि उपत्यकाका निजी घरहरूको जगेर्ना आवश्यक छ ।" पुराना सम्पदा बचाउने र सोही स्वरूपका सुन्दर घर बनाउने भनेर सचेतना जगाउन रञ्जितकारले मंगलबजारमा काठमाडौँ उपत्यका संरक्षण कोष नै स्थापना गरेका छन् । कोषले समान उद्देश्य भएका व्यक्तिहरूलाई पुरानै शैलीको घरको नक्सांकन देखि प्राविधिक सहयोगसम्म गर्दै आएको छ ।
No comments:
Post a Comment