फूल दिए ओइलाइ जाला औठी देउन तिम्रो हातको
मीठो तिम्रो बोली बचन मात लाग्यो बातको
ठेगान छैन भेट अब हुन्छ हुन्न फेरी
सगै बसौं आज राती नजरले हेरी
पलपलमा तिम्रो तस्विर आउछ आखाभरी
टाढा हुन सक्दिन म धड्कन बढ्छ छातीभरी
यो लुम्लेमा , मुटु काम्ने हावा चल्छ बर्सिरहन्छ पानी
मन पर्ने मायालुलाइ छोडी कहा जाने ?
माया लाग्दो लुम्ले गाउ कस्तो सुन्दर ठाउ
तिम्लाइ भेट्न फेरी पनि आइरहन पाउ
लालीगुरास फूल जस्तै फर्किरहनु फुलिरहनु
सधैं भेट अब हुन्छ हुन्न सपनीमा आइरहनु ।
1 comment:
कविता गाउँमा हो ? अनि कता वेपत्ता त बाटोबाटै ?
राम्रो छ ल ।
Post a Comment