मन्जुश्री थापाका मनका कुरा
नरेन्द्र रौले
सपनाको शहर अमेरिकाको ब्यस्त जनजीवन । अमेरिका निवासि नेपालि पत्रकारहरुले नेपालका कलाकार्हरुलाई निम्त्याएर एक साझ डिसी सन्ध्या कार्यक्रमको आयोजना गर्दैछन् । सात समुद्र पारी नेपालि परिबेशको झझल्को दिने गरी गीत संगीत,नृत्य,प्रहसन प्रस्तुत हुदा बर्षौं देखि परदेशिएका नेपालि मनहरु खुशिले कुत्कुतिएका छन् । गीत संगीतको रसमा चुर्लुम्म डुब्दा स्वदेशका गाउपाखा चहारिरहेको जस्तो लाग्छ ।
चकमन्न रात । आकाशमा टिल्पीलाइरहेका जुनताराहरु चुपचाप छन् । रात छिप्पिदै छ । सुनसान बाटो तर अशान्त मन बोकेर भर्जिनियाबाट बाल्टिमोरको टाउसनतिर जान गाडी हाकिरहेका छन् ,पर्ल रेग्मी । साथमा छन् गायिका मौसमि गुरुङ् र राजेश गरुङ् । हाइवेमा पुग्नु अगाडी उपहार स्वरुप पाएको सानो मञ्जुश्री को मुर्तीलाई रेग्मीले ढोगेपछि ,ख्याल गरेर बसेकि मौसमिले जिज्ञाशा राख्छिन्,'अरु मुर्ती नराखेर किन यो राखेको -'अर्को पटक आउदा म तपाइलाई गणेशको मुर्ती ल्याइदिन्छु नि हुन्छ ? ' जबाफमा रेग्मीले भनेछन् ,'ओहो बहिनि त्यत्रो भुडे गणेश बोक्ने कष्ट नगर बरु तिमीलाई त्यस्तै ल्याउने इच्छा भए मञ्जुश्री थापाका किताबहरु ल्याइदेउ । नेपालमा उनका किताबहरुले खैलाबैला मच्चाएको छ रे । ' नाम त सुने जस्तो लाग्छ को हो उहा? पप गायिका मौसमिले सोध्छिन् । 'मञ्जुश्री थापा अग्रेजी भाषामा नेपालि साहित्य लेख्ने लेखक हुन् र एक कुशल चित्रकार पनि।' प्रति उत्तरमा रेग्मी भन्छन् ।
समयले ठूलो फड्को मारेको छ । 'द टयूटर अफ हिस्ट्री ' पछि 'फर्गेट काठमाडौं ' र 'टिल्ड अर्थ' पनि प्रकाशित भएर बजारमा आइपुगे । दरबार हत्याकाण्ड,माओबादी जनयुद्ध, नेपालि समसामयिक राजनितीको इतिहासलाइ रिर्पोटिङ र ट्राभलिङ् गरेर ३ बर्षलगाएर लेखिएको फर्गेट काठमाडौ" को प्रकाशन सगै उनको उचाइ चुलिएको हो । जीवनमा कहिल्यै लेखक बन्ने सपना नदेखेकि मञ्जुश्रीलाइ यसै कृतिले लेखकको पहिचान बनायो । त्यो पनि अर्न्तराष्ट्रिय स्तर सम्म एक खालको तरंग ल्याइदियो ।
बालुवाटारको एउटा घर । खासै चहलपहल छैन,शान्त छ । घर भन्दा केहि पर गेट अगाडि गाडी,मोटर यताउता कुदिरहेका छन् । शहरभित्र गाउले परिबेशको झझल्को पाइन्छ यहा । आगनभरी दुबो मौलाएको छ । त्यसको ठिक अगाडी निगालाका बोटहरु ठडिएका छन् । घरको दाया कुनामा बासहरु झाङिगिएका छन् । जवानि पार गरी बुढ्यौलि लागेका केहि रुखहरुका पात सुस्तरी हल्लिदैछन् । तिनका हागामा बसेर नमिठो स्वरमा चिच्याइरहेका छन् केहि चराहरु सायद बसन्त ऋतु भएको भए कोइलिको मिठो कुहु कुहु सुनिने थियो,पाखै भरी मुस्कुराउराउने गुरासका थुङगाहरु देख्न पाइने थियो ।
घरमा एक्लि छिन् ,उनै लेखिका मञ्जुश्री थापा । जो उमेरले दर्ुइ बिस काटेर जीवनको उकालो लागिरहेकि छिन् । काठमाडौका जन्मिएर क्यानडामा हुर्केकि मञ्जुश्रीले काठमाडौको सेन्टमेरिजबाट ६ कक्षा सम्मको अध्ययन पुरा गरेपछि ११ बर्षो कलिलो उमेरका अमेरिका पुगिन् जतिबेला उनका बुबा भेष बहादुर थापा अमेरिकाका लागी नेपालका राजदुत थिए । वासिङ्टन डिसी स्थित नाटी क्याथेड्रल स्कुलमा पढ्दा कलामा उनको खुब ठूलो रुचि थियो । स्कुलबाट भागेर समेत उनले चित्रहरु कोर्थिन् । फोटोग्राफिमा पनि उत्तिकै ठूलो सोख थियो । रोड आइल्यान्ड स्कुल अफ डिजाइनबाट फोटोग्राफिमा स्नातक गरिन् र युनिभर्सिटि अफ वासिङ्टन बाट क्रियटिभ राइटिङमा एम ए गरिन् । उनको द ट्यूटर अफ हिस्टी्र थेसिसका रुपमा प्रस्तुत भएको थियो । कलिलो २१ बर्षो उमेर मा नेपाल फर्किएर अग्रेजी हिमाल द्वैमासिकमा फोटो सम्पादकका रुपमा काम गरिन् ।
मुस्ताङ्को लोमान्थाङमा अन्नपूर्ण सरक्षण क्षेत्र परियोजना मा डेढ बर्षकाम गरिन् हाकिम थिए (स्व डा चन्द्र गुरुङ) जसले ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुरघटनामा ज्यान गुमाए । तिनकै जीवनिमा आधारित छ भर्खरै उनले लेखिसकेको किताब अ ब्वाय फम सिकलेस् । गुरुङको जीवनकालमा वातारवरणसग सम्बन्धित भएका गतिबिधी र तिनको दरबारसग के सलग्नता छ -भन्ने कुराका साथै नेपालको वाताबरणको क्षेत्रमा भएका गतिबिधीहरुको इतिहास समेटिएको छ । जुन पुस्तक पढ्न पाठकहरुले अझै पाच महिना कुर्नुपर्ने छ । चार बर्षभयो सिजन अफ फ्लाइट नामक उपन्यास लेख्न थालेको । अझैं पुरा भएको छैन । नेपालि महिला बसाइ सराइ गरी अमेरिका गएको कथा छ यसमा । 'धेरै अनुसन्धान गर्नुपर्यो । अब दुई हप्ता भित्र लेखिसक्छु होला।' कालो रङ्को पछ्यौरीको ताल मिलाउदै भनिन् ।
लेखक बन्छु भन्ने उनले कहिल्यै सोचेकि थिइनन् । परिस्थितिले बनाएको हो । पहिलो पुस्तक मुस्ताङ् भोट इन फ्रागमे न्ट्स लेख्दा जम्मा २१ बर्षो उमेर थियो । त्यो बेला सिआइए ले चिनबिरोधि गतिबिधी गरेकाले चिन सरकारको दबाबमा नेपाल सरकारले बिदेशी पवर्यटकलाई लोमान्थाङ् जान रोक लगाइएको थियो । 'त्यहाका मानिसहरु एक खालको आइसोलेसनमा थिए । ब्यापार गर्न पाएनन् । एक खालको बन्धनमा बाधिएका थिए । ' उनी भन्छिन् । त्यहि सेरोफेरोमा आधारित छ उनको यो पुस्तक जो पहिलो पटक हिमाल बुक्सले प्रकाशित भएको थियो । २७ बर्षको उमेरमा द ट्यूटर अफ हिस्ट्री लेखेपछि मात्र अब चाहि लेखक भएछु भन्ने 'कन्फिडेन्स ' उनमा आएको थियो ।
फिक्सन लेख्दा निकै अफ्ठ्यारो महसुस हुन्छ उनलाई । यो लेख्दा आफूलाइ 'असामाजिक ' ठान्छिन् । कसैसग बोल्दिनन्, फोन पनि उठाउदिनन् ,सबैसगका भेटघाटहरु बन्द हुन्छन् । एकान्त रोज्छिन्,एक्लो हुन खोज्छिन् । 'के लेख्ने, कति लेख्ने ठम्याउन सक्दिन । नया पात्र सग भेट्नु ,नया घर सर्नु जस्तै लाग्छ ।' नन्फिक्सन लेख्दा कहिले उनलाई खुब मजा आउछ रे । ननफिक्सन लेख्दा कहिले गोदावरी,दक्षिणकाली त कहिले धुलिखेल र नगरकोटका डाडाकाडा चहार्छिन् । 'तपाइले गरेको काम भलाइ एकदम मन पर्छ । मान्छे भेट्ने,टेप रेकर्डिङ् गर्ने । मैले पनि नन फिक्सन लेखदा यस्तै गर्छु ' सिजन अफ फ्लाइट उपन्यास लेख्न गोदावरी पुगेकि थिइन् । जसले अबको एक हप्तामै पुर्णता पाउनेछ । र्फगट काठमाडौ लेख्नु अगाडि पश्चिम नेपालका दैलेख,कालिकोट भेग चहारेकि छिन् । माओबादीले
ध्वस्त गरेका भौतिक सरचना,त्रसित र दोहोरो चेपुवामा परेका जनता सग प्रत्यक्ष भेट गरेकि छिन् । त्यहि यात्रा लाइ रिर्पोटिङ् शैलिमा पस्केकि छिन् । जसमा दरबार हत्याकाण्ड र समसामयिक नेपालि राजनितीको मसाला थपेकि छिन् । छापिने बित्तिकै यसको प्रकाशन हवात्तै बढ्यो । विदेशिले नेपालको राजनितीक अबस्थाका र इतिहासका बारेमा बुझाउने गाइड बन्यो यो पुस्तक । साउथ एसियाकै 'वेस्ट सेलिङ ' भित्र पर्ने पुस्तक हो यो । पोहोर साल फिन्ल्यान्ड भाषामा अनुदित यो कृति भर्खरै इटालियन र जापानि भाषामा अनुबाद भइरहेको छ । धेरै जसो यसै को रोयल्टी बाट बाचेको बताइन् । आजभोलि चलाइरहेको ल्यापटप यसैको पैसाले किनेको हो । जसको मूल्य रु पुर्ण २००० डलर परेको थियो । 'नेपालिले यस्तो उपन्यास लेख्लान् भन्ने कुनै विदेशिले सोचेका थिएनन् । राम्रो रेस्पोन्स पाए । ' खुसिको क्षण सम्झिदै उनले भनिन् । र्फगट काठमाडौ सगै द ट्यूटर अफ हिस्टी् र जर्मनि र टिल्ड अर्थ जापानि भाषामा पनि अनुबाद भइरहेका छन् ।
केहि बर्षअगाडि मात्रै देशका चर्किएको द्वन्द्वबारे काठमाडौ केन्द्रित साहित्यकार र पत्रकारहरुले राम्रो 'कभर' नगरेको आरोप छ उनको । कालिकोटको पिली घटनामा परी ज्यान गुमाएका धादिङ जोगीमाराका पीडितहरुबारे मोहन मैनालीले गरेका रिर्पोट पढेपछि रिर्पोटिङ् गर्न लालायित बनेकी मञ्जुश्रीलाइ कसरी गर्ने त्यसको तरीका थाह नहुदा पत्रकार कुन्द दिक्षीत कहा गएर धेर थोर कुरा सिकेर नेपालगञ्ज हुदै मध्यपश्चिमका केहि पहाडी जिल्ला डुलेर त्यसको राम्रो कभरेज गरिन् । ३ बर्षलगाएर लेखेपछि त्यत्तिकै छोडिनन् । त्यसलाइ पुन लेखन गरिन् । त्यो पनि १५ चोटि सम्म । हरेक किताबलाइ लेखेपछि उनी त्यत्तिकै छोड्दिनन् । दर्जनौ पटक रिराइट गर्छिन् ।
'राइर्टस एजेन्सी ' सस्थामा खुल्ला प्रतिष्पर्धा गरेर लेखनकै लागि फ्रान्स र अमेरिका पुगेकि छिन् । यो त्यस्तो सस्था हो जसले लेखकहरुलाई खान बस्न दिन्छ । मन फुकाएर लेख्न बाहेक लेखकले अरु केहि गर्नु पर्दैन । अमेरिकाको वेस्टर वेल,विडवी आइस्ल्यान्ड र लेक फरेस्ट मा गएर ४ महिना बिताएकी छिन् भने फ्रान्समा ३ महिना । मानव अधिकार,ब्यक्तिगत स्वतन्त्रता,र समसामयिक राजनिती नै उनको लेखाइका बिषयबस्तु हुने गर्छन् । फ्रन्सेली लेखिका सिमोन द वोउवारले द सेकेन्ड सेक्स मा महिला मुक्ति र आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गरेझै उनका केहि कथाहरुले पनि यस्तै स्वतन्त्रताको प्रकट गर्छन् । आफ्नै जीवनको प्रतिबिम्ब भेटिदो रहेछ आफ्ना सिर्जनाहरुमा पनि । जसरी मैले नजन्माएको छोरो मा पारिजात, पागल बस्ति मा सरुभक्त ,म र मेरो परम्मरा मा मनुजबाबु मिश्र, गौथलिको गुड मा शङ्कर लामिछाने को जीवन झल्किएको छ । त्यस्तै द ट्यूटर अफ हिस्टी्
तया विहानको ७ बजेतिर उठिसक्छिन् । चिया र कफिको चुस्कि लिदै ल्यापटपमा औंला चलाउछिन् । इमेल चेक गर्छिन् । त्यसपछि सुरु हुन्छ उनको लेखन कार्य । दिउसो एक बजे लन्च लिएर दिउसो ३ नबज्दा सम्म लेखिरहन्छिन् । अनि कार हाकेर साथी भाइ भेट्ने,कार्यक्रममा जाने, कतै घुम्न जाने काम गर्छिन् । फर्किएर आउदा घडीले साझको ७ बजाइसकेको हुन्छ ।
त्यत्रो घरमा मञ्जुश्री एक्ली छिन्,एक्लै छैनन् ।
बिहे गरेको छैन भन्छिन् । जीवनसाथी क्यानडामा छन् भन्न हिच्किचाउदिनन् । मानिसको मन हो,उनलाई पनि कसैको साथ चाहिदो हो । क्यानेडियन पत्रकार ड्यानियल ल्याकलाई जीवनसाथी का रुपमा अगालेकी छिन् । जो केहि बर्षअगाडि सम्म नेपालबाट बिबिसी को रिर्पोटिङ् गर्थे । हाल क्यानडामा रहेका ड्यानियललाइ भेट्न ३ महिना अगाडी टोरन्टो पुगेकि थिइन् । उनी पनि बरोबर यता आइरहनछन् । आउने हप्ता मञ्जुलाई भेट्न क्यानडाबाट नेपाल आउ"दैछन् ,ड्यानियल । सया"ै किताबहरुको चाङ्बाट मन्त्रज अफ चेन्ज र इन्डिया एक्सप्रेस मोटा दुइ वटा किताबहरु झिकेर देखाउदै भनिन्, ' यि डयानियलले लेखेका किताबहरु । ' जसको मुल्य क्रमश रु २२९ र ४९९ भारु राखिएको थियो ।
ड्यानियलले गरेको पत्रकारिता मञ्जुश्री लाई एकदम मन पर्छ । उनको रिर्पोटिङमा ब्यालेन्स हुने उनको ठहर छ । ड्यानियलको कुन कुराले आकषिर्त गर्छ त उनलाइ - 'जुन देशमा गएपनि त्यहा"को वास्तबिकता चाडै बुझ्नु । ' यसबाहेक उनले पकाएको इटालियन खाना रिजटो पनि एकदमै मन पराउछिन् ।
खान लाउन कि शौखिन भएपनि दाल भात बाहेक केहि पकाउन चाहि आउदैन । प्राय पश्चिमी राष्ट्रका लुगा लगाउन मन पराएपनि बिच बिचमा साडी भने लगाउथिन् । अहिले लगाउन छोडेको् पनि १५ बर्षभइसक्यो । गीतहरुमा पश्चिमी मुलुकका रक सुन्न मन पर्छ । 'कहिलेकाहि नेपालि स्याड गीत पनि सुन्छु । ' ज्वरोले सताएर औषधि लिएको बेला सुस्तरी भनिन् ।
हप्ताको एक पल्ट जिम गर्न लाजिम्पाटको र्याडिसन मा पुग्छिन् । घरमा सरसफाइ गर्दा,एक्सरसाइज गर्दा आइपोडबाट गीतहरु सुन्छिन् । धेरै रुने मध्ये मा मञ्जु पनि पर्छिन् । सानो कुरामा पनि आखाबाट आसु बग्छ । पछिल्लो पटक उनलाइ रोएको सम्झना छ होला - अमेरिकामा ओबामाको जीत हुदा ६० बर्षो अफिकन अमेरिकन जेसि ज्याकसनले खुसीको आसु बगाउदा म पनि रोए" । 'त्यसैले म घरमा टिभी राख्दिन ।' यो बाक्य टुङ्ग्यादा भने उनी मज्जैले हासिन् ।
सानो छदा परिवार बाट छोरीले बिहे गर्लि भन्ने आशा थियो । तर उनमा भने त्रि्र घृणा त्यहि बेला देखि पलाइसकेको थियो । कारण उनी अमेरिका जस्तो स्वतन्त्रता भएको राष्ट्रमा हुर्किन् । कलेज पढ्दा निकै फ्रीडम हुन्थ्यो । उनका अरु साथीहरुले हातमा छोराछोरी खेलाएको देख्दा आमाको मन बनेर हेर्दा उनलाइ कस्तो लाग्छ होला - मलाई बच्चा बच्ची मन पर्दैनन् । त्यस्तो देख्दा खासै फरक लाग्दैन ।' उसो त ड्यानियल सग पनि छोराछोरी नजन्माउने सम्झौता गरेकि छन् । नेपालि चाडबाड पनि कहिल्यै मनाइनन् उनले । एक ठाउमा बस्दा उनलाई अत्यास लाग्छ रे । त्यसैले होला विदेशतिर बरालिरहन्छिन् । के नेपालमा बस्न मन नलागेर हो - होइन, त्यहा हुने गोष्ठी,सभा समारोह र साहित्यिक सम्मेलनमा भाग लिन । अनि उनका 'जीवन साथी ' ड्यानियललाइ भेट्न । सधै घुमिरहन मन लाग्छ उनलाई । साउथ अमेरिका र अफ्रीका गएर ४ बर्षबिताउन मन छ उनलाई । नेपालका कैलाली र शुक्लाफाटा क्षेत्र पनि उनलाई मन पर्ने ठाउ हुन् । जीवनमा के गुमाए जस्तो लाग्छ उनलाई - अलि ब्यबस्थित करियर गुमाए कि - 'अरुले साथीहरुले धेरै पैसा कमाएको देख्दा मलाई डाह लाग्छ ।' तर मञ्जुश्रीले एउटा असल लेखिकाको पहिचान भने कहिल्यै गुमाएकि छैनन् । उनको काम देखेर बरु अरुले डाह गर्छन् होला ।
Dec 26, 2008
Dec 22, 2008
गाइरहेछन् दृष्टिविहीनहरू
नरेन्द्र रौले
आकाशका ताराभन्दा बढी चम्किरहेका छन्, स्पटलाइट बत्तीहरू । पलपलमा आफ्नो रङ फेर्छन् । रातो, नीलो, पहेलो, हरियो रङमा लस्करै चम्किरहदा सिङ्गै आकाशका ताराहरू धर्तीमा ओर्लिएजस्तो भान हुन्छ । ठमेलको एक साझ पुस महिनालाई स्वागत गर्न पर्खी बसेको छ । विस्तारै रात छिप्पिदैछ, चिसो पनि बढिरहेको छ । मुटु कमाउने जाडो छ, त्यही जाडोमा सधैझै ठमेलको नगरकोट दोहोरी साझमा जीउ रन्काउने गीत प्रस्तुत गर्दैछन् कलाकारहरू । मादल, हार्मोनियम, तबला र किबोर्डको सुमधुर सङ्गीतले सबैका पीडा भुलाइदिएको छ । सबै आफ्नो धुनमा मस्त छन् । ग्राहकहरू मेनु हेरेर खाने कुरा माग्दैछन् । कोही रोजाइ अनुसारका खाना लिदैछन् । तिनका आखा मञ्च तर्फ सोझिएका छन्, जहा हसिला अनुहारका युवतीहरू सङ्गीतको तालमा कम्मर मर्काएर नाच्दैछन् । गलामा हरियो पोते, मखमली पहिरन र तिनका बदामी गाजलु आखाले ग्राहकको मन लोभ्याएको भान हुन्छ । लाग्छ, आकाशको जून धर्तीमा ओर्लिएको छ ।स्टेजको माथिल्लो लहरमा वाद्यवादकहरू सङ्गीतको मीठो धुन झन्काइरहेका छन् । एउटा कुनाबाट हार्मोनियमको सुरिलो धुन तरङ्गित भइरहेको छ, जसमाथि औलाहरू चलाइरहेका छन्, रमेश सुवेदी, २९ । चारैतिर आखा नचाएर अरूले रमाइलो लिइरहदा हार्मोनियमको धुनमा रमेशले पीडाको धुन मिसाइरहेका छन् ।
आखै अगाडिका यी मनोरम दृश्य उनले नियाल्न सकिरहेका छैनन् । किनभने, उनका लागि भौतिक संसार अध्यारो छ । केराबारी-८, मोरङबाट नौ वर्षगाडि काठमाडौ पसेका रमेश जन्मदै दृष्टिविहीन थिए । हुर्केर ठूलो भएपछि साथीभाइ स्कुल गएको चाल पाउदा आफू पनि जान खोज्थे तर अरूले झै पढ्न-लेख्न नसक्दा मन खिन्न हुन्थ्यो । धेरै समय उनले त्यो स्कुलमा त पढेनन् । यद्यपि, गुरु हरि बस्नेतले गाउनका लागि दिएको प्रेरणा र छिमेकी दाजु चन्द्र र्राईले दिएको माया उनले भुलेका छैनन् । हरेक साझ साढे ६ बजेदेखि राती ११ बजेसम्म विभिन्न खालका बाजा बजाउनु उनको दिनचर्या हो । यसरी नै उनको एक वर्ष बित्यो नगरकोट दोहोरी साझमा । गाउनमा पनि उनको सोख छ । गीतहरू उनको आवाजमा रेकर्ड पनि भएका छन् । दोहोरी साझ भए पनि प्रायः आधुनिक गीतहरू गाउछन् । कोटेश्वर दोहोरी साझमा काम गर्ने इन्द्र भित्रीकोटी नामका कलाकारले उनलाई यहा ल्याएका हुन् । एकताका दोहोरी भनेपछि त्यति मन नपराउने रमेश अहिले आएर त्यही व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन् । भाइ, बहिनी, छोरा र पत्नीका साथ उनी कालीमाटीमा बस्छन् । दोहोरी साझबाट कमाइने मासिक पाच हजार रुपियाबाट कोठा भाडा र घर खर्च चलाउछन् । गार्न्धर्व सङ्गीत प्रशिक्षण केन्द्रबाट छ वर्षगायनकला सिकेका सुवेदीले ललितकला क्याम्पसबाट गायनमै स्नातक गरेका छन् ।
सुवास मुखियासित तीन वर्षम्म गितार सिकेको पनि अनुभव छ उनीसग । अहिले त लेबोरेटरी मावि किर्तिपुरमा आफै सङ्गीत पढाइरहेका छन् उनले । भविष्यमा राम्रो सङ्गीत संयोजक बन्ने सपना छ उनको । दोहोरीमा काम गर्दा निकै रमाइलो लागिरहेको छ उनलाई । यहा आउने विदेशी पाहुनाले उनका गीत मन पराएर 'वान्स मोर' भन्दा आनन्द लाग्छ । रेस्टुरा सञ्चालक सुशील लामा उनको कामको प्रशंसा गर्दै भन्छन्, "उहा निकै मिहिनेती मान्छे हो । उहाका सबै प्रस्तुति मलाई एकदमै मन पर्छन् ।"सुदूरपश्चिमको कैलालीबाट कामको खोजीमा भौतारिएर छ वर्षघि काठमाडौ प्रवेश गरेका निरञ्जन बस्नेत, २७, बौद्धको सन्ध्या दोहोरी साझमा काम गर्छन् । विभिन्न बाजागाजा बजाउने र गीतहरू पनि गाउने कला छ उनमा । साझ ६ बजेदेखि रातको ११ बजेसम्म आफ्नो जिम्मेवारी पूरा गर्छन् र लाग्छन् कालोपुलतर्फ जहा उनकी पत्नी र छोरी उनको पर्खाइमा बसिरहेका हुन्छन् । मासिक छ हजार रुपिया आम्दानीबाट उनले आफ्नो परिवार पालिरहेका छन् । आफूजस्तै दृष्टिविहीन साथीहरू मिलेर उनीहरूले एउटा ब्यान्ड पनि खोलेका छन्, नेपाल दृष्टिविहीन सांस्कृतिक ब्यान्ड । यसमा उनी सचिव छन् । जनसेवा मावि मोरङमा ८ कक्षा पढ्दापढ्दै काठमाडौ छिरेका हुन्, सुदूरपूर्व साघु-८, ताम्रँङ, ताप्लेजुङका प्रेम लिम्बू 'संयोग', २७ ।
सङ्गीत सिक्ने ठूलो सोख बोकेर राजधानी आएकै पाच वर्षभइसक्यो । गार्न्धर्व विद्यासङ्गीत र एनएबी इन्स्टिच्युटमा सङ्गीत सिकेका दृष्टिविहीन प्रेम अहिले चाबहिलस्िथत 'सम्झना दोहोरी'मा काम गर्छन् । दुई वर्षगाडि 'झिमझिम परेली' रेस्टुरा“ सिनामङ्गलमा गाउने र बजाउने गर्थे । अहिले कालोपुलमा भतिजसग बसेका उनलाई हातमुख जोर्न रेस्टुराको कमाइले पुगिराखेको छ । मैतीदेवीस्थित एक संस्थामा बासुरी सिकाउने गर्छन् उनी । एक क्लासको १ सय २५ रुपिया मिल्छ । साताको एकपल्ट शङ्खपार्कको 'रिङ् अफ द फायर रेस्टुरामा पनि बाजा बजाउने उनले काम पाएका छन् ।
घडीको सुइले रातको ८ बजाइसकेको छ । सडकछेउमा कतैबाट सुरिलो बासुरीको धुन सुनिन्छ । यो धुनले सबैलाई लठ्याउछ । बासुरी बजाउने त दृष्टिविहीन छत्र तामाङ पो रहेछन् । गणेशस्थान चाबहिलको अन्डरग्राउन्डमा रहेको 'सम्झना दोहोरि'मा विरही भाकामा उनको बासुरी बज्छ । तिनै बाजाको तालमा गीत गुञ्जन्छ :
सागर बरु सुकेर गई जाला
जान्न माया कहिले नि सुकेर
जून तारा झरेर गई जाला
जान्न माया कहिले नि झरेर
रातो पछ्यौरी, रातै मखमली पहिरन र पहेलो पटुकीमा सजिएकी ती युवतीले गीत गाइरहदा सबै मन्त्रमुग्ध बन्छन् । स्याबुन-९, सङ्खुवासभामा २९ वर्षगाडि जन्मेका तामाङ छ वर्षे देखि राजधानीमै छन् ।
उनी दुई वर्षगाडि मोरङकी मनकुमारी लिम्बू सग विवाहबन्धनमा बाधिएका हुन् । उनले सम्झना दोहोरीमा काम गरेको वर्षदिन पुग्यो । पहिले राती १ बजेसम्म उनको दोहोरी चल्थ्यो । अहिले ११ बजे बन्द भइसक्छ । यसले गर्दा व्यापारमा घाटा भएको बताउछन् रेस्टुराका म्यानेजर उमेश मैनाली । कपिलवस्तुका अर्जुन पौडेल गोङ्गबुको मनकामना दोहोरी साझमा काम गर्छन् । राजधानीका अन्य रेस्टुराका तुलनामा चाबहिलस्थित यस दोहोरीमा सबैभन्दा धेरै दृष्टिविहीनले काम गर्छन् । एक दर्जन कलाकारमध्ये आधा दर्जन त दृष्टिविहीन नै छन् । यीमध्ये उदयपुरका कुमार पौडेल, वीरकमल श्रेष्ठ र इलामका टीपी सावा यसै दोहोरीमा काम गर्छन् । सङ्गीत धुन गुन्जिरहदा फेरि गीत सुनाइन् एक युवतीले गीत गाईन् ,
मायालुलाई पर्खिबसे मलमल
मलमल किरी जूनकीरी
पाइन यो सालैमा ।
मङ्सिरले बिदा गरी पुस लागिसक्दा ती युवतीले जीवनसाथी नपाएको पीडा पोखे पनि गौशालाको नवदर्गा दोहोरीमा अक्टोप्याड बजाइरहेका दृष्टिविहीन उमेश श्रेष्ठले भने जीवनसाथी पाएको डेढ वर्षनाघिसकेको छ । दिनहु साझ ६ देखि राती ११ बजेसम्म अक्टोप्याडमा स्टिकले हिर्काएर मीठो धुन निकाल्छन् उमेश । यसले वातावरण नै अर्कै बनाइदिन्छ । रातको १० बज्दैछ । नवदर्गा दोहोरी साझ गौशालाको एउटा ठूलो कोठा । ग्राहकहरू आफ्नै धुनमा बियरको चुस्की लिइरहेका छन् ।
हातमा समाएको चुरोटको धूवा निरन्तर उडिरहेको छ तर तिनका आखा स्टेजतिर एकोहोरिएका छन् । जहा गुरुङ पहिरनमा सजिएकी युवतीको कपाल मुसार्दै अर्का गायक दोहोरी भाकामा भन्दैछन्,
टाढा पर्यो पाइ
बाध्यताले बि झै भयोहितको मायालाई ...।उमेशले पनि अरूले झै“ गाएर रातको १२ बजेतिर रातोपुलस्िथत कोठामा पुग्दा दृष्टिविहीन पत्नी नेहा शर्पा उनलाई कुरेर बसिरहेकी हुन्छिन् । बिहानको खाना दुवै जना मिलेर बनाउ“छन् । महेन्द्ररत्न क्याम्पसबाट अङ्ग्रेजी मेजर विषय लिएर स्नातक गरेकी नेहाले 'सङ्गीत सरगम इन्स्िटच्युट'मा दृष्टिविहीनलाई अङ्ग्रेजी भाषा पढाउ“छिन् । दुवै जना दृष्टिविहीन हु“दा उनीहरूलाई कस्तो लाग्छ - भन्छन्, "हाम्रँ जीवन रमाइलो छ । खासै अप्ठ्यारो लाग्दैन । बानी परिसक्यो ।"राजधानीका दोहोरीमा करिब डेढ दर्जन दृष्टिविहीनहरू काम गर्छन् । घाम डुबेर आकाशका तारा मुस्कुराउ“दा 'नगरकोट दोहोरी'मा रमेश सुवेदीले गीत सुनाए :
सा“झको घाम डुबिसक्यो
यात्रा अझै बा“की नै छ
रात धेरै लम्बिसक्योयात्रा अझै बा“की नै छ ...।
उनीहरू सा“च्चि नै मनैले गाउ“छन्, मनका गीतहरू ।

