Sep 12, 2009

शिखर चुम्ने प्रयास

पाँचबर्ष अघि जमल स्थित एरिना मल्टिमिडिया इन्सिट्च्युटमा उनीहरुको भेट भयो लक्ष्य एउटै थियो ,डकुमेन्टी्र फिल्म सम्पादन तथा निर्देशनबारे पोख्त बन्ने महिना लामो अबधिमा एक अर्कालाइ नजिक बाट चिन्ने सँयोग जुर्यो मन मिल्यो ,गन्तब्य एउटै भयो तय भयो जीवनको लामो यात्रा पोखरामा जन्मेकि इशु लामा २५, बालाजु ,म्हेपिमा जन्मेकि सन्तोषि नेपाल २४ सानै देखि चलचित्रमा चाख लिन्थे पहिलो पल्ट 'चिनो' 'रोमन होलिडे ' चलचित्र हेर्दा सन्तोषिको उमेर दस बर्ष मात्र थियो बिना आवाज चार्ली च्यापलिनको कमेडि हेर्दा इशु पनि दस बर्षमा पाइलो टेक्दै थिइन् त्यहि बेला देखि हो मिडिया,चलचित्र लाइन तिर उनीहरुको ध्यान मोडिएको जाँगरिला यि्र युबतिहरुले बनाएको एक्ट लोकल्ली थिंक ग्लोबल्ली नामक तीन मिनेटको डकुमेन्टि्रले युके नेपाल क्लाइमेट चेन्ज कम्पिटिसनमा यो साता १२४ प्रतिष्पर्धी लाइ उछिन्दै पहिलो स्थान हासिल गर्यो रु ६० हजार पुरस्कार स्वरुप उनीहरुले पाए स्की्रप्ट लेखन,सम्पादन उनीहरुले नै गरेका हुन् आवाज सन्तोषि नेपालको प्रतियोगीता बि्रटिस राजदुताबास बि्रटिस काउन्सिल डिफिड ले आयोजना गरेको थियो हर्मन माइनर बोर्डिङ स्कुल पोखराबाट एसएलसि उर्त्तिण गरेपछि आफ्नो भविष्य खोज्दै इशु काठमाडौ आइ पुगिन् कमर्स विषय लिएर पद्य्म कन्या क्याम्पसबाट प्रबिणता तह उर्त्तिण पनि पुरा भयो अहिले ओस्कार कलेजमा चलचित्र निमार्ण तथा निर्देशनमा स्नातक तह पहिलो बर्षमा अध्ययनरत छिन् क्षेत्रपाटीको सरस्वति बोर्डिङ स्कुलबाट एसएलसि उत्तिर्ण गरे लगत्तै नेपाल टेलिभिजनको लोकपि्रय साङ्गितिक कार्यक्रम ' कलेक्सन ' मा सन्तोषिले सम्पादन गर्न थालिसकेकि थिइन् पब्लिक युथ क्याम्पसबाट कर्मसमा स्नातक पद्य्म कन्याबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकि सन्तोषिले सम्पादन गरेका डकुमेन्टि्रको संख्या अहिले २५ म्युजिक भिडियोको संख्या आधा दर्जन नाघिसक्यो इशाले तीन वटा टेलिभिजन कार्यक्रमको लोगो एनिमेशन आकाश अधिकारीद्वारा को 'काठमाडौ ' चलचित्र समेत निमार्ण गरिसकिन

No comments: