Apr 23, 2009

बास पनि संग्रहालयमा
नरेन्द्र रौले/पोखरा
कास्कीको लुम्ले गाविस तान्चोक गाउँमा यस् तो संग्रहालय छ, जहाँ खान मात्र होइन, बस्न पनि पाइन्छ । पोखराबाट एक घन्टा गाडीमा लुम्ले र त्यहाँबाट साढे दुई घन्टा सोझै पश्चिम हिँडेपछि पुगिने गुरुङ गाउँमा चार वर्षअघि खुलेको हिमालयन कटेज एन्ड म्युजियममा यस्तो सुविधा छ । यो संग्रहालय खोल्ने तान्चोककै लोकबहादुर गुरुङ हुन् । उनले गाउँगाउँ चहारेर गुरुङ समुदायमा प्रचलित पुराना ढक, माना-पाथी, घिर्लिङ, ढ्याके रुपियाँ, थैली, खुडा-खुकुरी, हँसिया, खुर्पेटा, सारंगी, मादल, ढाल-तरबार, चर्खा, ठेकी आदि संग्रह गरेका छन् । संग्रहालयमा नेपालीलाई ५० र विदेशीलाई एक सय रुपियाँ प्रवेश शुल्क छ । यहाँ आउनेले चाहेमा थप एक सय रुपियाँ तिरेर गुरुङ खान्की खान पनि सक्छन् । बास बस्न चाहने पाहुनाका लागि ओछ्यान पनि तयार छ । सुतेको चाहिँ ५० रुपियाँ तिरे पुग्छ । संग्रहालयको रेखदेख गररिहेकी रामप्यारी गुरुङ भन्छिन्, "पाहुनाहरूलाई खुसी पारेरै संस्कृति संरक्षण गरेका छौँ ।"
http://www.kantipuronline.com/Nepal/wsearch.php?&wid=नरेन्द्र%20रौले/पोखरा

2 comments:

inashrestha said...

धेरै वर्ष बितिसकेछ त्यो लुम्लेको यात्रा पनि । अब त सम्झना मात्र बाँकी छ, त्यो पनि धुमिल चित्र यो मनसपटलमा ।

Narendra Raule (नरेन्द्र रौले) said...

ए , हो र ?कहिले जानु भएको थियो लुम्ले ?

लेख्नुस् न त ,धुमिल मानसपटलका चित्रहरु ।