Dec 20, 2008
विकलसँगका पल बिताएका
नरेन्द्र रौले
(स्वर्गिय रमेश विकललाइ भेटेर अन्र्तवार्ता लिने अन्तिम नेपालि पत्रकार म नै हो । उहाँ को निवासमा गएर तयार पारिएको अन्र्तवार्ता कान्तिपुर दैनिकको कोसेलिमा गत हप्ता प्रकाशित भएको छ । यो अनुभुति पनि आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।)
हँसिलो मुद्रा, सेतो पछ्यौरा ओढेर सेतै टोपी लगाएको, डायरीमा हातहरू चलमलाइरहेको तस्बिरमा एक साताअघि यसै दैनिकमा रमेश विकलबारे लेख छापिएको थियो । अस्पतालको शय्यामा विकलले पढ्न पाउनुभयो-भएन थाहा छैन । छापिएको साता दिन नबित्दै तिनै विकल सधैँका लागि टाढिए । एक महिनाअघि आरुबारीस्थित उनको निवासमा पुग्दा उनी छतको पारिलो घामतातिरहेका थिए । केही समयपछि उनले लगे, जहाँ उनले बनाएको पोर्टेटले एकोहोरो हामीतिरै नियालिरहेको थियो । २० वर्षको उमेरदेखि लेख्न थालेका विकलले बाल्यकाल सम्झँदै भने, 'गाउँमा बूढापाकाले रमाइला कथा सुनाउँथे । हजुरआमाले घरमा सुनाउनुहुन्थ्यो । म आफ्ना साथी बटुलेर तिनै कथामा नयाँ कुरा मिसाएर सुनाउँथे, पछि तिनै कथालाई निगालाको कलमले रूखबाट बनाएको मसीमा चोबेर लेख्थँे ।'छुट्ने बेला विकलले फेरि भेट्ने वाचा गरेका थिए, 'अर्को दिन दिनभरि बसेर गफ गरांैला है ।' सात दिन नबित्दै उनले संसार छाडे । बुधबार मध्याह्न एफएममा निधन भएको खबर पत्याउनै सकिनँ । उनीसँग भएको कुराकानी झलझली सझिरहें । सँगै बसेर खिचेको तस्बिर हेरिरहें । लाग्यो, विकल सामुन्ने बोलिरहेका छन् । मनका कुरा साटिरहेका छन् । विकलले साहित्यलाई कहिल्यै पेसाका रूपमा लिएनन् । साहित्य पेसा बन्न सक्दैन भन्ने धारणा राख्थे उनी । देशको राजनीतिक, सामाजिक र आर्थिक विगति हटाउन र जागरणका लागि आफूले लेख्ने गरेको उनले बताएका थिए । 'साहित्य पेसा होइन, सेवा र साधना हो,' उनी भन्थे । विकलको लेखनमा सधैं गरिब र निम्न वर्गका पात्रले स्थान पाउँथे । मधुमालती, लुखुर,े सडक बढार्ने न्हुछेमाया चटरी पसल्नी, काइली अजी, द्वारे बा, घमाने, खलाल, रामवीरे, मन्दिरअगाडि उभिएर फूल दिने प्रतिमा सबै उनका कथाका पात्र हुन् । राम्रो साहित्य सिर्जना गर्न विषयवस्तुको ज्ञान, छनोट, साधना र सीपको आवश्यकता हुनुपर्छ भन्थे उनी । विशेषगरी कथा लेखनमा प्रसिद्धि कमाएका विकलले उपन्यास, नाटक, नियात्रा र बाल साहित्यमा कलम चलाए । उनका उत्कृष्ट कथालाई 'अ लिफ इन बेगिङ् बोल' का नाममा लेखिका मञ्जुश्री थापाले अंग्रेजी अनुवाद पनि गरेकी छन् । पछिल्लोपटक उनले मेरी शेली -पिबी शेलीकी श्रीमती) को विज्ञान उपन्यास 'याङ्कस्टेइन' लाई नेपालीमा भष्मासुर नाममा अनुवाद गर्दै थ्ािए । उनी निरन्तर जीवनी लेख्ानमा डुब्न चाहन्थे, अचानक गति रोकियो । मृत्युले उनको बाटो छेकेर आफूसँगै लग्यो । उनलाई सोधें, 'सँसार छाड्नुअघि के गरेर जान पाए हुन्थ्यो जस्तो लाग्छ ?' उनले भने, 'साहित्य सिर्जना गर्दागर्दै जान पाए हुन्थ्यो ।' नभन्दै त्यस्तै भयो ।

