Sep 5, 2009

पैँतीस सन्तानकी आमा !
नरेन्द्र रौले/काठमाडौँ
अविवाहित हुदै ३५ केटाकेटीकी आमा ? हो, काठमाडौँ, डिल्लीबजारकी पुष्पा बस्नेत, २५,परिस्थीतिले अनाथझैँ बनाएका बालबालिकाको आमा बनेकी छन् । सिंगो परिवार व्यापारमा लागे पनि उनी भने जेल परेका मानिसका बालबच्चा लालनपालनमा समर्पित छिन् । यसका लागि पुष्पाले महाराजगन्जमा अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर खोलेकी छन्, जहाँ १६ महिनादेखि १२ वर्षसम्मका ३५ बालबालिकाले आश्रय पाएका छन् । पुष्पालाई एउटा करुण संयोगले सेवाको यस क्षेत्रमा तानेको थियो, पाँच वर्षअघि । भयो के भने सेन्ट जेभियर्स कलेजको छात्राका रूपमा फिल्ड वर्कमा जाँदा उनी कालीमाटी महिला प्रहरी सेल पुगेकी थिइन्, जहाँ १३ महिनाकी एक बच्चीले टुलुटुलु हेर्दै कुर्ता तानिन् । ती दुई निर्दोष आँखाले पुष्पालाई यति स्तब्ध बनायो कि उनले त्यही क्षणमा यस्ता बालबालिकाको रक्षामा काम गर्ने निधो गरनि् । परिणाम, पाँच वर्षको अवधिमा उनी यतिका बालबच्चाका प्यारी पुष्पा मामु बनेकी छन् । भन्छिन्, "यिनीहरूले छिनछिनमा मामु भनेर बोलाउँदा जुन खुसीको अनुभूति हुन्छ, त्यसको न बयान सम्भव छ, न त तुलना नै ।"
पत्रिकाकाकै स्वरुपमा हेर्ने भए यहा" छ
http://www.kantipuronline.com/Nepal/show.php?&sid=5254

1 comment:

acpmasquerade said...

http://www.meronepalma.com/merozindagimerobishwas/8/puspha-basnet/this-i-believe-local-adaptation-in-nepal.html

Mero Jindagi Mero Biswas Feature at Meronepalma.com