Dec 12, 2008
अविरल विकल
नरेन्द्र रौले
(यो अन्र्तवार्ता आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको छ ।)
सहरी कोलाहलदेखि पर कुनाको आरुबारी टमस हार्डीको उपन्यास 'फार फ्रम द म्याडिङ क्राउड' झैं लाग्छ । सुन्दर गाउँदेखि अलि पर हरियो जंगल छ । बाँसका बाक्ला रूखहरु आफ्नै गतिमा हल्लिरहेका छन् । जाडोयाममा सबैका लागि प्यारो लाग्ने न्यानो घामले स्पर्श गर्छ । आरुबारी चोकैमा एउटा बूढो पीपलको रूख ठिंग उभिरहेको छ । त्यसको नजिकै एउटा घरको छतमा उमेरले ८० पुगेका वृद्घ केही लेखिरहेका छन् ।
आठ दशक पार गरसिक्दा पनि रोकिएको छैन रमेश विकलको साहित्य सिर्जना । नदी बगिरहेझैं निरन्तर छ -त्यसो त उनको एक उपन्यासको शीर्षकै छ, 'अविरल बग्दछ इन्द्रावती') । दिनहुँ केही न केही लेखिरहेका हुन्छन् उनी । फुटकर रचना कति लेखिए थाहा छैन । किताबका रूपमा भने झन्डै एक दर्जनजति प्रकाशित छन् । भर्खरै साझाबाट प्रकाशित उनको आत्मकथा 'मेरो अबिरल जीवन गीत' को दोस्रो खण्ड लेख्ने तयारीमा छन् हिजोआज । उनी नेपालीमा सिर्जनामात्र गर्दैनन्, अंग्रेजीका स्तरीय पुस्तकको अनुवादसमेत गर्छन् । अमेरकिी लेखक ज्याक लन्डनको 'द सि उल्फ' लाई 'समुद्री हुँडार' नाम दिएर नेपालीमा अनुवाद गरेका छन् । उनले अनुवाद गरेको मेरी सेली -कवि पर्सि बेसी सेलीकी पत्नी) द्वारा लिखित विज्ञान उपन्यास 'प्याङ्केस्टाइन' नेपालीमा 'भष्मासुर' शीर्षकमा चाँडै आउँदै छ ।
प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्म पढाइन्छन् र पढिन्छन् रमेश विकलका कथाहरू । बोर्डिङको पाठ्यक्रममा समेत राखिएका छन् पनि । उनले कसरी लेख्न सिके होलान् ? सम्झनाको एल्बममा पुराना हुँदै गएका दिनको स्मरण गर्छन्- 'उ बेला आरुबारी सानो गाउँ थियो । त्यस्तै ६/७ घर थिए होलान् चालिसे गाउँमा । पराल, छ्वाली र जस्ताले छाएका घरहरू रातो, सेतो, पहेंलो माटाले पोतिएर रंगीचंगी देखिन्थे । गाउँघरमा बूढापाकाहरूले सधैंजसो कथा सुनाउँथे । राति घरमा हजुरआमाले पनि रमाइला कथाहरू सुनाउँथिन् । म आफ्ना साथीहरू बटुल्थें र तिनै कथाहरूमा नयाँ कुरा थपेर सुनाउँथे ।' यसरी सुरु भयो उनको कथा-यात्रा । फरक शैली र प्रस्तुतिमा सुनाएका कथाहरू साथीभाइले बडो चाख मानेर सुन्दा उनलाई हौसला मिल्यो । त्यो बेला निगालाको कलमले रूखका पातबाट बनेको मसीमा चोबेर लेख्ने चलन थियो । 'अहिले त लेख्नु भनेको भात खानुजस्तै लाग्छ,' उनी भन्छन्- 'नलेखी बस्नै सक्दिनँ ।' तन्नेरी छँदा प्राय राति लेख्ने बानी थियो । हिजोआज बिहानै साढे ४ बजे उठिसक्छन् । नुवाइधुवाइ गरेपछि नियमित योग र व्यायाम गर्छन् । अनि सुरु हुन्छ उनको लेखन ।
विकल सीमान्तकृत समुदायका प्रवक्ता हुन् भन्दा फरक पर्दैन । उनका कथामा गरबि र निम्न वर्गीय पात्रको बाहुल्य हुन्छ । सडक बढार्ने न्हुछेमाया, लाहुरी भैंसीका लुखुरे हुन् वा चटरी पसल्नी, काइँली अजी, द्वारे वा सबै विकलका कथामा अटाएका छन् । त्यसो हुनुमा उनको बाल्यकालको प्रभाव रहेछ । गाउँमा निम्न वर्गका किसान, ज्यामीका छोराछोरीसँग संगत हुनेगथ्र्यो । तिनैसँगको उठबस, हिँडडुल र तिनका दुःख पीडालाई उनले लेखनमा उतारे । घुमेका ठाउँ, भेटिएका पात्र, घटना र प्रसंग पनि मिसिन्छन् उनका लेखाइमा । लेख्नकै लागि भनेर उनी इन्द्रावती पुगेका छन् । त्यहाँको मण्डन गाउँमा एक महिना बसे । माझीहरूको बसोवास भएको गाउँमा तिनको चालचलन, रीतिरवाज, बसाइउठाइ नजिकबाट नियाले । तिनै कुराहरूलाई समेटेर उपन्यास लेखे, 'अबिरल बग्छ इन्द्रावती', जसको पछि नेपाल टेलिभिजनबाट टेलिशृंखलाका रूपमा समेत प्रसारण भयो । दर्शकहरूले त्यसलाई खुबै रुचाए । 'लाहुरी भैंसी' लेख्दाको पनि रमाइलो प्रसंग छ । दसैंमा टीका लगाउन ससुराली इन्द्रावती गएछन् । सासूले निकै माया गर्ने रहिछन् उनलाई । सधैं ससुरालीमै बसौंबसौं लाग्दो रहेछ । त्यहाँ आएका उनका साडुभाइले हप्काउँदै एकदिन भनेछन्, 'ससुरालीमा धेरै दिन बस्नुहुन्न । पछि तिमीलाई हेला गर्छन् ।' केटौले उमेरका विकलले उनको कुरा पत्याए । पछि दुवैजना सँगै घर र्फकंदा बाटोमा साडुले भैंसी किनेछन् । घरमा लगेर छोराछोरीभन्दा बढी यो भैंसीको स्याहार गरेछन् । सोही कहानीलाई कथा बनाए । मन्दिर जाँदा 'फूल लिनोस् बाजे' भन्ने केटीलाई लिएर 'स्वाना बाज्या' -फूल लिनोस् बाजे) कथा लेखे । नयाँ सडकको पेटीमा माग्ने केटाकेटी देखेपछि 'फुटपाथ मिनिस्टर्स' कथा लेखे ।
विकलले साहित्यलाई पेसाका रूपमा कहिल्यै अपनाएनन् । भन्छन्, 'अहंकार नसम्भिmनुस्, मैले कहिल्यै पैसाको मुख हेरिन। जे लेखें समाजका लागि लेखें र त्यसैमा रमाएँ ।' साहित्यलाई पेसा बनाउन सकिँदैन भन्नेमा उनी ढुक्क छन् । उनका किताबका मुख्य प्रकाशक प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन र केही ठूला दैनिकबाहेक अरूले रचनाको पारश्रिमिक नै दिँदैनन् ।
यदाकदा विदेशी साहित्य चोरेको आरोप झेलेका छन् विकलले । त्यसलाई उनी चोरेको नभई प्रभावका रूपमा लिन्छन् । भन्छन्, 'मूल भाव एउटै र विषय एउटै हुन्छ तर शैली र दृष्टिकोण फरक हुन्छ । कसैले चोरी भन्छ भने म त्यसमा प्रतिवाद गर्न चाहन्नँ ।'
कमैलाई मात्र थाहा होला, रमेश विकल चित्रकार पनि हुन् भनेर । उनका कोठामा बुबा, आमा, हजुरआमा र श्रीमतीका चित्र झुन्डिएका छन् । गन्यो भने झन्डै सयवटा पुग्लान् । महाकवि देवकोटा, युद्धप्रसाद मिश्र, गोपालप्रसाद रिमाल, नातिकाजीदेखि आइन्सटाइनसम्मका पेन्टिङ छन् । कतिले प्रदर्शनी गरौं पनि भनेका छन् रे । बुबाले बनाएको रेखाचित्र हेर्दाहेर्दै उनको ध्यान कथाबाट चित्रकलातिर मोडिएछ । ललितकलामा गएर चन्द्रमान मास्केसँग कला सिक्न भ्याएछन् । एकपटक उनमा गायक बन्ने धुन पनि चढेछ । २००८ सालमा स्वर परीक्षा दिन जाँदा फेल भएछन् । 'कर्मचारीले हाहा, हुहु गरे, गिज्याए,' उनले सो घटना सम्भि“mदै भने । इख लिएर उनी लेखनमै फर्किए । तर उनी वाद्यवादनमा भने उत्तिकै पोख्त छन् ।
चन्द्रशेखरका एक्ला छोरा हुन् रमेश विकल । अमिनी जागिरे बुबाको कहिले विराटनगर त कहिले दार्चुला सरुवा हुन्थ्यो । बुबाकै पछिपछि लाग्दा स्कुलस्तरको पढाइ अस्तव्यस्त भयो । २०११ सालमा एसएलसी -प्राइभेट) पास गरे । स्वअध्ययनबाट कलेज अफ एजुकेसनबाट शिक्षा शास्त्रमा बीएड उत्तीर्ण गरे ।
दिनहरू बिस्तारै ओरालो लागिरहेछन्, डाँडामा घाम अस्ताएझैं । विकललाई बाल्यकालको बिछट्टै याद आइरहेको छ । अर्को जुनि पाए उनी के बन्न चाहँदा हुन् ? 'अर्को जुनिमा म कहाँ रमेश विकल हुन्छु र ? मान्छे भएर नै जन्मिइने हो कि होइन ?' तर यस समयका उनी एक उत्कृष्ट कथाकार हुन् भन्नेमा चाहिँ विवाद छैन ।

होस गर्नुस् है
अर्न्तराष्टिय फिल्म महोत्सबको अबसर पारेर हिजो साँझ राष्ट्रिय सभा गृहबाट कर्मा फिल्म हेरेर घर फर्किदै थिएँ । बानेश्वर तिर मेरा पाइलाहरु अगाडी बढिरहेका थिए । म एक्लै थिएँ । साँझको समयमा म प्राय एक्लै हिँड्न मन पराउँछु । घडीमा रातीको ८ बजेको थियो । एकसुरले म हिडिरहको थिएँ । अन्नपुणपोष्ट को कार्यालय पुग्नु अगाबै नचिनेको एकजना त्यस्तै २३ बर्षो मान्छे मेरो अगाडी आयो । दुबै हात फैलायो मेरो अगाडी आएर रोक्यो । जोडले भन्यो । को हो काँ जान लागेको । म एकदमै आत्तिएँ । डराएर भनें घर जान लागेको तपाइले के गर्न लाग्नु भएको - ठूलठूला आँखाले हेर्दै उ झम्टिन लाग्यो । म त्यहाँबाट बेपत्ता कुदेँ । उसले मलाई केहि गर्न सकेन । भागेर अलि पर पुग्दा चार पाँच जना मान्छेको हुल देखेँ । मैले त्यहाँ सबै कुरा बताएँ । उनीहरुले नडराउन भने । झापाका रहेछन् ति केटाहरु । तर उनीहरु पनि म सँग हनुमानथान सम्म का लागी मात्र साथी भए । त्यहाँबाट म फेरी एक्लै जानुपर्ने भयो । एकदमै डर लाग्यो । कतै कुकुर भुक्दा पनि झसँग हुन्थेँ । अगाडि हिडिरहँदा मेरो पछि पछि छाया देखिन्थ्यो । कतै अघि को त्यही लुटेरा मेरो पछि आयो कि जस्तो लाग्थ्यो । झण्डै मोबाइल,क्यामेरा र पर्स गुमाइसकेको थिएँ । जोगाएर भाग्न सफल भएँ । तपाइ माथी पनि कतै यस्तो समस्या आइपर्ला होस गर्नुहोस् है । रातीको समयमा एक्लै नहिड्नुस् । भित्र भित्र गल्लीमा राती अँध्यारो हुँदा नहिँड्नुस् । म त गृह मन्त्रालयको ठिक पछाडीको बाटोमा लुटिन बाट जोगिएको हुँ ।

Dec 11, 2008
अचानक भेट
बिहानै सुबास आगमन जि लाई फोन गरेर सोधे । आजको प्रोग्राम के छ भनेर । नेपाल टुरिजम बोर्ड र सभाग्रिह मा अन्तरास्टिय फिल्म फेस्तटी बलमा जाने कुरा गर्नु भयो । खाना खाएर म पनि त्यतै लागे । मान्छे हरुको भिड लागेको थियो । कोही चिनेका कोही नचिनेका भेटिए । प्रोग्राम ओपेनिङमा बसे । दिपक रौनियारको डकुमेनट्री हेरे । आधा घण्टा को थियो । सकिएपछी बाहिर आएर चिया लिए । अचानक भेट भयो रेडियो नेपाल का अमर लामा दाई सँग भेट भयो । उहा सँग कुरा गर्न नपाई कनकमणी दीक्षित सँग गफ गर्न गए । जनआ न्दोलनका घाइते हरुका बारेमा हिमाल खबर पत्रीकामा रिपोर्टिङ गर्न भन्नु भयो । हुन्छ भने । त्यै भिडमा एउटा खोजी राखेको मान्छे लाई पनि भेटे । हसिलो अनुहार,गोरो बर्ण,मोटो जिउ थियो । मैले फोटो मा मात्र देखेको थिए उहालाई । पोपुलर लेखक मन्जुश्री थापा उहा नै हो भन्ने ठम्यौन मलाई गाह्रो भएन । एक्छिन कुराकानी । छिट्टै उहालाई भेटेर अन्तर्वाता लिनेछु । अहिले उहाका पुस्तकहरु पढिरहेको छु ।

Dec 7, 2008
एफएमले देउडाको जग हाल्दैछ
नरेन्द्र रौले
(यो लेख हिजो, कार्तिक २२,२०६५ को नेपाल साप्ताहिकमा प्रकाशित भएको छ ।)
भेरीको उर्लंदो भेल छाल हान्ने बबैलाई

देउडा भाका बासा फेर स्वागत छ सबैलाई ।
मार्तडी बजारबाट केही मिनेट हिँडेर अलि माथि डाँडामा पुगेपछि रेडियोमा यो गीत गुन्जियो । त्यस दिन देउडा भाकाका यस्ता गीतहरू बजिरहेका थिए । प्रस्तोताको लवज पनि स्थानीय थियो । लाग्यो, यो पक्कै रेडियो नेपाल होइन, यतैको कुनै एफएम हुनुपर्छ । नभन्दै एफएमको एन्टेना देखियो । यो त रेडियो बाजुरा पो रहेछ । गाउँले पारामा मिसिएर देउडा गीत घन्किरहेको थियो ः

सम्झीसम्झी जीउ झुरन्छ
सुदूरपश्चिम स्वर्ग सरी
घर आईझा परदेशी कठै
नटुटौ पिरेमको डोरीरईझाऊ जनमभरी ...। डाँडा-पाखालाई सङ्गीतको रसमा चुर्लुम्म पारेर बज्ने यस्ता गीतहरू कान थापेर सुनिरहेका भेटिन्थे स्थानीयहरू । जता गए पनि, जहाँ गए पनि प्रायःका हातहातमा सानो रेडियो भेटिन्थ्यो । छ वर्षअघि भारतको अल्मोडामा रहँदा भारी बोक्नु, गाईभैँसी चराउनु, खेतबारीमा काम गर्नु दिनचर्या बनेको थियो- आँटीचौर-४, बाजुराका शेरबहादुर खड्का, २८, को । कामको खोजी गर्न र द्वन्द्वको प्रभावले ज्यान जोगाउन उनी भारत पसेका थिए । विदेशी भूमिमा दिनरात नभनी पसिना बगाउने तिनै शेरबहादुर अहिले एफएममा कार्यक्रम चलाउँछन् । गत वर्षको चैत महिनादेखि रेडियो बाजुरामा उनले काम पाएका हुन् । हरेक दिन देउडा गीतहरू समेटिएको 'हाम्रो भाका' कार्यक्रम बिहान-बेलुका आधा घन्टा प्रसारण हुने गर्छ । यहाँका रनवन, मेलापात, पानी, पँधेरो र धारामा बज्ने गीतहरूलाई आफ्नो कार्यक्रममा ठाउँ दिन्छन् । त्यसैले अरूभन्दा लोकपि्रय छ उनको कार्यक्रम । "नसोचेको ठाउँमा पुगेँ । रेडियो स्टेसन देखेकै थिइनँ । कार्यक्रम चलाउन पाउँदा एकदम खुसी लागिरहेको छ," उत्साहित मुद्रामा उनले भने । अचेल त उनलाई नचिन्ने कोही पनि छैनन्, सबैको प्यारो बनेका छन् । कार्यक्रमका लागि सातामा सयौँ पत्रहरू आउँछन् । अब सञ्चार क्षेत्रमै लाग्ने उनको सोच छ । परदेशबाट घर फर्किंदाको क्षण सम्भझदै खड्काले भने, "विदेशीको गुलामी गर्नुभन्दा आफ्नै देशमा भारी बोक्नु उचित लाग्यो ।"रेडियो बाजुरामा समाचार पढ्ने एक्ली महिला हुन्, रमा खड्का, १८ । मालिका उमाविमा दस जोड दुईमा अध्ययनरत रमा विगत पाँच महिनादेखि समाचारमूलक 'हालखबर', 'महिला आवाज', 'तपाईंको पत्र हाम्रो गीत'जस्ता कार्यक्रम चलाउँछिन् । एफएममा बोल्दाको अनुभूति सुनाउँदै भन्छिन्, "सुरुसुरुमा डर लाग्थ्यो । सक्तिनँ कि जस्तो लाग्थ्यो तर अहिले सामान्य लाग्छ ।" उनका नाममा हरेक साता अछाम, बझाङ र बाजुराका विभिन्न ठाउँबाट प्रशंसा र सुझाव लेखिएका ६०/७० वटा पत्र आउँछन् । रेडियो बाजुरामा उद्घघोषण र प्राविधिक दुइटै काम सम्हाल्नेहरू पनि छन् । आँटीचौरका कृष्ण वली समाचार पढ्नुका साथै गीतिकथा कार्यक्रम पनि सञ्चालन गर्छन् । त्यस्तै मार्तडी, माझगाउँका वसन्त विक, २१, ले एकातिर 'फोन इन' र 'सिर्जनात्मक गीत तरङ्ग' कार्यक्रम चलाउँछन् भने अर्कोतिर प्राविधिकको काम पनि गर्छन् । आर्थिक समस्याले पढ्न सहर जान नसकेका विक नजिकै सदरमुकामको बाजुरा क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छन् । त्यस ठाउँमा महिला र बालबालिकाका हकहितका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था 'पिसवीन'ले एफएम ल्याउन पहल गरेको हो । यसमा पिसवीनको एकल स्वामित्व छ । एफएम सञ्चालनमा ल्याउन जम्मा १५ लाख ५८ हजार रुपियाँ खर्च लागेको बताउँछन्, संस्थाका अध्यक्ष लालबहादुर वली । राजधानीबाहिरबाट इक्वेल एक्सेसले उत्पादन गरेका 'देश-परदेश' र 'खेल्दै सिक्दै'बाहेक अन्य कार्यक्रमहरू यतै उत्पादन हुन्छन् । सञ्चारमा पहुँच नभएका बाजुरेलीहरूले आफ्ना आवाजहरू अचेल यही एफएममार्फत व्यक्त गर्छन् ।
देउडाका लागि चर्चित छ यो ठाउँ । प्रायःजसोले यस्तै गीतहरू लेखेर बढी मात्रामा पठाउँछन् । तर, श्रोताले लेख्ने विषयवस्तुहरू भने फेरिएका छन् । मायापिरतीका गीतहरूबाट फड्केर बहुविवाह, अनमेल विवाह, वन विनाश, अनिकाल, बाढीपहिरो, राजनीतिक चेतनाजस्ता विषयमा गीतहरू बढी लेख्ने गरेको पाइन्छ । विभिन्न पार्टीका सभासद्हरू, अग्रणी महिला, बाल प्रतिभा, सामाजिक कार्यकर्ताहरूलाई हरेक साता स्टुडियोमा निम्त्याएर अन्तरक्रिया गरिन्छ । कात्तिकको पहिलो साता स्थानीय राजनीतिकर्मी रुक्मिणी शाहले एफएममा बोल्ने अवसर पाइन् । "क्या भन्याँ, भन्याँ । पहिलोचुटी एफएम आयाँ," संविधानसभामा जिल्लाबाट महिलाको प्रतिनिधित्व गर्ने कोही नहुँदा दुःखेसो पोख्दै बाजुरेली भाषामा उनले भनिन्, "नेताहरूले हामीलाई फुर्काए, फुल्याए तर नीतिनिर्माण तहसम्म कसैले पुर्याएनन् । यहाँको विकास निर्माण र महिलाका हकहितका पक्षमा कसले बोलिदिने ?"एफएममा कार्यक्रम चलाउन स्थानीय बाल क्लबले ठूलो सहयोग गरेको पाइयो । यतातिर अभिरुचि राख्ने स्थानीयहरू क्लबमा रहँदा वक्तृत्वकला, वादविवाद, नाचगान, कविता लेखन, सडकनाटक प्रदर्शनजस्ता अतिरत्तिm क्रियाकलापमा संलग्न भइरहन्थे । तीन वर्षअघि सिर्जनशील बालसमूहमा रहँदा यस्तै क्रियाकलापमा संलग्न थिइन्, मार्तडी-५, बाजुराकी उन्नति रावल, १९ । जो अहिले 'फोन इन' र 'बाल कार्यक्रम' चलाउँछिन् । स्कुलमा छँदा कविता लेखन, वक्तृत्वकला, वादविवाद प्रतियोगितामा भाग लिनु, नाच्नु, गाउनु उनको ठूलो सोख थियो । जिल्ला बालअधिकार मञ्चमा दुई वर्ष कोषाध्यक्ष भएर काम गरेकी उन्नति अहिले शान्ति र विकासका लागि युवा सञ्जालकी उपाध्यक्ष छिन् । उनी आफ्नो कार्यक्रममा बालबालिकाको अधिकार, हकहित र समस्याका मुद्दाहरू उठाउँछिन् ।जता जाऊँ, जहाँ जाऊँ सबैसँग एउटा रेडियो हुन्छ अचेल । घाँस काट्दा, वस्तु चराउँदा, भारी बोक्दा हरेकको काँधमा रेडियो झुन्डिएको हुन्छ । बिहानीको झुल्के घाममा खेतमा काम गर्दै गरेका भेटिए, ताँप्राका मदन नेपाली । नजिकै सानो रेडियोमा 'बाडुली' कार्यक्रम बजिरहेको थियो । उनलाई रामारोशन एफएम सुन्न मन पर्दोरहेछ । यस एफएमबाट देउडा भाकामा आधारति कार्यक्रमहरू बढी बज्ने र समाचार पनि स्थानीय भाषामा सुन्न पाइने भएकाले सबैको मनोरञ्जन गराउने माध्यम हुन पुगेको रहेछ यो एफएम । मानिसलाई नयाँ जानकारी, सूचना, मनोरञ्जनका लागि पनि रेडियो सुन्नुपर्दोरहेछ भन्ने चेत खुल्न थालेको छ । "मनोरञ्जनका साधनसँगै दुःखसुख बिसाउने ठाउँ बनेको छ एफएम," जुगाडा-८, बाजुराका केशव खड्का गीतमा लेख्छन् ः

कैका घर आगो बाल्नु कैका घर ताप्नु
सुवाले छोडेर जाँदा कोइ भएन आप्नु
जीउला धान बयाली खेल्दा असौजका मैना
नत लाई बाडुल्या खुट्को न त धेकाई सैना । आफ्नी मायालुले छोडेर जाँदा एक्लो भएको पीर पोखे उनले । सपनामा आफ्नै मायालु देख्न नपाउँदा र बाडुली नलाग्दा नियास्रो मानिरहेका छन् उनी । मायापिरतीसँगै राजनीतिका गीत पनि आइरहन्छन् । ब्रह्मतोला कुँडीका पदम उखेडा लेख्छन् ः
गणतन्त्र लागू भयो शोषण दमन तोड्न
अन्याय र अत्याचारको केही सुधार गर्न
दलित पीडित जनतालाई शोषकले खायो
२०६५ सालमा गणतन्त्र आयो । श्रोताले पठाएका देउडा गीतले रेडियो बाजुरामा बोराहरू भरिएका छन् । यी चिट्ठीलाई पुस्तकाकार दिने सोचमा छन्, स्टेसन म्यानेजर तुलाराम जैसी । एफएमका कारण आफ्नै उद्गमस्थलबाट विलीन हुन लागेको देउडाको संरक्षणमा सहायक हुन्थ्यो कि ? भन्ने आशा पलाएको छ उनका मनमा ।
Dec 5, 2008
साहित्य
थुनुवाको सिर्जना
नरेन्द्र रौले
(यो लेख २०६५ जेठ १९ गतेको नेपाल साप्ताहिकका प्रकाशित भर्इसकेको छ । डकुमेन्ट रहोस भनेर यहाँ पोस्ट गरेको हुँ ।)
९0 वर्षउकालो लागेका डायमनशमशेरलाई पुरानो जेल बसाइ सम्झदा कस्तो लाग्छ - पक्कै आखामा आसु आउछ । निकै भावुक बनाउछ । तर, त्यही नख्खु जेल बसाइमा लेखिएको उपन्यास सेतो बाघको लेखकस्वबाटै उनको गुजारा चल्दैछ । विश्वका पाचवटा भाषामा अनुवाद भएको त्यो उपन्यास उनले छ वर्षलगाएर लेखेका हुन् । भन्छन्, "यसको गाता छाप्न म ब्याङ्कक पुगेको थिए । साढे सात लाख रुपिया ब्याङ्क ब्यालेन्स छ । दालभात खान पुगेकै छ ।"
राजा महेन्द्रले २०१७ सालमा पञ्चायती व्यवस्था लादेका बेला डायमन नेपाली काङ्ग्रेस ललितपुर शाखाका सभापति रहेछन् । उनलाई नख्खु जेलमा छ वर्षथुनियो । साथमा थिए अहिलेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, स्वर्गीय मनमोहन अधिकारी, केआई सिंह, तारिणीप्रसाद कोइराला आदि ।
नख्खु जेलको वातावरण एकदमै दुःखदायी थियो । आज मार्छ कि भोलि मार्छ ठेगान थिएन । पञ्चायती व्यवस्था स्वीकार्न लोभ, लालच र धम्कीसमेत दिइन्थ्यो । उनीहरू मर्न तयार भए तर राजाको कदम स्वीकारेनन् । जेलमा उनीहरू राजनीतिक छलफल र बहसमा समय बिताउथे । मुलुकमा प्रजातन्त्र स्थापना भएको सपना देख्थे । डायमन भन्छन्, "त्यसबेला गिरिजाप्रसादले कविता लेखेको र तारिणीप्रसादले शब्दकोश लेखेको अनि केआई सिंहले आफ्नो आत्मकथा सुनाएको अझै सम्झन्छु ।"
आधा दर्जन उपन्यासका लेखक डायमनको सेतो बाघ प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरा जगतजङ्गमाथि लेखिएको उपन्यास हो । उपन्यासहरूकै माध्यमबाट उनी विश्वका सबैजसो मुलुक घुमिसकेका छन् । जेल बसाइमा साथीहरूसग मगाएर विलियम शेक्सपियर, ओ हेनरी, ओस्कार बाइल्ड, लियो टल्सटाय, जेम्स केल्म्यानलगायत थुप्रैका कृतिहरू जेलमै पढे डायमनले । ती किताबहरू अहिले घरमा पुस्तकालय बनाएर राखेका छन् ।
बाधिन्न हात्ती माकुरे झीनो जालोले तुनेर
रोकिन्न क्रान्ति दुइचार मान्छे झ्यालखानामा थुनेर ।
२८ वर्षघि राजनीतिक बन्दीका रूपमा भैरहवामा थुनुवा जीवन बिताएका बेला मोदनाथ प्रश्रितले कोरेका पङ्क्ति हुन् यी । उनी बुटवल बहुमुखी क्याम्पसमा नेपाली विषय पढाउथे । सरकारले क्याम्पसलाई मान्यता नदिएको विरोधमा विद्यार्थीले आन्दोलन मच्चाए । आन्दोलन उठाउने मोदनाथ जेल परे, सगै सुरु भयो साहित्यिक यात्रा ।
जीवनको झन्डै १० वर्ष जेल बसाइमा प्रश्रतिले देवासुर सङ्ग्राम -महाकाव्य, गोलघरको सन्देश (खण्डकाव्य), चोर (उपन्यास), आस्था र प्रथा ः एक विवेचना (धार्मिक ग्रन्थ), नारी बन्धन र मुक्ति (समाजशास्त्र) लेखे । भन्छन्, "मोहनविक्रम सिंह र प्रचण्डले मेरा कतिपय कृतिहरू पाठ्यक्रममा राखेका छन् । बाबुराम भटराइ , प्रदीप नेपाललगायत धेरैले मेरा कृतिहरू पढेर कम्युनिस्ट भएको बताएका छन् ।" केन्द्रीय कारागारमा उनले लेखेको गोलघरको सन्देश छापिनेबित्तिकै ३५ हजार प्रति बिक्री भएको थियो ।'कुरूपताको अध्यारोमा सुन्दर साहित्य र कलाको जन्म हुन्छ' भन्ने पाब्लो पिकासोले भनाइजस्तै हरेक सुन्दर साहित्यको जन्म अध्यारा कालकोठरीमा भएका छन् । अभाव, पीडा र सङ्कटको घडीमा सिर्जना गरिएका साहित्य नै जीवन्त बनेका छन् । तिनीहरू नै मानवीय संवेदना उजागर गर्न र पाठकको मनमुटुमा बस्न सफल भएका छन् । खुला आकाशमा भन्दा चारैतिर पर्खालले घेरिएका अध्यारा कोठामा सिर्जना गएका रचनाहरू जीवनका मार्गदर्शक बनेका छन् । जेल बसाइका क्रममा साहित्य लेख्ने स्वदेशी तथा विदेशी राजनेता र साहित्यकारहरूको सूची लामै छ ।
नेपालमा यसका अग्रणी हुन्, विश्वेश्वरप्रसाद कोइराला । उनले धेरैजसो साहित्य जेलमा नै लेखेका हुन् । स्वतन्त्र भारत आन्दोलनमा सक्रिय रहदा पटनामा पक्राउ परेका बीपीलाई बन्दीपुर जेलमा थुनिएको थियो । त्यही भारतीय प्रधानमन्त्री राजेन्द्रप्रसादले लेखेका थिए, इन्डिया डिभाइडेड । बीपीलाई राजा महेन्द्रले थुप्रैपटक जेलमा राखे । जेलबाट निस्कदा एक दर्जन कृतिका पाण्डुलिपि लिएर निस्कने सपना पालेका थिए बीपीले । नभन्दै तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदी आइन, श्वेतभैरवी, बाबुआमा र छोरा, मेरो कथाको पाण्डुलिपि तयार पारे । लेजरक्विस्टद्वारा लिखित द साइवलको अनुवाद पनि जेलमै गरेका थिए । शरदचन्द्र चर्टर्जी, रवीन्द्रनाथ टैगोर, लियो टल्सटाय, म्याक्सिम गोर्की र इभानतुरर्गनेवका किताबहरू पढ्न रुचाउने बीपीका लेखहरू बनारस, नया दिल्ली, लन्डन, कोलकाता र पेरिस का पत्रपत्रिकाहरूमा छापिएका थिए ।
जेलभित्र लेख्न पाइदैनथ्यो । कापी-कलम राख्नसमेत दिइएको थिएन । चौकीदारसग मिलेर कागज र सिसाकलम गोप्य रूपमा मगाउन बीपी सफल भएका थिए तर उनलाई लुकाउने समस्याले पिरोलिरहन्थ्यो । खाना पकाउने चुलोमा उनी सिसाकलम र कागज लुकाउथे । बीपी मासिक ३५-४० का दरले पत्र लेख्थे । शैलजा आचार्य, रोशा, तारिणी र धरणीधर कोइराला अनि जवाहरलाल नेहरू आदि पत्र पाउनेहरूमा थिए । नेहरूलाई पठाइएको पत्रसग जोडिएको एउटा रमाइलो प्रसङ्ग छ । एकपटक पत्र लेख्न कागजको अभाव भयो बीपीलाई । हावाले उडाएर ल्याएको साबुनको खोलमा नेहरूलाई पत्र लेखे । त्यो पत्र जुत्ताको तलुवाभित्र सिलाएर गोप्य रूपमा भारत पठाइयो ।
कृष्णप्रसाद भट्टर्राई र बालचन्द्र शर्माले त्यस पत्रलाई नेहरूकहा पुर्याएका थिए । बीपीले लेखेको पत्र पढ्दा जवाहरलाल नेहरूका आखाभरि आसु थियो रे ! त्यो पत्र अहिले भारतको नेहरू स्मारक सङ्ग्रहालयमा राखिएको छ । ०१८ माघ ५ गते सुन्दरीजल जेलमा बीपीले लेखेको डायरीको सानो अंश यस्तो छ, "हिजो घरबाट आएका किताबहरूलाई सुम्सुम्याए, नया किताब तरुनी हुन् । तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरूलाई सुम्सुम्याउनुपर्छ, यताउता उल्टाइपल्टाइ हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सुघ्नुपर्छ ।"
जेलभित्र विश्वका पनि थुप्रै राजनेता एवम् साहित्यकारले लेखेका छन् । दक्षिण अरिकाका राष्ट्रपति नेल्सन मन्डेलाले आफ्नो २७ वर्षो लामो जेल जीवनमा लङ वाक् टू फ्रीडम नामक किताब लेखेका छन् । त्यस्तै नाइजेरयिन लेखक केन सारो विवाले सोजाल्वाय, क्रिस अवानिले कालाकुता, हिटलरले मेनकेम्फजस्ता थुप्रै कृतिहरू जेलमा लेखेका हुन् ।
स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूद्वारा छोरी इन्दिरालाई जेलबाट लेखिएका पत्रहरू विश्व साहित्यमा निकै चर्चित छन् । राजनीतिमा लाग्न इन्दिरा गान्धीलाई ती पत्रहरूले निकै सघाएका थिए । भारतीय राजनेता लाला लाजपत राय, गोपालकृष्णलगायतबाट प्रभावित नेहरू र उनका पिता मोतीलाल जेलमा सगै थिए । पिता र पुत्रलाई छ महिना जेलमा राखियो । जेलमै सुरु भयो नेहरूको साहित्यिक यात्रा । डिस्कवरी अफ इन्डिया, आत्मवृत्तँन्त र ईन्डिया डिभाइडेड भागमा बाडिएको विश्व इतिहासबारेको ठेली नेहरूले जेलमै लेखेका थिए । सबैको मन छुन सफल नेहरूले आफ्नी छोरीका लागि लेखिएको पत्रको सानो अंश यस्तो छः"प्यारी इन्दु ! जीवन जतिसुकै कठोरपनले भरिएपनि मेरा निम्ति ज्यादै सुन्दर छ । लाग्छ, मैले अझै कठोर कार्य गर्नुपरेको छ ।
मेराबारेमा चिन्ता नगर्नू, मैले जानीजानी आफ्नो पथ रोजेको हु । हरेक पुस्ताले आ-आफ्ना समयको सामना गर्नुपर्दछ ।"नेहरूकै झल्को दिने गरी शिक्षा तथा संस्कृतिमन्त्री प्रदीप नेपालले 'माघ १९' पछि प्रहरी तालिम केन्द्र, महाराजगन्जको खप्तड जेल र दुवाकोटबाट छोरीलाई सम्बोधन गर्दै पत्र लेखे । उनी भन्छन्, "माघ १९ पछि महाराजगन्ज थुनामा रहदा लेखिएका कथा, कविता, संस्मरण र पत्रहरूलाई किताबको रूप दिने तयारीमा छु ।"
०३३ सालमा केन्द्रीय कारागारमा रहदा उनले सञ्जय थापाका नाममा लेखेका ५० वटा कथा शासकहरूले खोसे तर जेलमा नै क्रान्तिकारी महिला मारियालोरेवारोसका बारेमा लेखिएको किताब पूर्वाञ्चलमा मात्रै पाच हजार प्रति बिक्री भयो । उनको उपन्यास स्वप्नील सहरमा नख्खु जेलमा बिताएका क्षणहरू प्रतिविम्बित छन् ।
पूर्वकम्युनिस्ट नेता राधाकृष्ण मैनालीले भैरहवा र वीरगन्ज जेलमा रहदा बन्दी रहर लेखे । र, उनको अतीतका सम्झनाहरू जेलकै पृष्ठभूमिमा लेखिएको छ । प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले जेलमा नाटक लेखेका छन् । दक्षिण अमेरिकी कम्युनिस्ट नेता चे ग्वेभाराकी महिला साथी क्लाराका बारेमा नाटक लेख्नुका साथै जेलमै नाटक खेलाए उनले । त्यसरी नाटक खेल्नेमा अहिलेका अर्थमन्त्री रामशरण महत, शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेल, खेमराज भट्ट 'मायालु', इश्वर लामालगायत थिए ।
युगकवि सिद्धिचरण श्रेष्ठले अधिकांश रचना जेलमै लेखेका थिए । तिनीहरूमा उर्वशी, मेरो प्रतिविम्ब, कारागारका सम्झना, ज्यानमारा र नेवारीमा सिस्ता, फुस्वा, तृष्णा, लुमनि, धामा, ग्वयस्वा आदि हुन् । क्रान्तिकारी कविता लेखेको र राजनीतिमा लागेको अभियोगमा सिद्धिचरणलाई १८ वर्षो जेल सजाय दिइएको थियो । गङ्गालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज, जगतमान वैद्य, फत्तेबहादुर सिंह, जोगवीरसिंह कंसाकारका साथै सिद्धिचरणलाई त्यहा राखिएको थियो ।
राणाशासनको विरोध गरेबापत वीरगन्जमा धच गोतामे, भूपेन्द्रलाल श्रेष्ठ, ठाकुरकुमारसगै पक्राउ परेका श्यामप्रसाद शर्माले जेलमा थुनुवाको डायरी र मेरा डायरीका पाना लेखेका छन् । श्यामप्रसाद भन्छन्, "मेरा कुरा किताबमा नै समेटिएका छन् ।" श्यामप्रसाद मात्र किन - कविकेशरी चित्तधर हृदयले छ वर्षजेलमा बिताउदा सुगत सौरभ (महाकाव्य) लेखेका छन् ।
जेल साहित्यलाई अध्ययन गर्दा भुल्नै नसकिने पाटो हो, माओवादी सशस्त्र 'जनयुद्ध' । त्यस क्रममा थुप्रै व्यक्तिहरू जेल परे । अधिकांशले सिर्जनामै समय बिताए । कवि तथा पत्रकार कृष्ण सेन 'इच्छुक'ले सहयोद्धा मित्रमणि आचार्यको सम्झनामा शोकाञ्जली काव्य लेखेका छन् । बन्दी र चन्द्रागिरि अनि इतिहासको यस घडीमा पनि सेनले जेलमै लेखेका हुन् ।
०५९ मा भारतको पटनामा पक्राउ परेकी माओवादी कार्यकर्ता निभा शाहले जेलमा लेखिएका कविता समावेश गरेर किताब निकालेकी छन्, इन्कलाब जिन्दावाद । केन्द्रीय कारागारमा बन्दी जीवन बिताएकी निभा साथीहरूसित कविता, गीत, गजल लेख्ने गरेको सुनाउछिन् । त्यस्तै, जनयुद्धमा लागेका गणेश भण्डारीले आस्थाको निहारिका , गङ्गा श्रेष्ठले ज्वालामुखीमाथिको यात्रा लेखेका छन् । त्यस्तै शान्ता श्रेष्ठको अन्धकारभित्रको अन्धकार, उमा भूजेलको बन्द पर्खालदेखि खुला आकाशसम्म, कृष्ण केसीको मानव वधशाला प्रकाशित छन् । राजनीतिक अभियोग मात्र होइन, विभिन्न अभियोग लागेर थुनामा परेकाहरू पनि सिर्जनामा व्यस्त छन् ।

रुघासँग प्रेम
यो रुघाले पनि मलाइ कहिल्यै छोडेन । कस्तो माया लागेछ म सँग यसको । मानौँ कुनै प्रेमिले आफ्नी मायालु लाइ चपक्क अँगालोमा कसे जस्तै । एकछिन पनि टाढा हुन नसकेझै । रुघाले मलाइ एकोहोरो माया गरिरहेछ लभको लागी 'पर्पोज' हानिरहेछ । तर मैले भने उसको 'पर्पोज'लाइ रिजेक्ट गरिरहेछु । रिजेक्ट गर्न कहिल्यै डिकोल्ड खान्छु,कहिल्यै मेडिकलका चकलेटहरु तर ? असफल । उसकै जीत हुन्छ मेरो हार । कहिलेकाँहि लाग्छ किन बेकारमा सधैँ पैसा खर्च गरिरहनु ? यसको पर्पोज ओके गरुँ । तर सक्दिन । नाकबाट एकोहोरो बगिरहने सिँगान पुछ्दा पुछ्दा रुमाल भिजिसक्यो । कानहरुले सुन्न पनि छोडिदिन्छन् । पढ्लेख गर्न गार्हो हुन्छ । अनि मैले कसरी उसको पर्पोज ओके गरुँ ? तिमी नै भनिदेउ ए रुघा म कसरी तिम्रो पर्पोज ओके गरुँ ? तपाइहरुलाइ पनि यसरी कसैले एकोहोरो माया गरेको छ ?

Dec 2, 2008
जाडो बढ्यो काठमाडौँमा
जाडो निकै बढिरहेको छ काठमाडौँमा । म इन्टरनेट चलाउँदै वेब पत्रिकाहरु पढिरहेको छु । हात पनि त्यतिसारो चलिरहेका छैनन् । बाहिर घाम लागिरहेको छ तर भित्र कोठामा भने खपिनसक्नु जाडो छ । एक पछि अर्को गर्दै समाचार र लेखहरु निरन्तर लेख्नुपर्ने भएको छ । बल्ल आज रमेश विकल सँगको अन्तरबार्ता तयार पारें । अर्को हप्ताको शनिबार कान्तिपुर कोशेलिको पानामा पाठकहरुले त्यो अन्र्तवार्ता हेर्न पाउँनुहुनेछ । १२ बजेतिर नेपाल साप्ताहिक बाट रमण घिमिरे र दिवस गुरागाइले फोन गरेर जीवन र कलाका लागी लेख माग्नुभएको थियो । साँझ सम्म तयार पारिसक्ने सोचमा छु । मलाइ हरपल लेखिरहन मन लाग्छ,नया ठाउँ घुमिरहन मन लाग्छ । यसको मजा नै अर्को हुँदो रहेछ । साँच्चै तपार्इहरुलाइ के गर्न मन लाग्छ ? यसो मेरो ब्लगमा लेखनुस् न । म तपाइहरुको कमेन्ट,जवाफको प्रतिक्षामा छु ।

Nov 23, 2008
धेरै दिन भयो ब्लग मा लेख्न नसकेको । खासै ब्य्स्त पनि होइन,फुर्सद पनि छैन । हालै नेपाल साप्ताहिक बाट कान्तिपुर दैनिक मा जानु भएका दिपक अधिकारि दाई ले कोसेली हेर्नु हुने भएछ । मेरो लेखकहरु सँग राम्रो चिन्जान भएकाले अन्तर्वाता लिन भन्नु भयो । मन्जुश्री थापाको नाम दिनु भएको थियो । दुई दिन सम्म मन्जुश्री ले फोन उठाउनु भएन । तेस्रो दिन फोन उठ्यो । कुनै पुरुष को आवाज थियो । उहा त आजै बिदेश जानु भयो भन्ने खबर पाइयो । त्यस पछी मैले नयाँ लेखक सँग जाने भए । रमेश बिकल सँग अन्तर बार्ता लिसकेको छु । चाडै पाठक हरुले कोसेली को पाना मा पढ्न सक्नुहुनेछ ।
Nov 19, 2008
Nov 9, 2008
बाजुराबाट फर्केर
यहि कारतिकको २० गते म काठमाडौ पुगे । एक महिना लामो बाजुरा बसाइ पछि । तिहार
त्यति रमाइलो भएन ,दसै त ठिकै भयो । तिहार मा सेलरोटिखान पाइएन । झिलीमिली
बत्तती पनि बाल्न पनि बाल्न पाइएन । नजिकैको हजुरअामा बितेकाले जुठो मानियो । तैपनि साथीको मा गएर सेलरोटि खाइयो । रमाइलो गरियो । दसैमा गाउ गएर खिचेका फोटाहरु केहि हप्ता पछि राख्नेछु ।

Nov 7, 2008
हटेरुको लस्कर
श्रीनगर-९, गमगढीको इमा गाउ“की हुन्, माया खड्का, १९ । चार महिनाअघि काठमाडौ“ पसेकी माया जन्मथलो पुग्न आतुर छिन् । राजधानीको परविेश उनलाई त्यति मन परेको छैन । सहरको धूलो, धूवा“, होहल्ला र भीडभाडदेखि टाढा श्रीनगरको चिसो हावा र पानी पिउन चाहन्छिन् । असोजको पहिलो साता गुरुकुलको कुनामा स्थानीय लवजमा गुनासो गरनि् उनले, "काठमाडौै“ आएको तीन महिना भयो । त्यति राम्रो लागेन । मान्छे पनि फरक रहेछन् । यिनका दिक्काइले मेरो दिमाग तातिहाल्यो । कहिले घर जाउ“ला भन्ने भइगयो ।"मुगुको गमगढीकी सावित्री मल्ल पनि राजधानीमै छिन् । श्रीनगर गाउ“बाट काठमाडौ“ आइपुग्दा सुरुमा उनलाई रमाइलो लाग्यो । विस्तारै उनमा सहरप्रतिको मोह घट्दै गयो । अहिले त उनलाई घर पुग्ने हतारो छ । भन्छिन्, "घरको साह्रै सम्झना आइरहेको छ । जतिखेर पनि चिन्ता लाग्छ । घर कहिले पुगौ“ला भन्ने सोचेकी छु ।"सावित्रीको घरदेखि तीन घन्टा टाढा छ, राराताल । स्कुल, कलेज पढ्दा थुप्रैपटक वनभोज खान रारा पुगेकी छन् । राराको किनारमा ओखर फुटाएको, काफल र गचे“लो टिपेर खाएको बिर्सर्ेे छैन । राराले छाल हानेझ“ै गाउ“घरको सम्झना उनको मुटुमा उर्लिरहेको छ । माया र सावित्रीजस्तै कर्ण्ाालीको मुगुबाट एक दर्जन युवकयुवती गत असारमा राजधानी आइपुगे । उनीहरूको उद्देश्य थियो, नाटक खेल्न सिक्ने, नाटक देखाउने र मुगुमा नाटकघर बनाउने । दर्ुइ महिनासम्म गुरुकुलको सान्निध्यमा धेरै कुरा सिके उनीहरूले । फर्केर जाने बेला नाटक देखाउन भनेछन्, निर्देशक सुनील पोखरेलले । कर्ण्ाालीकै विषयवस्तुलाई लिएर नाटक तयार भयो । सुरुमा 'हाट' शर्ीष्ाक दिएर नाटक तयार भएको थियो । नाटक पर््रदर्शनको दर्ुइ दिनअघि त्यसको शर्ीष्ाक फेरयिो, 'कर्नाली दख्खिन बग्दो छ' । स्थानीय भाषामा भारतमा काम गर्न जानुलाई हाट जानु भनिन्छ । तिनै हाट जानेहरूको कथा छ यसमा । समग्रमा भोकमरी, अशिक्ष्ँा, गरबिी, बिजुलीबत्ती र स्वास्थ्य उपचारको अभाव, भौगोलिक विकटता, राज्यको कर्ण्ाालीमा कमजोर उपस्थितिलगायत अभावैअभावको पीडा बोकेको छ नाटकले ।दरिय, बिहान यै रारा तालमार्सर्ूय उदाउ“दाछन्दरिय, डा“फे, मुनाल कोइली चरीयै ठौर रमाउ“दाछन् ।यसै देउडा गीतमार्फ सौर्न्दर्यले भरपिर्ूण्ा रारातालको बखान गर्छन् कलाकारहरू । छम्छमी देउडा नाच्छन् । दर्शकहरू तानि“दै तानि“दै जान्छन् र पुग्छन् मुगुमै । कर्ण्ाालीको भाषा, भेषभूषा, कला र संस्कृति नाटकका आकर्षा बने । त्यसैले होला, गुरुकुलमा घुइ“चो बढेको । नाटक यति लोकप्रिय भयो कि निर्धारति मितिभन्दा दर्ुइ दिन लम्बियो । भीड दिनप्रतिदिन बढेको बढ्यै ।मुगुबाट पहिलोपटक काठमाडौ“ आउनेहरूमा कविराज भाम, नन्दकेशर भाम, दर्ुगा हितान, माया खड्का, हीरा बिजुली, सावित्री मल्ल थिए । सुमन मल्ल, मीन भाम, प्रेम रावलचाहि“ पहिले पनि आएका थिए । कोही यतै पढ्थे । कोही पढाइ पूरा गरी उतै गए । काठमाडौ“ पहिलोपटक आउनेहरूले नया“ अनुभव र ज्ञान बटुले । काठमाडौ“लाई सोचेभन्दा एकदम फरक र नौलो पाए, कार्कीबाडाका कविराज भाम, १८, ले । काठमाडौ“मा ठूलठूला महल देख्दा आर्श्चर्यचकित भए । भन्छन्, "यी महलहरू पनि मानिसले बनाएका हुन् भन्ने लाग्यो । दिमाग ठीक ठाउ“मा रहेन ।" कविराजस“ग पनि हाट गएको अनुभव छ । कामको सिलसिलामा भारत पसेका कविले १७ महिना कुल्ली काम गरे । ८ कक्ष्ँा पढेर छाडेका थिए उनले । "म अब ६ कक्षाबाट फेर िपढ्दैछु," जोसिलो पारामा भने । गाउ“मा भइदिएको बेला घास काट्ने, हलो जोत्ने र कुल्ली काम गररिहेका हुन्थे कवि । यता दिनको तीन/तीनपटक नाटक देखाइरहेका छन् ।भामबाडाका हीरा बिजुली १० कक्षा पढ्दा छाडेर हाट गए । द्वन्द्वले गर्दा गाउ“मा बस्न सक्ने स्थिति थिएन । चार वर्षभारतमा काम गर्दै बित्यो । लामो समयपछि फेर िफर्किए मुगुमै । चार्डपर्व र कसैको विवाह हु“दा उनी दमाहा र अन्य बाजा बजाउ“छन् । नून, तेल, मट्टीतेल ल्याउन चार दिन लगाएर दैलेखको चुप्रा बजार झर्नुपर्छ । यार्चागुम्बा टिप्न करान बेल्टका लेक चहारेका तिनैलाई अहिले काठमाडौ“ पाइलो टेक्दा नौलो लाग्यो । "मुगुभन्दा यहा“ धेरै सुविधा रहेछ । हामी त अभावमा बा“चेका मान्छे । तर, यहा“का केटीहरूको फेसन देख्दा त छक्कै परे“," हीराले आफ्नो अनुभव बाडे ।
जस्तोसुकै भूमिकामा जमेर मान्छेलाई हसाउन र रुवाउन सक्ने हीराको अभिनय धेरैले मन पराए । दीप्ति शेरचन नाम गरेकी दर्शकले डायरी उपहार दिइन् हीरालाई । लेखेकी थिइन्, "सात/सातपटक नाटक हेरे पनि मेरो तिर्खा मेटिएन । पहिले नै थाहा भएको भए अझै धेरैपल्ट हर्ेर्थें । एकदिन अवश्य तपाईंहरूलाई भेट्न मुगु आउनेछु ।" ग्यास, पेट्रोल, मट्टीतेलको अभावले ग्रस्त राजधानीको तुलनामा मुगु नै राम्रो लाग्यो उनलाई । भने, "स्वच्छ हावा, चिसो पानी पाइने आफ्नै गाउ“ठाउ“ रमाइलो ।"कर्ण्ाालीका किशोरकिशोरीहरूको मुगु जिल्लामा नाटकघर बनाउने योजना छ । त्यसो त ०५१ सालदेखि नै स्थानीय क्लबमार्फ गाउ“घरमा सांस्कृतिक कार्यक्रम देखाउने गर्थे उनीहरू । दर्ुइ वर्षघि गुरुकुलस“ग सल्लाह गरेपछि कर्ण्ााली थिएटर खोल्न सफल भए । सुमन मल्ल र मीन भामको अगुवाइमा गत वर्षथिएटर स्थापना भएको हो ।संविधानसभा चुनावताका गाउ“गाउ“ पुगी नाटक देखाएका थिए उनीहरूले । मेला, पर्व र विशेष अवसरमा जनचेतना जगाउने खालका नाटकहरू देखाउदै आएका छन् । यसपटकचाहि“ पहिलेभन्दा फरक नाटकको सैद्धान्तिक ज्ञान सिक्न उनीहरूले काठमाडौ“को यात्रा गरेका हुन् । दर्ुइ महिनासम्म लगातार नाटक सिके भने एक महिनासम्म नाटक देखाए । १२ जना विराटनगर र एक जना जाजरकोटका कलाकारलेे नाटकमा अभिनय गरेका थिए ।कर्ण्ाालीका कलाकारले कल्पनै नगरेका घटना भए काठमाडौ“मा । छतेलवाडा गमगढीकी दर्ुगा हितानले चलचित्र भोगमा गीत गाउने अवसर पाइन् । नाटकमा बज्ने गीतमा पनि उनको स्वर छ । कुशल अभिनय पर््रदर्शनका कारण हीरालाई पनि दर्ुइवटा फिल्ममा खेल्ने प्रस्ताव आयो । तर, उनले खेल्न मानेनन् । चलचित्रभन्दा नाटक खेल्नमै उनलाई रमाइलो लाग्छ रे † भन्छन्, "म रङ्गमञ्चमै रमाउ“छु । चलचित्रभन्दा बढी सूचना, ज्ञान, मनोरञ्जन नाटकले दिन्छजस्तो लाग्छ ।"कर्ण्ली कहिल्यै नदेखेका जाजरकोटका शेरजङ्ग शाह, २४ र विराटनगरका अस्मिना भट्ट, जानकी तामाङ, सीता न्यौपाने, दीपा पोखरेलले कर्नाली दख्खिन बग्दो छमा राम्रो अभिनय गरेर नौलो अनुभुति गरे । "सुरुमा अप्ठ्यारो लाग्यो । पछि विस्तारै सहज लाग्न थाल्यो । अभिनय गर्दागर्दै देउडा नाच्न र गाउन पनि सिक“े," शेरजङ्गले सुनाए । राजधानीको सुविधासम्पन्न जीवन बा“चिरहेकी दर्शक अचला पोखरेलले जब तुइन तर्दा नदीमा विद्यार्थी बगेको देखिन्, तब उनको मुटु सिरङि्ग भयो । भन्छिन्, "कर्ण्ाालीको पीडा सुनेका मात्र थियौ“ । नाटक हेरेपछि त्यही“ पुगेजस्तै लाग्यो ।" बिरामी मानिसको मृत्यु हु“दा आइमाईले शव बोकेको देख्दा पाटनकी सफला राजभण्डारी र साधना रसिालको मन खिन्न भयो ।कथाकार महेशविक्रम शाह नाटक हेरेपछि आसु पुछ्दै थिए । उनी हुम्ला र जुम्ला नपुगेका होइनन् । त्यस क्षेत्रका पीडा, समस्या र दुःखलाई लिएर कथा पनि लेखेका छन् । उनलाई फेर िमुगु, हुम्ला, जुम्ला पुगेजस्तो लाग्यो रे † प्राध्यापक डीपी भण्डारीलाई पनि नाटक उत्कृष्ट लाग्यो । भने, "अहिलेसम्म हेरेजतिमा सबैभन्दा मन पर्यो । अभिनय पनि राम्रो छ । त्यहाको वस्तुस्थितिलाई कलात्मक पाराले प्रस्तुत गरएिको छ ।" नाटक हर्ेदा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमका आखाबाट पनि आसु टल्पलाए । मन्त्री किरण गुरुङ, प्रदीप ज्ञवाली, मोदनाथ प्रश्रति, नरहर िआचार्य, महेश आचार्य, गगन थापा पनि स्तब्ध बने । र्दर्जनौ“ नाटकमा अभिनय गरसिकेका गुरुकुलका कलाकार कमलमणि नेपालले यसरी दर्शकहरू रोएको कहिल्यै देखेका थिएनन् । नाटक निर्देशक सुनील पोखरेल चाडै कर्ण्ााली जाने सुरसारमा छन् । एसओएस बालग्राम भक्तपुरका शिक्षक प्रकाश गजुरेलले कलाकारसामु आफूले चिनेको संस्थामार्फ अध्यारो कर्ण्ाालीलाई सोलार उपलब्ध गराइदिने वाचा गरे । भने, "योजना, नीति निर्माण बनाउने देशका ठूला बुद्धिजीवीले पनि नाटक हर्ेर्नुपर्छ र तिनको आखाबाट पनि आसु बगोस् ।"कर्ण्ााली त दुःख र पीडाको एउटा प्रतिनिधि हो । कर्ण्ाालीपार िबाजुराको बूढीगङ्गा र बझाङको सेती पनि यस्तै यस्तै पीडा र अभाव बोकेर बग्ने गर्छन् । बाजुरा, अछाम र बझाङ जनताको आसु बनेर बगेका छन् बूढीगङ्गा र सेती । नदी किनारमा 'हटेरु'हरूको लामो लर्को देखिन्छ ।

Oct 1, 2008
यसपाली दसैं काठमाडौंमा
अन्तत मेरो दसैं काठमाडौं मै बित्ने भयो । यो पाली मेरोसानो भाई ले पनि घर जान मानेन । बच्चाहरु घर जान लालायित हुन्छन् । तर उ भने नजाउ भन्छ । हिजो बुवाले घर बाट पनि फोन गरेर । न आउ भनेपछि त यतै बस्ने पक्का भयो । काठमाडौं मा कसरी दसैं मनाउने? सुन्सान ठाउँ मा को सँग बोल्ने? को सँग हास्ने?आफ्नो भन्ने को छ र? गाउ म त हास्ने बोल्ने सबै हुन्छन् । तर यता आफ्नो भन्ने कोही छैन ।
Sep 22, 2008
Sep 21, 2008
अभिभावकको बाटोमा
नरेन्द्र रौले
(यो लेख असोज ५ गतेकोनेपाल साप्ताहिक मा प्रकाशित छ ।)
२८ वर्षहिले घुम्ने सिलसिलामा काठमाडौ आएकी थिइन् सुकमित गुरुङ, ४६ । काठमाडौले उनलाई कति मोहनी लगाइदियो भने गान्तोक, सिक्किम,र्फकन मन लागेन । त्यतिखेर रेडियो नेपालले गरेको आधुनिक गायन प्रतियोगितामा सहभागी भएर उनी पहिलो हुन पुगिन् । उनको गीतको बोल थियो, 'सुनचादीभन्दा महगो यो ज्यान ।'हो, तिनै सुकमित लगातार यही सहरलाई कर्मथलो बनाइरहेकी छन् । तन, मन दिएर गायनमै समर्पित भइरहेकी छन् । अहिले त आपmनी छोरीलाई समेत गायिका बनाइसकिन् उनले । भन्छिन्, "बोल बोल पाखाहरू....गीत रर्ेकर्ड गराउदा मेरो पेटमा नौमहिने शिशु खेल्दै थियो ।" तिनै आरती गुरुङ, १९, ले अहिले एल्बम निकालेकी छन्, इच्छा । खासमा आफ्नै आमाले गाएका गीतहरूलाई स्वराङ्कन गरेकी छन् उनले । रक, ज्याज, स्नोरक मात्र होइन, बच्चुकैलाश, नारायणगोपाल, तारादेवीका गीतहरू औधी मन पराउछिन् आरती । सुनाउ“छिन्, "घरमा आमा गाउनुहुन्थ्यो । म त्यो सुन्दै गुनगुनाउथे । घरको सङ्गीतमय प्रभावले म गायनमा तानिए“ ।" आरतीका बुबा बलराम गुरुङचाहि यती ट्राभल एजेन्सीमा काम गर्छन् । बुबाले उनलाई पढाइ पूरा गरेर मात्र गाउन सल्लाह दिएका छन् रे †जेभियर एकेडेमीबाट प्लस टू सकेकी आरती केही दिनमा नै थप शिक्षाका लागि अमेरकि जादैछिन् ।
भन्छिन्, "पहिलो कुरा मेरो पढाइ हो । गायनलाई त्यसपछि मात्र निरन्तरता दिनेछु ।" नर्स बन्न हौसला छ आमाको । सुकमित थप्छिन्, "उसमा नर्समा हुनुपर्ने सबै गुण छन् ।" उनका जेठा छोरा दिल्लीमा कल सेन्टरमा जागिरे छन् भने अर्की छोरी सिक्किममा जागिरे ।१९ वर्षेखि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत छिन्, डा इन्दिरा सत्याल, ५६ । अहिले उनका दुवै छोराछोरी डाक्टर छन् । छोरी आभा, २३, ले चीनबाट एमबीबीएस गरेकी हुन् । उनी आफन्त र दृष्टि नेपाल नामक संस्थामा युवकयुवतीलाई परामर्श दिने र त्यहा राखिएका बिरामीहरूको उपचार गर्छिन् । कसरी आमाकै पेसा अगालिन् त - भन्छिन्, "स्वास्थ्य शिविरका क्रममा आमाले देशका विभिन्न जिल्ला डुल्दा म पनि सगै जान्थे । धेरै डाक्टरहरूसग घुलमिल हुने मौका पाइयो । म आमाको कामबाट प्रभावित भएर आमाकै बाटो रोजे ।"त्यसो त इन्दिराका जेठा छोरा आशीष पनि डाक्टर नै हुन् । चीनको बेफ्याइङ् मेडिकल कलेजमा पढाइसकेका आशीष अहिले अमेरकिामा छन् । सञ्जय वैद्य, ३७, ले जहाज चलाउन थालेको नौ वर्षभयो । उनलाई त आकाशमा उडिरहन मन लाग्छ रे , भन्छन्, "आकाशमा उडे पनि मन त जहाजसगै हुन्छ ।" तत्कालीन शाही नेपाली वायुसेवा निगममा ३७ वर्षविमान चालक भएर काम गरसिकेका देव वैद्य, ५८, का छोरा हुन् सञ्जय ।
नेपाली मूलका बुबा र बैङ्गलोरकी आमाका सन्तान हुन् उनी । नेपालका अधिकांश विमानस्थलमा जहाज ओरालेका छन्, उनले । सुनाउछन्, "बच्चै छदै बुबाआमासग खेलौना पनि जहाज नै ल्याइमाग्थे । घरमा बुबा र उहाका साथीहरू पाइलटको डे्रसमा आउदा पाइलट बनु बनु लाग्थ्यो ।"त्यसो त सञ्जयले बुबाबाट पाइलट बन्न खासै हौसला पाएनन् । तर, पाइलट बन्ने सङ्कल्प पूरा गरेरै छाडे । २६ वर्ष उमेरमा पहिलोपटक जहाज उडाएर काठमाडौबाट भोजपुर पुगेको क्षण सञ्जयले बिर्सर् छैनन् । भन्छन्, "बल्ल पाइलट भएजस्तो लाग्यो । कमाउन पनि थालियो ।" देव वैद्य तिनै चालक हुन्, जसले चलाएको जहाज पञ्चायतकालमा दर्ुगा सुवेदी, वसन्त भट्टर्ईलगायत नेपाली काङ्ग्रेसका युवकहरूको अपहरणमा परेको थियो । सम्झन्छन्, "काठमाडौबाट विराटनगर जान लागेको प्लेन अपहरण गरेर भारतको जङ्गलमा पुर्याए । भएभरको पैसा पनि लुटे ।"देवलाई सातामा एक दिन बिदा मनाउन पनि धौधौ पर्छ । भन्छन्, "जतिखेर पनि जहाज उडाउन पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।" ३५ वर्षघि द राइजिङ् नेपालबाट सुरु भएको थियो पत्रकार पी र्-पर्शुराम) खरेल, ५५, को यात्रा । उनका छोरा पारस, २५, नेपाल प्रेस इन्स्िटच्युट -एनपीआई)मा र छोरी वीणा, २९, लुथ्रन विश्व फेडेरेसनमा काम गर्छन् ।
अर्थशास्त्रमा स्नातकोत्तर वीणासित द काठमान्डू पोस्टमा पा“च वर्षकाम गरेको अनुभव छ । भन्छिन्, "सानै छ“दा बुबाले कोर्सका किताबबाहेक अरू पनि पढ्नर्ुपर्छ भन्नुहुन्थ्यो । लाइब्रेरी लिएर जानुहुन्थ्यो । सायद बुबाको प्रेरणा र हौसलाले होला म यो ठाउ“मा पुग्न सकेको ।"के बुबा पत्रकार नभएको भए, पत्रकारतिा नै गररिहेका हुन्थे पारस - भन्छन्, "म भन्न सक्तिन“ तर अर्थशास्त्रको अनुसन्धानकर्ताचाहि हुन्थे।" द काठमान्डू पोस्टमा काम गरसिकेका पारस प्रेस इन्स्टच्युटमा मिडिया मोनिटरङि्को काम गर्छन् । बुबा खरेल आपmना छोराछोरी स्वभावैले यस क्षत्रमा आएको बताउछन् । भन्छन्, "घरमा प्रशस्त पत्रपत्रिका र किताब हुन्थे । पुस्तकालय पनि धाइरहन्थे । पत्रकारतिाकै वातावरणमा हर्ुर्किए दुवै दिदीभाइ ।"दार्जीलिङको चियाबगानमा जन्मिएकी कुन्ती मोक्तान, ४७, सानैदेखि हार्मोनियम, तबला, गीतारजस्ता बाजाहरूसग खेल्थिन् । बुबा सङ्गीतप्रेमी भएकाले सबैजसो बाजाको सङ्कलन थियो घरमा । खर्सरस्थत सेन्ट जेभियर्स स्कुल पढ्दै गर्दा १४ वर्षो उमेरमा उनको पहिलो गीत र्कर्ड भएको थियो । तिनै कुन्तीले छोरीहरूलाई पनि गायनमै डोर्याइन् । शीतल-सुवानीका नामले चर्चित छ यो जोडी ।
शीतल, २२, र सुवानी, १९, लाई सानैदेखि भायोलिन र किबोर्ड सिकाउथिन् कुन्ती । उनीहरूको रुचि एउटै क्षेत्रमा भए पनि अध्ययनचाहि फरकफरक क्ष्त्रमा छ । सुवानी प्राइम कलेजमा चार्र्टर्ड एकाउन्टेन्ट पढ्दैछिन् भने शीतलले एपेक्स कलेजबाट बीसीआईएस कोर्स पूरा गरनि् । गाउनबाहेक उनीहरू मिडियामा काम गर्छन् । सुवानी इमेज एफएममा पाचवटा कार्यक्रम चलाउछिन्, शीतलले एनटीभी-२ मेट्रोमा म्युजिक सूत्र कार्यक्रम चलाउछिन् । गायनबाहेक खासै नया योजना छैन उनीहरूसग । छोराछोरीले बुबाआमाको पेसा नै किन रोज्छन् त - मनोचिकित्सक निराकारमान श्रेष्ठ भन्छन्, "पहिलो कुरा वंशाणुगत गुणका कारण हो, अर्कोचाहि घरको वातावरण ।" श्रेष्ठको अनुभवमा सामाजिक र पारविरकि कारण कतिपय बुबाआमाले आफ्नै पेसा छोराछारीलाई रोज्न दबाबसमेत दिने गरेका छन् । संयोग के भने श्रेष्ठका दइ छोरी र श्रीमती डाक्टर छन् भने छोरा पनि डाक्टर बन्ने तरखरमा छन् ।

Sep 19, 2008
Exam finished,working starts
yesterday, my exam is fineshed. hangover of exam is passed.now i bacame free. i will alot of thing to do in this period. i should a lot of articels and news for the newspapers and magazines.
i will taste new books in nepali and english in both languages.perhaps i am in kathmandu in the Dashain and Tihar time.i will collect new experiences in kathmandu during this time.

Sep 12, 2008
KARNALI DAKKHIN BAGDO CHHA'
really it touches me. after viewing a drama in Gurukul before few days ago. a dozen
of actor came from karnali to learn something about drama. they learn a lot of things here. finally director of Gurukul sunil pokhrel said to them" you should show a drma".then they prepare a drama,'karnali Dakkhin Bagdo chha'
.

After viewing this drama many people were dropping eye fall(weeping). the drama depicts the real problems of karnali.it is full of pain,sorrow,femine and so many things.
some of the people came here to take it's taste 12 times.they like it very much.some people want to visit to karnali.relly how is it? they questioned.i think the girl of karnali are back in every sectors.but no,it is no real. they are forward in every parts.i interview with them .they speak fluently.they express their feelings.i became shy with them.i take photo with them someone take me near her lap.
.
Sep 7, 2008
Sep 4, 2008
I have new gas cylinder
today,waiting a long time i get a gas cylinder from dealer. i have faced many problems in this month. i spend one month without gas.i used to make food by kerosene.my pots are black like black night.
i pay 1200 rupees and take in room. but how? i ask cycle with dealer man. he permitt me to take for moment. unfortunately i can't cycling.hardly i reach in room. i satisfy.
actually kathmandu teaches us many things.how to live here? how to face with problems . most of the people of ktm. are selfish. they don't help in helpless condition.actually the good person recognize in difficult condition.

Aug 28, 2008
दिलकी धनी दिलशोभा
घरपरविारका कसैले पनि वास्ता नगरेपछि काठमाडाँै आई मकै पोलेर गुजारा चलाउने कान्छी तामाङ, ६३, बिरामी परेपछि दिलशोभा श्रेष्ठले आफ्नो आश्रममा लगिन् । बालाजुकी बुद्धिकुमारी आचार्य, ७२, को सात वर्षको उमेरमा विवाह भएको थियो । विवाह भएको दुई वषमै पतिले छाडेर लाहुर गएपछि बिचल्लीमा परेकी उनी पाँच वर्षअघि आश्रममा आइपुगिन् ।
अधिकांश मानिस दुःखले कमाएको पैसा ऐसआराममा खर्चिन्छन् । केही भने आफ्ना सन्तान र बुढेसकालका लागि साँचेर राख्छन् । तर, काठमाडौँ, सोल्टीमोडकी दिलशोभा, ५४, को सोख भिन्नै छ । सिलाइकटाइ व्यवसाय सञ्चालन गरेर जोडेको घरमा समेत दिलशोभाले वृद्धाश्रम स्थापना गरेकी छन् । निकै सम्पन्नशाली परविारकी सदस्य, न उनको गतिलो आयस्रोत नै छ । तर पनि दिलशोभा असहाय, अशक्त, बेसहारा वृद्धवृद्धाको सेवामा अहोरात्र लागिरहेकी छन् । उनको घरमा अहिले १७ जना असहाय, अशक्त, बेसहारा, बाटोमा मागेर खान बसेका वृद्धवृद्धाहरूले आश्रय पाएका छन् । उनले ०५२ सालमा चार वृद्धवृद्धाबाट वृद्धाश्रम सुरु गरेकी हुन् ।
दिलशोभाको कार्यको प्रशंसा गर्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले ०६३ सालमा ७५ हजार रुपियाँ सहयोग गरेको थियो । बर्सेनि सहयोग गरनिे वाचा गरे पनि त्यसपछि सहयोग नपाएको उनको भनाइ छ । एक्लोपनको अनुभूति हुन नदिन वृद्धवृद्धाको सेवामा लागेको बताउने दिलशोभाले वृद्धवृद्धाकै लागि मासिक १५ हजार रुपियाँ भाडा आउने घरमा वृद्धवृद्धा राखेकी छन् । उनीहरूको खानपिन र उपचारमा मासिक १५ हजार रुपियाँभन्दा बढी खर्च हुने गरेको छ ।
नरेन्द्र रौले/काठमाडौँ

गाउ डुल्दै गोरी
अमेरकिाबाट आएकी एउटी गोरी चेली नेपालमा के गर्दैछिन्, ह“ - उनी त नेपाली पनि र्फरर बोल्न र खर्रर लेख्न सक्दिरहिछन् । अनि, नेपाली लोकगीत पनि उस्तै भाका हालेर गाउ“दी रहिछन् । कुरो बुझ्दै जा“दा पो थाहो भयो, नेपालीहरू अमेरकिा जान मरहित्ते गररिहेका बेला आना मेरी सटर भने नेपाली लोकसंस् कृति र कलाबारे विद्यावारििध गर्न नेपाल आएकी रहिछन् । प्रतिभाको कुरा न हो, कोलम्बिया युनिभर्सिटीबाट विद्यावारििध गर्न नेपाल भित्रिएकी आना अहिले नेपाली बोल्न मात्र होइन लेख्न, पढ्न र गाउन पनि सक्छिन् ।
पहिलोपटक डिप्लोमा तेस्रो वर्षा अध्ययनरत हु“दा 'स्कुल फर इन्टरनेसनल टे्रनिङ्' को विद्यार्थीका रूपमा नया“ संस् कृतिको अनुभव लिन नेपाल भित्रिएकी थिइन् उनी । अहिले 'एथ्नोम्युजिकोलोजी' अर्न्तर्गत नेपाली लोकदोहोरीमाथि विद्यावारििध गर्ने तयारी गररिहेकी छन् । उनको शोधपत्रको शर्ीष्ाक छ, 'नेपाली लोकदोहोरी प्रस् तुतिमा बसाइ“सराइ, लैङ् गिक भिन्नता र राष्ट्रियता' । अमेरकिामा छ“दै उनले नेपाली भाषाको दर्ुइमहिने तालिम लिएकी थिइन् । नेपाल आएर तीनमहिने कोर्स लिएपछि त हिजोआज स्पष्ट रूपमा बोल्न र लेख्न थालिसकेकी छन् । यति मात्र होइन, केही समययता उनी लोकदोहोरी पनि गाउ“छिन् ।
लोकदोहोरीस“ग सम्बन्धित व्यक्तिलाई भेट्नु र काठमाडौ“का दोहोरी रेस्टुरा“हरू चहार्नु उनको दिनचर्या नै बनिसकेको छ । नेपाल लोकदोहोरी व्यवसायी सङ्घ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यक्रममा भाग लिन पनि पछि पर्दिनन् उनी । गाउने र छमछमी नाच्ने अनि नेपाली बाजाहरू मादल, बा“सुरी र पियानो बजाउने कलामा उनी झन्झन् खार“िदैछिन् । यसक्रममा उनी नेपालका पर्ूर्वी जिल्ला खोटाङ, उदयपुर, धनकुटादेखि पश्चिमका स्याङ्जा, पाल्पासम्म पुगेकी छन् । गाउ“ घुम्ने क्रममा बटुलेका अनुभवबारे उनी भन्छिन्, "हरेक क्षेत्रको आफ्नै संस्कृति छ र एउटै समुदायबीच पनि जिल्ला अनुसार भिन्नै परम्परा र रीतिरविाज छ ।" विभिन्न जिल्ल्ााहरूमा पुग्दा रोयला, सालैजो र रोदीमा गाउन पनि बसिन् । पर्ूर्वेली र पश्चिमेली गीतबीच भाका, लय र ताल फरक भएको उनको बुझाइ छ ।
गीत-सङ्गीत, बाजा, भाका, संस् कृतिमा नेपाल धनी भएको बताउ“छिन् उनी । आना आधुनिक गीतसम्म गाउ“छिन् । नारायण गोपाल, अरुण थापा र अम्बर गुरुङका गीत गुनगुनाउने पनि गर्छिन् । उनले केही समय काठमाडौ“ युनिभर्सिटीमा पाश्चात्य शास्त्रीय सङ्गीत पढाइन् । हिजोआज लोकगीतस“ग सम्बन्धित पुस्तकहरूको अध्ययन गररिहेकी आना भन्छिन्, "नेपालमा धेरै सम्भावना र मौकाहरू छन् ।" उनको शोधपत्र पूरा हुन अझै एक वर्षलाग्नेछ ।
नरेन्द्र रौले/काठमाडौ

पढ्ने मेलो (युवा पुस्ता)
नरेन्द्र रौले
राजधानीमा काम गर्दै पढ्ने युवकयुवतीको सङ्र्घष
राजधानीको एक मध्याह्न चर्को घाम लागिरहेको छ । सडकमा पीँपीँ हर्न बजाउँदै गाडीहरू हुइँकिरहेका छन् । सोह्रखुट्टेको एउटा मोबाइल पसलमा दुई जना तन्नेरी काममा व्यस्त छन् । ग्राहकको भीड बढिरहेको छ । अर्की युवती ग्राहकलाई सामान दिन व्यस्त छिन् । उनीहरूको आँखैअगाडि फोहरको डङ्गुर थुप्रिएको छ । सबैले मास्क लगाएका छन् । उमेरले २१ वर्षा पाइला टेकेका लक्ष्मण भट्ट र राम भट्ट जुम्ल्याहा दाजुभाइ हुन् । अनुहार पनि मिल्दोजुल्दो छ । प्रायः एउटै पहिरनमा देखा पर्छन् उनीहरू । उच्च शिक्षा हासिल गर्न गोरखा, बोर्लाङबाट काठमाडौँ प्रवेश गरेको चार वर्षभयो । गणतन्त्रमार्गका नामले चिनिने आरआर क्याम्पसमा बीए दोस्रो वर्षा पढ्छन् दुवै जना । बुबाआमा कृषिमै निर्भर भएकाले काम नगरी सुखै थिएन । काठमाडौँ आएदेखि नै राम न्युरोडमा अर्काको मोबाइल पसलमा काम गर्थे भने लक्ष्मण एउटा पब्लिकेसनमा । डेढ वर्षेखि आफैँले पसल खोले । भन्छन्, "जे कुरा पनि आफँै गर्दा राम्रो हुन्छ । अर्काको पसलमा कति काम गर्नु -" बिहान ७ बजेदेखि रातीको १० बजेसम्म उनीहरू ब्रि्रेका मोबाइल बनाउने, हाउजिङ् फेर्ने, हेडफोन बेच्ने, सेटहरू बेच्ने र घडीहरू बेच्ने काममा व्यस्त हुन्छन् । दिउँसो काममा बहिनी तारा भट्टले पनि सघाउँछिन् । मनमोहन मेमोरयिल कलेजबाट 'प्लस टू'को पढाइ सिध्याइन् उनले । पसल चलाएकै भरमा यी दाजुबहिनीको पढाइ खर्च जुट्छ । कति कमाउँछन् होला मासिक रूपमा - लक्ष्मण भन्छन्, "लेख्नूस् सर पत्रकारको आँखाले कति देख्छ -" पसलको मासिक आठ हजार र कोठाको २ हजार ५ सय रुपियाँ तिररिहेका छन् भट्ट दाजुभाइ ।
BR>लोकबहादुर श्रेष्ठ, २०, संयुक्त पाटन बहुमुखी क्याम्पसका आईए दोस्रो वर्षा विद्यार्थी हुन् । राजधानीबाट नजिकै रहेको सिन्धुपाल्चोकमा छ उनको घर । बुबाआमा गाउँमा खेतीकिसानी गर्छन् । सिन्धुपाल्चोक, अर्तरपुरबाट राजधानी आएका लोकबहादुर नयाँबानेश्वरको एक रेस्टुराँमा वेटरको काम गर्छन् । तर, उनी आफ्नो अप्ठ्यारोबारे बोल्न चाहँदैनन् । उनी खाना होटलमै खान्छन्, २ हजार ५ सय रुपियाँ चोखो बचाउँछन् । यतिले कोठा भाडा र पढाइ खर्च चलाउन उनलाई पुगेकै छ । फूलबारी, ओखलढुङ्गाकी देवी लुइँटेल सुन्धाराको स्कुड एक्सप्रेसमा रिसेप्सनको काम गर्छिन् । दुई वर्षघि राजधानी आएकी लुइँटेलले त्यहीबेलादेखि नै थालेकी हुन् । महेन्द्ररत्न क्याम्पसमा बीए दोस्रो वर्षा अध्ययनरत लुइँटेलसँगै भाइ र बहिनी पनि बस्छन् ।ड्रि्री गरेर छाड्ने धोको छ उनको । कापी-किताब र सामान्य खर्च आफ्नो कामबाट जुटाउने देवीले आफ्नो कमाइ भने बताइनन् । काठमाडौँ बस्दा कस्ता दुःखकष्ट यिनका पोल्टामा आए होलान् - भन्छिन्, "आफ्नो दुःख, वेदना अरूलाई सुनाएर के गर्नु - कसैले बुझ्दैनन् । जे छ, मनमै छ ।"ढिकुरा, अर्घाखाँचीका विनोद घिमिरे, २४, पुतलीसडकको स्टार इन्टरनेसनलमा मार्केटिङ् अफिसरका रूपमा काम गर्छन् । यहाँबाट ल्यापटप, कम्प्युटर, यूपीएस, सीडी, पेनडाइभजस्ता सामानहरू बिक्री हुन्छन् । र, ब्रि्रेका कम्प्युटर र ल्यापटप पनि मर्मत गरिन्छ । उनले सुरुमा कम्प्युटरका पाटपुर्जा पसलबाट मर्मत केन्द्रसम्म ल्याउने-लैजाने गर्थे ।
भन्छन्, "कामप्रति इमानदार र विश्वासिलो लागेपछि अहिले साहूजीले मार्केटिङ् अफिसर बनाइदिएका छन् ।"शङ्करदेव क्याम्पसमा बीबीएस दोस्रो वर्षा पढ्दैछन् विनोद । "सुरुसुरुमा काठमाडौँ आउँदा कोठाभाडा तिर्न सकिनँ । आफन्त साथीभाइसँग मागेर खर्च चलाएँ तर कति दिनसम्म यसरी चल्थ्यो र ! काम नगरी सुखै भएन," पुराना दिनहरू सम्झन्छन्, "दुःख नपाएको भए मिहिनेत पनि गरिँदैनथ्यो होला ।" २ हजार ५ सय रुपियाँबाट काम सुरु गरेका विनोदको तलब अहिले आठ हजार रुपियाँ पुगिसकेको छ । भाइबहिनीलाई पनि आफ्नै खर्चले पढाइरहेका छन् । राजधानीबाहिरबाट आएका थुप्रै आफूजस्तै साथीहरूलाई आफ्ना अनुभव सुनाउँछन् विनोद, "काठमाडौँमा काम पाउन गाह्रो छ तर आत्तिनु हुँदैन । विस्तारै दिन आउँछ । मिहिनेत गर्न छोड्नु हुन्न ।"पद्मकन्या क्याम्पसमा सोसल र्सर्भिस विषय लिएर बीए प्रथम वर्षा पढ्दैछिन् मीना पौडेल, २० । उनको घर जुकेना, अर्घाखाँची हो । बुबा गाउँमा मौरीपालन गर्छन् । घरबाट पठाएको पैसाले नपुग्ने भएपछि उनले यतै काम गर्न थालिन् । हाल बीएन पुस्तक संसार प्रकाशन गृहमा काम गररिहेकी छन्, मीना । यसअघि उनी विवेक सिर्जनशील प्रकाशनमा काम गर्थिन् । किताबहरू विभिन्न स्टेसनरी र स्कुलहरूमा पुर्याउने र लेखकहरूका रचना टाइप गर्ने उनको काम हुन्थ्यो । अहिले पनि उनको त्यही काम हो । सङ्र्घष गरेर पढिरहेकी यी युवतीको सपना कस्तो होला - भन्छिन्, "म विजनेसमै लाग्छु । र, एउटा ठूलो व्यापारी बन्छु ।
मीना दुःख गरेर चार हजार रुपियाँ कमाउँछिन् । मासिक १ हजार ५ सय रुपियाँ भाडा तिर्छिन् ।दूरदराजबाट उच्च शिक्षा हासिल गर्न हरेक वर्षराजधानी आउनेहरूको ताँती लाग्छ । तीमध्ये अधिकांश मध्यम र निम्नवर्गीय परिवारका विद्यार्थीहरू छन् । पढाइ पूरा गर्न काम गर्नैपर्ने बाध्यता छ । दिनप्रतिदिन बढ्दै गएको महँगीको मार सबैभन्दा बढी विद्यार्थीले नै खेपिरहेका छन् । सुनौलो भविष्यको सपना बोकेर राजधानी आएका थुप्रै किशोरकिशोरी अभाव र सङ्र्घषको जीवन बाँचिरहेका छन् ।गाउँबाटै प्लस टू गरेर छ वर्षघि राजधानी छिरेका हुन् बेतघारी, सोलुखुम्बुका बालकृष्ण कट्टेल, २५ । पढाइ पूरा गर्न कट्टेलले के मात्र गरेनन् - एयरपोर्टको ट्याक्सी काउन्टरमा बिल काट्ने, काठमाडौँ फन पार्कमा टिकट काट्ने, वसन्तपुरको नाइट मार्केटमा कपडा बेच्नुका साथै समय र हिमाल खबरपत्रिकाको मार्केटिङ् गरे । काठमाडौँमा सङ्र्घष गर्न थालेको छ वर्षभइसक्यो यद्यपि स्नातकोत्तर गर्ने उनको चाहना अधूरै छ । पीडा खोतल्छन्, "नियमित पढे त सकिन्थ्यो तर काम गर्नैपर्ने बाध्यता छ । कामको चापले पढ्नै पाइँदैन ।"महेन्द्ररत्न क्याम्पस ताहचलबाट बीए तेस्रो वर्षो परीक्षा दिएर बसेका कट्टेलको काँधमा अर्को जिम्मेवारी पनि थपिएको छ । भर्खरै प्लस टू गरेकी बहिनी पुष्पालाई पढाउनु छ । जैसीदेवलमा बस्दै आएका कट्टेल हाल बानेश्वरको एउटा कपडा पसलमा सेल्सम्यानको काम गररिहेका छन् । तलब छ मासिक चार हजार रुपियाँ ।
१ हजार ५ सय रुपियाँ कोठाभाडा तिरेर बाँकी खर्चको मेलोमेसो गर्नु छ । दुःखेसो पोख्छन्, "दिनप्रतिदिन महँगी बढेको बढ्यै छ । अरू चीजको महँगी बढ्छ तर हाम्रो तलब कहिल्यै बढ्दैन, बरु घट्छ ।" भविष्यमा के बन्ने सोचमा छन् त कट्टेल - "हामी तल्लो वर्गका मान्छे । लोकसेवा लडेर निजामती प्रशासनमा छिर्ने । यदि त्यो पनि सकिएन भने गाउँमै पढाउने ।"जागिर गर्दै पढ्ने विद्यार्थीहरू प्रायः बिहान र बेलुकी कक्षा लिन्छन् । अधिकांश स्नातक पढ्दै गरेका विद्यार्थीहरू जागिरे छन् । कतिपय होटल या पसलमा काम गर्छन् । कतिले मार्केटिङ् गर्छन् । सडकमै बसेर व्यापार गररिहेकाहरू पनि प्रशस्त छन् । विभिन्न प्रकृतिको काममा हात हालेकाहरू आफ्नो कामलाई गोप्य राख्न चाहन्छन् । आफ्नाबारेमा अरूलाई थाहा हुन्छ भन्ने डरले पनि हुनसक्छ । समाजशास्त्री डिल्लीराम दाहाल जागिरले विद्यार्थीको 'करिअर' निर्माणमा बाधा पुगिरहेको बताउँछन् । भन्छन्, "समाजमा यस्ता विद्यार्थीहरू उदाहरणको पात्र बन्न सक्छन् । यो आफैँमा सकारात्मक कुरा हो । मैले त्यस्ता धेरै विद्यार्थीहरू भेटेको छु, जो न त पूर्ण रूपले काम गर्न सक्छन्, न पढ्न नै सक्छन् ।"

(यो लेख नेपाल साप्ताहिकमा प्रकाशित भैसकेको छ ।)
९० वर्षउकालो लागेका डायमनशमशेरलाई पुरानो जेल बसाइ सम्भ“mदा कस्तो लाग्छ - पक्कै आखामा आसु आउछ । निकै भावुक बनाउछ । तर, त्यही नख्खु जेल बसाइमा लेखिएको उपन्यास सेतो बाघको लेखकस्वबाटै उनको गुजारा चल्दैछ । विश्वका पाचवटा भाषामा अनुवाद भएको त्यो उपन्यास उनले छ वर्षलगाएर लेखेका हुन् । भन्छन्, "यसको गाता छाप्न म ब्याङ्कक पुगेको थिए । साढे सात लाख रुपिया ब्याङ्क ब्यालेन्स छ । दालभात खान पुगेकै छ ।"
राजा महेन्द्रले २०१७ सालमा पञ्चायती व्यवस्था लादेका बेला डायमन नेपाली काङ्ग्रेस ललितपुर शाखाका सभापति रहेछन् । उनलाई नख्खु जेलमा छ वर्षथुनियो । साथमा थिए अहिलेका प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला, स्वर्गीय मनमोहन अधिकारी, केआई सिंह, तारिणीप्रसाद कोइराला आदि ।
नख्खु जेलको वातावरण एकदमै दुःखदायी थियो । आज मार्छ कि भोलि मार्छ ठेगान थिएन । पञ्चायती व्यवस्था स्वीकार्न लोभ, लालच र धम्कीसमेत दिइन्थ्यो । उनीहरू मर्न तयार भए तर राजाको कदम स्वीकारेनन् । जेलमा उनीहरू राजनीतिक छलफल र बहसमा समय बिताउ“थे । मुलुकमा प्रजातन्त्र स्थापना भएको सपना देख्थे । डायमन भन्छन्, "त्यसबेला गिरजिाप्रसादले कविता लेखेको र तारिणीप्रसादले शब्दकोश लेखेको अनि केआई सिंहले आफ्नो आत्मकथा सुनाएको अझै सम्झन्छु ।"
आधा दर्जन उपन्यासका लेखक डायमनको सेतो बाघ प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरा जगतजङ्गमाथि लेखिएको उपन्यास हो । उपन्यासहरूकै माध्यमबाट उनी विश्वका सबैजसो मुलुक घुमिसकेका छन् । जेल बसाइमा साथीहरूस“ग मगाएर विलियम शेक्सपियर, ओ हेनरी, ओस्कार बाइल्ड, लियो टल्सटाय, जेम्स केल्म्यानलगायत थुप्रैका कृतिहरू जेलमै पढे डायमनले । ती किताबहरू अहिले घरमा पुस्तकालय बनाएर राखेका छन् ।बाधिन्न हात्ती माकुरे झीनो जालोले तुनेररोकिन्न क्रान्ति दुइचार मान्छे झ्यालखानामा थुनेर ।
२८ वर्षघि राजनीतिक बन्दीका रूपमा भैरहवामा थुनुवा जीवन बिताएका बेला मोदनाथ प्रश्रतिले कोरेका पङ्क्ति हुन् यी । उनी बुटवल बहुमुखी क्याम्पसमा नेपाली विषय पढाउ“थे । सरकारले क्याम्पसलाई मान्यता नदिएको विरोधमा विद्यार्थीले आन्दोलन मच्चाए । आन्दोलन उठाउने मोदनाथ जेल परे, स“गै सुरु भयो साहित्यिक यात्रा ।
जीवनको झन्डै १० वर्ष जेल बसाइमा प्रश्रतिले देवासुर सङ्ग्राम -महाकाव्य), गोलघरको सन्देश -खण्डकाव्य), चोर -उपन्यास), आस्था र प्रथा ः एक विवेचना -धार्मिक ग्रन्थ), नारी बन्धन र मुक्ति -समाजशास्त्र) लेखे । भन्छन्, "मोहनविक्रम सिंह र प्रचण्डले मेरा कतिपय कृतिहरू पार्टर्ीीाठ्यक्रममा राखेका छन् । बाबुराम भट्टर्राई, प्रदीप नेपाललगायत धेरैले मेरा कृतिहरू पढेर कम्युनिस्ट भएको बताएका छन् ।" केन्द्रीय कारागारमा उनले लेखेको गोलघरको सन्देश छापिनेबित्तिकै ३५ हजार प्रति बिक्री भएको थियो ।'कुरूपताको अ“ध्यारोमा सुन्दर साहित्य र कलाको जन्म हुन्छ' भन्ने पाब्लो पिकासोले भनाइजस्तै हरेक सुन्दर साहित्यको जन्म अ“ध्यारा कालकोठरीमा भएका छन् । अभाव, पीडा र सङ्कटको घडीमा सिर्जना गरएिका साहित्य नै जीवन्त बनेका छन् । तिनीहरू नै मानवीय संवेदना उजागर गर्न र पाठकको मनमुटुमा बस्न सफल भएका छन् । खुला आकाशमा भन्दा चारैतिर पर्खालले घेरएिका अ“ध्यारा कोठामा सिर्जना गरएिका रचनाहरू जीवनका मार्गदर्शक बनेका छन् । जेल बसाइका क्रममा साहित्य लेख्ने स्वदेशी तथा विदेशी राजनेता र साहित्यकारहरूको सूची लामै छ ।
नेपालमा यसका अग्रणी हुन्, विश्वेश्वरप्रसाद कोइराला । उनले धेरैजसो साहित्य जेलमा नै लेखेका हुन् । स्वतन्त्र भारत आन्दोलनमा सक्रिय रह“दा पटनामा पक्राउ परेका बीपीलाई बन्दीपुर जेलमा थुनिएको थियो । त्यही“ भारतीय प्रधानमन्त्री राजेन्द्रप्रसादले लेखेका थिए, इन्डिया डिभाइडेड । बीपीलाई राजा महेन्द्रले थुप्रैपटक जेलमा राखे । जेलबाट निस्क“दा एक दर्जन कृतिका पाण्डुलिपि लिएर निस्कने सपना पालेका थिए बीपीले । नभन्दै तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदी आइन, श्वेतभैरवी, बाबुआमा र छोरा, मेरो कथाको पाण्डुलिपि तयार पारे । लेजरक्विस्टद्वारा लिखित द साइवलको अनुवाद पनि जेलमै गरेका थिए । शरदचन्द्र चर्टर्जी, रवीन्द्रनाथ टैगोर, लियो टल्सटाय, म्याक्सिम गोर्की र इभान तर्ुगनेवका किताबहरू पढ्न रुचाउने बीपीका लेखहरू बनारस, नया दिल्ली, लन्डन, कोलकाता र पेरसिका पत्रपत्रिकाहरूमा छापिएका थिए ।
जेलभित्र लेख्न पाइ“दैनथ्यो । कापी-कलम राख्नसमेत दिइएको थिएन । चौकीदारस“ग मिलेर कागज र सिसाकलम गोप्य रूपमा मगाउन बीपी सफल भएका थिए तर उनलाई लुकाउने समस्याले पिरोलिरहन्थ्यो । खाना पकाउने चुलोमा उनी सिसाकलम र कागज लुकाउ“थे । बीपी मासिक ३५-४० का दरले पत्र लेख्थे । शैलजा आचार्य, रोशा, तारिणी र धरणीधर कोइराला अनि जवाहरलाल नेहरू आदि पत्र पाउनेहरूमा थिए । नेहरूलाई पठाइएको पत्रसग जोडिएको एउटा रमाइलो प्रसङ्ग छ । एकपटक पत्र लेख्न कागजको अभाव भयो बीपीलाई । हावाले उडाएर ल्याएको साबुनको खोलमा नेहरूलाई पत्र लेखे । त्यो पत्र जुत्ताको तलुवाभित्र सिलाएर गोप्य रूपमा भारत पठाइयो ।
कृष्णप्रसाद भट्टर्राई र बालचन्द्र शर्माले त्यस पत्रलाई नेहरूकहा पुर्याएका थिए । बीपीले लेखेको पत्र पढ्दा जवाहरलाल नेहरूका आखाभरि आसु थियो रे ! त्यो पत्र अहिले भारतको नेहरू स्मारक सङ्ग्रहालयमा राखिएको छ । ०१८ माघ ५ गते सुन्दरीजल जेलमा बीपीले लेखेको डायरीको सानो अंश यस्तो छ, "हिजो घरबाट आएका किताबहरूलाई सुम्सुम्याए, नया किताब तरुनी हुन् । तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरूलाई सुम्सुम्याउनुपर्छ, यताउता उल्टाइपल्टाइ हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सुघ्नुपर्छ ।"
जेलभित्र विश्वका पनि थुप्रै राजनेता एवम् साहित्यकारले लेखेका छन् । दक्षिण अफरिकाका राष्ट्रपति नेल्सन मन्डेलाले आफ्नो २७ वर्षो लामो जेल जीवनमा लङ वाक् टू प्रिmडम नामक किताब लेखेका छन् । त्यस्तै नाइजेरयिन लेखक केन सारो विवाले सोजाल्वाय, क्रिस अवानिले कालाकुता, हिटलरले मेनकेम्फजस्ता थुप्रै कृतिहरू जेलमा लेखेका हुन् ।
स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूद्वारा छोरी इन्दिरालाई जेलबाट लेखिएका पत्रहरू विश्व साहित्यमा निकै चर्चित छन् । राजनीतिमा लाग्न इन्दिरा गान्धीलाई ती पत्रहरूले निकै सघाएका थिए । भारतीय राजनेता लाला लाजपत राय, गोपालकृष्णलगायतबाट प्रभावित नेहरू र उनका पिता मोतीलाल जेलमा स“गै थिए । पिता र पुत्रलाई छ महिना जेलमा राखियो । जेलमै सुरु भयो नेहरूको साहित्यिक यात्रा । डिस्कवरी अफ इन्डिया, आत्मवृत्तँन्त र दर्ुइ भागमा बा“डिएको विश्व इतिहासबारेको ठेली नेहरूले जेलमै लेखेका थिए । सबैको मन छुन सफल नेहरूले आफ्नी छोरीका लागि लेखिएको पत्रको सानो अंश यस्तो छः"प्यारी इन्दु ! जीवन जतिसुकै कठोरपनले भरएि पनि मेरा निम्ति ज्यादै सुन्दर छ । लाग्छ, मैले अझै कठोर कार्य गर्नुपरेको छ ।
मेराबारेमा चिन्ता नगर्नू, मैले जानीजानी आफ्नो पथ रोजेको हु । हरेक पुस्ताले आ-आफ्ना समयको सामना गर्नुपर्दछ ।"नेहरूकै झल्को दिने गरी शिक्षा तथा संस्कृतिमन्त्री प्रदीप नेपालले 'माघ १९' पछि प्रहरी तालिम केन्द्र, महाराजगन्जको खप्तड जेल र दुवाकोटबाट छोरीलाई सम्बोधन गर्दै पत्र लेखे । उनी भन्छन्, "माघ १९ पछि महाराजगन्ज थुनामा रह“दा लेखिएका कथा, कविता, संस्मरण र पत्रहरूलाई किताबको रूप दिने तयारीमा छु ।"
०३३ सालमा केन्द्रीय कारागारमा रह“दा उनले सञ्जय थापाका नाममा लेखेका ५० वटा कथा शासकहरूले खोसे तर जेलमा नै क्रान्तिकारी महिला मारयिा लोरेवारोसका बारेमा लेखिएको किताब पूर्वाञ्चलमा मात्रै पा“च हजार प्रति बिक्री भयो । उनको उपन्यास स्वप्नील सहरमा नख्खु जेलमा बिताएका क्षणहरू प्रतिविम्बित छन् ।
पूर्वकम्युनिस्ट नेता राधाकृष्ण मैनालीले भैरहवा र वीरगन्ज जेलमा रह“दा बन्दी रहर लेखे । र, उनको अतीतका सम्झनाहरू जेलकै पृष्ठभूमिमा लेखिएको छ । प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले जेलमा नाटक लेखेका छन् । दक्षिण अमेरिकी कम्युनिस्ट नेता चे ग्वेभाराकी महिला साथी क्लाराका बारेमा नाटक लेख्नुका साथै जेलमै नाटक खेलाए उनले । त्यसरी नाटक खेल्नेमा अहिलेका अर्थमन्त्री रामशरण महत, शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेल, खेमराज भट्ट 'मायालु', इश्वर लामालगायत थिए ।
युगकवि सिद्धिचरण श्रेष्ठले अधिकांश रचना जेलमै लेखेका थिए । तिनीहरूमा उर्वशी, मेरो प्रतिविम्ब, कारागारका सम्झना, ज्यानमारा र नेवारीमा सिस्ता, फुस्वा, तृष्णा, लुमनि, धामा, ग्वयस्वा आदि हुन् । क्रान्तिकारी कविता लेखेको र राजनीतिमा लागेको अभियोगमा सिद्धिचरणलाई १८ वर्षो जेल सजाय दिइएको थियो । गङ्गालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज, जगतमान वैद्य, फत्तेबहादुर सिंह, जोगवीरसिंह कंसाकारका साथै सिद्धिचरणलाई त्यहा“ राखिएको थियो ।
राणाशासनको विरोध गरेबापत वीरगन्जमा धच गोतामे, भूपेन्द्रलाल श्रेष्ठ, ठाकुरकुमारसगै पक्राउ परेका श्यामप्रसाद शर्माले जेलमा थुनुवाको डायरी र मेरा डायरीका पाना लेखेका छन् । श्यामप्रसाद भन्छन्, "मेरा कुरा किताबमा नै समेटिएका छन् ।" श्यामप्रसाद मात्र किन - कविकेशरी चित्तधर हृदयले छ वर्षजेलमा बिताउ“दा सुगत सौरभ -महाकाव्य) लेखेका छन् ।
जेल साहित्यलाई अध्ययन गर्दा भुल्नै नसकिने पाटो हो, माओवादी सशस्त्र 'जनयुद्ध' । त्यस क्रममा थुप्रै व्यक्तिहरू जेल परे । अधिकांशले सिर्जनामै समय बिताए । कवि तथा पत्रकार कृष्ण सेन 'इच्छुक'ले सहयोद्धा मित्रमणि आचार्यको सम्झनामा शोकाञ्जली काव्य लेखेका छन् । बन्दी र चन्द्रागिरि अनि इतिहासको यस घडीमा पनि सेनले जेलमै लेखेका हुन् ।
०५९ मा भारतको पटनामा पक्राउ परेकी माओवादी कार्यकर्ता निभा शाहले जेलमा लेखिएका कविता समावेश गरेर किताब निकालेकी छन्, इन्कलाब जिन्दावाद । केन्द्रीय कारागारमा बन्दी जीवन बिताएकी निभा साथीहरूसित कविता, गीत, गजल लेख्ने गरेको सुनाउ“छिन् । त्यस्तै, जनयुद्धमा लागेका गणेश भण्डारीले आस्थाको निहारकिा, गङ्गा श्रेष्ठले ज्वालामुखीमाथिको यात्रा लेखेका छन् । त्यस्तै शान्ता श्रेष्ठको अन्धकारभित्रको अन्धकार, उमा भूजेलको बन्द पर्खालदेखि खुला आकाशसम्म, कृष्ण केसीको मानव वधशाला प्रकाशित छन् । राजनीतिक अभियोग मात्र होइन, विभिन्न अभियोग लागेर थुनामा परेकाहरू पनि सिर्जनामा व्यस्त छन् ।
(नेपाल साप्ताहिकअंक २९६)

Subscribe to:
Posts (Atom)